Author: महेन्द्रनगर पोष्ट

धनगढी: दार्चुलामा मट्टीतेल छर्केर आगाे लगाएकी सुनाको देहान्त भएको छ। प्रहरीका अनुसार धनगढी ल्याउने क्रममा शैल्यशिखर नगरपालिका-५ सेतकलाकी करिब ४५ वर्षीया सुना साउँदको देहान्त भएको हो। गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि सुनालाई थप उपचारका लागि धनगढी ल्याइदै थियो। तर, बैतडीको पाटन पुग्ने बेला उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यहाँका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार आइतबार बिहान उनले घरमा कोहि नभएको बेला आफ्नै शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्। घाइते साउँदको शरीरको घुँडाभन्दा माथिल्लो भाग जलेको थियो। आगो लागेको स्थानीयले देखेपछि साउँदलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याएका थिए। साउँदले शरीरमा किन आगो लगाइन् ? विषय भने खुल्न…

Read More

धनगढी: कञ्चनपुरका एक इन्सपेक्टर विवादमा तानिएका छन्। पहिल्यैदेखि विवादित छवि भएका प्रहरी निरीक्षक (इन्सपेक्टर) सिताराम बिष्ट फेरि एकपटक विवादमा तानिएका हुन्। भदौ ३ मा भीमदत्त नगरपालिका–१० स्थित शिद्धनाथ माध्यामिक विद्यालयमा घटेको घटनामा खटिएका बिष्टले सो घटना नियन्त्रण गर्न नसकेको भन्दै विवाद भैरहेको छ। सो विद्यालयका लेखापाल विरेन्द्रप्रसाद जोशीले एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै सो दिन स्कुलमा आन्दोलन भएको थियो। तनावग्रस्त अवस्था आएपछि ती इन्स्पेक्टर बिष्टको नेतृत्वमा जिल्लाबाट प्रहरी टोली पठाइएको थियो। तर बिष्टले भीड नियन्त्रण गर्न सकेनन्। उनले कार्यकक्षमैं गएर लेखापाल जोशीलाई हतकडी लगाए। लेखापालमाथि ढुंगामुढा भयो र कुटपिटसमेत भयो। विद्यालयबाट केही पर प्रहरीको भ्यानसम्म जोशीलाई हिँडाएर लग्ने क्रममा जोशीमाथि…

Read More

दार्चुलाः दार्चुलाको अपि हिमाल गाउँपालिकामा तीन दिन सार्वजनिक विदा दिइएको छ। आज (सोमवार)देखि आउँदो बुधवारसम्म पालिकाभरिका सरकारी तथा गैरसरकारी कार्यालय लगायत शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको हो। पालिकाले शुक्रवार एक सूचना निकालेर गाउँपालिकाको प्रख्यात धार्मिक सुर्मा भवानी मन्दिरमा भइरहेको बिरे जात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ। देशकै सबैभन्दा लामो समयसम्म मनाइने सुर्मा भवानीको विधिवत् रूपमा जात्रा शनिवारदेखि शुरु भएको छ। दार्चुला र बझाङ जिल्लाको सीमा क्षेत्रमा यो जात्रा लाग्ने गरेको छ।

Read More

-खगेन्द्र गिरीराणा शासनको अन्तिम कालखण्डको कुरो। मुस्ताङको लोमान्थाङ्बाट एक जना नवयुवक तिब्बतको सिंगात्सेमा पढ्न गएका थिए। त्यतिखेर मुस्ताङ्बाट सिंगात्से पुग्न घोडामा जाँदा तीन हप्ता लाग्थ्यो। सो नवयुवकको व्यक्तित्व, लवाईखवाई र छाँटकाँट देखेर त्यहाँका मान्छेहरु मोहित हुन्थे। सिंगात्सेमा पढ्दापढ्दै त्यहाँको उच्च घरानियाँ परिवारकी एक युवतीसित ती युवकको प्रेम बस्यो। बिहेको कुरो चल्यो। त्यति टाढाको युवकलाई आफ्नी छोरी दिन परिवारले मान्ने कुरा थिएन। फलत २० वर्षका ती नवयुवकले युवतीलाई भगाएर ल्याए। आफ्नो मातृथलोमा पुर्‍याएर विधिवत बिहे गरे। ती नवयुवक थिए मुस्ताङ्गी राजा एन्गुन तेन्जिङ् त्रुन्डुल विष्टका साइँला छोरा जिग्मे दोर्जी पल्बर विष्ट र ती युवतीको नाम थियो सिडोल। त्यसपछि घटनाक्रमहरु आफ्नै लयमा…

Read More

काठमाडौँ: अतिक्रमित भूमि समेटिएको दार्चुला जिल्लामा नेपाल सरकारको बजेट घट्दै गएको छ भने नेपाली भूमि अतिक्रमण गर्दै आएको छिमेकी भारतले चाहिँ आफ्नो सहायता बढाउँदै लगेको छ । भारत र चीनसँग सीमा जोडिएको दार्चुलामा नेपाल सरकारका दुइटा आयोजना मात्रै छन् । सरकारले पहिलो प्राथमिकतामा राखे पनि महाकाली कोरिडोर सडक आयोजनामा बर्सेनी ५० प्रतिशत बजेट घटाउँदै आएको छ । अघिल्लो वर्ष १ अर्ब ३ करोड बजेट रहेकोमा गत वर्ष २०७९/८० मा ६३ करोड बजेट खर्च गरिएको छ । चालु वर्ष ०८०/८१ को निम्ति भने महाकाली कोरिडोर सडक आयोजनामा ४३ करोड रूपैयाँ मात्रै छुट्याइएको छ । दार्चुला मात्र नभएर बैतडी, डडेल्धुरा र कञ्चनपुर…

Read More

धनगढी: २२ वैशाखमा रोटरी क्लब अफ धनगढीले सेती प्रादेशिक अस्पताललाई सुदूरपश्चिम प्रदेश ०१–००१ झ ०५१९ नम्बरको एम्बुलेन्स हस्तान्तरण गरेको थियो । जापानमा बनेको टोयटा कम्पनीको उक्त एम्बुलेन्समा आईसीयु र भेन्टिलेटरसहितको ‘क’ वर्गको सुविधा छ । रोटरी क्लब धनगढीले भन्सार छुट गरेर एक करोड ३५ लाख रुपैयाँमा खरिद गरी सो एम्बुलेन्स अस्पताललाई दिएको थियो । तर उक्त एम्बुलेन्स अझै सञ्चालनमा आएको छैन । उक्त ‘क’ वर्गको एम्बुलेन्स सञ्चाललनको लागि दर रेट निर्धारण नभएकाले र आवश्यक पर्ने चिकित्सक, पारामेडिक्स र नर्सिङ जनशक्तिको व्यवस्था नभएको हुँदा सञ्चालन गर्न नसकिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी मेघराज उपाध्यायले बताए ।

Read More

काठमाडौँ: नापी कार्यालय ललितपुरका नापी अधिकृत राजन गिरीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गिरीसहित सर्भेक्षक लोकेन्द्र सिंह धामी, मालपोत अधिकृत अम्बिकाप्रसाद नेपाल, नायव सुब्बा मनोज पोखरेल, खरिदार युवराज कटुवाल, राउसाई होल्डिङ्गस् प्रालि ललितपुर सानेपाका अध्यक्ष नेम महर्जन र शेयर होल्डर मनोजबहादुर श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिएको छ । उनीहरुको मिलेमतोमा तत्कालीन टिकाथली गाविस वडा नम्बर ६ को कित्ता नम्बर १६९९ र कित्ता नम्बर १७०१ लाई कित्ताकाट गर्दा नक्सा र फिल्डमा हुँदै नभएको क्षेत्रफल ट्रायल चेक गरी बढी कायम गरेको आयोगको दाबी छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा…

Read More

काठमाडौँ: आइतबार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा उम्मेदवारी दिएकी नेपाली काँग्रेस नेतृ डा।आरजु राणा देउवाले आफू कृषकको छोरी भएकाले कृषि समितिको सभापति रोजेको बताएकी छन् । उम्मेदवारीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘समितिमा मसिनोसँग आफूलाई मन लागेको विषयमा काम गर्न पाइन्छ । समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरुलाई उनीहरुको रिपोर्ट लिने, संविधानअनुसार मन्त्रालय अघि बढेको छ की छैन, साथै जनताको सहजता भएको छ की छैन रु जनताको जीवन र दैनिकीसँग सम्बन्धित विषयहरु हुन्छन् । काम गर्ने धेरै ठाउँ छ । सहकारीको अनियमितता धेरै छ । जुन उद्देश्यले खोलिएको थियो, त्यस्तो गतिमा नहिँडी अर्कै रफ्तारमा…

Read More

धनगढी: कैलालीको कैलारी गाउँपालिका, हसुलियामा वल्र्डलिंकको शाखा विस्तार गरिएको छ । गुणस्तरीय इन्टरनेट सेवा प्रवाह गर्ने उद्देश्यसहित आइतबार पत्रकार सम्मेलन तथा उद्घाटन समारोहको आयोजना गर्दै शाखा विस्तार गरिएको जानकारी दिइएको हो । घर दैलोमै फाइवर सेवा पुर्याउने लक्ष्यसहित सर्वशुलभ दरमा गाउँपालिकाभरी इन्टरनेट सेवा पुर्याउन शाखाको समुदघाटन गरिएको शाखा म्यानेजर राजेन्द्र विष्टले जानकारी दिए । गाउँपालिका उपाध्यक्ष भगवती चौधरीले सार्वजनिक महत्वको क्षेत्रमा नि:शुल्क इन्टरनेट सेवा जडान गरिदिन आग्रह गरेकी थिइन् । सोही अनुरुप वल्र्डलिंकले पालिकाको स्वास्थ्य संस्था, चौक र बढी भिडभाड हुने स्थानमा नि:शुल्क इन्टरनेट जडान गर्ने घोषणा गरेको छ ।

Read More

धनगढीः कैलालीको अत्तरियामा रहेको राष्ट्रिय वाणिज्य बैंकको टोकन मेसिन बिग्रिएपछि सेवाग्राही समस्यामा परेका छन् । बैंकमा टोकन प्रणाली जडान भएपछि लाइनमा बस्नुपर्ने बाध्यता हटेको भएपनि मेसिन बिग्रिएपछि पुनः लाइन लाग्नुपर्ने अवस्था सृजना भएको हो। बैंकका सेवाग्राही कृष्ण विश्वकर्माले बैंकमा टोकन सिस्टम बिग्रिँदा निकै समस्या भएको बताए। साथै ज्येष्ठ नागरिक तथा अशक्त,अपाङ्ग भएका व्यक्तिले झनै सास्ती खेप्नु परिरहेको छ। बैंक प्रशासनले बिग्रीएको मेसिन बनाउन धनगढी पठाएको भएपनि सामान नभेटिँदा मर्मतमा ढिलाई भएको जनाएको छ। मेसिनका सामान तत्काल ल्याएर छिट्टै सञ्चालन गरिने बैंकले जनाएको छ।

Read More