Author: महेन्द्रनगर पोष्ट

रुपन्देही: पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा बयान दिन तयार रहेको बताएका छन् । बुटवलमा आज शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आफूमाथि पनि छानबिन गर्नुपर्ने आदेश दिएको भन्दै आफू सहयोग गर्न तयार रहेको बताए । ‘मेरो पालामा थोरै एउटा सानो निर्णय भएको रहेछ, त्यो मेरो व्यक्तिगत कुरा थिएन’, उनले भने, ‘म बयान दिन म तयार छु ।’ अध्यक्ष भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने पनि बताए । उनले विगतका आयोगजस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग गठनको आवश्यकता रहेको बताए…

Read More

धनगढी: धनगढीमा गर्भपतन गर्ने औषधी खाएर महिलाको मृत्यु भएको घटनामा प्रहरी एक युवकलाई पक्राउ गरिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले धनगढीको मेरी स्टोप सामुदायिक क्लिनिकका सञ्चालक समेत रहेका २५ वर्षीय विनोदमणि जोशीलाई पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार सोही घटनामा उनकी पत्नीसमेत रहेकी २२ वर्षीया आयुशा ओझा भने फरार रहेकी छन्। हिजो (बिहीबार) जथाभावी गर्भपतन गर्ने औषधी खुवाएर धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको मृत्यु भएको भन्दै पीडित पक्षले आज प्रहरी कार्यालय अगाडी प्रर्दशन समेत गरेका थिए। यस्तै उनीहरुले जाहेरी समेत दिएको बताइएको छ। जोशी दम्पतिले चलाएको क्लिनिकका कारण थापाको ज्यान गएको आरोप लागेको छ।…

Read More

काठमाडौँ: सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आज शुक्रवारको बैठकको शुरुमै एमालेका सांसदहरूले अवरोध गरेपछि सत्तापक्षका सांसदहरूले पनि उठेर बोल्न नदिने रणनीति लिएका थिए । एमालेकी सांसद ज्वालाकुमारी साहलाई सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि सत्तापक्षका सांसदहरूले अवरोध गर्ने रणनीतिका साथ उठेर विरोध गरेका थिए । सत्तापक्षमा सांसदहरू उठेपछि एमालेका सांसदहरूले बेल घेराउ गर्दै सरकार र सत्तापक्षविरुद्ध नाराबाजी गरे । एमालेका सांसदहरूले नाराबाजी गरेपछि आज पनि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले साउन २९ गते सोमवार दिउँसो १ बजे बस्ने…

Read More

एजेन्सी:अमेरिकाको हवाई राज्यमा डढेलोका कारण ५३ जनाको ज्यान गएको छ । हवाईको माउइ टापुमा लागेको डढेको कारण ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ भने केही घाइते भएका छन् । त्यहाँ एक हजारभन्दा धेरै मानिस हराइरहेका अनुमान छ । माउइ पर्यटकीय टापु मानिन्छ । मङ्गलवारदेखि शुरु भएको डढेलो फैलिएको छ । माउइ टापुसहित हवाईको ठूलो भूभागमा भएको खडेरीका कारण पनि डढेलो लागेको हो । त्यहाँका हजारौँ नागरिकलाई अस्थायी आश्रयस्थलमा सारिएको छ । बिजुलीका पोल ढलेपछि ११ हजारभन्दा धेरै मानिस अन्धकारमा छन् । हवाईका गभर्नर जोस ग्रीनले धेरै वर्षपछि मानवीय क्षति भएको बताउनुभएको छ । उहाँका अनुसार एक हजार ७ सयभन्दा धेरै…

Read More

काठमाडौँ: सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले घटेर तोलाको १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको थियो। त्यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

धनगढीः धनगढीको मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन गएकी एक महिलाको मृत्यु भएपछि आफन्तले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । उनीहरुले दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना दिई सडक समेत अवरुद्ध गरेका हुन् । बिहीवार बिहान गर्भपतन(क्यूरेट) गर्न गएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया महिलालाई क्लिनिकले औषधी दिएको थियो । औषधी सेवनपछि उच्च रक्तस्राव हुन गई सेती अस्पताल लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको थियो । कैलाली प्रहरीका अनुसार घटनापछि क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ का २५ वर्षीय विनोद जोशी र उनकी पत्नी २२ वर्षीया आशिका ओझा फरार छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ…

Read More

अछामः अछाममा माहुरीले टोकेर एक जनाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका–८ चण्डिका काटैका ७२ वर्षीय टेकबहादुर कुँवरको मृत्यु भएको हो । बाख्रा चराउन जंगल गएका बेला उनलाई मौरीले टोकेको र हिजो बिहीवार बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

चितवन: डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी बिरामी भई यही साउन २३ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । चालु आर्थिक वर्ष २०८०/८१ मा डेङ्गुको सङ्क्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । जिल्लामा उपचारका लागि आएकामध्ये हालसम्म ५३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको सूचना अधिकारी केसीले बताए । पाँच सय ३२ जनाको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो…

Read More

भजनी: कैलालीको कर्णाली चिसापानी क्षेत्रमा २०७१ यताकै बढी वर्षा भएको छ । वर्षा मापन केन्द्र कर्णाली चिसापानीका अनुसार यही साउन २३ गते बिहान चार सय २४ दशमलव दुई मिलिमिटर वर्षा मापन गरिएको छ । यसैगरी चिसापानी माथिल्लो क्षेत्रमा वर्षा भए ठूलो खतरा हुने जल तथा मौसम विज्ञान विभागको वर्षा मापन केन्द्र चिसापानीकी कर्मचारी पार्वती गुरुङले बताइन् ।  ‘माथिल्लो क्षेत्रमा पनि यस्तै वर्षा भएको भए नदीमा पानीको बहाव अत्यधिक बढ्ने थियो’, उनले भने। जल तथा मौसम विज्ञान विभागको महाकाली वेसइन फिल्ड कार्यालय अत्तरियाका अनुसार यही साउन २४ गते एक सय ४३ दशमलव नौ मिलिमिटर वर्षा मापन भएको छ । चुरे क्षेत्रमा…

Read More

भजनी: बर्सेनि बाढी र डुबानबाट कैलालीमा अत्यधिक क्षति हुने गरेको छ । कैलालीको पनि भजनीमा बाढी र डुबानबाट बढी क्षति हुने गरेको छ । वर्षात्को समयमा भजनीवासी शान्तले सुत्न पाउँदैनन् । ‘बर्सेनि बाढीले विस्थापित बनाउँछ । दुई-तीन महिना सडकमै बास हुन्छ-, स्थानीय सुरेन्द्र चौधरीले भने– ‘बाढीका तीन महिना देशमा हाम्रा लागि सरकार छ कि छैन जस्तो हुन्छ ।’ सान्त्वना दिनुभन्दा पीडा नहुने गरी दीर्घकालीन समाधानको उपाय खोज्नुपर्ने उनको भनाइ छ । भजनीकै रामकृष्ण चौधरी पनि समस्याका बेलामात्रै दिइने सान्त्वनाले समस्या समाधान नहुने बताउँछन् । बाढी र डुबानको मुख्य समस्या पहिचान गरी काम थाल्नुपर्ने उनको भनाइ छ । ‘बाढीका कारण खेत…

Read More