Author: महेन्द्रनगर पोष्ट

काठमाडौंः नेपाल ओलम्पियन्स संघले नेपालका विभिन्न ठाउँमा सन्चालन गरेको स्कुल टु ओलम्पिक कार्यक्रमलाई तेस्रो वर्ल्ड ओलम्पियन्स फोरमका सहभागीले प्रशंसा गरेका छन्। नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले टर्कीको इस्तानबुलमा शनिबार र आइतबार भएको दुई दिने वर्ल्ड ओलम्पियन्स फोरममा सहभागिता जनाएका थिए। जसमा आफूले प्रस्तुत गरेको संघको गतिविधिमध्ये स्कुल टु ओलम्पिक कार्यक्रमलाई सबैले प्रशंसा गरेको र अन्य देशका संघले पनि त्यस्तै खाले कार्यक्रम सन्चालन गर्नुपर्नेमा जोड दिएको अध्यक्ष दीपक विष्टले बताएका छन्। फोरममा अन्य देशका सहभागिले पनि आ आफ्नो गतिविधिका बारेमा फोरममा जानकारी गराएका थिए। विष्टले देश भित्रका खेलकुद निकायसँग सहकार्य गर्दै समाजको सेवा गनुपर्नेमा फोरममा जोड दिएको बताए। साथै नेपाल…

Read More

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई सत्ता गठबन्धनबाट बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताएका छन्। सोमबार पार्टी निकट नेवाः संघको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले सत्ता गठबन्धन आफूहरूकै पहलमा बनाएको दाबी गरे। ‘आज गठबन्धनलाई धारे हात लगाएर कमजोर पार्न र यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नको लागि जुनसुकै किसिमको षड्यन्त्र भइरहेको छ। त्यसबाट होसियार हुनुपर्छ। गठबन्धनलाई बलियो बनाउनुपर्छ। यो बनाउन हामीले नै भूमिका खेलेका हौं , उनले भने।

Read More

डडेल्धुराः डडेल्धुराको तुफानडाँडा–टुडिखेल सडक खण्डमा दुर्घटनाको जोखिम बढ्दै गएको छ। तुफानडाँडाबाट जिल्ला प्रशासन हुदै टुडिखेल तर्फको सडकमा सवारी चालकहरुले तीव्र गतिमा सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम बढेको हो। यहीँ सडक खण्डमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, विद्युत प्राधिकरण, राष्ट्रिय परिक्षा बोर्डलगाएतका सेवाग्राहीको चाप हुने कार्यालयहरू रहेका छन्। विद्यालयहरू समेत रहेकाले यो सडक खण्डमा विद्यार्थीहरूको समेत विद्यालय खुल्ने र बन्द हुने समयमा चाप बढ्छ। तर, अत्यधिक गतिमा मोटर साइकल र अन्य सवारी हुइकिँदा विद्यार्थी दुर्घटनाको जोखिमा रहेको महेन्द्र मावि खलंगाका प्रधानाध्यापक सुरेन्द्र ऐरले बताए। उनले विद्यालय क्षेत्रमा सीमित गतिमा सवारी चलाउनु पर्ने भए पनि त्यसो नपाइएकाले विद्यालय क्षेत्र रहेकोे सडकमा…

Read More

धनगढीः कालीकोटको तिलागुफा नगरपालिकाकी तत्कालीन उपमेयर दन्ता नेपालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको तस्वीर सार्वजनिक गरेकी छन्। संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्डसँग खिचेको तस्वीर दन्ताले सोमबार फेसबुकमार्फत सार्वजनिक गरेकी हुन्। दन्ता तिनै हुन जो अमेरिकामा लुकेर बेसेकी थिइन्। उनी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उपमेयरमा विजयी भएकी थिइन्। २०७६ कात्तिकमा अमेरिका पुगेकी उनी त्यस यता सम्पर्कमा थिइनन्। उपमेयर अमेरिका पुगेर लुकेको भनेर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि उनले समाजिक सञ्जालमार्फत विरामी भएर नेपाल आउन नसकेको भन्दै स्पष्टीकरणसमेत दिएकी थिइन्। दन्ताले सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्डसँगको तस्वीर सेयर गर्दै लेखेकी छन्–‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई अमेरिकामा हार्दिक…

Read More

धनगढीः नेकपा एमालेका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले सुदूरपश्चि प्रदेशको राजधानी बारे मुख खोलेका छन्। अत्तरियास्थित निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रदेशको राजधानी सार्ने कुरा जनता विरोधी भएकाले स्वीकार्य नहुने बताएका हुन्। डडेल्धुरा पुगेर प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजधानी सार्न सकिने अभिव्यक्ति दिएपछि भट्टले मुख्यमन्त्रीको अभिव्यक्ति अचम्म र गैरजिम्मेवारपूूर्ण रहेको टिप्पणी समेत गरे। ‘मुख्यमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले दुई तिहाइ बहुमतले पारित गरेको गोदावरीमा प्रदेशको राजधानी बनाउने कुराको विकल्प खोज्ने कसरी भन्नुभयो ? यो अचम्मको र गैरजिम्मेवार पनि छ,’ भट्टले भने।

Read More

काठमाडौंः सोमबार सुन र चाँदीको मूल्य बढेको छ। सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ५००, तेजावी सुनको मूल्य एक ११ हजार ९५० र चाँदीको मूल्य १४ सय ५ रुपैयाँ तोकिएको छ । आइतबार एक लाख १२ जहार ३०० रुपैयाँमा छापावाल, एक लाख ११ हजार ७५० रुपैयाँमा तेजावी सुन र १४ सय रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

Read More

काठमाडौंः नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दा स्थगितको सूचीमा परेको छ। न्याायधीश नहुँदा लामिछानेको मुद्दा स्थगितको सूचीमा परेको हो। यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँसराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेश गरिएको कागजात माग गरेको थियो। आमाको उमेरमा विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न आमाको जन्म मिति यकिन हुने गरी कागजात समेत माग गरेको थियो। स्थानीय तहबाट कागजात आएपछि असोज १ गतेका लागि अन्तिम सुनुवाइ भन्दै पेशी तोकिएको थियो । २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २७…

Read More

डडेल्धुराः नेपाल स्वयमसेवी रक्तदाता समाज डडेल्धुराको अध्यक्षमा उपेन्द्र जोशी चयन भएका छन्। जिल्ला सदरमुकाममा बसेको बैठकले जोशीलाई अध्यक्षमा चयन गरेको हो। यसैबीच, रक्तदाता समाजले १२ सदस्यीय समिति पनि चयन गरेको छ। समितिको उपाध्यक्षमा माधव पन्त, महासचिवमा पुष्पराज पन्त, सचिवमा जयराज पाठक र कोषध्यक्षमा प्रकाश जोशीलाई चयन गरेको छ। यस्तै सदस्यमा गणेश बिष्ट, नरेश पनेरु, मोहन देउवा, तीर्थराज भट्ट, सावित्री ऐर, पुजा बस्नेत र राजेन्द्र पनेरुलाई चयन गरेको छ।

Read More

डडेल्धुराः कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र भट्टको सरुवा भएको छ। भट्टको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र कञ्चनपुरमा सरुवा भएको हो। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिमको भदौ २७ गतेको निणय अनुसार अधिकृत स्तर पाँचौ, छैटौ, सातौ र आठौं तहका २२ जनाको सरुवा भएको छ। उनको ठाउँमा को आउने भन्ने टुङ्गो लागेको छैन्।

Read More

पाल्पाः पाल्पामा तीज कार्यक्रममा झडप हुँदा एक युवकको ज्यान गएको छ। तीजको अवसरमा भएको नाचगानमा युवाहरुबीच झगडा हुँदा तिनाउ गाउँपालिका–२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको ज्यान गएको हो। आइतबार राति साढे १२ बजे ती युवकमाथि चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए। गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा राति पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेका थिए। महिला नाचिरहेका बेला युवाहरुबीच झगडा भएको थियो। त्यही विषयलाई लिएर पुनः झगडा भएको बुझिएको छ। झगडाले उग्ररुप लिएपछि चक्कु प्रहार हुँदा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चन्दले बतए । हत्याको…

Read More