Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार राति कैलालीको घोडाघोडी नगरपालिका–४ डङडङ्गेस्थित सडकमा से५प २१०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना हुँदा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका–१ का २९ वर्षीय नरेश चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीकोे घोडाघोडी अस्पताल सुखडमा सामान्य उपचार पश्चात निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो। यस्तै घाइते मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–४ का २२ वर्षीय विरेन्द्र चौधरीको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

Read More

धनगढीः कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका ९ शंकरपुर स्थित सोही ठाँउ बस्ने कृष्ण तिवारीले सञ्चालन गरेको तिवारी मेटल उद्योगमा फलामको काम गर्ने गौरीगंगा नगरपालिका ७ मनकापुरका ३५ वर्षीय गणेश थारु चौधरीको सोमबार मृत्यु भएको हो। साँझ सटर बन्द गर्ने क्रममा सटरमा विद्युत चुहावट भएको कारण अचानक करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा धनगढी स्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरको एक खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका-८ मा रहेको गौडी खोलामा डुबेर सोही ठाँउ नौखुरी बस्ने मान बहादुर डगौराको छोरी १३ वर्षीया सृष्टि डगौराको सोमबार मृत्यु भएको हो। दिउँसो गौडी खोलामा नुहाउन गएकी सृष्टि घरमा नफर्केकोले खोजतलास गर्ने क्रममा खोलामा मृत अबस्थामा फेला परेको प्रहरीले बताएको छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय झलारीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं: सरकारका विभिन्न मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्णयका लागि जाने प्रस्तावहरू अझै पनि फितलो र हचुवाका आधारमा जाने गरेको पाइएको छ। मन्त्रालयबाट आउने विभिन्न प्रस्तावहरू मन्त्रिपरिषद्मा पेस गरिन्छन् र सोही आधारमा मन्त्रिपरिषद्ले निर्णयसमेत गर्छ। तर, त्यसरी आउने कैयौं प्रस्तावहरूमा गल्ती भेटिन थालेपछि प्रस्तावहरू त्यसै फिर्ता हुने क्रम बढेको छ। विगतमा ललितानिवास प्रकरण तथा नक्कली भुटानी शरणार्थी प्रकरणमा सचिवहरूबाटै प्रस्ताव गएको र फाइलहरू अघि बढ्दा ठुलो अपराध भएको थियो। त्यसयता पनि सचिवहरूद्वारा लगिएका कैयौं प्रस्तावहरू नियमविपरीत हुने गरेको र हचुवामा प्रस्ताव पठाउने गरेको देखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ। मन्त्रालयबाट आउने प्रस्ताव कानुनविपरीत हुने गरी आउन थालेपछि…

Read More

काठमाडौैं:  ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ नयाँ बनेको छ। सोमबार राजपत्रमा प्रकाशित निर्देशिका अनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख हुनेछैन। साथै अनलाइन आवेदन दिएको पाँच कार्यदिनभित्रै प्रमाणपत्र पाउने कुरा समेत निर्देशिकामा उल्लेख छ। कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा बिचाराधीन रहेको, मुद्दा फिर्ता लिइएको वा कसुर भुक्तान भैसकेको भएपनि अभियोग वा कसुर उल्लेख नगरी चारित्रिक प्रमाणपत्र दिईने निर्देशिकामा उल्लेख छ। यस्तै साथै एक वर्षभन्दा कम सजाय हुने अपराधमा परेकाले पनि अब प्रहरी रिपोर्ट पाउने भएका छन्। यसअघि अभियोगमा मुद्दा चलिरहेको वा कसुर भुक्तान गरिसकेको भएपनि प्रमाणपत्रमा अभियोग वा कसुरको विषय उल्लेख हुँदा…

Read More

धनगढीः  कैलालीको अत्तरियामा रहेको तरकारी हाटबजारमा विषादयुक्त तरकारी भेटिएको छ। कृषि उपज थोक बजार अत्तरियाबाट संकलन गरेका तरकारीका नमूनामा विषादी भेटिएको जनाइएको छ। सोमबार ५ वटा तरकारीको नमूनामा विषादीको मात्रा परीक्षण गरिएकोमा डडेल्धुराबाट ल्याइएको काउली र कैलालीको गोलभेडामा रेड लेबल विषादी भेटिएको विषादी अवशेष द्रुत विश्लेषण इकाई अत्तरियाका प्राविधिक राजेन्द्र प्रसाद भट्टले बताए। उनले अत्तरियाका तरकारी तथा फलफूल पसलमा राखिएको काउली र पाण्डे फलफूल तथा तरकारी पसलमा राखिएको गोलभेडाको नमूनामा रेड लेबल विषादीको मात्रा भेटिएपछि खान अयोग्य हुने भएकाले नष्ट गरिएको बताए। यसअघि साउन १२ गते सल्यानबाट ल्याइएको भेडे खुर्सानीमा रेड लेबल विषादीको मात्रा भेटिएपछि नष्ट गरिएको थियो।

Read More

काठमाडौँ: हाल  मनसुनको  न्यून  चापीय  रेखा    सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ।  जसको प्रभावले  देशका  पहाडी  भूभागको  थोरै  स्थानहरूमा  र  बाँकी  भूभागको  एक–दुई  स्थानमा  चट्याङ्गसहित  हल्का देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर  आंशिक देखि  सामान्य  बदली  रहनेछ।  कोशी,  बागमती,  गण्डकी  र  लुम्बिनी  प्रदेशका  केही  स्थानहरूमा  र  बाँकी  प्रदेशका  थोरै  स्थानहरूमा चट्याङ्गसहित  हल्का देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ। राति  देशको  पहाडी  भूभागको  थोरै  स्थानहरूमा  र  बाँकी  भूभागको  एक–दुई  स्थानमा चट्याङ्ग सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  महाशाखाले जनाएको छ।

Read More

न्यूयोर्क: संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा संचालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्ष नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन्। प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देशहरुका पक्षमा अन्तराष्ट्रिय समुदायले यसअघि गरेको प्रतिवद्धता कार्यान्वयनमा जोड दिएका छन्। प्रधानमन्त्री प्रचण्डले कोभिड १९ महामारी, जलवायु परिवर्तन र भूराजनीतिक तनावजस्ता विश्वव्यापी सङ्कटहरूले अतिकम विकसित देशहरुको प्रगतिलाई थप जोखिममा धकेलिरहेको उल्लेख गर्दै यसवाट उम्कन उद्दार योजना जरुरी रहेको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले सन् २०२१ को तुलनामा सन् २०२२ मा अल्पविकसित देशहरुमा विदेशी प्रत्यक्ष लगानीको प्रवाह लगभग ३० प्रतिशतले घटेको उल्लेख गर्दै यसबाट पूर्वाधार, नवीकरणीय ऊर्जा, खानेपानी तथा सरसफाइ,…

Read More

काठमाडौं: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द र आन्दाेलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन शिक्षकहरूलाई आग्रह गरेको छ।  मन्त्रालयका सहसचिव भगवान् अर्यालले आज साेमवार विज्ञप्ति निकालेर भाेलि मङ्गलवार दिउँसाे ३ बजे मन्त्रालयमा हुने वार्तामा आउन शिक्षकहरूलाई आग्रह गरेका हुन्। विधेयकलाई अन्तिम रूप दिनुअघि नेपाल शिक्षक महासङ्घका पदाधिकारीसँग विभिन्न चरणमा छलफल भएकाे र महासङ्घले पेस गरेका विद्यालय शिक्षक तथा कर्मचारीकाे पेसागत हकहितसँग सम्बन्धित सुझावहरूलाई यथाशक्य विधेयकमा समावेश गरिएकाे विज्ञप्तिमा उल्लेख छ। सोही विधेयकलाई लिएर महासङ्घले पर्सि बुधवारदेखि विद्यालय बन्द र आन्दाेलनका कार्यक्रम घाेषणा गरेकाे छ। विधेयक शिक्षकहरूको हकहित विपरीत भएको भन्दै महासङ्घले आन्दोलनको घोषणा गरेको हो।

Read More

डडेल्धुराः ज्ञानोदय विद्या निकेतन मावि तुफानडाँडाले अमरगढी नगरस्तरीय शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधि जितेको छ। राष्ट्रिय शिक्षा दिवसको अवसरमा अमरगढी नगरपालिका–७ पोखराको उग्रतारा माविमा सञ्चालित प्रतियोगिताको उपाधि ज्ञानोदयले हात परेको हो। सोमबार भएको फाइनलमा आयोजक उग्रतारा माविलाई ३–२ को सेटमा हराउँदै ज्ञानोदयले उपाधि हात पार्न सफल भएको हो। उपाधिसँगै ज्ञानोदय माविले नगद १५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमणपत्र पाएको छ। पुरस्कार वितरण भने मंगलबार गरिने आयोजक उग्रतारा माविका निमित्त प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिए। उग्रतारा माविले द्वतियमै चित्त बुझाएको छ। प्रतियोगितामा नुवाकोट माविलाई पराजित गर्दै महेन्द्र मावि तृतीय भएको छ। द्वतियलाई १० हजार र तृतीय हुने टिमलाई पाँच हजार…

Read More