Author: महेन्द्रनगर पोष्ट

चितवन: चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा मृत भेटिएको छ । खाग र खुर नभेटिएकाले शिकारीले मारेको आशङ्का गरिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको पूर्वी क्षेत्रको खगेन्द्र मल्ली पोष्टको भित्री भागमा कुहिएको अवस्थामा गैँडाको हाडखोर भेटिएको हो । गस्ती टोलीले गैँडा भेटेको उहाँले जानकारी दिए । झण्डै ६–७ महिना अघि गैँडा मरेको हुनसक्ने आँकलन गरिएको छ । “हाडखोर मात्रै भेटिएकाले लिङ्ग र उमेर पहिचान हुनसकेको छैन । दुई दिनअघि हाडखोर भेटिएसँगै सो क्षेत्रमा अध्ययन थालिएको छ”, तिवारीले भने– “खाग र खुर नभेटिएकाले शिकारीले मारेको हुनसक्ने आशङ्का गरिएको छ ।” गत आर्थिक वर्षमा निकुञ्जमा २२ गैँडा मरेका थिए ।…

Read More

काठमाडौँ: काठमाडौँको पेप्सीकोलामा सवारी दुर्घटनामा परी घाइते भएका १४ जनामध्ये दुईजनाको मृत्यु भएको छ। जडीबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी सङ्घको बा ३ ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान ७ः३० बजे ठोकिँदा दुर्घटना भएको थियो। दुई गाडी ठोकिँदा बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको डिओ स्कुटर र बागमती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको एफजेड मोटरसाइकलसमेत दुर्घटनामा परेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अस्पतालमा मृत्यु भएको जानकारी दिए। मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराई र…

Read More

काठमाडौंः काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह श्रीलंका जाँदै छन्। उनी आज हिमालयन एयरलाइन्सको उडानमार्फत एसिया कप हेर्न श्रीलंका जान लागेका हुन्। एसिया कपअन्तर्गत सोमबार नेपाल र भारतको खेल हुँदैछ। समूह एमा रहेको नेपाल बुधबार भएको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो। स्रोतका अनुसार उनीसहित तीनजनाको टोली आज श्रीलंका जान लागेको हो। यही समूहमा रहेका भारत र पाकिस्तानले भने वर्षाले खेल रद्द हुँदा अंक बाँडेका छन्। बालेन हालै सुत्केरी भएकी पत्नी सविना काफ्लेलाई छोडेर श्रीलंका जान लागेका हुन्। उनकी पत्नी सविनाले एकसाता अघिमात्रै मोडिसिटी अस्पतालमा जुम्ल्याहा शिशुलाई जन्म दिएकी थिइन्। तर अस्पताल स्रोतले एक शिशुको मृत्यु भएको र एकको एनआइसियुमा उपचार…

Read More

बेदकोट: कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित मझगाउँ विमानस्थलको निर्माणले गति लिन सकेको छैन। तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको विमानस्थलको अहिलेसम्म २५ प्रतिशतमात्र काम सम्पन्न भएको छ। जग्गाको भोगाधिकार विवाद र निर्माण सामग्रीको अभावले विमानस्थल निर्माणले गति लिन नसकेको बताइएको  छ। विसं २०७८ मा तीन वर्षभित्र काम सक्ने गरी कान्छाराम-केएस-उमा एन्ड कम्पनीसँग ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो। मझगाउँ विमानस्थल आयोजनाका इन्जिनियर अङ्कित शर्माका अनुसार अहिले बर्खाले गर्दा विमानस्थलको काम रोकिएको छ। बर्खामा निर्माण सामग्री ढुवानीका लागि समस्या भएकाले काम रोकिएको उनले बताए। “माटो र ग्राभेलको काम चलिरहेको थियो, बर्खाले माटो र ग्राभेल ढुवानीमा समस्या छ”, उनले…

Read More

कैलाली: कैलालीमा खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको लम्की चुहा नगरपालिका-५ तिलकपुर बस्ने ४० वर्षीया पुष्पा ढकालको सोही नगरपालिका-१ स्थित रोडा खोलामा डुबेर शनिबार मृत्यु भएको हो। डुबेर अशक्त भएकी उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

डडेल्धुरा: सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले काम नगर्ने ठेकेदारको म्याद थप नगरिने बताएका छन्। नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आइतबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यसपालि म्याद थप गर्दा धेरै विचार गरिने बताएका हुन्। तोकिएको समयमा काम सम्पन्न नगर्ने कम्पनीको ठेक्काको म्याद थप नगर्नका लागि आफूले लबिङ गरिरहेको उनको भनइ छ। ‘निर्माण कम्पनीले लामो समयसम्म विभिन्न बाहना वा कारण देखाएर योजनाहरू सम्पन्न नगरेका धेरै उदाहरण छन्। यसपालि म्याद थप गर्दा चाहिँ विचार गरेर थप्छौँ,’ मन्त्री देउवाले भने, ‘आफ्नो ऐन, नियम र कार्यविधि राम्रो बनाएर यसपटक काम गर्ने कम्पनीको ठेक्काको म्याद थप्नु हुन्न भन्ने पक्षमा छु र…

Read More

काठमाडौंः काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) की पत्नी सविना काफ्लेले एक साताअघि पहिलो सन्तानलाई जन्म दिईन्। सुत्केरी भएपछि सविना अस्पतालबाट डिस्चार्ज भइसकेको र एक नवजात शिशुलाई अस्पतालको एनआईसीयूमा राखिएको स्रोतले जनाएको छ। शल्यक्रियामार्फत मेडिसिटी अस्पतालमा सविनाले बच्चा जन्माएकी हुन्। सविनाको पेटमा जुम्ल्याहा छोरी थिए। तर, उनीहरुमध्ये एक शिशुलाई बचाउन नसकिएको अस्पताल स्रोतले बताएको छ। नवजात शिशुको अवस्था अहिले सुधारोन्मुख रहेको बुझिएको छ। हिजो अस्पतालबाट फर्किने क्रममा सविना सवार महानगपालिकाको गाडी कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो। प्रहरीले बिदाका दिन सरकारी नम्बर प्लेटको गाडी चलाउन आवश्यक अनुमतिपत्र मागेका थिए। तर, ड्राइभरसँग अनुमतिपत्र नरहेको र बालेनकी पत्नी सवार रहेको भनेपछि छोडिदिएको…

Read More

नयाँ दिल्ली: भारतको ओडिसामा चट्याङले लागेर १० जनाको मृत्यु भएको छ। समाचार संस्था पीटीआईका अनुसार शनिबार ओडिसा राज्यको कयौँ स्थानमा भिषण वर्षासँगै परेको चट्याङले विभिन्न ६ जिल्लाका १० जनाको मृत्यु भएको हो। खबरअनुसार खोरधा जिल्लामा चार र बलांगिर जिल्लामा दुई जनाको मृत्यु भयो। यस्तै अंगुल, बौध, जगतसिंहपुर र ढेंकानाल जिल्लामा एक-एक जनाको मृत्यु भएको छ।

Read More

दार्चुला: डेंगु संक्रमणबाट दार्चुलाकी एक किशोरीको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिका–९ दत्तुकी १४ वर्षीया जेलिना चैंसिर डेंगु संक्रमणबाट मृत्यु भएको हो।  भदौ ७ गते जिल्ला अस्पताल दार्चुलामा डेंगु पोजेटिभ देखिएकी चैंसिरलाई उपचारका लागि भारतको हल्द्वानी लगिएको थियो। उपचारकै क्रममा गएराति उनको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।   चैंसिर राष्ट्रिय मावि दत्तुमा कक्षा ९ मा अध्ययनरत थिइन्। दार्चुलामा सन् २०२३ को अहिले सम्म १९४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप अधिकृत विरेन्द्र भट्टले जानकारी दिए । 

Read More

कैलाली: हिजो(शनिबार) काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)को एक स्टाटसले सबैको ध्यान तानेको थियो। सिंहदरबारमा नै आगो लगाइदिने भन्दै विवादास्पद अभिव्यक्ति दिएपछि अहिले उनको आलोचना भइरहेको छ। उनले महानगरपालिकाको गाडी ट्राफिक प्रहरीले रोकेपछि आक्रोश पोख्दै ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने , सिंहदरवारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार’ लेखेका थिए। उक्त गाडीमा बालेन्द्रकै पत्नी सविना काफ्ले सवार थिइन्। त्यसै कारण बालेन्द्रले फेसबुकमा आक्रामक अभिव्यक्ति दिएको पुष्टि हुन्छ। सार्वजनिक बिदाको दिन पासबिनाको गाडी चलेको पाइएपछि सामान्य सोधपुछ गरेर छाडिएपछि बालेन्द्रले चित्त दुखाएर दिएको त्यो अभिव्यक्तिले अहिले उनैलाई ‘ब्याक फायर’ गरिरहेको छ। तर, भिक्टर पौडेल…

Read More