Author: महेन्द्रनगर पोष्ट

धनगढी: अछाममा एक लेखाका हाकिमले फट्याइँ गरेको पाइएको छ। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाका लेखा अधिकृत नारदप्रसाद खनालले फट्याइँ गरेको आरोप लागेको हो। स्रोतका अनुसार उनीमाथि विभिन्न आर्थिक सेटिङका साथै कमिसनको समेत आरोप लागेको छ। जसमा हालै उनले ५० हजार अनुदानका लागि छनोट भएका पालिकाका २६ जना कृषकहरुलाई शिर्षकमा हुदै नभएको बजेट १३ लाख थप गरि भुक्तानी गरेको आरोप लागेको छ। उनले सबैलाई १ लाखका दरले थप रकम प्रदान गरेको आरोप लागेको हो। यस्तै लेखा अधिकृत खनालले गाउँ सभा पनि छलेको आरोप थपिएको छ। खनालले गत आर्थिक वर्षको असार मसान्तमा सेवा प्रवाह गर्न छोडेर असार १६ गतेको परिक्षाका लागि भन्दै ८…

Read More

धनगढीः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले आज शैक्षिक हड्तालको घोषणा गरेको छ। अनेरास्ववियू (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रिय कार्यक्रम अन्तरगत शुल्क वृद्धिका विरुद्ध पिसीएल नर्सिङ, एचए, डिप्लोमा इन फार्मेसी संचालित सम्पूर्ण शैक्षिक संस्थाहरुमा शैक्षिक हडताल गरिएको जनाएको छ। ‘जटिल आर्थिक परिवेशमा अभिभावक र विद्यार्थीको ढाड सेक्ने गरि गरिएको शुल्क वृद्धिका विरुद्ध हामी चरणबद्ध संघर्षमा छौं। आम जनताका छोराछोरीहरु स्वास्थ शिक्षाबाट वन्चित हुने सिटिईभिटीको उक्त कदम प्रति घोर भत्सर्ना र निन्दा व्यक्त गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ‘नाजायज र अन्यायपुर्ण तरिकाले सिटिईभिटि प्रशासन र निजी शैक्षिक संस्थाका संचालकहरुबीच भएको आर्थिक लेनदेन सहितको मिलोमतोमा शुल्क वृद्धि गरिएको…

Read More

काठमाडौं: आज (बिहीबार) बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा घाम लागेको मौसमविद्ले बताएका छन्।  मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलको अनुसार बिहान सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भए पनि अहिले रोकिएको छ।  मौसम महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौदमविदका अनुसार अब दुई/तीन ठूलो वर्षाको सम्भावना छैन। ।तर साँझपख बादल बढ्ने र क्षणिक खालको वर्षा हुने बताइएको छ। यस्तै राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका  एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

Read More

दार्चुला: दार्चुला केन्द्रबिन्दु भएर बुधबार भूकम्प गएको छ। दार्चुलाको गुलिजार आसपास भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दले जनाएको छ। केन्द्रका अनुसार बेलुका ७ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो। यसअघि आज बिहान कास्की केन्द्र बनाएर चार म्याग्निच्युडको भूकम्प गएको थियो ।

Read More

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय क्विन्टल सुन बरामद भएको छ। मोटरसाइकल/स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन ट्याक्सीमा लैजान लाग्दा राजस्व अनुसन्धान विभागले बरामद गरेको हो। प्रारम्भिक अनुसन्धानबाट उक्त सुन व्यवसायी दीपक मलहोत्राको भएको खुलेको छ। तर, सुन उनकै हो भन्ने पुष्टि गर्दै प्रहरी अधिकारीहरु बोलेका छैनन्। प्रहरी अधिकारीका अनुसार सुनका एक सय ६० टुक्रा बरामद भएका छन्। बरामद सुनको मूल्य करिब एक अर्बभन्दा बढी रहेको अनुमान गरिएको छ । नेपालमा सुन बरामद परिमाण यो नै अहिलेसम्मकै ठूलो हो । विभागले रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई…

Read More

काठमाडौं: डडेल्धुराका योगेश शाही र काठमाडौँका सुमन लामिछाने। काठमाडौँमै बसेर उनीहरुले सामाजिक संजालबाट फसाएर लुट्ने योजना बनाए। २०७९ साल जेठ दोस्रो सातातिरको कुरा हो। उनीहरुले ‘रोयल बैंक’का सिइओ ‘बायो’ राखेर नक्कल फेसबुक खाता बनाए। त्यसपछि काठमाडौँकी अन्जना ठकुरीको फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ पठाइयो। सामान्य कुराकानी पछि अन्जानालाई एउटा अफर दिइयो। त्यो अफर थियो, एकजना मृतकको बैंकको खातामा भएको ७८ मिलियन डलर हाल्ने। नेपाली करिब १० अर्ब २२ करोड ८६ लाख ९७ हजार २३२ रुपैयाँ पाइने भएपछि अन्जना खुसी भइन्। श्रीमान भीमबहादुर ठकुरीलाई भनिन्। बैंकका सिइओले एक जना नेपालीमूलका एलेक्स राणाको नाममा रहेको बैंक खातामा ७८ मिलियन डलर रहेको जानकारी बताए। सिइओकाअनुसार…

Read More

धनगढीः कैलालीको गोदावरीबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। बुधवार साँझ गोदावरी नगरपालिका– ५ मा कञ्चनपुर कृष्णपुर नगरपालिका–८ का २५ वर्षीय भुवन चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोषाकको प्रहरी टोलिले चेकजाँच गर्दा उनको साथबाट २२० मिलीग्राम लागुऔषध फेला पारि पक्राउ गरिएको डिएसपी गणेश बरालले बताए। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ।

Read More

काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश तथा देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती भने  कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भाग  एक दुई स्थानहरूमा हल्का…

Read More

काठमाडौं: राजस्व अनुसन्धमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बरामद गरेको छ । हङकङबाट आएको सुनसहित विभाग टोलीले एजेन्ट र भरियालाई पक्राउ गरेको हो ।  सुन ट्याक्सीमा राखेर एयरपोर्टबाट बाहिरिने क्रममा विशेष सुत्रको सूचनाका आधारमा विभागले सुनसहित दुईजनालाई पक्राउ गरेको हो। अध्यागमन र प्रहरीबाटसमेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले नियन्त्रणमा लिएको हो। दुवैजनालाई विभागले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

Read More

धनगढी: राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा यही साउनमा सार्वजनिक गर्ने भएको छ। गत वैशाख २६ गतेदेखि सुरू भई जेठ ५ गते सम्पन्न कक्षा १२ को नतिजा बोर्डले परीक्षा सम्पन्न भएको तीन महिनाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको हो। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले साउन महिनाभित्रै कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताए। देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिएका थिए। बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए।रासस

Read More