Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल पश्चिम बङ्गाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Read More

काठमाडौं : डडेलधुराको प्रसिद्ध धार्मिक स्थलमा गत बैशाखमा भएको चोरीको विषयमा प्रहरीले कुनै प्रमाण हात पार्न सकेको छैन। परापूर्व कालदेखि नै उग्रतारा भगवती मन्दिरलाई सुदूरपश्चिम प्रदेशकै ठूलो तथा प्रसिद्ध शक्तिपीठ मानिन्छ। उक्त मन्दिर डडेल्धुरा सदरमुकामदेखि करिब पाँच किलोमिटर पश्चिमपट्टी रहेको छ। सूदूरपश्चिममा रहेका नौ वटा भगवतीका मन्दिरहरूमा एक मानिने यो मन्दिर प्रति यहाँका स्थानीय भक्तजनहरु विशाल आस्था बोकेर पूजापाठ गर्ने गर्छन्। सुदूरपश्चिमेलीहरुको महत्त्वपूर्ण आस्थाको केन्द्र मानिने पवित्र उग्रतारा मन्दिरबाट गत वैशाख २९ गते राति १ः३० बजे विभिन्न सामग्री चोरी भएका थिए। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार वैशाख २९ मा चाँदीको माला, चाँदीको मुकुट लगायत अन्य पूजापाठका सामान चोरी भएका थिए।…

Read More

डडेल्धुरा : डडेल्धुरामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको आलिताल गाउँपालिका- ७ राउजालीका २२ वर्षीय राजेश बिष्टको मृत्यु भएको हो । शनिबार साँझ मेन लाइनबाट तार तानेर नजिकैको सुनखोलामा माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। करेन्ट लागेपछि उनलाई उपचारका लागि जोगबुडा अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

Read More

दार्चुला : दार्चुलामा नेपाल प्रहरीको निबन्ध लेखन प्रतियोगितामा जिल्लाभरीका ४ वटा विद्यालयका ७ जना विद्यार्थीले सहभागिता जनाएका छन । ६८औँ प्रहरी दिवसको असवर पारेर ‘समुदायमा नेपाल प्रहरीको भूमिका’ विषयमा गरिएको निबन्ध लेखन प्रतियोगितामा जिल्लाभरीका ४ वटा विद्यालयका ७ जनाले सहभागिता जनाएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रतियोगितामा कक्षा ९ र १०मा पढने विद्यार्थीहरुले सहभागीता जनाएका थिए । प्रतियोगितामा सहभागिता जनाउने विद्यालयहरुमा महेन्द्र नमुना मावि खलंगा, मालिकार्जुन नमुना मावि धाप, चौलानी एकेडेमी स्कुल गोकुलेश्वर,तथा जनविकास मावि बारवाजगरी ४ वटा विद्यालयका ७ जनाले सहभागिता जनाएको प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने मध्ये प्रथम,द्वितीय र तृतीय स्थान प्राप्त…

Read More

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

Read More

काठमाडौं : नेपाल गणित समाजको दोस्रो चरणको प्रशिक्षक प्रशिक्षण आजदेखि सुरु भएको छ । देशका सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी ५१ गणित शिक्षकलाई प्रशिक्षण दिन सुरु गरिएको हो । आजदेखि असोज २३ गतेसम्म अनलाइनबाट र २६ देखि २९ गतेसम्म भौतिक उपस्थितिमा प्रशिक्षण दिन लागिएको सहजकर्ता सुस्मिता पाठकले जानकारी दिइन्। उनका अनुसार माध्यमिक तहका कक्षा ९ देखि १२ सम्मका गणितका महत्वपूर्ण पाठ्यवस्तु र त्यसको अध्ययन अध्यापनलाई प्रभावकारी र उपादेयतापूर्ण कसरी बनाउने भन्ने विषयमा प्रशिक्षण दिइनेछ । सहभागीलाई छ अलगअलग समूहमा विभाजन गरी शैक्षिकशैली सिकाइनेछ भने उहाँहरूलाई पनि प्रस्तुतीकरण तथा परीक्षाका शृङ्खला समावेश गराइने तालिमका संयोजक डा जीवन काफ्लेले बताए । यसबाट सिकाइ…

Read More

काठमाडौं : लोक सेवा आयोग दिपायल कार्यालयले सैन्य पदका लागी लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको दिपायल कार्यालयले आज एक सुचना जारी गरी उक्त जानकारी दिएको हो । कार्यालयले डोटीबाट संचालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला/समावेशी), सैन्य पदमा श्री गोरख बक्स गण, मंगलसेन ब्यारेक, अछामबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको जनाएको छ ।

Read More

लुम्बिनी : लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालले छिमेकी मुलुक चीनबाट अपेक्षाकृत लाभ लिन चुकेको बताएका छन्। उनले चीन नेपालको असल र सहयोगी छिमेकी भए पनि नेपालले अपेक्षाकृत लाभ लिन नसकेको बताए । चीनको ७४औँ राष्ट्रिय दिवसका अवसरमा नेपाल–चीनमैत्री समाज लुम्बिनीले आज बुटवलमा आयोजना गरेको अन्तक्र्रियामा निरन्तरको राजनीतिक अस्थिरता, नेपाल–चीनबीच भएका सहमति कार्यान्वयन पक्ष कमजोर हुँदा र चीनको विश्वास जित्न नसक्दा सोचेअनुसार सहयोग र लगानी भित्र्याउन नसकिएको शेरचनले बताए । नेपालले एक चीन नीतिलाई कडाइका साथ पालना गर्नुपर्ने भन्दै शेरचनले अहिलेको आर्थिक सङ्कटबाट मुक्ति पाउन चीनको सहयोग लिन सरकार र दलहरूको ध्यान जानुपर्ने शेरचनले सुझाव दिए। नेपाल–चीनमैत्री समाज लुम्बिनीका अध्यक्ष…

Read More

दैलेख : पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको विवाद सुल्झिएको छ । सरकारले दैलेखको भैरवी गाउँपालिका-१ रावतकोटमा पेट्रोलियम पदार्थ अन्वेषण गर्ने भन्दै अघि बढाएको जग्गा खरिद प्रक्रिया अन्र्ततको मुआब्जा वितरणलाई लिएर स्थानीयले असन्तुष्टि जनाएका थिए । पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले जिल्ला प्रशासन कार्यालय दैलेखमार्फत मुआब्जा वितरण प्रक्रिया अघि बढाएको थियो । भैरवी-१ रावतकोटका २७ घरलाई प्रतिरोपनी रु एक लाख ५० हजारका दरले मुआब्जा दिने प्रक्रिया अघि बढाएपछि स्थानीयले विरोध जनाएका थिए । सर्वदलीय बैठक र मुआब्जा पाउने नागरिकसँगको छलफलपछि विवाद सुल्झिएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बताए। “सरकारले प्रतिरोपनी रु एक लाख ७५ हजार मुआब्जा…

Read More

धनगढी: धनगढीमा लाखौंका अवैध सामान बरामद गरिएको छ। शनिबार धनगढी उपमहानगरपालिका-६ जाली भन्ने स्थानबाट वडा प्रहरी कार्यालयको टोलीले अवैध सामान बरामद गरेको हो। वडा प्रहरीका प्रमुख इन्सपेक्टर जनक ढुङ्गानाका अनुसार से १ ह २१८६ नं. को अटोरिक्सामा महिला र पुरुषका विभिन्न लुगा कपडाहरु लुकाइछिपाइ राखिएको अवस्थामा फेला पारी बरामद गरिएको हो। यस्तै पाच लाख दुई हजार दुई सय पन्ध्र मूल्य बराबरको कपडा र तीन लाख बराबरको अटोसहित आठ लाख दुई हजार दुई सय पन्ध्र मूल्य बराबरको सो सामान थप कारबाहीका लागि नियन्त्रणमा लिइ आवश्यक कार्वाहीको लागि त्रिनगर भन्सारमा पठाइएको प्रहरीले जनाएको छ।

Read More