Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढीको केजी अस्पतालले शल्यक्रियामा लापरबाही गर्ने गरेको विषय सार्वजनिक भएको छ। सो अस्पतालले शल्यक्रिया गर्दा गम्भीर लापरबाही गर्ने गरेको पाइएको हो। स्रोतका अनुसार अस्पतालमा शल्यक्रियाका लागि एनिस्थेसियोलोजिस्ट अनिवार्य हुन्छ। तर, केजीले भने एनिस्थेसियोलोजिस्ट बिना नै बिरामीको शल्यक्रिया गर्ने गरेको पाइएको हो। शल्यक्रिया गर्दा बिरामीलाई बेहोस पार्न एनेस्थेसियोलोजिस्ट आवश्यक पर्ने भएपनि अस्पतालले टेक्निसियनबाटै काम चलाउने गरेको खुलेको छ। धनगढी उपमहानगरपालिकाले प्रदान गरेको आसयपत्रका आधारमा चलेको १५ शय्याको यो अस्पतालमा सरकारले अनुगमन नहुँदा यस्तो लापरबाही भएको बताइन्छ। सो अस्पतालमा अहिले हाडजोर्नी, सुत्केरीसहित अन्य जटिल खालका शल्यक्रिया हुने गरेका छन्। तर सो क्रममा पनि बेहोस पार्ने चिकित्सक भने अस्पतालमा छैनन्। अस्पतालमा ल्याप्रोस्कोपी…

Read More

धनगढीः दशैं तिहारमा हुने सम्भावित आपराधिक घटना रोक्न सुदूरपश्चिम प्रदेशमा ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ। प्रदेशका सबै जिल्लामा सम्भावित जोखिमको अध्ययन गर्दै सुरक्षा व्यवस्था कडा पारिने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेशका सबै जिल्लामा सम्भावित जोखिमको अध्ययन गर्दै सुरक्षा व्यवस्था कडा पारिने गरी तयारी भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता उज्जल मर्हजनले बताए। प्रहरीको सङ्ख्या बढाएर सीमा नाका र ग्रामीण बस्तीहरूमा प्रहरी परिचालन गरिने भएको छ। सीमा क्षेत्रबाट हुने तस्करी र ग्रामीण बस्तीमा हुने झगडा तथा सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीको समेत सहयोग लिइने मर्हजनको भनाइ छ। ग्रामीण क्षेत्रमा कल–झगडा, चोरी तथा डकैतीका घटना हुन सक्ने…

Read More

सर्लाहीः सर्लाहीमा जलाउन लागिएको एक विवाहित युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ। जिल्लाको रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले चिताबाट नियन्त्रणम लिएको हो। बुधबार दिउँसो मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा मनिषाको शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपेन्द्र पंजियारले जानकारी दिए। घटना शंकास्पद देखिएपछि घाटबाटै प्रहरीले युवतीका पतिसहित परिवारका तीन जना सदस्यलाई पनि नियन्त्रणमा लिएको छ। पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी पंजियारले बताए। परिवारका सदस्यले छारे रोगकी बिरामी मनिषाले आत्महत्या गरेको दाबी गरेका छन्। डिएसपी पंजियारका अनुसार…

Read More

धनगढी : बाजुराका बिर्खराज पाण्डेले नेतागिरी गरेको पाइएको छ। जिल्लाको हिमाली गाउँपालिकामा कार्यरत प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजकसमेत रहेका बिर्खराजले खुलेआम नेतागिरी गरेको पाइएको हो। स्थानीयका अनुसार पाण्डेले अहिले गाउँमा गएर अरु पार्टीका कार्यकर्तालाई नेपाली काँग्रेसमा प्रवेश गराइरहेका छन्। केही दिनअघि मात्र उनले हिमाली गाउँपालिक-२ को कोट, कोटीगाउँ र रुम्दीमा एमाले परित्याग गरी कार्यकर्ताहरुले काँग्रेसमा प्रवेश गरेको भन्दै जानकारी गराएका थिए। कर्मचारीको आचारसंहितामा भने कुनै पनि दल तथा पार्टीको प्रचारक बन्न नपाइने व्यवस्था छ। तर उनले आचारसंहिता, मर्यादा कुल्चिरहेका हुन्। तर, यश विषयमा पालिकाले भने कुनै कारबाही गरेको छैन। पालिकाले उनको सो क्रियाकलापलाई नजरअन्दाज गरेको बताइएको छ। उता डोटीको एक पालिकामा…

Read More

कञ्चनपुर : बर्थिङ सेन्टर (प्रसूति गृह) नहुँदा शुक्लाफाँटा नगरपालिका–१२ का महिलाले सास्ती खेप्नु परेको छ। प्रसूति हुनका लागि उनीहरुलाई टाढाका बर्थिङ सेन्टरमा लैजानुपर्ने बाध्यता रहेको छ । नगरपालिकाकै दुर्गम वडाका बासिन्दाले बर्थिङ सेन्टर सञ्चालनका लागि माग गर्दै आए पनि सुनुवाइ हुन सकेको छैन। प्रसूति हुनेलाई एम्बुलेन्समार्फत परिवारजनले बन्साहा, देखतभूलीलगायतका क्षेत्रमा पुरयाउने गरेका छन। एम्बुलेन्स नपाउँदा घरमै जोखिम मोल्दै सुत्केरी हुँदै आएको स्थानीय लक्ष्मीदेवी विकले बताइन्। ‘एम्बुलेन्सका लागि आर्थिक अवस्था कमजोर भएका व्यक्तिले खर्चको जोहो मिलाउन सक्दैनन्’, उनले भनिन्, ‘घरमै प्रसूति हुनुपर्ने बाध्यता छ, धेरैले गाउँ टोलमा रहेका बचत समूहबाट ऋण निकालेर भए पनि प्रसूतिका लागि टाढाको बर्थिङ सेन्टरमा पुर्याउने गरेका…

Read More

बैतडीः बैतडीमा एक जना मृत फेला परेका छन्। जिल्लाको पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४२ वर्षीय सुरेन्द्र कुँवर झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। कुँवर घरनजिकैको मेलको रुखमा झुण्डिएको अवस्थामा बिहीवार विहान मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जनाकारी दिए। घटना बारे अनुसन्धान भइरहेको छ।

Read More

काठमाडौं : नेपाली बजारमा बिहीबार पनि सुन–चाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

बझाङः बझाङमा नेपाल प्रहरीको दरबन्दी तीन सय ८३ जना भए पनि हाल तीन सय ६ मात्रै कार्यरत छन्। जिल्ला प्रहरी कार्यालय बझाङअन्तर्गतका युनिटमा ७७ जनाको अभाव छ। बझाङमा दरबन्दी अनुसार प्रहरी नहुँदा सुरक्षा चुनौती थपिदै गएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहले बताए। डीएसपी शाहका अनुसार जिल्ला प्रहरी कार्यालय बझाङअन्तर्गत ३० वटा युनिट रहेको भएपनि हाल ३ सय ६ जना प्रहरी सुरक्षार्थ खटिनुपर्नेमा ७६ जना दुर्गम जिल्ला भएकै कारण काज मिलाएर बझाङ बाहिर बस्ने गरेका छन्। ‘७६ जना उपस्थित भएको भए अहिले असुरक्षित भएका ठाउँमा खटाउन सकिने र सुरक्षा अवस्था राम्रो हुने थियो। ७६ जना अनुपस्थित मध्ये…

Read More

डोटीः जिल्ला सदरमुकाम सिलगढीका उपभोक्ताले प्रयोग गर्ने पानीमा खानेपानीको मुहानदेखी उपभोक्ताको गाग्रीसम्मै दिसा मिसिएको कीटाणु भेटिएको छ। स्वास्थ्य कार्यालय डोटीले गरेको परीक्षणमा सिलगढीमा आउने पानीको मुहानदेखी उपभोक्ताको घरको गाग्रीसम्मका ७ वटा नमुना संकलन गरि परीक्षण गर्दा सबैमा दिसाको टिकाणु भेटिएको हो। सिलगढीमा आउने पानीमा अत्यधिक धमिलो हुनुका साथै दिसाको कीटाणु भेटिएको ल्याब असिस्टेन्ट निर्मल ओझाले बताए। उनका अनुसार सिलगढीमा आउने पानीको मुहान मछेन्तोलामा कोलिफम ३, खानेपानी ट्याङ्की सिलगढी ३, धारामा २ र गाग्रीमा १ कोलिफम देखिएको पानीमा धमिलोपन मछेन्तोलामा ३५, ट्याङ्कीमा २०, धारामा १५ र गाग्रीमा १३ देखिएको छ। जनावर वा मान्छे कसको दिसा हो भन्ने पहिचान हुन नसकेको तर…

Read More

काठमाडौं : दोलखाको विगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चार किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ। चीनबाट अवैध रूपमा ल्याएको चार किलो सुनसहित ३ जनालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (एआइजी) किरण राणाले जानकारी दिइन्।  बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय सिंगटीले ४ केजी सुनसहित ३ जनालाई नियन्त्रण लिएको उनले बताइन्। आज पत्रकार सम्मेलन गरेर थप जानकारी गराउने दोलखा प्रहरीको तयारी छ।

Read More