Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : सरकारले अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्राङ्कित अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका लागि आवश्यक पर्ने राजपत्राङ्कित अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको हो ।

Read More

एजेन्सी: इटालीको लाम्पेडुसा टापुमा डुङ्गा पल्टिँदा कम्तीमा ४१ जना आप्रवासीको ज्यान गएको छ । दुर्घटनामा बाँचेका चार जनाले आफूहरू ट्युनिसियाबाट इटाली जानका लागि डुङ्गा चढेको बताएका बीबीसीले जनाएको छ । उद्धार गरेर बाँच्न सफल चार जना आप्रवासी आइभोरी कोस्ट र गिनीका बासिन्दा हुन् । एक कार्गो जहाजले उनीहरूलाई उद्धार गरी इटालीको तट रक्षकलाई बुझाएको थियो । ट्युनिसियाको स्फ्याक्स बन्दरगाहबाट ४५ जना डुङ्गामा चढेकोमा केही घण्टापछि डुबेको खबरमा उल्लेख छ । अवैध आप्रवासीका लागि प्रमुख ‘ट्रान्जिट’ मानिने ट्युनिसियाको स्फ्याक्स बन्दरगाह सहर इटालीको लाम्पेडुसा टापुबाट एक सय ३० किलोमिटर टाढा रहेको छ । यो वर्ष अहिलेसम्म उत्तर अफ्रिकाबाट युरोप जाने क्रममा एक…

Read More

धनगढीः धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-८ का २६ वर्षीय रोहित राना र सोही ठाउँका १८ वर्षीय किशोर रहेका छन् । उनीहरुलाई धनगढी-२ त्रिनगरबाट ६५० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Read More

पर्सा: १६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका–४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अन्सारीको मृत्यु भएको हो । कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले सोही ठाउँका २४ वर्षीय अबतुल्लाह मिया अन्सारी र ४५ वर्षीय वकिल महमद अन्सारीलाई पक्राउ गरेको छ । वकिल महमद र अली महमद अन्सारीबीच शनिबार राति झै–झगडा तथा कुटपिट हुँदा अबतुल्लाह मिया अन्सारीले चिर्पटले प्रहार गर्दा गम्भीर घाइते भएका जमुदिनको एलएस न्युरो अस्पताल बारामा बुधबार बिहान मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साले थप अनुसन्धान गरिरहेको छ ।

Read More

धनगढीः बैतडीमा सर्पको टोकइबाट एक किशोरीको मृत्यु भयो। जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको थियो। तर केही मिडियाले भने त्यसलाई छाउपडीको रंग दिएर प्रस्तुत गरेको आफन्तले आरोप लगाएका छन्। विभिन्न सरकारी तथा गैरसरकारी मिडियाले अनितालाई महिनावारी भएको बेला गोठमा बसाइएको र सर्पले टोकेर ज्यान गएको भन्दै प्रसारण तथा प्रकाशन गरेका थिए। तर वास्तविकतामा भने त्यसो नभएको पाइएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले मंगलबार घरभित्र नै सुतेको अवस्थामा सर्पले टोकेको र बुधबार बिहान अनिताको ज्यान गएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। आफूले परिवारका सदस्यलाई सम्पर्क गरेर बुझ्दा मृतक अनिता छाउपडी नभएको र…

Read More

दार्चुला: दार्चुलाको एक पसलमा आगलागी भएको छ । जिल्लाको महाकाली नगरपालिका-४ रिङन ताल नजिक तिंकर सडकखण्डमा रहेको जमन सिंह धामीको धामी ट्रेडर्स एण्ड ईलेक्ट्रोनिक पसलमा आगलागी हो । मंगलवार राति १० बजेतिरको समयमा अचानक विद्युतको तार सर्ट भई आगलागी भएको प्रहरीले बताएको छ । आगलागी राति नै प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेयले बताए । पसलका ईलेक्ट्रिक सामानहरू जलेका र क्षतिको विवरण खुल्न बाँकी रहेको उनले बताए ।

Read More

कृष्णनगर: कपिलवस्तुको कृष्णनगर नगरपालिका–५ बगहीका एकै घरका दाजुभाइको पोखरीमा डुबेर मृत्यु भएको छ । यादव दाजुभाइको मृत्युपछि बगही गाउँ शोकमा डुबेको छ । उक्त गाउँका रामअवतार यादवका छोरा सात वर्षीय साजन र पाँच वर्षीय राजनको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए । खोजतलास गर्ने क्रममा आज बिहान ७ बजे डुबेको अवस्थामा शव फेला परेको थियो । माटो निकालेर पानी जमेको पोखरीमा दाजुभाइको शव फेला परेको उनले बताए । मङ्गलबार बेलुकादेखि हराएका दाजुभाइको शव घर नजिकैको पोखरीमा फेला परेपछि तौलिहवा जिल्ला अस्पतालमा शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको र घटनाको विषयमा थप…

Read More

बाँके: बाँकेमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ । बाँकेका नेपालगन्ज, कोहलपुर, खजुरालगायतका स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन् । बाँकेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएको छ । विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप बढेपछि निजी तथा संस्थागत विद्यालय बन्द गरिएको प्याब्सन नेपालगन्जका अध्यक्ष विकास बज्राचार्यले जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोरखबहादुर थापाले उपमहानगरका अधिकांश बालबालिकामा आँखा पाक्ने सङ्क्रमण देखिएकाले विद्यालय चार दिन बन्द गर्ने निर्णय गरिएको बताए । शुक्रबारसम्म यहाँका विद्यालय बन्द रहने छन् । आँखा पाक्ने रोगबाट बालबालिका बढी प्रभावित भएका छन्…

Read More

काठमाडौँ: अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ । दिवसका अवसरमा आज बानेश्वरमा जनजाति आयोगले कार्यक्रमको आयोजना गरेको छ । त्यसैगरी आदिवासी जनजाति महासङ्घले दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि आयोजना आयोजना गरेको छ । सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय…

Read More

काठमाडौँ: वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिकरूपमा अवरुद्ध भएका छन् । आज बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्णरूपमा अवरुद्ध बनेका छन् । तमोर करिडोरको पाँचथरको हेवाखोला र माझीटारमा सडक अवरुद्ध बनेको छ । भालुवाङ–लिवाङ–रोल्पा माडीचौर सडक प्यूठानको गर्जेनी खण्ड अवरुद्ध रहेकामा खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ । तानसेन–रिडी–कोरला सडक म्याग्दीमा अवरुद्ध छ । ट्रयाक खोल्ने प्रयास गरिए पनि निरन्तर पहिराका कारण समस्या भइरहेको छ । धनगढी–सहजपुर–बुडर–स्याउले सडक कैलालीको एउटा खण्डमा पूर्णरूपमा अवरुद्ध छ । यस खण्डमा झन्डै तीन सय मिटर क्षेत्रमा पहिरो खसेको छ । एक…

Read More