Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा छुुट्टाछुट्टै घटनामा दुुई जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। धनगढी उपमहानगरपालिका १२ सी गाँउ बस्ने ४५ वर्षीय यवराज शाहीको करेन्ट लागेर मृत्यु भएको हो। आफ्नै घरको शौचालयमा विजुलिको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका शाहीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, कैलारी गाउँपालिका– ९ बनकनरी बस्ने ५ वर्षीय बिजल चौधरीको पानीमा डुुबेर मृत्यु भएको छ। शनिवार साँझ पोखरीमा नुहाउने क्रममा डुबेर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। घर नजिकैको समाज सुधार सामुदायिक बनमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर घाइते भएका चौधरीको अस्पताल…

Read More

धनगढी: कैलालीमा सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) ले तस्करीका अवैध सामान र मोटरसाइकल समात्ने अभियान थालेको छ। जसअन्तरगत आरआइटीले (हिजो) शनिबार ३ वटा मोटरसाइकल बरामद गरेर एक गोदाममा छापा हानेको छ। प्रहरीका अनुसार भजनीको वडा नम्बर ७ हिम्मतपुर भारतबाट सामान ल्याउने २ वटा दुई नम्बरी मोटरसाइकल बरामद गरिएको छ। यस्तै उता टीकापुरको कालाकुण्डाबाट पनि एक १ मोटरसाइकल समातिएको छ। त्यस्तै त्यहाँको मिलन खुद्रा पसललाई अवैध सामान राख्ने गोदाम बनाइएकोमा त्यहाँ छापा हानेर सामानहरु बरामद गरिएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीकासामान बरामद गरिएको छ। जिल्लाको भिमदत्त नगरपालिका–४ र ६ सुकासालबाट अवैध रुपमा भन्सार छली ल्याएका अन्दाजी २ लाख २८ हजार ६१० मुल्य बराबरका कम्मरमा लगाउने कपडाको बेल्ट, लेडिजका कपडा, दाल, तेल, अचार, काजु लगायतका खाद्ययबस्तु तथा कपडा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो। साथै भन्सार छलीका सामान कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। बालाजुबाट कलंकीतर्फ आउँदै गरेको ना ५ ख ५०९२ नम्बरको बसले स्वयम्भुनजिकै अन्नपूर्ण चोकमा विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश-०२-०३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार २ जनाको मृत्यु भएको छ भने एक जना बालिका घाइते भएकी छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३५ वर्षीय रामकुमार भारती र पछाडि सवार सिन्धुपाल्चोकको साँगाचोकगढी-३ की ३२ वर्षीया अनिता थापामगरको मृत्यु भएको हो। उनीहरु दुवैको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा आज बिहान ८ बजेर २० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अनिताकी ९ वर्षीया छोरी अनिसा घाइते भएकी छन्। उनको स्वयम्भुस्थित…

Read More

धनगढी: कैलालीमा लागुऔषधको जालो झन बढ्दै गएको छ। पछिल्लो समय सीमा नाकाबाट ब्राउनसुगर तस्करी र कैलालीमा लागुऔषध प्रयोगकर्ताहरु बढ्दै गएको पाइएको हो। प्रहरीको तथ्यांक अनुसार अहिले विषेशगरी युवाहरु लागुऔषधको दलदलमा फसिरहेका छन्। कैलालीस्थित अत्तरियामा रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले मात्रै चालु आर्थिक वर्षको श्रावण महिनामा मात्रै लागुऔषध प्रयोगकर्ता तथा ओसारपसारमा संलग्न २५ जनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक गणेश बरालका अनुसार पक्राउ पर्नेमा २४ जना युवक र १ युवती रहेका छन्। उनीहरुको साथबाट प्रहरीले २९ ग्राम ५२५ मिलीग्राम लागुऔषध (खैरो हेरोईन) बरादम गरेको छ। १ महिनाको अवधिमा लागुऔषध सम्बन्धीका १५ ओटा मुद्धा दर्ता भईसकेको बरालले…

Read More

धनगढी: कैलालीमा बहुविवाह गर्ने बढेका छन्। घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गर्ने पुरुषको संख्या जिल्लाभित्र बढ्दै गएको हो। जिल्ला अदालत कैलालीमा आर्थिक वर्ष २०७४–७५ मा १३, आर्थिक वर्ष २०७५–७६ मा २१, र आर्थिक वर्ष २०७५–७६ मा बुहविवाहका १७ मुद्दा दर्ता भएको अभिलेख छ। त्यस्तै आर्थिक वर्ष २०७७–७८ मा १७ वटा बहुविवाहका मुद्दा दर्ता भएका थिए। बहुविवाहका आर्थिक वर्ष २०७९–८० सम्म आइपुग्दा ६७ मुद्दा दर्ता भएका छन्। तीमध्ये ४१ मुद्दाको फैसला भइसकेको छ भने २६ मुद्दाको अन्तिम फैसला हुन बाँकी छ । जिल्लाभित्र बहुविवाहसँगै बालविवाह हुने क्रम पनि रोकिएको छैन्। सो अवधिसम्म बालविवाहका तीन मुद्दा अदालतमा परेकोमा सबै मुद्दाको फैसला भइसकेको…

Read More

दोहा: कुवेतले तीन महिनाको अवधिमा २४ हजार विदेशीहरूलाई देश निकाला गरेको छ । आपराधिक र दुर्व्यवहारका घटनामा संलग्न भएको आरोपमा जनवरी १ देखि जुलाई ३१ सम्मको अवधिमा विभिन्न राष्ट्रियताका भएका २४ हजार आप्रवासीहरूलाई उनीहरूको देश निकाला गरिएको कुवेतको सुरक्षा स्रोतले जनाएको छ । कुवेतको रेसिडेन्सी मामिला अनुसन्धान र सार्वजनिक सुरक्षा क्षेत्रको सामान्य विभागले रेसिडेन्सी कानून उल्लङ्घन गर्ने आप्रवासीहरूलाई देश निकाला गर्ने नेतृत्व गरेको छ। त्यहाँका पहिलो उपप्रधानमन्त्री र गृहमन्त्री शेख तलाल खालिद अल-अहमद अल-सबाह निर्देशन उनीहरूलाई पक्राउ गरी देश निकाला गरिएको हो । कुवेतले विभिन्न समयमा गैरकानुनी रुपमा बस्दै आएका नेपाली सहित विदेशी नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी कुवेतमै बस्न वा सीमित जरिवाना तिरेर आआफ्नो…

Read More

काठमाडौ: मानिसहरु लगातार मोटोपनाको शिकार भइरहेका छन्। त्यसैले दिनरात यस समस्याबाट छुटकारा पाउने उपाय खोजिरहेका छन्। मोटोपना हुनुकाे प्रमुख कारणमा जंकफूड हाे। जंकफूडमा सबैभन्दा बढी बोसो हुन्छ, जसले शरीर मोटो बनाउन मद्दत गर्छ। यस्तै अव्यवस्थित जीवनशैली र व्यायामको कमीका कारण मानिसमा पेटको बोसो तीव्र गतिमा बढिरहेको छ। यी खानेकुरालाई आफ्नो खानपानमा समावेश गरिएन भने जिम नगइ मोटोपन कम गर्न सकिन्छ।  चामलको सेवन कमयदि तपाइँ आफ्नो पेटको बोसो घटाउनेबारे चिन्तित हुनुहुन्छ भने सबैभन्दा पहिले आफ्नो आहारबाट सेता खानेकुरा चामललाई बहिष्कार गर्नुहोस्। यदि तपाइँलाई भात बढी खान मन लाग्छ भने बिस्तारै यसको मात्रा घटाउनुहोस। वास्तवमा सेतो चामल स्वास्थ्यका लागि राम्रो मानिँदैन। त्यसैले स्वास्थ्य विज्ञहरूले खानामा ब्राउन राइस खानुपर्ने सुझाव दिएका…

Read More

धनगढीः सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज(आइतबार) ६ घण्टा बन्द हुने भएको छ। सडक डिभिजन कार्यालय, महेन्द्रनगरका अनुसार आइतबार बिहान १० देखि ४ बजेसम्म सडक बन्द हुने भएको हो।  कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा पहिरोका कारण भासिएको सडक मर्मतका लागि आइतबार ६ घण्टा यातायात बन्द  गरिने भएको हो। भासिएको सडकमा तार जाली र ग्राभेल  हालिने भएको बताइएको छ। वर्षाका कारण बुढीतोलामा पहिरो गएको थियो। उक्त क्षेत्रमा पानी रहेकाले सवारी सञ्चालनमा समस्या हुने गरेको छ। यातायातका साधन हिलोमा फस्न थालेकाले तार जाली र ग्राभेल हाल्न थालिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले बताएको छ।            …

Read More

काठमाडौं: करदाताले मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्नेसम्बन्धी साविकको व्यवस्थामा परिवर्तन भएको छ। नयाँ व्यवस्थाअनुसार वार्षिक रु एक करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक एक करोडभन्दा कम कारोबार गर्ने कम्पनीले चौमासिकरूपमा भ्याट विवरण दाखिला गर्नुपर्ने आन्तरिक राजस्व विभागले जनाएको छ। “मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २६ मा संशोधन भई साविकमा रहेको इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र उद्योगले चाहेमा विवरण पेस गर्ने अवधि चौमासिक कायम गर्न सक्नेछन् भन्ने व्यवस्था खारेज भएको छ”, विभागले सूचना जारी गर्दै भनेको छ, “संशोधित व्यवस्थाअनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएका वार्षिक र एक करोडभन्दा बढीको कारोबार भएका इँटा उद्योग, होटल, पर्यटन…

Read More