Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले यौन शोषणको आरोप लागेको छ। विभिन्न प्रलोभन देखाएर उनले एक महिलामाथि विगत ३ वर्षदेखि यौन शोषण गर्दै आएका पीडित महिलाले बताएकी छन्। चिनजानकी एक दिदीमार्फत सन् २०१९ मा कृष्णमान प्रधानसँग परिचय भएको ती महिलाले बताइन्। उनले आईएनजीओमा जागिर लगाइदिने तथा सबै गरिदिन्छु भन्दै जिन्दगीभर श्रीमती जस्तै बनाएर राख्ने प्रलोभन देखाएको महिलाले बताइन्। प्रधानले यसरी निरन्तर आफूलाई यौन शोषण गरिरहने महिलाको भनाई छ। कृष्णमानले नेपाल कानून समाजकै कार्यालयमा जागिर लगाएर त्यहाँ पनि ५ महिनासम्म यौन शोषण गरेको महिला बताउँछिन्। तर, विभिन्न जालझेल गरेर कृष्णले आफूमाथि गरेको शोषणका प्रमाण मेटाइएको उनको दाबी छ। मोबाइलमा…

Read More

कैलाली: कैलालीमा पछिल्लो तीन वर्षयता साना तथा घरेलु उद्योग दर्ता हुने क्रम घट्दै गएको छ । कञ्चा पदार्थको अभाव, आर्थिक मन्दी, झन्झटिलो कानुनी प्रक्रिया, भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायत कारणले उद्योग दर्ता हुने क्रम घट्दै गएको हो । हालसम्म कैलालीमा साना तथा घरेलु उद्योग दर्ताको सङ्ख्या १५ हजार ९१ पुगेको छ । जिल्लामा दर्ता भएका उद्योगमा उत्पादनमूलक, कृषिमूलक, निर्माणमूलक, पर्यटनमूलक, सूचना प्रविधि र सेवामूलक गरी सो सङ्ख्यामा उद्योग रहेका छन् । बर्सेनि उद्योग नवीकरण भइरहे पनि अधिकांश उद्योग सञ्चालनमा आउन भने सकेका छैनन् । कञ्चा पदार्थको अभाव, आर्थिक मन्दी, झन्झटिलो कानुनी प्रक्रियालगायतका कारणले जिल्लाभित्र दर्ता भएका उद्योग सञ्चालन गर्न कठिनाइ…

Read More

प्रिय जीन्दगी,आफैले आफैलाई चिन्न नसकेको हो कि ?नजिरले यस्तो बनाएको ?हिंड्दै जाँदा पैतालाका चालहरुलेछ्ल गर्दा, म डगमगाइन,यहाँ जीन्दगीले तछाड मछाड गर्दा पनिमेरो यो अन्तर मनमा आरिष छैनदुनियाले मेरै कुरा काटोसमेरै खुट्टा तानोस,मै माथि खनियोसदुनियाँ मेरै सिरमाथि कफ्फन बाँधेरबस्दासम्म म नथाक्ने बनेको छु । हिंड्दै गर्दा कति ठेस लागे, लाग्छन्ती ठक्करहरुलाई नकुल्चिन,नखोजेको पनि त होइनजीन्दगीलाई सफल बनाउन,भनि हिंडेको एक पात्र हुँ मसिकारुको मन्त्र बोक्दै अगाडिलम्किने एक जुझारुको महिमा खोज्दैलक्ष्यको बाटोतर्फ लम्किन खोज्नेएक पथयात्री हुँ मगन्तव्यको अनुभूति के हो ?अझै बुझेको छैनलक्ष्य ध्येय के हो अझै स्विकार्न सकिएन यो बोझ भएको भारीलाईअन्तरमले पन्छ्याउन नखोजेकोन रोजेको पनि होइन,मेरा क्षितीजका पाटा कति होलान्मैले खन्दै…

Read More

कञ्चनपुर: कञ्चनपुरमा चुरे क्षेत्रबाट अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खननको कार्य रोकथामका लागि कार्य अगाडि बढाइएको छ। शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वनका पदाधिकारी नदीजन्य पदार्थको अवैध उत्खनन रोक्नका लागि सक्रिय भएर गस्ती गरिरहेका छन्। सामुदायिक वनको चुरेक्षेत्र नजिकका नदी, खहरे खोलालगायतका क्षेत्रबाट अवैधरूपमा लुकीछिपी ढुङ्गा, बालुवा, गिट्टीलगायत उत्खनन गरी ढुवानी भइरहेको सूचना प्राप्त भएकाले नियन्त्रणका लागि खटिएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए। “बिहानीको झिसमिसेदेखि साँझ अबेरसम्म नदीजन्य पदार्थको अवैध उत्खनन रोक्नका लागि पालो मिलाएर खटिएका छौँ”, उनले भने। वनहरा, अनौखी, गौडी खोलालगायतका क्षेत्रमा नदीजन्य पदार्थको अवैध उत्खनन भएको पाइए पनि संलग्नहरू फेला नपरेकाले खोजीकार्य भइरहेको उनको भनाइ छ। चुरेक्षेत्र…

Read More

एजेन्सी: खानाको बारेमा विवाद हुँदा एक महिलाले आफ्नै श्रीमानमाथि छुरा प्रहार गरेकि छिन्। घटना भारतस्थित उत्तर प्रदेशमा पर्ने भारत नगरको पिपल अड्डाको हो। जहाँ विनीत शर्मा दिनभर काम गरेर बुधबार साँझ ७ः३० बजे घर पुगेका थिए। उनले आफ्नी श्रीमती मोहिनीलाई अण्डाको करी बनाउन भने। यही विषयलाई लिएर श्रीमान–श्रीमतीबीच झगडा भएको थियो। आक्रमणमा परी घाइते भएका श्रीमानलाई अस्पताल भर्ना गरिएको छ। अहिले उनको अवस्था खतरामुक्त छ। घटनाको बारेमा कुनै उजुरी नपरेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नियमित एजेन्डाको विषयमा छलफल हुने बताइएको छ।

Read More

कैलाली: प्रहरीले धनगढीबाट ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–२ त्रिनगरस्थित ब्यारेलबाट ३ सय ७० मिलिग्राम ब्राउनसुगरसहित सोही उपमहानगरपालिकाको १९ नम्बर वडाका १८ वर्षीय साजन जोशी बिहीवार साँझ पक्राउ परेका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा जोशीको साथबाट उक्त पदार्थ फेला परेको बताइएको छ।

Read More

डडेल्धुरा: डडेल्धुरामा ३ किलो ८ सय ग्राम चरेससहित एकजना पक्राउ परेका छन्। जिल्लाको अमरगढी नगरपालिका–८ मिटमार्ट मासु पसल नजिकबाट बझाङको बुंगल नगरपालिका–११ का ३५ वर्षीय धनबहादुर बोहरालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले शङ्काको आधारमा चेकजाँच गर्दा बोहराको साथबाट उक्त परिमाणमा चरेश भेटिएको बताइएको छ। बोहराको साथबाट चरेससहित एक थान मोबाइल, २३ जार ५ सय ३० नेपाली रुपैयाँ र २ हजार ६ सय १० भारुसमेत फेला परेको छ।

Read More

धनगढीः कैलालीको धनगढीबाट २६ लाख बढी मुल्य बराबरका तस्करीको सामान प्रहरीले बरामद गरेको छ। बिहीवार अवैध सामानसहित प्रहरीले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–९ का ४० वर्षीय राहुल सिलवाललाई पक्राउ गरेको हो। भारतबाट आयात गरिएको सो सामान ना ५ ख ४७३२ नम्बरको बसभित्र फेला परेको थियो। बसलाई धनगढी उपमहानगरपालिका–३ भन्सारबाट नियन्त्रणमा लिएको हो। बसभित्र २६ लाख ६६ हजार मुल्य बराबरको सामान फेला परेको प्रहरीले जनाएको छ। बसभित्र भारतबाट लुकाएर ल्याउँदै गरेको मोबाइल पार्ट्स, नक्कली गरगहना, कर्क, ब्याट्री र ईन्भटर लगायतका गरी २६ लाख ६६ हजार मुल्य बराबरका भन्सार छलीका सामान रहेको बताइएको छ। नियन्त्रणमा लिएको बस छोडिएको छ भने सामान र संलग्न व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय…

Read More

काठमाडौं: सशस्त्र प्रहरीका बहालवाला एक डीएसपी हतारिँदै उपत्यका अपराध अनुसन्धान कार्यालय पुगिन्। केही दिनअघि अपराध महाशाखा पुगेकी उनले अन्जान नम्बरसँग ह्वाट्सएपमा कुरा गर्दा एक हप्ताको अवधिमा १३ लाख गुमाइन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार अनलाइन ठगी गर्ने गिरोहको प्रलोभनमा पर्दा उनले उक्त रकम गुमाएकी हुन्। प्रहरीका अनुसार अपरिचित नम्बरबाट आएको ह्वाट्सएप म्यासेजमा उनले कुराकानी गर्ने गरेकी थिइन्। कुराकानी बढ्दै जाँदा ती व्यक्तिले आफू युद्धमा जान लागेको आर्मी भनेर चिनाएका थिए। युद्धका क्रममा परिवार गुमाएको र आफ्नो एउटा खुट्टा पनि गुमाएको जानकारी ती डीएसपीलाई दिएका थिए। निरन्तरको कुराकानी र फोटो भिडियो आदानप्रदान भइसके पछि ति व्यक्तिले बिमावापत आफूलाई…

Read More