Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरको बेलौरी छोटी भन्सार सञ्चालनको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापनपत्र बुझाइएको छ । शुक्रवार पूर्व खानेपानीमन्त्री विना मगरसहित बेलौरी उद्योग वाणिज्य संघका पदाधिकारीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएका हुन् । बेलौरीवासीले लामो समयदेखि बन्द अवस्थामा रहेको छोटी भन्सार सञ्चालनको माग गर्दै आएका छन् ।

Read More

कैलाली: कैलालीका एक पुरुषको साइकलबाट लडेर मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको जानकी गाउँपालिका–३ का ६६ वर्षीय बुद्धिराम थारु गुरुवाको मृत्यु भएको हो । जानकी-३ नयाँ लायकपुर शिविरस्थित सडकमा साइकलबाट लडेका उनको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय नेताहरू धनगढी पुगेका छन् । धनगढीमा रास्वपाको दुई दिने पार्टी प्रशिक्षण कार्यक्रम छ । शुक्रवार र शनिवार हुने सोही कार्यक्रम अन्तर्गत पार्टी नेता र कार्यकर्ताहरूलाई प्रशिक्षण दिन नेताहरु धनगढी पुगेका हुन् । केन्द्रीय उपसभापति डिपि अर्याल, सांसद गणेश पराजुली र विराजभक्त श्रेष्ठ, पूर्व बैंकर अनिलकेसरी शाह र सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी आज धनगढी पुगेका छन् । धनगढी पुगेर राजपुरमा रहेको पार्टीको प्रदेश कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै रास्वपा उपसभापति अर्यालले पार्टी संसदीय मार्यादाको परिधिभित्र रहेर रचनात्मक प्रतिपक्षीको भूमिका खेली रहेको बताएका छन्। प्रशिक्षणमा रास्वपा सुदूरपश्चिमका नेताहरूको सहभागिता रहने रास्वपा सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ।

Read More

काठमाडौँ: दोलखामा पहिरोमा परेर तीन वर्षीय बालकको मृत्यु भएको छ । गौरीशङ्कर गाउँपालिका–७ टोपाटारमा गएराति पहिरो खस्दा तीन वर्षीय प्रिन्स थामीको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा तीन जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन् । हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती बेपत्ता भएका छन् । दुई जना घाइतेको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ । एक जनाको दोलखामा नै उपचार भइरहेको छ । बेपत्ताहरुको खोजी भइरहेको बताइएको छ ।

Read More

दाङ: जुको अस्तु सेलाउन गएका दाङ तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका लोकेन्द्र भुसाल नारायणी नदीले बगाएर बेपत्ता भएका छन् । उनी बिहीवार दाजु रेमन्तको अस्तु देवघाटमा सेलाउन गएका थिए । रेमन्तका फुपूका छोरा ३२ वर्षीय लोकेन्द्रलाई शुक्रवार बिहान नारायणी नदीले बगाएको चितवन प्रहरीलाई उद्धृत गर्दै पारिवारिक स्रोतले जानकारी दिएको छ । बेपत्ता लोकेन्द्रको खोजी भइरहेको प्रहरीले बताएको छ । तुलसीपुर–१२ को रझेनामा साउन १५ गते बेलुका मोटरसाइकल र स्कुटर ठोकिँदा गम्भीर घाइते भएका रेमन्तको उपचारका क्रममा बुधवार भारतको लखनउमा ज्यान गएको थियो ।

Read More

काठमाडौँः नेपाल प्रहरीकी नायब उपरीक्षक (डिएसपी) दिप्ती कार्की अमेरिकामा भएको १० हप्ते तालिममा भाग लिएर फर्केकी छिन् । सुदूरपश्चिम प्रदेशको कैलाली घर भएकी उनी अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआई)को नेसनल एकाडेमीका लागि छनोट भएकी थिइन् । उनी नेपालबाट छनोट हुने पहिलो महिला प्रहरी अधिकारी पनि हुन् । अमेरिकाको भर्जिनियामा एफबीआई प्रशिक्षण कार्यक्रममा सहभागी भएपश्चात उनले उक्त तालिम सफलतापूर्वक सम्पन्न भएको बताएकी छिन् । उनले एफबीआई कोर्स निकै गहन रहेको र यसलाई विज्ञहरुले एकदमै राम्रोसँग कार्यान्वयन गरेको पाएको बताइन् । उनले शैक्षिक, सामाजिक र भौतिक तीनै हिसाबले धेरै सिक्ने अवसर पाएको बताएकी छिन् । नेपालका लागि अमेरिकी राजदूत डिन आर…

Read More

बझाङ: बझाङको बुङ्गल नगरपालिकाका एक कर्मचारी बेपत्ता भएका छन् । नगरपालिकाका कार्यालय सहयोगी धनबहादुर बोहरा बिहीबार साँझदेखि बेपत्ता छन् । बुङ्गल-३ विर्पैयाँका करिब ४० वर्षीय बोहरा नगरपालिकाबाट घर नफर्केका र उनले लगाएको चप्पल कालङ्गा नदीको किनारमा बिजगडा पुलको नजिक भेटिएको प्रहरीले जनाएको छ । चप्पल नदी किनारमा भेटिएकाले उनी नदीमा खसेको हुनसक्ने आशंका गरिए पनि यसबारे आधिकारिक रुपमा भन्न नसकिने इलाका प्रहरी चौकी बिजगडाले जनाएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा चार दिनदेखि बेपत्ता एक जना मृत भेटिएका छन् । कृष्णपुर नगरपालिका–२ बङ्क नवदुर्गा टोलका ३५ वर्षीय कुवेर दमाई मृत भेटिएका हुन् । दमाईको शव घरदेखि करिब पाँच सय मिटर टाढा बन्द नदी किनारमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले जानकारी दिए । स्थानीयले बाख्रा चराउन जाने क्रममा नदीको किनारमा खनेको माटो देखेपछि बिहीबार साँझ प्रहरीलाई खबर गरेका थिए । दमाई सोमबारदेखि बेपत्ता थिए । “खाल्डोमा सडेगलेको अवस्थामा शव फेला परेको छ”, उनले भने, “हत्या गरिएको हो वा अन्य कारणले मृत्यु भई शव गाडिएको भन्नेबारे पत्ता लगाउन अनुसन्धान जारी छ ।” शव परीक्षणका…

Read More

काठमाडौँ: भारतको गौरीकुण्डमा पहिरो जाँदा ७ नेपालीसहित १३ जना बेपत्ता भएका छन् । उत्तराखण्डको रुद्रप्रयाग जिलास्थित गौरीकुण्डमा भारी वर्षाका कारण भूस्खलन हुँदा एकै परिवारका ७ जना नेपाली बेपत्ता भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । ७ जना नेपालीसहित ३ जना त्यहाँका स्थानीय र ३ जना अन्य राज्यका बेपत्ता रहेका बताइएको छ । बेपत्ताहरुको परिचय भने खुलेको छैन । बेपत्ताहरुको खोजीका लागि रेस्क्यू टिम राति नै घटनास्थल पुगेको भएपनि भारी वर्षाका कारण बिचमै खोजी कार्य रोक्नुपरेको थियो । बिहानबाट फेरि खोजी कार्य सुरु गरिएको र त्यहाँ भारी वर्षा भइरहेको जनाइएको छ । बेपत्ता भएकाहरु नजिकै रहेको मंदाकिनी नदीमा बगेका हुनसक्ने अनुमान…

Read More

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका—८ कालागाउँ माल्लेकी १७ वर्षीया सीमा लुहारले टाउकोतिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै भएकी बालिका (छोरी) जन्माएकी छन् । लुहारले कटौँजपानी स्वास्थ्य चौकी दोगडाकेदारमा बिहीबार बिहान यस्तो बच्चा जन्माएकी हुन् । उक्त स्वास्थ्य चौकीकी अनमी रमिता जोशीले असाधरण शिशु जन्मेपछि आफूहरुले थप उपचारका लागि सल्लाह दिएको उनले बताइन् । करिब दुई महिनाअघि गर्भ जाँच गराउँदा बच्चाको अवस्था ठिकै रहेको भएपनि जन्मिँदा असाधारण शिशु जन्मिएको उनले बताइन् । यस्तो शिशु जन्मिुनको कारण यही हो भन्न नसकिए पनि कम उमेरमा बच्चा जन्माउँदा बिकलांग हुने सम्भावना बढी रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । लुहारको आर्थिक…

Read More