धनगढी: कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सिनामाथि दुर्व्यवहार र कुटपिट गर्ने नगर प्रहरीलाई कारवाही माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेकाे छ। भन्सार कार्यालयले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिदै प्रमुख तिमिल्सिनामाथि गएराति कुटपिट गर्ने नगर प्रहरीहरूकाे पहिचान गरेर कानुन बमोजिम कारवाही गर्न माग गरेकाे छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले सीसीटीभी फुटेजसहित कुटपिटमा संलग्नलाई कारवाही गर्दै माग गर्दै लिखित उजुरी प्राप्त भएकाे जानकारी दिए। उनकाअनुसार उजुरीमा कसैकाे पनि नाम उल्लेख छैन। फुटेजमा देखिएका व्यक्तिकाे पहिचान गरेर कारवाही गरिदिन भनिएकाे छ। गएराति १० बजेतिर धनगढी उपमहानगरपालिकाका नगर प्रहरीका प्रमुख नगर प्रहरी निरीक्षक…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: कैलालीको धनगढीमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ। धनगढी– १४ एच गाउँस्थित साइनोचोक नजिकै नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको हो। रोइरहेको अवस्थामा सडक छेउको नालामा सालनालसहित शिशु फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले स्थानीयले रोइरहेको अवस्थामा शिशुलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए। नवजात शिशुलाई प्रहरीले उद्धार गरी सेती प्रादेशिक अस्पताल धनगढी पुगाएको छ।
धनगढी: कैलालीको धनगढीमा भन्सारका प्रमुखलाई नगर प्रहरीले भकुरेको पाइएको छ। धनगढी उपमहानगरपालिकाका नगर प्रहरीका प्रमुख नगर प्रहरी निरीक्षक(इन्सपेक्टर) लक्ष्मण सिंह धामीको टोलीले कैलाली भन्सारका प्रमुखलाई कुटेको हो। गए (शनिबार) राति भन्सार कार्यालयभित्रै प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सिनामाथि कुटपिट भएको बताइएको छ। रातमा भन्सार प्रमुख र नगर प्रहरीबीच वादविवाद भएको खबरपछि प्रहरीको टोली पनि त्यहाँ पुगेको थियो। यद्यपि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली त्यहाँ पुग्दासम्म स्थिती समान्य भइसकेको जनाइएको छ। यता नगर प्रहरी धामीले भने तिमिल्सिनामाथि कुटपिट नगरेको तर मदिराले लठ्ठ अवस्थामा रहेका उनले आफूहरुमाथि दुव्र्यवहार गरेको दाबी गरेआ छन्। तीव्र गतिको स्कारपियोले ६ लेन सडकको ट्री गार्डेनमा लगाइएका जाली भत्काएपछि…
धनगढी: नेपाल प्रहरीको व्युरोबाट खटिएको प्रहरी सहायक निरीक्षक (असई) हुँ भन्दै ठगी गर्ने एक युवकलाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका–०४ स्थित बसपार्कमा रहेको धामी होटलमा विगत केही दिनदेखि पटक–पटक गई आफू ब्युरोबाट आएको हुँ भन्दै रकम माग्दै आएका एक युवकलाई नियन्त्रणमा लिइएको हो। प्रहरीको भनाइ अनुसार होटल सञ्चालक मोहन सिंह धामीलाई निशानामा पारेर रकम माग गर्ने क्रममा शंका लागेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। सोही आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले युवकलाई रंगेहात पक्राउ गरेको हो। पक्राउ परेका व्यक्ति धनगढी उप–महानगरपालिका–०५, शिवनगर बस्ने २६ वर्षीय निराजन थापा रहेका छन्। उनलाई जिल्ला…
पोखरा: नेकपा (एमाले)को भ्रातृसंगठन राष्ट्रिय युवा संघ नेपालको १०औँ महाधिवेशन जारी छ। पोखरामा जारी महाधिवेशनमा अहिलेसम्म पनि निर्वाचन प्रक्रिया सुरु नभएपछि विभिन्न नाराबाजी सुरु भएका छन्। यसैक्रममा धनगढीका युवामाझ लोकप्रिय नेता विनय शाहलाई महासचिव बनाउन भन्दै नाराबाजी गरिएको हो। शाह यसअघि युवा संघ नेपालको सुदूरपश्चिम इन्चार्ज एवं सचिव थिए। यस्तै अध्यक्षका दाबेदार सुमन पुरीको पक्षले पनि निर्वाचन माग्दै नाराबाजी गरेको बताइएको छ। शुक्रबार (जेठ ९) महाधिवेशन उद्घाटन गरिएको थियो। सर्वसम्मतिमा नेतृत्व चयनको प्रयास गरिए पनि त्यसले सार्थकता पाउन सकेको छैन। बरु, नेतृत्वका आकांक्षीले निर्वाचन माग्दै आफ्नो पक्षमा माहोल बनाउन कार्यक्रमस्थल पोखरा सभागृहको भित्र र बाहिर नाराबाजी गरेका छन्। निर्वाचन माग…
धनगढी: अछाममा बहु विवाहसम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत अछामले १७ दिन कैद र १० हजार रुपैयाँ जरिवाना तोकेका मंगलसेन नगरपालिका–कालागाउँ निवासी २८ वर्षीय रमेश भण्डारीलाई अस्थायी प्रहरी पोष्ट कालागाउँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनलाई शुक्रबार घर नजिकै घरबाट पक्राउ गरेको हो।
दार्चुला: दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्टलाई किर्ते आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनले आर्थिक वर्ष २०८०/८१ मा दुई लाख राजस्व दाखिला नगरेको आरोप छ। महालेखापरीक्षकको कार्यालयले भट्टमाथि अनुसन्धान गर्न निर्देशन दिएपछि उनलाई पक्राउ गरिएको हो। उनले राजस्व दाखिला नगरी भौचर अपलोड गरेको पाइएको छ। भट्टले पाँच महिनापछि रकम दाखिला गरेको खुलेको छ, तर महालेखापरीक्षकको कार्यालयले उनलाई किर्ते मुद्दामा पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको निर्देशनमा दुहुँ गाउँपालिकाका लेखापाल भट्टलाई बुधबार सदरमुकाम खलङ्गाबाट पक्राउ गरी मुलुकी फौजदारी ऐनअन्तर्गत मुद्दा दर्ता गरेर जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
धनगढी: कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक युवकलाई चार वर्षपछि जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–५ का २७ वर्षीय उमेश नेपाली रहेका छन्। २०७८ साल माघ २ गते धनगढी उपमहानगरपालिका–११ मा प्रकाश नेपालीको मृत्यु प्रकरणमा उनको प्रतिवादीका रूपमा नाम आएका थिए। मृतक प्रकाश नेपाली सोही नगरपालिका–५ का बासिन्दा थिए। घटनापछि फरार रहेका उमेश नेपालीलाई जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो। उनलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उमेश नेपालीविरुद्ध मृतकका परिवारले किटानी…
धनगढी: कैलालीको टीकापुरमा सवारी दुर्घटनामा परेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ। टीकापुर नगरपालिका–७ को बटनपुरस्थित भित्री सडकखण्डमा २जेठको बिहान करिब १० बजे पैदल हिँडिरहेकी ४० वर्षीया दिपा चौधरीलाई १८ वर्षीय लोकेन्द्र साउँदले चलाएको से७ प६९८७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट चौधरीको टाउको र भित्री अंगमा गम्भीर चोट लागेको थियो। घाइते चौधरीलाई तत्काल टिकापुर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज, बाँके रिफर गरिएको थियो। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार उपचारकै क्रममा बिहीबार दिउँसो चौधरीको मृत्यु भएको जनाएको छ। यस्तै कैलालीमा पानीमा डुबेर बालकको मृत्यु भएको छ। गोदावरी नगरपालिका–४ हाडखोली खोलाको पानीमा डुबेर एक…
धनगढी: कैलालीमा ट्रक दुर्घटना भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका १० को राधेराधे मन्दिर नजिकै लु प्र०१००१ ख ०४८१ नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर ट्रक चालक कपिलवस्तुका सिताराम थारू चौधरी घाइते भएका छन्। उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्रक धनगढीतर्फ आइरहेको थियो।