Author: महेन्द्रनगर पोष्ट

एजेन्सी: राजधानी ढाकाबाट ३० किलोमिटर टाढा रहेको मुन्शिगन्ज जिल्ला भएर बग्ने विशाल पद्मा नदीको सहायक नदीमा शनिवार राति डुङ्गा पल्टिएको नागरिक रक्षा तथा अग्नि नियन्त्रण कार्यालयका ड्युटी अफिसर रफी अल फारुकले बताएका छन् । ‘अहिलेसम्म स्थानीयवासीको सहयोगमा तीन महिला, तीन बालबालिका र दुई जना पुरुषको शव नदीबाट निकालिएको छ’, फारुकले भनेका छन् । खोजीमा संलग्न अधिकारीका अनुसार झन्डै ४६ यात्रु बोकेको डुङ्गा राति ८ बजे नदीमा बालुवाले भरिएको डुङ्गासँग ठोकिएर पल्टिएको थियो । नदी किनारमा डुङ्गा डुबेकाले धेरैजसो यात्रु पौडेर ज्यान जोगाउन सफल भएका थिए भने चार जनालाई जीवितै उद्धार गरिएको थियो ।

Read More

काठमाडौँ: सरकारले अति विशिष्ठ व्यक्ति (भीभीआइपी) र विशिष्ट व्यक्ति (भीआइपी)को स्वास्थ्य उपचार समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो । समितिमा प्राडा भगवान कोइराला, डा।सन्दुक रुइत, डा. भोला रिजाल, प्राडा शैली प्रधान, प्राडा. रविमान श्रेष्ठ, प्राडा. किरणप्रसाद श्रेष्ठ, प्राडा. रत्नमणि गजुरेल, प्राडा. सुवास आचार्य, प्राडा. शशि शर्मा, प्राडा. रमेश चाखनी, सह प्राडा. ध्रुव गैरे, डा. पुकारचन्द्र श्रेष्ठ, डा. महेश अधिकारी र डा. अनन्त अधिकारी सदस्य रहेका छन् । नेपालको स्वास्थ्य संस्थाहरुको गुणस्तर सुधार हुनुका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भइरहेको अवस्थामा…

Read More

बैतडी: बैतडीका एक युवकको भारतमा हत्या भएको छ । जिल्लाको सुर्नया गाउँपालिका-२ खालिकाबगड लिस्किटाका २७ वर्षीय तिलकबहादुर चन्द भारतको बेंगलोरमा मृत फेृला परेका हुन् । तिलकको मृत्युको खबर इन्टरपोलबाट प्राप्त भएको उनका आफन्त धीरबहादुर चन्दले बताए । ७ वर्षदेखि कोठामा सँगै बस्दै आएका भारतको कर्नाटकका ४५ वर्षीय सिद्धराजुले चक्कु प्रहार गरी तिलकको हत्या गरेको बताइएको छ । उनी गत हप्ता आफू बस्ने कोठामा मृत पाइएका थिए । सिद्धराजुले हत्या स्वीकार गरिसकेका तर हत्याको कारण भने नखुलेको जनाइएको छ । भारतीय प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गर्दैछ । रोजगारीको सिलसिलामा भारत गएका तिलक ११ वर्षदेखि सम्पर्कविहीन थिए ।

Read More

धनगढीः कैलाली र कञ्चनपुरबाट एकै दिन तीन लाख ३० हजार बढीका भन्सार छलीका सामान बरामद गरिएको छ। शनिवार कञ्चनपुरको पुनर्वास र कैलालीको धनगढीबाट तीन लाख २० हजार बढीका सामान बरामद गरिएको हो। सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मोहना नदीको किनाराबाट अवैध २ लाखका साडी, धोती, लेडिज सुट, लेहङ्गा लगाएका कपडा बरामद गरिएको छ। प्रहरीले भन्सार छलीका सामान बेवारिसे फेला पारेको बताएको छ। यता कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ भन्सार नजिकबाट अवैध १५ हजार एक सय ५५ रुपैयाँका श्रृगारका सामान, चिनी, स्याम्फु, बिस्कुट लगाएतका सामान बरामद गरिएको छ। धनगढीको माया मेट्रो अस्पताल नजिकबाट एक लाख…

Read More

काठमाडौं : आजदेखि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्ने काम अनलाइनबाट हुने भएको छ । परराष्ट्रमन्त्री एन.पी. साउदले आज प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् । कन्सुलर सेवा विभागले वेबसाइटबाटै रिपोर्ट प्रमाणीकरणका लागि आवेदन तथा अनलाइन राजस्व भुक्तानीको व्यवस्था गरेको छ । यसअघि पुलिस रिपोर्टमा विभागको छाप र प्रमाणीकरण गर्ने अधिकारीको हस्ताक्षरसहितको पत्र बुझ त्रिपुरेश्वरस्थित विभागको कार्यलयमा जानुपर्ने बाध्यता थियो । अनलाइनबाटै प्रमाणीकरण गर्न सकिने भएपछि विदेशमा रोजगारी तथा अध्ययन गर्न चाहनेहरुले घरबाटै रिपोर्ट प्रिन्ट गर्न सक्नेछ ।

Read More

काठमाडौँ: महाकाली नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार महाकाली नदीमा पानीको सतह ५ दशमलव ८० मिटरभन्दा माथि पुगेको छ र पानीको सतह अझै बढिरहेको छ । डडेल्धुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँका बासिन्दालाई दिउँसो १ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा उत्तरतिर रहेको र बिस्तारै नेपाल नजिक आउने क्रम चलिरहेकाले अबको तीन दिन देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

Read More

धनगढी: नेकपा एकीकृत समाजवादीकी नेतृ, पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य पूर्णा जोशीले प्रदेश राजधानी तोक्ने बेला आफूले बार्गेनिङ गर्नुपरेको बताएकी छन्। आज (आइतबार) सुदूरपश्चिम प्रदेश सभाका वर्तमान तथा निवर्तमान माननीय सदस्यहरुबीच अनुभव आदानप्रदान मन्चमा बोल्दै पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेकी जोशीले आफू डोटीबाट प्रतिनिधित्व गर्ने माननीय भएकाले स्वाभाविक रुपमा आफूले राजधानी दिपायलमै राख्न चाहेको बताइन्। उनले भनिन्, -मैले न्यायगत रुपमै पनि त्यो क्षेत्र (दिपायल) का लागि बोल्ने कुरा थियो। दिपायललाई नै प्रदेशको राजधानी तोक्न भूमिका खेले। तर त्यो सम्भावना नरहेपछि तत्कालीन सभामुखले नै बार्गेनिङ गर्नुस्, लिने-दिने कुरा मिलाउनुस् भनेपछि बार्गेनिङ गर्नुपरेको थियो।’ उनले थपिन्, -त्यो बेला राजधानी…

Read More

बैतडी: बैतडीका एक युवकको भारतमा हत्या भएको छ। जिल्लाको सुर्नया गाउँपालिका- २ खालिकाबगड लिस्किटा घर भएका २७ वर्षीय तिलकबहादुर चन्दको भारतको बेंगलोरमा हत्या गरिएको अवस्थाा शव फेला परेको हो। गत हप्ता उनकै बस्ने कोठामा हत्या गरिएको अवस्थामा चन्दको शव फेला परेको थियो। उनको भारतीय नागरिकले चक्कु प्रहार गरि हत्या गरेका हुन्। ७ वर्षदेखि कोठामा सँगै बस्दै आएका भारतको कर्नाटकका ४५ वर्षीय शिद्धराजुले हत्या स्वीकार समेत गरिसकेका बताइएको छ। हत्याको कारण खुलेको छैन। भारतीय प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गर्दैछ। आफन्त धीर बहादुर चन्दका अनुसार भारतीय नागरिकले हत्या स्वीकार गरेपछि शव बुझेर अन्तिम संस्कार गरिएको छ। रोजगारीको सिलसिलामा भारत गएका तिलक…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सभाका पूर्व सभामुख अर्जुनबहादुर थापाले तत्कालीन अवस्थामा प्रदेश सभालाई सफल पार्न काँग्रेसलाई खुसी पारेको बताए। आज (आइतबार) धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश सभाका वर्तमान तथा निवर्तमान माननीय सदस्यहरुबीच अनुभव आदानप्रदान मन्चमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले काँग्रेसलाई खुसी बनाएर प्रदेश सभा चलाउदा सहज भएको दाबी गरे। यस्तै आफ्नो कार्यकालमा प्रदेश सभालाई सफल बनाउन काँग्रेसको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए। उनले भने, ‘मैले आफ्नो पार्टी भन्दा पनि काँग्रेसलाई खुसी पारेको थिए।त्यसका कारण मेरोविरुद्ध पार्टीमा (एमाले) उजुरी पनि परेको थियो,’ उनले थपे, -‘त्यसबेला सभामुख काँग्रेसको भनेको मान्ने भयो भनेर एमालेका माननीयले उजुरी दिए। पछि मलाई बोलाएर शीर्ष नेताहरूले किन…

Read More

कैलाली: सुदूरपश्चिम लोकसेवा आयोगमा नाममा नक्कली सूचना आएपछि परीक्षार्थीहरु भ्रमित भएका छन्। उनीहरुले कैलालीमा भएको नक्कली परीक्षासमेत दिएको खुलेको छ। उनीहरुमध्ये एक पीडितले गोदावरी नगरपालिकाको गेटास्थित जेके सेकेण्डरी स्कुलमा पुगेर लिखित परीक्षा दिएको बताएका छन्। बाँके खजुरा गाउँपालिका २ का मनिष शर्माले सुदूरपश्चिम लोकसेवा आयोगले खोलेको सब इन्जिनियर पदको विज्ञापनमा अनलाइनबाट एक हजार रुपियाँ तिरेर फाराम भरेका थिए। लिखित परीक्षा दिनका लागि उहाँ जेठ महिनाको अन्तिमतिर धनगढी पुगेका थिए। धनगढी पुगेर तोकिएको परीक्षा केन्द्रमा पुग्दा सुरेन्द्र डाँगी नामका व्यक्तिसँग उनको भेट भयो। डाँगीमार्फत उनले लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएकोले सरकारी एकीकृत डाटा सेन्टरमा सिर्जित समस्याका कारण डाटाहरू…

Read More