Author: महेन्द्रनगर पोष्ट

भक्तपुर : दुई महिनाअघि घरबाट हराएकी एक महिलाको टाउको छिनेको अवस्थामा शनिबार शव फेला परेको छ। मध्यपुरथिमि नगरपालिका–४, तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा घाँस काट्न गएकी महिलाले टाउको छिनेको शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए। दुई महिनाअघि हराएकी महिलाको शवको कंकाल मध्यपुरथिमिको जंगलमा भेटिएको उनले जानकारी दिए। पाठकका अनुसार कंकालमा भेटिएको लुगाका आधारमा शवको पहिचान गरिएको हो। ‘उक्त शव सूर्यविनायक नगपालिका–२, बालकोटस्थित बंगलामुखी बस्ने ६१ वर्षीया परमेश्वरी दाहालको रहेको परिवारले पहिचान गरेको छ,’ उनले भने। परमेश्वरीकी छोरी जानुका दाहालले गएको साउन १० गते आमा हराएको भन्दै प्रहरी वृत्त थिमिमा जाहेरी दिएकी थिइन्।…

Read More

बैतडीः बैतडीमा एक बालिका मृत फेला परेकी छिन्। जिल्लाको दशरथचन्द नगरपालिका–१ मुणापका लोकेन्द्रसिंह भाटकी १२ वर्षीया छोरी मनिषा भाट शनिबार दिउँसो घरभित्रै मृत फेला परेकी हुन्। प्रहरीका अनुसार उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्। प्रहरीको टोलि अहिले घटनास्थल पुगेको छ। घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Read More

डडेल्धुराः राष्ट्रिय जनमोर्चा डडेल्धुराको शनिवार सम्पन्न भेलाले नयाँ कार्य समिति चयन गरेको छ। ‘राष्ट्रियता, गणतन्त्र र धर्म निर्पेक्षताको रक्षा गरौँ, वैदेशिक हस्तक्षेपको विरोध तथा संघीयता खारेज गरौँ’ भन्ने नाराका साथ सुरू भएको दोस्रो भेलाले चन्द्रदेव विकको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समति चयन गरेको हो। समितिको उपाध्यक्षमा रामचन्द्र धिक्त, सचिवमा टंक अवस्थी, कोषाध्यक्षमा रगुविर कामी सह सचिवमा हरिष बिकलाई चयन गरिएको राष्ट्रिय जनमोर्चाका सचिव टंक अवस्थीले जानकारी दिए। उनका अनुसार सदस्यमा जोगराज ऐर, कमला अवस्थी, पवन विष्ट, कर्म जोशी, गणेश ऐर, हरिदत्त भट्टलाई चयन गरिएको छ। यस्तै तीन सदस्यीय सल्लाहाकार समिति पनि गठन गरिएको छ। समितिको संयोजकमा उद्वसिह ऐर, सदस्यमा…

Read More

धनगढीः भारतको देहरादुनमा छोरीको हत्या भएपछि घर्तीपरिवार शोकमा डुबेको छ। गत शनिबारमात्रै श्रेया शर्माका नामले चिनिने तनहुँको भानु नगरपालिका–६ चोकचिसापानी घर भएकी सुमित्रा घर्ती (खास नाम) को देहरादुनमा हत्या भएको थियो। त्यहाँका कर्नेलसँग प्रेम सम्बन्धमा रहेकी उनको कर्नेलले नै हत्या गरेका हुन्। ३० वर्षीया शर्मा पहिले सिलिगुरी र पछि देहरादुनमा बस्दै आएकी थिइन्। उनी डान्सबारमा नाच्ने डान्सर थिइन्। त्यहीँ पेशाका कारण उनको कर्नेलसँग प्रेमजाल बनेको थियो। तर, उनको प्रेमकै कारण हत्या भएको छ। सेनाका लेफ्टिनेन्ट कर्नेल ४२ वर्षीय रमेन्दु उपाध्यायले उनको हत्या गरेको प्रहरीले जनाएको छ। पहिले नै विवाहित र डेढ वर्षको छोरोसहित श्रीमती भएका उपाध्यायलाई विवाह गर्न दबाब दिएर…

Read More

विराटनगर : मोरङको ग्रामथान गाउँपालिकामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। जिल्लाको ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर १२ वर्षकी समीक्षा माझी र १० वर्षकी रेजिना खवासको मृत्यु भएको हो। बालिकाहरु डुबेर घाइते भएको अवस्थामा शनिबार बिहान स्थानीय बासिन्दाले फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

Read More

वीरगन्ज : वीरगन्ज महानगरपालिकाद्वारा दुई दिन अघि हटाइएका नगर प्रहरी अधिकृत शुक्रवार पनि डिउटीमा खटेको पाइएको छ। दुई महिना अगाडी मात्र नगर प्रमुख राजेशमान सिंहको ‘माया–कृपा’ले ठाडो नियुक्ति पाएका नगर प्रहरी उपनिरीक्षक लालप्रसाद लुइँटेल शुक्रवार पनि डिउटी खटेका छन्। वीरगन्ज महानगरपालिकाले गैर कानुनी रूपमा भर्ना गरिएका करिब ४ सय ५० जना दैनिक ज्यालादारी र डोर हाजिरीका कर्मचारीलाई जागिरबाट बर्खास्त गरेको थियो। त्यसै क्रममा नगर प्रहरी अधिकृत लुइँटेल पनि खारेजीमा परेका हुन्। शुक्रवार दिउसो नगर प्रहरीको पोसाकमै डिउटी कक्षमा काम कार्यवाही गरे देखेपछि आश्चर्य व्यक्त गर्दै एक नगर प्रहरीले भने, ‘यो वीरगन्ज महानगरपालिका हो, यहाँ जे पछि हुन्छ,सेटिगमा खारेजी भएको कर्मचारी…

Read More

काठमाडौं: काठमाडौंको गैह्रीगाउँमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धानका लागि नेपाल प्रहरीले ५ सदस्यीय अनुसन्धान समिति गठन गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो। छानबिन समितिमा काठमाडौं प्रहरी परिसरका डीएसपी हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी सुवास खड्का, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकी डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र केसी रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए। शुक्रबार राति काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको थियो। शनिबार बिहान टाउको र शरीरका विभिन्न भागमा…

Read More

डडेल्धुरा : एसिया कप २०२३ को फाइनल खेल १७ सेप्टेम्बर अर्थात् आइतबार भारत र श्रीलंकाबीच हुनेछ। यो ‘हाई भोल्टेज’ खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुनेछ। यो खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ बजे सुरु हुने छ। तर, मौषमविद्का अनुसार फाइनल खेलमा कोलम्बोमा भारी वर्षाको सम्भावना छ। एसिया कपमा भारत र श्रीलंकाले एक अर्काविरुद्ध कीर्तिमान नै कीर्तिमान बनाएका छन्। भारतले सात पटक उपाधि जितेको छ भने श्रीलंकाले छ पटक प्रतियोगिताको उपाधि जितेको छ। दुवै प्रतियोगिताका सर्वाधिक सफल टोली हुन्। भारत र श्रीलंकाबीचको फाइनल खेलमा कोलम्बोको मौसम खासै राम्रो देखिँदैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार यहाँ ८० प्रतिशत पानी पर्ने सम्भावना…

Read More

कैलालीः युनिसेफ प्रतिनिधी भेट्न सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री सहितका तीन मन्त्री धनगढीको एक क्लबमा पुगेका छन्। शनिबार धनगढीको चौलानी क्लबमा नेपालका लागि युनिसेफ प्रतिनिधी एलिस् अकुङ्गासङ्ग भेटवार्ता गर्न मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पुर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा र आर्थिक मामिलामन्त्री माननीय नरेशबहादुर शाही पुगेका हुन्। भेटका क्रमामा उच्च जोखिमको समयमा बालबालिकाको संरक्षण, द्वन्द्व र कोभिड–१९ पछिको स्वास्थ्य सेवा, शिक्षा, पोषण, खानेपानी तथा सरसफाई एवम् संरक्षण, तथा बालबालिकाको स्थितीमा सुधारका लागि बालमैत्री शासन व्यवस्थाको प्रवर्धनका विषयमा छलफल भएको थियो। दीगो जलवायू परिवर्तन प्रतिकार्यमा प्रदेश सरकारसँग मिलेर काम गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ। तर, विदेशी संस्थाका प्रतिनिधिलाई सरकारका प्रमुख र मन्त्रीहरू…

Read More

बझाङ : खप्तड छेडेदह गाउँपालिका–१ काँडाका धनबहादुर रावलले खप्तडमा अस्थायी गोठ बनाएर बस्न थालेको तीन दशक भइसक्यो। वर्खायाममा राष्ट्रिय निकुञ्जले पुर्जी दिएपछि बस्तुभाउ चरिचराउनका लागि दिने तीन महिने समयमा उनको बसाई खप्तडमै हुन्छ। खप्तडमा रहँदा रावलको उपचारको सहारा भएको छ त्यहाँको आर्मी मेडिकल। त्यो मेडिकलमा रावलले आफू मात्रै नभएर आफन्तको उपचारसमेत गराउँदै आएको छ। गाउँबाट बिरामी भएर आएका आफन्तको सेनाको निःशुल्क मेडिकलमा धेरै पटक उपचार गराएको उनी सम्झिन्छन्। ‘व्यारेकमा ठूलो उपचार त हुँदैन,’ उनले भने, ‘सानोतिनो उपचारका लागि भने गाउँले समेत यतै आउछन्। अहिले त नजिकैका स्वास्थ्य संस्थाको पनि भर लाग्दैन। खप्तडमा उपचार गराउनु र जिल्ला अस्पतालसम्म पुग्नु एउटै लाग्छ।’…

Read More