कैलाली: नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको २०८१ पुष ५ गतेदेखि सुदूरपश्चिमको भ्रमण तय भएको छ। कोइरालाको निजी सचिवालयले जनाएको अनुसार भ्रमण अवधिभर उनले धनगढीमा नौ आटै जिल्लाका कार्यकर्तासँग भेटघाट तथा पार्टीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने तालिका रहेको छ। सचिवालयले जनाए अनुसार, डा. कोइरालाले पुष ५ गते शुक्रबार धनगढीमा सुदूरपश्चिमका नौ आटै जिल्लाका नेता तथा कार्यकर्तालाई भेटघाट तथा अन्तरक्रिया गरिने कार्यक्रम रहेको छ। उनले हरेक जिल्लाका नेता तथा कार्यकर्तालाई फरक फरक समयमा भेट्ने र जिल्लागत विभिन्न विषयमा छलफल हुनेछ। शुक्रबार उनी दिनभर भेटघाटमै ब्यस्त रहने तालिका रहेको छ। पुष ६ गते भातृ तथा शुभेच्छुक संस्थाहरुसँगको भेटघाट रहेका छ ।…
Author: महेन्द्रनगर पोष्ट
कञ्चनपुर: शुक्लाफाँटा नगरपालिकाका दुर्गम क्षेत्रका वडामा प्रहरीचौकी स्थापनाको माग गरिएको छ। वडा नं ७, ८ र ६ लाई समेटने गरी प्रहरीचौकी स्थापना गर्न स्थानीय बासिन्दाले माग गरेका हुन्। “चोरी एवं आपराधिक घटना बढ्दै गएकाले प्रहरी पोष्टको स्थापना हुन जरुरी छ”, शुक्लाफाँटा –७ का वडा सदस्य केशव ठगुन्नाले भने, “चार बढी घरमा एकै पटक चोरी भएको छ, प्रहरीचौकी भएको भए त्यो रोकिन्थ्यो।” पायक पर्ने ठाउमा प्रहरीचौकी स्थापना हुनुपर्ने उनको भनाइ रहेको छ। शुक्लाफाँटा –१२ का वडाध्यक्ष नवलसिंह रानाले वडा नं १ मा स्थापना गरिएको प्रहरीको अस्थायी पोष्टलाई स्थानान्तरण गरी वडा नं १ र १२ को बीचमा पर्ने गरी राख्नुपर्ने सुझाव दिए।…
धनगढी: कर्णाली नदीको स्रोत, सीमा र विपद् व्यवस्थापन गर्न कार्यदल गठन भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य उपस्थिति दुबै प्रदेशका मन्त्रीहरू, मुख्य सचिव लगायत सरोकारवाला उपस्थित बैठकले यस्तो सहमति गरेको हो। कार्यदलका समस्याको अध्ययन गरी ३५ दिनभित्र स्थानीय, प्रदेश र सङ्घ सरकारले के–के गर्ने भन्ने प्रतिवेदन बुझाउनुपर्ने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बताए। लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्थको संयोजकत्वमा कार्यदल गठन गर्न सहमति भएको हो। कर्णाली दुई प्रदेशको सीमा नदी हो। कर्णालीको तट गेरुवा गाउँपालिका—१ ओखरियामा बुधवार भएको बैठकमा सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पाल, राज्यमन्त्री प्रकाशबहादुर बम, लुम्बिनीका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी,…
काठमाडौं: नेपाल प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्यान्ह १२ बजे सुरु हुनेछ। यसअघि हिजो भएको पहिलो क्वालिफायरमा जनकपुरलाई आठ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाइसकेको छ। यता कर्णालीले भने एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो। एनपीएल उपाधि विजेताले एक करोड १० लाख तथा उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो स्थानमा रहने टोलीले २५ लाख र चौथो स्थानमा रहने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
काठमाडौं: पछिल्लो समय नेपाल प्रहरीमा जागिर छोड्ने क्रम बढेको छ। काठमाडौंसहितका विभिन्न जिल्लामा कार्यरत प्रहरीले जागिर छोड्न थालेका हुन्। प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्षको चार महिनामा ५०९ जना प्रहरी कर्मचारीले जागिर छाडेका हुन्। साउनदेखि कात्तिक मसान्तसम्म ५०९ जना प्रहरी कर्मचारीले राजीनामा दिएको प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्व अधिकारीले जानकारी दिए। पछिल्लो समय न्यून सेवा सुविधा र महँगो बसाईका कारण काठमाडौंसहितका स्थानमा कार्यरत तल्लो दर्जाका सिपाहीहरुले जागिर छोड्न थालेको बताइन्छ। यस्तै साउनदेखि कार्तिकसम्म १ हजार १ सय १५ जना प्रहरीविरुद्ध विभिन्न उजुरी परेको र तीमध्ये ७ सय ६८ वटा फर्स्योट भएको अधिकारीले बताए।
धनगढी : कैलालीको धनगढीमा मोटरसाइकल विङ्गरमा ठोकिदा एक जनाको मृत्यु भएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडकको त्रिभुवन चोक नजिक बुधवार बिहान कैलालीको चुरे गाउँपालिका–१ का ३० वर्षीय बालकृष्ण कडेलको मोटरसाइकल विङ्गरमा ठोकिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीले त्रिभुवन चोकमा बा ०६–००४ प १६७७ नम्बरको मोटरसाइकल भे १ ज १३२६ नम्बरको विङ्गरसँग ठोकिएको बताएको छ। गोदावरी नगरपालिका– ३ का २८ वर्षीय धर्मराज भटराईको से ६ प ८७७७ नम्बरको स्कुटरसँग ठोकिएको मोटरसाइकल अनियन्त्रित भएर विङ्गरमा ठोकिएको कैलाली प्रहरीले बताएको छ। मोटरसाइकलमा सवार कडेलको धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो। सेती प्रादेशिक अस्पतालको शव गृहमा उनको शव राखिएको छ। यस्तै धनगढीमा मोटरसाइकल अनियन्त्रित…
धनगढी: डडेल्धुराको अमरगढी नगरपालिका–१ ढुन्ढुने बजारबाट उद्धार गरिएको चितुवालाई कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पठाइएको छ। डिभिजन वन कार्यालय डडेल्धुराले नियन्त्रणमा राखेको उक्त चितुवालाई प्राथमिक उपचार गरेर कञ्चनपुर पठाएको हो। वन कार्यालयका सूचना अधिकारी रणेन्द्र सिंहका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोष कञ्चनपुर र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराको उद्दार टोलीले चितुवाकाे प्राथमिक उपचार गरेको थियो। त्यसपछि डार्ट गरेर चितुवालाई उपचार तथा व्यवस्थापनका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष कञ्चनपुरमा कार्यरत कर्मचारी र कार्यालयका फरेष्टर ओमबहादुर साउँदमार्फत पठाइएको उनले बताए। हिजाे(मंगलबार) अपरान्ह २ बजेको आसपास ढुन्ढुने बजारमा उक्त चितुवा देखिएको थियाे। स्थानीयको सूचनापछि डिभिजन वन कार्यालय डडेल्धुराले स्थानीय र प्रहरीको…
काठमाडौं: भारत र मलेसियाको लागि नेपाली राजदूत नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज भारतका लागि डा. शंकरप्रसाद शर्मा र मलेसियाको लागि डा. नेत्रप्रसाद तिम्सिनालाई राजदूत नियुक्त गरेका हुन्। मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ को उपधार (१) बमोजिम राष्ट्रपति पौडेलले उनीहरुलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। सरकारले गत साउनमा भारत, मलेसियासहित १८ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो। संसदीय सुनुवाईपछि नियुक्ति प्रक्रिया अघि बढेको हो।
काठमाडौं: नेपाल–भारत जोड्ने गरी दार्चुलामा निर्माण भएको मोटरेबल पुल सञ्चालनका लागि भारतको पिथौरागढमा बैठक बसेको छ। सोमबार पिथौरागढका प्रमुख जिल्ला अधिकारी विनोद गोस्वामीको अध्यक्षता बसेको बैठकले पुल चाँडै सञ्चालन गर्ने निर्णय गरेको छ। दार्चुलाको असिगडामा नेपाल–भारत जोड्ने ११० मिटर लम्बाइको सो मोटरेबल स्टिल ब्रिज निर्माणको काम सकिएपछि सञ्चालनका लागि बैठक बसेको भारतीय सञ्चारकर्मी सुरेन्द्र आर्यले जानकारी दिए। पुल निर्माणको काम भारतीय पक्षले गरेको हो। नेपालसँग समन्वय गरेर केही महिनाभित्रै पुल सञ्चालनमा आउने आर्यले जानकारी दिए। दार्चुलाको महाकाली नगरपालिका–८, असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला तहसिल बलुवाकोटनजिकको छारछुम क्षेत्र जोड्ने मोटरेबल पुल सञ्चालन हुने भएपछि दुवै देशका नागरिक खुसी छन्। …
काठमाडौं: एनपीएल क्रिकेटको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ। बुधबार भएको खेलमा जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेकाे हो। अब फाइनलमा पुग्न जनकपुरले बिहीबार हुने दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ। जनकपुरले दिएको १४० रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। सुदूरपश्चिमको जितमा ओपनर विनोद भण्डारीले अर्धशतकीय पारी खेले। उनले ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५८ रन जोडे। एनपीएलमा उनको यो पहिलो अर्धशतक हो। अर्का ओपनर सैफ जैबले ३२ र ब्राण्डन म्याकमुलनले २५ रन जोडे। कप्तान दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहे। जनकपुरका लागि किशोर महतो र…