Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका आरोपीमध्ये दुई जना रिहा भएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहेका मालपोत कार्यालयका तत्कालिन प्रमुख धर्म गौतम र समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरेलाई जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएको हो। उनीहरुलाई उमेर र स्वास्थ्यको कारण देखाएर रिहा गर्न आदेश दिएको अदालतले मुद्दा बुझाउँदा सँगै उपस्थित गराउन भनेको सीआईबीले जनाएको छ। सीआईबीको हिरासतमा रहेका अन्य आरोपितलाई भने जिल्ला अदालतले ५ दिन थप हिरासतमा राख्न अनुमति दिएको छ। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ। यो प्रकरणमा…

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी नायब निरीक्षक (सई) का लागि बढुवा सिफारिस गरेको छ । बढुवा समितिको बुधबारको निर्णयबाट सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको सई पदका लागि १४३ जनाको सिफारिस गरेको हो । सशस्त्रका अनुसार सिफारिस भएका १४३ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ । पछिल्लो समय सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा हुँदै गइरहेकाे छ । सूचीः APF_SIDownload

Read More

काठमाडौँ : सरकारले त्रिभुवन विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर गर्ने तयारी गरेको छ। बारम्बार सुरक्षामा त्रुटि भएपछि सुरक्षा प्रबन्धमा हेरफेर गर्ने तयारी भएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आयोजित विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमका बारे छलफल गर्न आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुधारका लागि कार्यदल बनाइने र सो आधारमा विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर गरिने बताएका हुन्। विमानस्थलका निकायहरुबीच समन्वय नहुँदा सुरक्षामा त्रुटि भएको भन्दै आलोचना भएपछि सुरक्षा प्रबन्धमा हेरफेर गर्न लागिएको हो। प्रधानमन्त्रीले भने, ‘छिट्टै विज्ञहरू र सरोकारवाला निकाय तथा कार्यालयका प्रतिनिधिहरू रहेको सानो कार्यदल बनाइन्छ। त्यो कार्यदललाई अध्ययनका लागि छोटो समय दिइन्छ र कार्यदलले दिएको रिपोर्टअनुसार विमानस्थलको…

Read More

काठमाडौँ : यतिखेर उच्च हिमाली क्षेत्रमा विभिन्न प्रजातिका फूल ढकमक्क हुँदा वातावरणलाई आकर्षित पारेको छ । गहनाले दुलही सजिएजस्तै हिमाली क्षेत्रमा फूलका गुच्छाले ढकमक्क हुँदा घुमघाम गर्नेलाई मोहित बनाएको छ । उच्च हिमाली क्षेत्रमा फूलहरूको रानी पदमचाल (केन्जो) फूललाई लिन सकिन्छ । केन्जो फूल झट्ट देख्दा मानसपटलमा काठमाडौँमा नयाँ बनेको धरहराको झल्को आउँछ । धरहराजस्तै सेतो रङ र बनावट पनि उस्तै देखिन्छ । हिमाली क्षेत्रमा उच्च डाँडा तथा पहरामा सेताम्य भएर केन्जो फूलले जो-कोहीलाई पनि लोभ्याउँछ । केन्जो अर्थात् पदमचाल दुर्लभ प्रजातिको फूल हो । अग्लो र सेतो हुने यो फूल निकै सुन्दर हुन्छ । डाँडैभरि टावरझैँ फुलेको हुन्छ केन्जो…

Read More

काठमाडौं : बलिउड गायिका शिल्पा राव नेपाल आउने भएकी छन्। सोल्टी होटलमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन भदौ ८ गते काठमाडौं आउने भएकी हुन्। गायिका रावलाई रोअर ईन्टरटेनमेन्ट र एरिना इन्टरटेनमेन्टले नेपाल ल्याउन लागेको हो। उक्त कार्यक्रममा सहभागी हुन माईपेमार्फत् टिकट काट्न सकिने आयोजकले जनाएको छ। कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल नम्रता श्रेष्ठले गर्नेछिन्। कार्यक्रम संयोजक मोहित बस्नेतका अनुसार उक्त कार्यक्रममा माई पेलाई टिकेटिङ पार्टनर बनाइएको छ। कार्यक्रममा हेप्पी वक्स, वेभ, आई एस् एस् साउण्ड, पठाओ लगायतले सहकार्य गरेका छन्। गायिका रावले खुदा जाने, बुल्लेया, घुन्ग्रुजस्ता हिट गीत गाएकी छन्।

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसिहत दुई युवक पक्राउ परेका छन् । जिल्लाको वेदकोट नगरपालिका–९ सुन्दरपुरका संजिव भण्डारी र विवेक साउँद लागुऔषधसहित पक्राउ परेका हुन् । उनीहरुलाई ५११ ग्राम लागुऔषधसहित बेलौरी नगरपालिका–१० सडकघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरु सवार सु.प.प्र ०२–००३ प ३०८८ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Read More

धनगढी: नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताएका छन् । आज धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनताका पक्षमा कसरी काम गर्न सकिन्छ भनेर पार्टीले ध्यान केन्द्रित गरिएको बताए । प्रतिपक्षी एमालेविरुद्ध विचित्रको मनोविज्ञान देखाउने गरिएको चर्चा गर्दै उनले भने, “पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण गरिए पनि जनतालाई र राष्ट्रलाई केन्द्रमा राखेर एमाले अगाडि बढिरहेको छ ।” महासचिव पोखरेलले स्वार्थी तत्वले पार्टी विरुद्ध घेराबन्दी गरिरहेको भए पनि जनता एमालेको पक्षमा रहेको जिकिर गरे । भेलामा एमालेका केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा, कैलाली इन्चार्ज गणेश ठगुन्नालगायतले पनि पार्टी सङ्गठनका बारेमा…

Read More

महेन्द्रनगर: बयालिस परिवारको बसाइँ रहेको कुतियाकवर कञ्चनपुरको दोधारा चादँनी नगरपालिकाको विकटसँगै नेपाल–भारतको सीमासित जोडिएको बस्ती हो । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसित जोडिएको छ । बीसको दशकमा बस्ती बसेको कुतियाकवर लगातार नदी कटानले गाउँ नै जोखिममा रहेपनि सरोकारवाला निकाय भने सीमाको माटो जोगाउने र बस्ती बचाउने सघन उपायमा लागेको छैन् । विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि नगरसित जोडिएको कुतियाकवरमा बर्सेनि जोगबुढा र महाकाली नदीले जमिन कटान गरिरहँदा तटबन्ध निर्माणका लागि पहल भएको देखिँदैन् ।“पुरानो र सानो सङ्ख्यामा हामी दशकौ‌देखि बसिरहेको भए पनि सुविधाका नाममा सरकारले आफ्नो भूमि बचाउन सक्ने हैसिएत…

Read More

काठमाडौँ: सार्वजनिक गाडीको भाडा बढेको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक गाडीको भाडादर बढाएको हो । सरकारले तोकेको नयाँ भाडादरअनुसार अब यात्रुवाहक गाडीको भाडा चार दशमलव ७० प्रतिशतले बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा छ दशमलव १५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीकाे भाडा छ दशमलव ८३ प्रतिशतले बढेको हो । बढेको भाडादर आजैदेखि लागू भएको छ । विभागका अनुसार यो भाडा दुई वा दुईभन्दा बढी प्रदेश अथवा राष्ट्रियस्तरमा सञ्चालन हुने सार्वजनिक गाडीमा मात्र लागू हुने भएको छ । नेपाल आयल निगमले हिजो मङ्गलवार…

Read More

काठमाडौँ: भरतपुर महानगरपालिका–९ को टिकोली जङ्गलमा ८ वटा गाडी एकै ठाउँमा ठोक्किएका छन् । ८ वटा गाडीहरु ठोकिँदा २० जना घाइते भएका छन् । भरतपुरबाट टाँडी जाँदै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोड कलेज गैँडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकी देवघाट जाँदै गरेको जीपलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । त्यही दुर्घटनामा बा प्र ०६–००१ प ९९८१, बा प्र ०३–००५ प ९७, ना ६२ प ६०३२, बा प्र ०३–००१ प ४१४७ नम्बरको मोटरसाइकल र बा प्र ०६–००१ प २२९४ र बा प्र ०३–००२ प ४१९८ नम्बरको स्कुटरसहित सबै सवारी…

Read More