डोटीः दिपायलको पिपल्ला बजारबाट पार्किङ्ग गरी राखिएको मोटरसाइकलबाट दिनदहाडै २ लाख ४५ हजार रुपैयाँ गायब भएको छ। शुक्रवार बिहान सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको कार्यालय पछाडि पार्किङ्ग गरी राखिएको मोटरसाइकलबाट उक्त रकम गायब भएको हो। सरस्वती इलेक्ट्रोनिक्स र प्राची स्टेशनरी पिपल्लाको माथिल्लो तलामा इन्स्योरेन्स कम्पनीको कार्यालय रहेको छ। दिपायल सिलगढी नगरपालिका–५ का हिक्मत भण्डारीले झिल्लीमा बेरेर आफ्नो मोटरसाइकलको लेगगाडमा सो रकम झुण्डाएर ल्याएका थिए। उनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कम्प्युटर सहायक हुन्। बैंकमा जम्मा गर्न ल्याएको रकम मोटरसाइकलमै छोडेर उनी शुक्रवार बिहान १० बजेर ७ मिनेटमा कार्यालय गएका थिए। कार्यालयको व्यस्तताले मोटरसाइकलमा राखेको पैसा सँगै लग्न भूलेका भण्डारीलाई करिब डेढ घण्टापछि…
Author: महेन्द्रनगर पोष्ट
धनगढी : सुदूरपश्चिम प्रदेशको बैतडी घर भएका चतुरबहादुर चन्द नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका बर्दिया क्रिकेट संघका अध्यक्ष विनयराज भन्डारीको प्रस्तावक र समर्थक दुबै नभएपछि उनी अध्यक्षको दौडबाट पछि हटेसँगै अध्यक्षमा चन्द निश्चित भएका हुन्। चन्द योभन्दा अगाडिको कार्यकालमा पनि अध्यक्ष थिए। त्यस्तै रोशन सिंह उपाध्यक्ष बन्ने निश्चित भएको छ। क्यानको निर्वाचनका लागि बिहान ९ः१५ देखि १०ः१५ सम्मको समय निर्धारण गरिएको थियो। क्यानका एक सदस्यका अनुसार सो अवधिमा उनीबाहेक अन्यको उम्मेदवारी नपरेपछि उपाध्यक्षमा सिंह निश्चित भएका हुन्। कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष पदम खड्का र महिला सदस्यमा जयन्ती भट्ट…
बझाङ : छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका ६० वर्षीय जैलु मण्डेलको हत्या आरोपीत उनका भाइ बिजुली मण्डेलको अन्तिम फोन लोकेसन जंगलमा ट्रेस भएको छ। बिजुलीको अन्तिम घर फोन लोकेसन घर नजिकैको जंगलमा देखिएको हो। बझाङका डीएसपी भरतबहादुर शाहले हत्या आरोपीको मोबाइल अन्तिम लोकेसन घर नजिकै जंगलमा फेला परेको र खोजी जारी रहेको जानकारी दिए। अहिले जिल्लाको सबै नाकामा कडाइ गरिएको उनको भनाइ छ। शुक्रबार साँझ दुवैजनाले सुरुमा सँगै मदिरा सेवन गरेको र विवाद हुँदा भाईले सुरुमा भाउजुलाई कुटेका थिए। त्यसपछि दाजु जैलुले भाईलाई हँसिया प्रहार गरेको र आक्रोशित भाइले छुरा प्रहार गरि दाजुको हत्या गरेको अनुसन्धानबाट खुलेको छ। सम्बन्धित समाचार सँगै मदिरा…
काठमाडौंः सशस्त्र प्रहरी बल, नेपालका ९५ जना निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरूवा भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार शुक्रबार उनीहरूको काज सरूवा गरेका हुन्। सशस्त्र प्रहरी बलको मानवस्रोत विभागका अनुसार सशस्त्र प्रहरी नियमावली २०७३ को नियम ३५ को उपनियम (१) का खण्ड (ग) र ऐ. नियमावलीको नियम ३६ बमोजिम आवश्यकताअनुसार ९५ जना इन्स्पेक्टरलाई काजमा खटाइएको जनाइएको छ। सूची
डडेल्धुराः सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ लगाउने समयावधि आउँदो १० गतेसम्म थप भएको छ। खोप अभियानमा लक्षित किशोरीमध्ये अझै आधाले खोप लगाउन बाँकी रहेकाले पाँच दिन समय थपिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले जनाएको छ। यसअघि हिजोसम्म समय थप गरिए पनि यस अवधिमा शनिवार, शोक बिदा, तीज, शिक्षक आन्दोलनलगायतका कारण खोप अभियान प्रभावकारी हुन सकेको छैन। पहिलो चरणमा १४ वर्ष नाघेका र १५ वर्ष नपुगेका किशोरीहरुलाई खोप दिन थालिएको हो। यो उमेरसमूहका किशोरीको सङ्ख्या साढे तीन लाख रहेको छ। सरकारले गएको भदौ २७ गतेदेखि थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट एचपीभी…
काठमाडौं : भारत तीन वटै फर्म्याटको क्रिकेटमा नम्बर वान बनेको छ। टेस्ट र टी–२० फर्म्याटको विश्व वरीयतामा यसअघि नै पहिलो नम्बरमा रहेको भारत गएराति अष्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै एकदिवसीय वरीयतामा समेत एक नम्बर टिम बनेको हो। एकदिवसीयमा पनि पहिलो वरीयतामा उक्लिएपछि भारतले इतिहास बनाएको छ। एसिया कपअघि एकदिवसीय वरीयतामा पाकिस्तान पहिलो टिम थियो। एसिया कपमा भारतसँग पराजित भएसँगै उसको वरीयता तेस्रोमा पुगेको थियो भने अष्ट्रेलियाले पहिलो वरीयता कायम गरेको थियो। पहिलो वरीयतामा रहेको अष्ट्रेलियालाई शुक्रबार पराजित गरेसँगै भारतले क्रिकेटका तीन वटै फर्म्याटमा कब्जा जमाएको छ। पाकिस्तानको भने विश्वकपअघि कुनै आधिकारीक एकदिवसीय खेल छैन्। त्यसैले पाकिस्तान विश्वकपअघि नम्बर एकमा फर्कने…
धनगढीः टीकापुरको रानीकुला सिंचाई नहरमा एक जना मृत फेला परेका छन्। टीकापुर नगरपालिका-४ बाघमारा बस्ने ६५ वर्षीय सुकराढु थारु सोही ठाँउस्थित रानीकुला सिंचाईको नहरमा शुक्रवार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय टिकापुरले थप अनुसन्धान गरिरहेको छ।
डडेल्धुरा: डडेल्धुराका पुष्पराज भट्टलाई नेपाल विद्युत प्राधिकरणमा जागिर गर्न लागेको ३६ वर्षभन्दा बढी भइसक्यो। जिल्लाको अमरगढी नगरपालिका–४ सुनेडा घर भएका उनको परिवार कैलालीको गेटा बस्दै आएको छ। विद्युत प्राधिकरण कैलालीमा कार्यरत उनी डडेल्धुरा सदरमुकाममा छोरासँगै डेरामा बस्दै आएका छन्। कारण, उनको स्वास्थ अवस्था। २ छोरा जन्माएपछि श्रीमती बितेका कारण उनीहरुको पालनपोषण पनि पुष्पकै काँधमा थियो। आर्थिक अवस्था सामान्य भएका उनले आफ्नो कमाई छोराहरुकै पठनपाठनमा खर्चिए। जसका कारण उनले आफ्नो जागिरपछि दैनिक जीवनयापन गर्न चाहिँने सम्पत्ति जोड्न पाएनन्। तर, कैलालीको गेटामा भने उनले बैंकिङ लोन लिएर सानो घर जोडेका थिए। त्यहिं लोन र छोराहरुको पढाईमा जम्मै तलब सकिने भएकाले उनको बैंक…
धनगढी: कैलालीको चुरे गाउँपालिका-५ भासु भीर क्षेत्र मन्दिर नजिकै भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु भएको छ। हिजो(शुक्रबार) बेलुकी भीमदत्त राजमार्गमा बुडरतर्फ जाँदै गरेको से६प ८७२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई अन्दाजी ५० मिटर तल भीरमा खसेको थियो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक डोटीको जोरायल गाउँपालिका-१ बस्ने १९ वर्षीय भीमबहादुर बिकको आज (शनिबार) बिहान मृत्यु भएको प्रहरीले बताएको छ। दुर्घटनामा गम्भीर घाइते भएका भीमको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। पद्मा अस्पतालमा उपचार हुन नसकेपछि उनलाई निसर्ग पुगाइएको थियो। दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि सवार सोही ठाँउका ४५ वर्षीय ओम प्रकाश सुनारको पनि पद्मा अस्पतालमा उपचार हुन नसकेपछि…
मुगु: मुगुकाे सदरमुकाम गमगढी तल्लो बजार कालीकामाली मन्दिर तलतिर आगलागी हुँदा ८ घर र ९ वटा पसल गोदाम जलेर पुर्ण रुपमा नष्ट भएका छन्। शुक्रबार राती अन्दाजी १२ तिर बजे आगलागी हुँदा ८ घर र ९ वटा पसल जलेर पुर्ण रुपले नष्ट भएका हुन्। आगलागीबाट गमगढी बजारको पुतली शाहीको घरदेखि तार्के लामाको घरसम्म रहेका ८ वटा घर र ती घरमा रहेका ९ वटा पसल गोदाम जलेर नष्ट भएका छन्। तार्के लामा, सोनाम लामा, जङ्ग ऎडि, सान्तोना खत्री, पन्च सेजुवाल, पिआर मल्ल, प्रदिप रावल र पुतली शाहीको घर जलेका हुन्। गए राति साढे १ बजेबाट सुरु भएको आगलागी अहिले ४ बजेतिर मात्रै प्रहरी,…