Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : मधेश प्रदेश सरकारमा दुई जना मन्त्री नियुक्त भएका छन् । काँग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका हुन् । नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । मधेश सरकारले आज छैटौँ पटक मन्त्रिपरिषद् विस्तार गरेको हो । योसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ भने जसपाबाट विना विभागीय मन्त्री रहेकी सुरिता साह यथावत् छन् ।

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सडक पिसिसि ढलान र ग्राभेल गर्ने कार्यको नापजाँच पश्चात् भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको आरेपमा कोटहीमाई गाउँपालिका इन्जिनियर (सेवा करार) अरविन्द कुमार यादवविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको कार्यालय बुटवलबाट खटिई गएको टोलीले इन्जिनियर यादवलाई सेवाग्राहीबाट रु. ४५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत असार २० गते नियन्त्रणमा लिएको थियो। अनुसन्धानको सिलसिलामा इन्जिनियर यादवले कोटहीमाई गाउँपालिका वडा नम्बर ७ अन्तर्गतको सडक पि.सी.सी. ढलान र ग्राभेल गर्नको लागि कोटेशनमार्फत काम गरी भुक्तानी गर्ने क्रममा…

Read More

धनगढीः पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले आफ्ना सेवा बन्द गरेको छ । चालु आर्थिक वर्षमा कुनै पनि शीर्षकमा बजेटको व्यवस्था नभएकाले बाध्य भएर सेवाहरु बन्द गर्नुपरेको प्रयोगशालाका प्रमुख डा. नरेश जोशीले बताए । उनले अर्को व्यवस्था नभएसम्मका लागि आजबाट आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएका बताए । आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार संस्थागत संरचनाको समेत अन्योलता रहेको जनाइएको छ। जस कारण बजेटको व्यवस्था नहुँदा प्रदान गर्दै आएका सेवाहरु बन्द गर्नुपरेको जोशीले बताए।   सुदूरपश्चिम प्रदेशभर अहिले पशु चौपायामा लम्पी स्किन रोगको प्रकोप भयावह रुपमा फैलिरहेको छ । प्रयोगशालाले पशुपन्छीमा लाग्ने विभिन्न रोगको जाँच गर्दै आएको थियो ।

Read More

काठमाडौँ: साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिए । देशभर १३ लाख ५७ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । जसमध्ये हालसम्म १० लाख ५३ हजार चार सय चार हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको केन्द्रले जनाएको छ । यस वर्ष कोशी प्रदेशमा ८४ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । सो प्रदेशमा गत वर्ष यही समयमा ८८ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको थियो…

Read More

धनुषा: मधेस प्रदेश सरकारका दुई जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । प्रदेश सरकारका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विनाविभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले आज सोमवार मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएका हुन् । दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी थिए । जनमत पार्टीका नेता वीपी साहका अनुसार दुवै जना मन्त्रीले पार्टीको निर्देशनअनुसार राजीनामा बुझाएका हुन् । यसअघि मन्त्री कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी गएको जेठ ९ गते मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा (एकीकृत समाजवादी)का गोविन्द न्यौपानेलाई दिएका थिए । त्यसयता कुशवाहा विनाविभागीय मन्त्रीको हैसियतमा थिए । नेता साहका अनुसार उनीहरूको ठाउँमा नयाँ दुई जनालाई मन्त्री सरकारमा पठाउने…

Read More

कैलाली: टीकापुर–२ राजीपुर मिलनचोकका कालीदेवी सुनारको परिवार मस्त निन्द्रामा थियो । निदाएका कालीदेवीको घर एक्कासी हल्लिन थाल्यो । कालीदेवीले घर किन हल्लियो भनी टर्च बालेर हेर्दा घर हात्तीले भत्काउन थालेको थियो । कालीदेवीले केही सोच्नै सकिनन् । हात्तीले उनको ठाटी घरका साथै भकारीमा भण्डारण गरेको धान, गहुँलगायत खाद्यान्न सबै नष्ट गरिदियो । “हात्तीले पछाडि घरमा हान्न थाल्यो, भूकम्प आयो कि भन्ने सोचेँ, कालीदेवीले भनिन्, “घरका भित्ता भत्कन थालेपछि टर्च बालेर हेर्दा हात्ती मच्चिएको थियो । हामी घरमा चार जना थियौँ, छोरी, छोरा र १३ वर्षको नाती । बालबच्चालाई कसरी उठाएर सुरक्षित स्थानसम्म पुर्‍याए थाहा छैन ।” हात्तीले पछाडितिर भत्काउन थालेपछि…

Read More

काठमाडौँ: आईएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै “प्रिटी उत्सव” अफर सार्वजनिक गरेको छ । यो अफर यही साउन महिनाको दोस्रो सोमवार अर्थात् साउन ८ देखि ३२ गतेसम्म चल्ने छ। यो अफरमा जित्ने प्रत्येक विजेतालाई प्रिटी क्लिकको पाँच हजार रुपैयाँको भौचर प्रदान गरिने छ । सेवाग्राहीले अफर अवधिभरि कम्तीमा एक पटक आईएमई पे मार्फत् क्यूआर स्क्यान गरी भुक्तानी गर्नुपर्ने छ । अफर अवधिभरि प्रत्येक ५ दिनपछि गोला प्रथामार्फत् दुई जना विजेता छनोट गरिने छ । विजेताहरूको नाम सामाजिक सञ्जालमार्फत् घोषित गरिने कम्पनीले जनाएको छ । सेवाग्राहीले जुनसुकै क्यूआरमार्फत् भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । विजेताहरूले प्रिटी क्लिकमा गएर भौचरको…

Read More

कैलाली: सुदूरपश्चिम प्रदेश सरकार विस्तारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भएको छलफलमा भोलि शीर्ष नेताहरूबीच सरकार विस्तारको गाँठो फुकाउने सहमति भएको छ । माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँग भेट गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्ति पाटीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, संरक्षक रेशम चौधरी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, आर्थिक मामिला मन्त्री नरेश बहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी पुगेका थिए । प्रधानमन्त्री प्रचण्डसँग नागरिक उन्मुक्तिका नेताहरूले यसअघि भएको सहमति अनुसार सुदूरपश्चिममा आफ्नो पार्टीलाई २ मन्त्रालय दिनुपर्ने बताएका थिए । मुख्यमन्त्री शाहले केन्द्रबाट प्रदेशको गाँठो फुकाउनुपर्ने बताएका…

Read More

कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरका पुराना छापाखाना व्यवसायी भवानीदत्त बोहराको निधन भएको छ । उनको सोमवार बिहान निधन भएको हो । उनको पारिवारिक स्रोेतका अनुसार उनी उपचारका लागि काठमाडौँमा थिए । सोही क्रममा उनको निधन एको हो । लामो समयदेखि प्रिन्टिङ प्रेस व्यवसाय सञ्चालन गर्दै आएका बोहरा महेन्द्रनगरस्थित भवानी प्रिन्टिङ प्रेसका सञ्चालक हुन् ।

Read More

काठमाडौँ: बैतडीको पाटन नगरपालिका–६ का ३४ वर्षीय दीपक भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट अवैध सुनसहित पक्राउ परेका छन् । प्रहरीले उनलाई आइतवार साँझ करिब ८१ ग्राम तौलको सुनका ब्रासलेटसहित पक्राउ गरेको बताइएको छ । प्रहरीका अनुसार कतार एयरवेयजको उडानद्वारा काठमाडौँ आएका भण्डारीलाई जाँच गर्ने क्रममा उक्त ब्रासलेट लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरिएको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Read More