काठमाडौं : न्यायाधीशका लागि लिएको लिखित परीक्षामा १ जना मात्र उत्तीर्ण भएका छन्। आइबतार न्याय सेवा आयोगले जारी गरेको सूचनामा१ जना मात्र उत्तीर्ण भएको उल्लेख छ। २९ जना जिल्ला न्यायाधीशका लागि आयोगले २०८० साउन १६ देखि २० गतेसम्म लिएको लिखित परीक्षामा २११ जना सहभागी भएकोमा एकजना मात्र उत्तीर्ण भएका हुन्। आयोगले पारसमणि पोखरेललाई मात्र अन्तर्वार्ताका लागि सिफारिश गरेको छ। आयोगले आन्तरिक खुलातर्फ १५ जना, खुलातर्फ ७ जना, महिला २ जना, आदिवासी जनजाति २ जना, मधेशी २ जना र दलित १ जना गरी कुल २९ जना जिल्ला न्यायाधीशका लागि परीक्षा लिएको थियो।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौंः गृह मन्त्रालयले मन्त्रिपरिषदबाट निर्णय भएका कैदीबन्दीलाई माफी मिनाहाको सिफारिस गरेपछि राष्ट्रपति कार्यालयले माफी मिनाहाको सिफारिसको आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ गृह मन्त्रालयले मन्त्रिपरिषद बाट निर्णय भएको बाहेक ३४ जनाको सूची पठाएपछि राष्ट्रपति कार्यालय यसबारेमा स्पष्ट हुन खोजेको हो। सरकारले संविधान दिवस (असोज ३ गते)का अवसरमा ६७० जना कैदीबन्दीलाई माफी दिँदैछ। गृहले पठाएको थप सूचीमा उनीहरूलाई माफी दिनुपर्ने कारण पनि उल्लेख नगरिएको शीतल निवास स्रोतको भनाइ छ। त्यसकारण उनीहरूलाई माफी दिनुपर्ने कारण खुलाउन शीतलनिवासले गृह मन्त्रालयलाई पत्राचार गरेको हो। राष्ट्रपति कार्यालयले ३४ जनाकै व्यक्तिगत विवरण समेत मागेको छ। कारागार व्यवस्थापन विभागले कैद माफीका लागि ८०० जनाको…
बुटवलः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विष्फोटक पदार्थ विष्फोट भएको छ। उक्त विष्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान सुरक्षाकर्मीको टोलीले गरेको छ। विस्फोटबाट सडकमा क्षति पुगेको छ। विष्फोटका कारण राजमार्गको आधा खण्ड उडेको छ। आज बिहान नेपाली सेनासहितको सुरक्षाकर्मीको टोलीले विष्फोट भएको स्थानको अवलोकन गरेको थियो। सो टोलीले द्वन्द्वकालमा छाडिएको माइन विष्फोट भएको हुनसक्ने अनुमान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी नारायण डाँगीले जानकारी दिए। विष्फोट भएको स्थानमा खिया लागेको तारको टुक्रा फेला परेको डीएसपी डाँगीले जानकारी दिए ।
बैतडी : एक दिन बैतडीको पाटन नमुना बन्छ, त्यसपछि नमुना सहर बजारमा मान्छेलाई हिँडडुल गर्न खाली ठाउँ हुँदैन। ‘ओपन स्पेस’ वा खोली ठाउँ नभएको सहर बस्ने लायक मानिँदैन। यस्तै अनेक सपना देखाइएको थियो, बैतडीका स्थानीय बासिन्दालाई। त्यही भएर बैतडीको पाटन नमुना सहरबाट करिब ५ किलोमिटर टाढा सुन्दर डाँडामा हिरापुर पार्क निर्माणको काम थालियो। तर, त्यो पार्क बनेर सकिन नपाउँदै जीर्ण बनेको छ। सल्लाका रुखमा मुनि बनेका भौतिक संरचनाहरू भताभुङ्ग छन्। स्थानीय बासिन्दाको भनाइमा सरकारी हेलचक्र्याइँ मात्र होइन त्यहाँ भएका देवीदेवता रिसाएकाले पनि पार्कको निर्माण पूरा हुन नसकेको हो। स्थानीय बासिन्दाको मेलापात गर्ने ठाउँमा पाटन नगरपालिकामा रहेको नमुना सहर कार्यालयले करोडौँ…
धनगढीः नेपाल प्रहरीका एआइजी सन्दीप भण्डारी सुदूरपश्चिम आएका छन्। भण्डारी आज सुदूरपश्चिमको अस्थायी मुकाम धनगढी पुगेको स्रोतले जानकारी दिएको छ। भण्डारी निरीक्षणका लागि सुदूरपश्चिम आएका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले एआइजी अनुगमन तथा निरीक्षणमा आएको जानकारी दिए। उनका अनुसार प्रहरी दिवसको प्रयोजनका लागि कार्यरत नेपाल प्रहरीका कर्मचारीको प्रफमेन्स हेर्न एआइजी सुदूरपश्चिम आएका हुन्। एआइजीले प्रदेश प्रहरीका युनिट लगायतमा निरीक्षण तथा अनुगमन गर्ने बताइएको छ। करिब २ दिन उनी यो प्रदेशमा रहने र त्यसपछि नेपालगन्ज जाने कार्यक्रम छ। अहिले देशका सबै प्रदेशमा यस्तो अनुगमन भैरहेको छ।
डडेल्धुरा: सुदूरपश्चिम प्रदेश सरकारका चार मन्त्रालयले कर्मचारी हेरफेर गरेको छ। प्रदेशको आर्थिक मामिला मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयले कर्मचारी हेरफेर गरेको हो। आर्थिक मामिला मन्त्रालयले नेपाल प्रशासन सेवा, लेखा समूह, सहायक पाँचौ, अधिकृत छैटौं तहका १६ वटा कर्मचारी हेरफेर गरेको छ भने सामाजिक विकास मन्त्रालयले २९ जना कर्मचारीको सरुवा गरेको छ। यस्तै, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको भदौ २७ गतेको निर्णयअनुसार २२ जना कर्मचारीको सरुवा गरेको छ। भौतिक पूर्वाधार मन्त्रालयलले भदौ २९ गतेको निर्णयअनुसार नेपाल इन्जिनियरिङ पाचौं/छैटौं तहका १८ कर्मचारीको सरुवा गरेको छ।
धनगढी: कञ्चनपुरस्थित नेपाल-भारत सीमानाका क्षेत्रमा अवैध चामल फेला परेको छ। आज (आइतबार) प्रहरीले जिल्लाको पुनर्वास नगरपालिका-६ मा उक्त चामल फेला पारेर बरामद गरेको हो। सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी र त्यहाँको स्थानीय प्रहरी टोलीले ६० बोरा अवैध चामल फेला पारेको र बरामद गरिएको जनाएको छ। भारतबाट नेपालतर्फ आउने बाटोमा बेवारिसे अवस्थामा चामल भेटिएको थियो। अहिले प्रहरीले सो चामललाई भन्सार पठाउने तयारी गरिरहेको छ।
कञ्चनपुर: प्रतिबन्धित लागुऔषधीसहित कञ्चनपुरमा एकजना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका– ११ गड्डाचौकीबाट लागुऔषधसहित उनी पक्राउ परेका हुन्। गड्डाचौकीबाट १ एमपुल डाइजेफाम, २२ एम्पुल फेनारगन र १० एम्पुल रेक्सोजेसिकसहित बेदकोट नगरपालिका–७ बस्ने २० वर्षीय सन्तोष भट्ट शनिबार राति पक्राउ परेका प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा भट्टको साथबाट उक्त लागुऔषधी फेला परेको बताइएको छ।
काठमाडौं: नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ। गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामी कुरुवाले कुटपिट गरेका थिए। घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा ओपीडी सेवा बन्द गरिएको हो। संघले डाक्टरहरुलाई कुटपिट गर्नेहरुलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन माग गरेको थियो । तर सो समयअवधिसम्म पनि कारबाही नगरिएको भन्दै संघले आज सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा बन्द गरेको हो। सबै सेवा बन्द गर्दा बिरामीहरु अत्यावश्यक उपचार पाउनबाट बन्चित भएका छन्।
जयपुर: भारतको जयपुरमा एक सुटकेसमा एक नेपाली महिलाको फेला गरेको छ। बिहीबार ३ सय फिट गहिरो खोँचमा ३० वर्षीय ती महिलाको शव फेला परेको थियो। लक्ष्मी नाम गरेकी उनलाई ४ महिला अघि दिल्लीबाट त्यहाँ लगिएको बताइएको छ। चित्रकुट प्रहरीका एसएचओ बलबीर कासवानले ती नेपाली महिलाको एक बच्चा पनि रहेको पत्ता लागेको जानकारी दिए। प्रहरीले हत्याको आरोपमा २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३५ वर्षीय स्वपन मण्डल र ३० वर्षीय सुमन विश्वास रहेका छन्। दुवै जना पश्चिम बङ्गालका हुन्। स्वपन वेश्यावृत्तिको सञ्जालमा संलग्न रहेको बताइएको छ। उनले विभिन्न स्थानबाट महिला ल्याएर होटलमा राख्ने गरेको प्रहरीको भनाई छ। स्वपनले नै महिलालाई ४…