Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: आज सुनको मूल्य सात सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य तोलामा एक लाख ११ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर एक हजार तीन सय ९५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ल्याएको बजेटमाथि अझै छलफल हुन सकेको छैन। प्रदेश सभाको दोस्रो अधिवेशनको १४ औं बैठकबाट बजेट प्रस्तुत गरिएको करिब एक महिना पुग्न लाग्दा गठबन्धनभित्रैको असन्तुष्टिले बजेटमाथिको छलफल अघि बढ्न नसकेको हो। सरकारले असार १ गते चालु र पुँजिगततर्फ गरी २९ अर्व २६ करोड ५९ लाख ३२ हजारको बजेट सभामा प्रस्तुत गरेको थियो। सरकारले ल्याइएको बजेटसँगै विकास कार्यक्रम (रातो किताव) प्रति सत्तारुढ दलकै प्रदेश सभा सदस्यहरुमा व्यापक असन्तुष्टि बढेको छ। बजेटमाथि सत्तारुढ दलसँगै भित्रै प्रतिपक्षीको असन्तुष्टि बढेको हो। जसका कारण प्रदेशको बजेट पास हुन सकस पर्ने देखिएको छ। बजेटमाथिको छलफलमा केन्द्रित हुनुपर्नेमा…

Read More

धनगढीः कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको अध्यक्षमा कल्याण सिंह बोहरा निर्वाचित भएका छन् । बोहरा पाँच सय ९४ मत ल्याउँदै संघको अध्यक्षमा निर्वाचित भएका हुन् । मीना देउवाको ५७० मत छ भने अध्यक्षका अर्का उम्मेदवार कविराज भट्टले ७३ मत पाए । बोहरा र देउवा प्यानलसहित प्रतिष्पर्धामा थिए । उपाध्यक्ष उद्योगमा देउवा प्यानलबाट दलबहादुर खड्का विजयी भएका छन् । खड्काले ७११ मत ल्याउँदा बोहरा प्यानलका यज्ञराज जोशीले ५३२ मत ल्याए । उपाध्यक्ष वाणिज्यमा देउवा प्यानलका फागुराम चौधरी ५५२ मत ल्याई विजयी भए । उनका प्रतिद्वन्द्वी बोहरा प्यानलका देवराज भट्टले ५८२ मत ल्याए । वस्तुगततर्फ बोहरा प्यानलका चेतराज पन्त ६४४ मतका ल्याई…

Read More

धनगढीः दार्चुलामा सडकबाट खोलामा खसेर एक पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको मालिकार्जुन गाउँपालिका-६ हरडीगाड खोलामा खसेर सोही ठाउँका ५५ वर्षीय केशवराज गिरीको मृत्यु भएको हो । शनिवार साँझ मालिकार्जुनकै बाँकुबाट चिउरानी घरतर्फ जाने क्रममा सडकबाट ६० मिटर तल खोलामा खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका पहाडी ६ जिल्लाको विद्युत सेवा बन्द भएको छ। पहाडका दार्चुला बाहेकका जिल्लामा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दले जानकारी दिए। उनका अनुसार आइतबार बिहानदेखि ६ पहाडी जिल्लाको विद्युत सेवा बन्द भएको हो। डोटीको रुवसकाँडामा एक सय ३२ केभी प्रशारण लाइनको तार टुटेपछि विद्युत सेवा अवरुद्ध भएको हो। अत्तरियादेखि स्याउले सव स्टेशन जोड्ने ट्रान्समिसन लाइनको रुवसकाँडास्थित टावरको एउटा तार टुटेको उनले बताए। मर्मतका लागि समय लाग्ने देखिएको छ। विद्युत सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा परेको बताइएको छ।

Read More

सर्लाही: सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ । घरभन्दा तीन सय मिटरको दूरीमा रहेको बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । शनिबार दिउँसो घरबाट निस्केका बालकद्वय राति अबेरसम्म नफर्केपछि अभिभावकले खोज्दै जाँदा गए राति खाल्डोमा शव डुबिरहेको अवस्थामा फेला परेको थियो ।

Read More

काठमाडौं: आज चार प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ। दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा र राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिए। उनका अनुसार अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ। यस्तै, भोलिदेखि पानी पर्ने क्रम झन् बढ्ने अनुमान गरिएको छ। मनसुन सक्रिय हुने सङ्केत देखिएकाले भोलिदेखि केही दिन देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद् महर्जनले बताए। पछिल्लो दुई तीन दिनयता देशका धेरै ठाउँमा पानी कम परेको छ। पानी परिहाले पनि लगातारजसो झरी परेको छैन। तर, भोलिदेखि भने मनसुन फेरि सक्रिय हुने भएकाले धेरै…

Read More

बैतडी:  बैतडी-बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा दिनहुँ पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती हुने गरेको छ। राजमार्गअन्तर्गत बैतडीको श्रीभावर, ज्यापु, ढोल्यामोड, मोतीनगरसहित विभिन्न ठाउँमा पहिरो खस्ने गरेको छ। बझाङ जिल्ला जोड्ने र बैतडीका पनि सिगास, सुर्नया गाउँपालिका र पुर्चौडी नगरपालिका पनि यही राजमार्ग भएर जानुपर्दछ। यही असार १० गतेदेखि हालसम्म उक्त राजमार्ग पाँचपटक बन्द भइसकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। दिनमा सयौँ गाडी आवतजावत गर्ने राजमार्ग बेला-बेलामा अवरुद्ध हुने गर्नाले समस्या हुने गरेको यात्रुहरूले बताएका छन्। यो राजमार्गको घुम्ती कटिङ गरेर स्तरोन्नतिको काम सञ्चालन भएकाले झनै समस्या भएको छ। घुम्ती कटिङ गरेका स्थानमा पानी परेपछि पहिरो गएका…

Read More

बैतडी: पञ्चेश्वर बहुद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तीन महिनाभित्र बनाउने सहमति भएको छ। नेपाल र भारतबिच २८ वर्षअघि सम्पन्न महाकाली सन्धिले खाका कोरेकोे डिपीआर अबको तीन महिना भित्रमा टुङ्ग्याउन नेपाल र भारतका ऊर्जा सचिवहरूबिच सहमति भएको हो। पोखरामा पञ्चेश्वर विकास प्राधिकरणको सञ्चालक समिति बैठकले डिपिआरलाई तीन महिनाभित्र अन्तिम रूप दिनमा सहमति गरेको छ। नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतका जलशक्ति मन्त्रालयका सचिव पङ्कजकुमारको सहअध्यक्षतामा बैठक सम्पन्न भएको हो। गत जेठमा सम्पन्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणकै क्रमम दुई समकक्षीबिच तीन महिनाभित्र पञ्चेश्वरको डिपिआरलाई अन्तिम रूप दिने सहमति भएको थियो।

Read More

डोटी:  विषालु च्याउ खाँदा डोटीका ११ जना बिरामी परेका छन्। जिल्लाको दीपायल सिलगढी नगरपालिका वडा नम्बर ५ इन्द्रचोकका ११ जना विरामी भएका हुन्। विषालु च्याउ खाएर बिरामी भएका सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुगाइएको  जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताए। ११ जनाकै अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ। ९ जनालाई आज बिहान ३ बजे र अन्य २ जनालाई केही समयपछि अस्पताल ल्याइएको थियो। उनीहरूको अवस्था मध्यम छ ।

Read More