धनगढी: कैलालीस्थित लम्कीमा एक होटलमै यौनधन्दा चलाएको खुलेको छ। लम्कीको बसपार्कमा रहेको संज्याल होटलमा यस्तो धन्दा चलिआएको खुलेको हो। हिजो प्रहरीले छापा हान्दा यस्तो खुलेको र होटलबाट यौनजन्य क्रियाकलापमा संलग्न २ जना बालिकासहित होटल संचालक महेशप्रसाद जैसीलाई आइतबार राति नै पक्राउ गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालयका इन्सपेक्टर शंकर खड्काले ती बालिका टीकापुर क्षेत्रकी रहेको खुलेको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार पक्राउ परेकाहरुलाई म्याद थपका लागि आज अदालत पठाइएको छ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ: सशस्त्र प्रहरीले लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका सात जना कर्मचारीको खोजबिन सुरु गरेको छ । सशस्त्र मुख्यालयले आज सार्वजनिक सूचना निकालेर बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको चित्तबुझ्दो स्पष्टीकरणसहित उपस्थित हुन भनेको छ । ‘आफू गैरहाजिर रहनुको मनासिव कारणसहित सम्बन्धित कार्यालयमा सम्पर्क राख्न आउनुहोला, अन्यथा तपाईहरु सशस्त्र प्रहरी नियमावली २०७२ (संशोधित) बमोजिम कारबाही भई जाने हुँदा सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११८ को उपनियम (१) को प्रयोजनार्थ यसै सूचनाद्धारा जानकारी गराइएको छ,’ सूचनामा उल्लेख छ । सशस्त्र प्रहरी बल नेपाल गण नं.३ मोरङका जवान लक्ष्मण लिम्बु, नेपाल एपिएफ स्कुल सुरक्षा वेश कीर्तिपुरका जवान कपिल खत्री, २१ नम्बर गण…
बैतडी: बैतडीमा बस दुर्घटनामा घाइते भएका १६ जनालाई डडेल्धुरा अस्पताल रेफर गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको बताइएको छ । दुर्घटनामा घाइते ३९ जनामध्ये एक जना यात्रुको मृत्यु भइसकेको छ भने अन्य २२ जनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ । मृत्यु हुनेमा बैतडीकै पञ्चेश्वर गाउँपालिका-६ रन्तोलीका २८ वर्षीय उमेश भण्डारी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाइतेहरुको भने पहिचान हुन बाँकी छ । पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस मेलौली–पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका-७ स्वाखानीमा आज दिउँसो दुर्घटना भएको हो । प्रहरीका अनुसार…
धनगढी: बैतडीमा आज बस दुर्घटना भएको छ। सोमबार दिउँसो जिल्लाको मेलौलीमा बस दुर्घटना हुँदा अहिलेसम्म एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका वडा नं ६ रन्तोलीका २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको हो। यस्तै, दुर्घटनामा ३८ जना घाइते रहेको बैतडी प्रहरीले जानकारी दिएको छ। पञ्चेश्वर, कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस मेलौली-पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका-७ स्वाखानीमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परी घाइते भएका ३८ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार थालिएको बताइएको छ। बस सडकबाट अन्दाजी ४ सय मिटर तल खसेर रुखमा अड्किएको थियो। दुर्घटनाको थप विवरण खुल्न बाँकी…
बैतडी: बैतडीको मेलौलीमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका वडा नं ६ रन्तोलीका २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको हो। दुर्घटनामा ३८जना घाइते भएका छन् । घाइते ३८ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली पुर्याइएको छ । पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस मेलौली–पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका-७ स्वाखानीमा आज दिउँसो १ बजेतिर दुर्घटना भएको हो ।
बैतडी: बैतडीमा बस दुर्घटना भएको छ । आज दिउँसो १ बजेतिर ञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस मेलौली नगरपालिका-७ स्वाखानीमा दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा परी घाइते भएका ३९ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । बस सडकबाट अन्दाजी चार सय मिटर तल खसेर रुखमा अड्किएको छ । बसमा कति जना सवार थिए भन्ने कुरा यकीन हुन बाँकी रहेको बताइएको छ ।
बैतडी: बैतडीको गोकुलेश्वर कृषि क्याम्पसलाई आंगिक बनाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाइएको छ । जिल्लाको डिलाशैनी गाउँपालिकामा रहेको गोकुलेश्वर कृषि तथा पशु विज्ञान क्याम्पसलाई सरकारी विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन माग गरिएको हो । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त उक्त क्याम्पसमा प्राविधिक शिक्षा भएकाले सरकारले उक्त क्याम्पसलाई आंगिक बनाएर गाँउमै उच्च शिक्षाको सुविधा दिलाउनुपर्ने अभिभावकको माग अनुरुप सञ्चालक समितिले त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेरै ज्ञापन पत्र बुझाएको विद्यार्थी नेता तिलक मालले बताए । क्याम्पस प्रमुख प्रमानन्द जोशीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र हस्तान्तरण गरेका हुन् । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले शैक्षिक सम्भाव्यता अध्ययन गरेर सरकारले जनताको मागअनुरुप…
कैलाली: कैलालीको एक होटेलबाट ७ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–२ महेन्द्रनगर रोडका ३९ वर्षीय प्रेम बोहराको सिगास होटेलमा जुवातास खेलिरहेका बोहरासहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू २७ हजार ६ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ परेका इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
कञ्चनपुर: कञ्चनपुरमा नदीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको वेदकोट नगरपालिका–१० नयाँगाउँका ६० वर्षीय नवलसिंह रावलको आइतवार नदीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वनकट्टी खोला र चौधर नदीको दोभानमा डुबेर उनको मृत्यु भएको हो ।
बझाङ: बझाङमा जेसिबि दुर्घटना भएको छ । आज जिल्लाको छबिस पाथिभेरा गाउँपालिका–४ को ब्यासी बजारको बालुवा खानीमा बा३झ २३३५ नम्बरको जेसिबि दुर्घटना भएको हो । दुर्घटनामा जेसिबि चालक नुवाकोटको विदुर नगरपालिका–११ का अन्दाजी २८ वर्षीय युवराज तिमिल्सेना घाइते भएका र उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जेसिबि सडकबाट २५० मिटर तल खसेकाले पुर्ण रुपमा क्षति भएको जनाइएको छ ।