Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : सुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रालिको काठमाडौँस्थित सोह्रखुट्टे गोदामबाट बुधबार बरामद गरिएका स्कुटरको ‘ब्रेक शु’ बाट सुन झिकेको पाइएको छ । विभागका अनुसार सुन झिकेपछि दुरुस्तै बनाएर ‘ब्रेक शु’लाई कार्टुनमा ‘रिप्याक’ गरेको पाइएको हो । राजस्व अनुसन्धान विभागका अनुसार १ हजार ३२० थान बढी ‘ब्रेक शु’ बाट सुन झिकेको पाइएको हो । १००० ग्राम तौलको एक थान ‘ब्रेक शु’बाट ५५५ ग्राम सुन झिकेको पाइएको छ । समग्रमा ‘ब्रेक शु’बाट ७३२.६ केजी सुन झिकेको पाइएको छ । सुन झिकिएपछि अहिले ‘ब्रेक शु’को प्रतिथान तौल ४४५ ग्राम मात्रै छ । गोदामबाट बरामद गर्ने क्रममै सुन छुट्टयाएर तस्करले लगिसकेको अवस्थामा फुक्लेका…

Read More

काठमाडौँ: सशस्त्र प्रहरीका ६ जना इन्स्पेक्टर डीएसपीमा बढुवा भएका छन्। साधारण समूह तथा लेखा उपसमूहतर्फ ५ जना र कानुन उपसमूहतर्फ एक गरी ६ जना इन्स्पेक्टरको डीएसपीमा बढुवा भएको हो। बिहीबार बसेको गृहमन्त्रालयका सचिवस्तरको निर्णयअनुसार उनीहरूको बढुवा भएको हो। बढुवा समितिले असार ३१ गते उनीहरूको नाम गृहमा सिफारिस गरेको थियो। यी हुन् बढुवा हुनेहरू:प्रमोदबाबु थापातुलसिंह केसीसन्तोषकुमार चन्ददिवाकर राउतराजेशकुमार सिंहसत्यदेवी बस्नेत

Read More

डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकाले आफ्नै पालिका गान र लोगो तयार गर्ने भएको छ । अजयमेरुको पहिचान झल्किने गरी गाउँपालिकाले पालिका गान र लोगो तयार पार्न लागेको हो । गाउँपालिकाले लोगो तथा गानको रचना गर्न चाहने इच्छुक नेपाली नागरिकसँग आवेदन आह्वान गरेको छ । आगामी भदौ ११ गतेभित्र गाउँपालिकाको कार्यालयमा रचना पठाइसक्नुपर्ने जारी सूचना उल्लेख छ । गाउँपालिकाको सामाजिक, आर्थिक, भौगोलिक, धार्मिक, ऐतिहासिक, भाषिक, सांस्कृतिक तथा पर्यटकीय मौलिक विशिष्टता झल्किने गरी पालिका गान तथा लोगो तयार गर्नुपर्ने जनाइएको छ । त्यस्तै, पालिका गान घटीमा ५० शब्द र बढीमा ६० शब्दको हुनुपर्छ । पालिकाको लोगो नेपालको राष्ट्रिय लोगोकै आकारमा हुनुपर्ने गाउँपालिकाको भनाइ…

Read More

कैलाली: कैलालीको अत्तरियामा सल्याबाट ल्याइएको सिम्ला मिर्च तरकारीमा विषादी भेटिएको छ । अत्तरियास्थित विषादी अवशेष दु्रत विश्लेषण इकाइमा गरिएको परीक्षणमा एक क्विन्टल बढी सिम्लामा उपभोग गर्न नमिल्ने विषादीको मात्रा भेटिएको हो । सिम्लामा ६५ दशमलव ८५ प्रतिशत अर्गानोफस्फेट रोकावट दर भेटिएको र सो तरकारी नष्ट गरिएको कार्यालयका बालि संरक्षण अधिकृत प्रमोद ठगुन्नाले बताए । उनका अनुसार तरकारीमा ४५ प्रतिशतभन्दा बढी विषादीको रोकावट दर भेटिएमा विसर्जन गर्ने गरिन्छ । उक्त सिम्ला कृषि उपज थोक बजार समितिको हाताभित्र रहेको एमके एग्रीकल्चर ग्रुप प्रालिमा भेटिएको थियो । विषादी फेला परेको सिम्ला आज बिहान मात्रै ल्याइएको पसलका विक्रेता रमेश सुनारले बताए। यसअघि असार २४…

Read More

कैलाली: कैलालीको लम्कीचुहा नगरपालिकाले अतिक्रमित संरचना हटाउन सुरु गरेको छ । नगरपालिकाले अतिक्रमित खोला तथा नाली खाली गराउने कार्य सुरु गरेको हो । नगरपालिकाले लम्कीचुहा-१ लम्की बजारको पायनियर्स विद्यालय नजिकको नालाबाट अतिक्रमित भएको ठाउँको रेखांकन कार्य सुरु गरेको थियो । आजदेखि रेखांकन गरिएका ठाउँमा डोजर चलाइएको छ । आज विद्यालयको उत्तरपट्टी गेट नजिकैबाट डोजर लगाएर संरचनाहरु हटाउने कार्य थालिएको छ । पटपटक आफूहरुले सूचना जारी गरेको भन्दै नगरप्रमुख सुशिला शाहीले अब खोलानाला तथा सडक अतिक्रमण गरी बनाइएका संरचना भत्काउन नरोकिने बताइन् ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा पछिल्लो एक वर्षमा सर्पदंशका करिब तीन सय बिरामीको सफल उपचार गरिएको छ । नेपाली सेनाको अर्जुनी ब्यारेकस्थित सर्पदंश उपचार केन्द्र तथा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा समेत सर्पदंशका दुई सय ९४ बिरामीको उपचार गरिएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको रुद्रध्वज गण मातहत रहेको अर्जुनीस्थित सर्पदंश उपचार केन्द्रमा गत आर्थिक वर्षमा दुई सय ५१ जना बिरामीको उपचार गरिएको सेनाले जनाएको छ । रुद्रध्वज गणका सेनानी दीपेन्द्र मल्लले साधारण तथा विषालु सर्प, बिच्छी र अन्य किराको टोकाइबाट बिरामी परेकाको उपचार गरिँदै आएको जानकारी दिए । उनका अनुसार गत आवमा ८६ पुरुष र एक सय ६५ जना महिलाको सर्पदंश…

Read More

धनुषा: धार्मिक स्थलमा अश्लील टिकटक भिडियो बनाउने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील हर्कत देखाई टिकटक बनाउने कार्यमा संलग्न धनुषा औरही गाउँपालिका-६ पोखरभिण्डाका १८ वर्षका अनिरूद्र यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । टिकटकमा देखिएकी महिला र भिडियो खिच्ने व्यक्तिहरू समेतको खोजी भइरहेको प्रहरीले जनाएको छ । सार्वजनिक भिडियोमा युवकले युवतीको संवेदनशील अंग समातेको देखिन्छ ।

Read More

बैतडी: बैतडीको मेलौली नगरपालिका-२ सेलीका ३८ वर्षीय हेमराज भट्ट विगत १ महिनादेखि बेपत्ता छन् । उनी एक महिनाबढी समयदेखि सम्पर्कविहीन रहेका आफन्त डम्बरदत्त भट्टले बताए । डडेल्धुराको एक डेरीमा काम गर्ने उनी जेठको अन्तिम साता भारततिर जान्छु भनेर निस्केका थिए । सुस्त मनस्थितिका उनी घरबाट निस्केपछि भारतको बनबासामा एकजनाले देखेको तर त्यसपछि अहिलेसम्म कुनै पत्तो नलागेको उनका आफन्तले बताएका छन् । उनलाई कसैले देखे नजिकको प्रहरी वा ९८४१६९३८८०, ९७६५९१०२६४ र भारतका लागि ९१७६०७४१५९७९ नम्बरमा सम्पर्क गरी खबर गरिदिन आग्रह गरिएको छ ।

Read More

सप्तरी: सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ मंसापुरमा आज एक युवकको शव भेटिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वाका २२ वर्षीय तीर्थनारायण मण्डलको शव भेटिएको हो । यस्तै, हनुमानगर कंकालिनी–१० कै अजय मण्डल गम्भीर घाइते अवस्थामा भेटिएका छन् । उनलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको छ । प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरी टोली घटनास्थलमा पुगेको छ । रासस

Read More

कालीकोट: पलाता गाउँपालिका–२ सैनमा बिहीवार बेलुका मिनीट्रक दुर्घटना हुँदा घाइते भएकामध्ये पाँच जनालाई कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई आज हेलिकोप्टरमार्फत सुर्खेत लगिएको हो । यस्तै समान्य घाइते भएका तीन जनालाई गाडीमार्फत सुर्खेत लगिएको छ । पलाता–९ थिर्पूबाट धौलागोहको राडुनेटातर्फ बालुवा लिएर जाँदै गरेको कर्णाली प्रदेश ००१ क ०१६२ नम्बरको मिनीट्रक सैनको उकालोको मोडमा दुर्घटना भएको थियो । जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालका अनुसार दुर्घटनामा घाइते हुनेमा धेरैजसो महिला र बालबालिका रहेका छन् ।

Read More