Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा घरमै प्रवेश गरेर आफुमाथि कुटपिट गरेको भन्दै कारवाहीको माग गर्दै प्रहरीलाई गुहार गर्दा उल्टै पक्राउ गरिएको खुलेको छ । मंगलबार राति धनगढी उपमहानगरपालिका–१ को पशुपति टोलका हरिश राइन९बब्लु० को घरमा प्रवेश गरेर नेपाली नुरे जामे मस्जिद संघका अध्यक्ष ईस्माइल मुसलमानको समुहले बब्लुसहित परिवारका सदस्यलाई कुटपिट गरेको भन्दै बिहीबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । हरिश राइन, उनकी श्रीमती, बुहारी, छोरी र छोराले दिएको किटानी जाहेरीमा । पशुुपति टोलकै ३८ वर्षीय आलम९कुुरैसी०, रिहान भनिने २२ वर्षीय मोनिष कुरैसी, अयान कुुरैसी, २२ वर्षीय नविन कुरैसीसमेतका ५० जना महिला र पुरुषको समूहले २६ गते राति…

Read More

काठमाडौँ: प्रहरी इन्स्पेक्टरले आफूलाई चरम यातना दिएको आरोप लगाएका प्रहरी जवानको आफ्नै कर्तुत छरपष्ट भएको छ । हाकिमले हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको भन्दै सामाजिक सञ्जालमा रोइकराइ गरेका जवान अन्नुकुमार राय प्रहरी आचारसंहिताविपरीतको कार्य गरेको अभियोगमा यसअघि पटक–पटक कारबाहीमा परेको यथार्थ खुलेको छ । दुई दिनअघि सामाजिक सञ्जालमा ‘इन्स्पेक्टरले प्रहरी जवानलाई यातना दिएको’ एउटा भिडियो सार्वजनिक भयो । जिल्ला प्रहरी कार्यालय, सिरहामा कार्यरत प्रहरी जवान रायलाई बाँधेर राखिएको भिडियो केही क्षणमा भाइरल भएको थियो । ड्युटी समय बढी भएको गुनासो गर्न जाँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हेमन्त राईले पाता कसेर दुःख दिएको उनको आरोप थियो । उनका आफन्तले इन्स्पेक्टर राईलाई…

Read More

दार्चुला: दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको लट्ठा चुँडिएको छ । महाकाली नगरपालिका–९ दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुङ्गे पुलको भारततर्फको लठ्ठा चुँडिएको हो । पुलको लट्ठा चुँडिदा चुँडिदा दुर्घटनाको जोखिम रहेकाले आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । प्राविधिकहरुबाट चेकजाँच र मर्मत सम्भारका लागि भारतीय पक्षसँग पहल भइरहेको प्रशासनले जनाएको छ ।

Read More

धनगढीः आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि प्रस्तुत बजेट पारित गर्ने वा नगर्ने समय घर्किनै लागेको छ। तर, अहिलेसम्म पनि सुदूरपश्चिमको सरकार सत्तारुढ दलकै सांसदको चर्का असन्तुष्टिको घेराबन्दीमा परेको छ। बजेटमा आफ्ना योजना नसमेटिएको भन्दै सत्तारुढ दल नेपाली कांग्रेससहित सत्ता साझेदार दल माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीका सांसदले बिरोध गर्दै आएका छन्। उनीहरुले यथास्थितिमा बजेट पारित नगर्ने अडान कायमै राखेका छन्। आज (शुक्रबार) मात्रै सत्ता साझेदार दलका नेता र मुख्यमन्त्रीसहित मन्त्रीबीच बजेटबारे निर्णायक बैठक बोलाइएको थियो। सो बैठकमा बजेट पारित गराउन सत्तारुढ दलका सांसदले बजेटमा विनियोजित सांसद कोष भनेर चिनिने (प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम) तीन…

Read More

काठमाडौँ: काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एअरको जहाजमा समस्या देखिएपछि पुनः काठमाण्डौ त्रिभुवन विमानस्थलमै फर्किएर ल्याण्ड भएको छ । ६६ जना यात्रु लिएर भद्रपुरका लागि दिउँसो १ बजेर ५३ मिनेटमा उडेको ९नाईन एन–एजेओ० जहाजको इन्डिकेशनमा समस्या देखिएपछि फर्काइएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । विमान दुई बजेर १० मिनेटमा फर्किएको हो ।

Read More

काठमाडौँ: राष्ट्रियसभाको आजको बैठकले आर्थिक विधेयक, २०८० पारित गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रियसभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सुझावसहित प्राप्त उक्त विधेयक २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेकामा बहुमतले उक्त प्रस्ताव पारित गरेको हो । आर्थिक विधेयक राष्ट्रियसभाबाट संशोधन बिना मूल रुपमै पारित भएको छ । राष्ट्रियसभाका सांसदहरुले सुर्तीजन्य वस्तुमा कर बढाउने प्रस्ताव पेस गरे पनि उक्त प्रस्ताव अस्वीकृत भएको थियो । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने पनि कार्यसूची रहेको छ । रासस

Read More

धनगढीः सुदूरपश्चिममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सजावटको लागि झण्डै एक करोड बजेट विनियोजन गरिएको छ। नयाँ फर्निचर खरिददेखि नयाँ एसीसम्मका लागि लाखौँ रुपैया बजेट विनियोजन गरिएको छ। नयाँ आर्थिक वर्षमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा फर्निचर, एसीदेखि कार्यालय सजावटका सबै सामग्री हुँदाहुँदै नयाँ मुख्यमन्त्रीका लागि नयाँ सामग्री खरिद गर्न एक करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ। भवन निर्माणमा लाग्ने लागतभन्दा बढी मुख्यमन्त्री कार्यालय सजावटमा राज्यकोषको रकम खर्च गर्ने तयारी छ। मुख्यमन्त्री निवासमा बैठक कक्ष निर्माणका लागि ३० लाख र त्यहाँ फर्निचर खरिद गर्न १० लाख बजेट विनियोजन गरिएको छ। मुख्यमन्त्री कार्यालयमा एसी जडानका लागि १२ लाख विनियोजन भएको छ। मुख्यमन्त्री तथा…

Read More

धनगढी: सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यालयमा टायल बिछ्याउने कार्यका लागि १० लाख बजेट विनियोजन गरिएको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रदेश सरकारले बिनियोजन गरेको बजेटमा १० लाख टायल विछ्याउनका लागि छुट्टयाईएको छ। यस्तै, मन्त्रालयको कार्यालय भवनमा रङ्गरोगन गर्न १० लाख बजेट र मन्त्रालय परिसरभित्र बगैचा बनाउने कार्यका लागि १० लाख बजेट विनियोजन गरेको पाइएको छ। मन्त्रालयको नगद तथा आन्तरिक स्रोतबापत सो बजेट विनियोजन गरिएको हो।

Read More

काठमाडौँ: बर्दी लगाएर टिकटक भिडिओ बनाउने २०८ जना प्रहरी कारबाहीमा परेका छन्। प्रहरी प्रधान कार्यालयले ‍बर्दी लगाएर भिडिओ बनाउने र सामाजिक सञ्जालमा राख्ने प्रहरीलाई कारबाही गरेको हो। २०७७ सालदेखि चालु आर्थिक वर्षको असार २२ गतेसम्म २०८ जना प्रहरीलाई कारबाही गरिएको प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले जानकारी दिए। २०७७ असोज २२ गते प्रहरी प्रधान कार्यालयले अनुमति नलिई भिडिओ, चलचित्र, टेलिचलचित्र, टिकटक भिडिओ बनाएको पाइएमा कारवाही गर्ने चेतावनी दिएको थियो। तर, तीन वर्षसम्म पनि सामाजिक सञ्जालमा प्रहरी पोसाकको दुरूपयोग रोकिएको छैन।

Read More

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामानसहित २ जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१० का ३८ वर्षीय रमेश कार्कीसहित दुई जना पक्राउ परेका हुन् । जिल्लाका विभिन्न स्थान भीमदत्त–४, भीमदत्त–११, बेलौरी–१, बेलडाँडी–५ बाट भन्सार छलीका अन्दाजी १ लाख ७१ हजार २ सय ७५ मूल्य बराबरका चिनी, खानेतेल, डिउ, बिडी, सुर्ती, डाल्डा, मिश्री लगायतका सामानसहित पक्राउ परेका हुन् । त्यस्तै, धनगढी–३ मिलनचोकबाट भन्सार छलीका अन्दाजी ४२ हजार ५ सय मूल्य बराबरको चिनी, डेरी मिल्क, सुर्ती, प्लाष्टिक झिल्ली लगायतका सामानहरु प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

Read More