Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ :  कुवेतको मङ्गाफ सहरमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । बुधबार बिहान एक बहुतले भवनमा आगलागी भएको हो । भवनको झ्यालबाट बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्थ्यो । यो भवनमा अधिकांश प्रवासी मजदुरहरू बस्छन् । रिपोर्टका अनुसार मारिनेमा ५ भारतीय नागरिक पनि छन् । भारतीय राजदूत पनि घटनास्थल पुगेका छन् । भारतीय दूतावासले पीडित परिवारलाई सहयोग गर्न हेल्पलाइन नम्बर पनि जारी गरेको छ । कुवेतका गृहमन्त्री फहाद युसुफ अल सबाहले घटनास्थलको भ्रमण गरेका छन् । कुवेती सञ्चारमाध्यमका अनुसार उक्त भवनमा क्षमताभन्दा धेरै मानिस बस्दै आएका थिए । गृहमन्त्रीले सम्पत्ति ऐन उल्लङ्घनका विषयमा छानबिन गरिने…

Read More

काठमाडौँ :  नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर घटना घटाउनेको नाम सार्वजनिक गर्ने बेला आएको बताएका छन । समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा चौधरीले टिकापुर घटनाका बारेमा लाल आयोगको प्रतिवेदन लुकाइएको भन्दै अव उक्त घटना घटाउनेको नाम सार्वजनिक गर्ने बेला आएको बताएका हुन । उहाले टिकापुर घटनामा घाइते व्यक्तिलाई उपचार गर्न अस्पताल लाने, रिक्सा चलाउने, तरकारी बेच्ने निर्दोष थारुहरुलाई ८ बर्ष जेल पठाइएको जिकिर गरे । जबरजस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्ने बन्दोबस्त गर्न उहाले गृहमन्त्री समक्ष आग्रह गरेका छन । उहाले साढे १० हजार जनप्रतिनिधि र एक लाख ३९ हजार जनता सहभागी…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक निकायमा ५२ जनाको नियुक्ति प्रक्रिया संविधान विपरीत भएको दाबी गर्दै दायर भएका मुद्दाको सुनुवाइ बुधबार पनि भएको छैन। प्रधान न्यायाधीशसहित पाँच न्यायाधीशको इजलासमा पेसी तोकिएपछि उक्त मुद्दा हेर्न नभ्याउने हुँदै स्थगित भएको हो। प्रधानन्यायाधीसँगै न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाँलको इजलासमा १६ औँ नम्बरमा पेसी तोकिएको थियो। २०७७ मंसिर ३० र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा पदाधिकारी सिफारिस गरेका थिए। २०७७ मंसिर ३० गते भएको सिफारिस पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि मात्र सार्वजनिक गरिएको…

Read More

काठमाडौँ : गिरीबन्धु टी–इस्टेट प्रालिले परिवारको निजी जग्गामा चिया बगानको लागि प्रचलित कानुनबमोजिम हदबन्दीसम्म छुट लिएको दावी गरेको छ । बुधबार झापामा पत्रकार सम्मेलन गर्दै गिरीबन्धु टी–इस्टेटले गिरीबन्धु आफुहरुको निजी सम्पती भएको भन्दै चिया बगानको लागि प्रचलित कानुनबमोजिम हदबन्दीसम्म छुट लिएको दावी गरेको हो । गिरीबन्धु टी–इस्टेटका अध्यक्ष छत्र गिरीले गिरीबन्धुलाई सित्तैमा सरकारी जग्गा दिएकोजस्तो भ्रमपूर्ण र गलत प्रचारबाजी तथा घोच–पेचहरूमा तथा सामाजिक सञ्जालहरुमा सम्प्रेषण भइरहेको भन्दै आपत्ती जनाए । २०२१ सालमा भूमि सम्बन्धी ऐन लागू हुन अघिनै गिरीबन्धुले चिया खेती विस्तार गरेको गिरीको भनाइ थियो । हदबन्दी छुटमा ५ सय विघा जग्गा राख्ने अनुमति पाएकोमा अहिले गिरीबन्धुको नाममा ३…

Read More

काठमाडौं : नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपाली सेना भित्र गणतन्त्र नआएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा रक्षा मन्त्रालय अन्तर्गतको विनियोजन विधेयकमाथि छलफलमा भाग लिदै नेपाली सेना भित्र लोकतान्त्रिकरण गर्नु पर्ने बताउदै सेनामा गणतन्त्र नआएको जस्तो आफुलाई लागेको टिप्पणी गरेका हुन् । उनले ‘नेपाली सेनाको अझै आधुनिकीकरण,पेशागत हिसाबले सक्षम बनाउनुपर्ने बताए। सेनाभित्र लोकतान्त्रिकरण गर्नुपर्ने भन्दै उनले त्यहाँभित्र गणतन्त्र नआएको भन्ने लाग्ने गरेको बताए । त्यसको बारे रक्षा मन्त्रालयले पोलिसी पर्ने र सेनालाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता भएपनि ,परम्परागत रुपमा चल्न दिननहुने उनको भनाई छ । नेपाली सेनाको बजेट परम्परागत भएको बताउदै कर्मचारीले बनाएको बजेटमा राजनीतिक नेतृत्वले हस्तक्षेप गर्न…

Read More

काठमाडौँ : नेकपा एमालेका नेता एवं पूर्व उपाध्यक्ष डा. भीम रावलले एमाले छोड्ने वा अन्य पार्टी प्रवेश गर्ने कुनै सोच नभएको बताएका छन् । एकीकृत समाजवादी प्रवेश गर्ने हल्ला गलत प्रचारका लागि भइरहेको भन्दै नेकपा (एकीकृत समाजवादी) वा अन्य पार्टी प्रवेश गर्ने कुनै सोच नभएको बताएका हुन् । कामको सिलसिलामा गृह जिल्ला अछाम पुगेका रावलले एकीकृत समाजवादी प्रवेश गर्ने हल्ला निराधार भएको बताए ।   उनले भने ‘एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी भएको भए उत्पाद भाइरल हुन्थ्यो होला । केही घोषणा वा वक्तव्य आउँथ्यो होला । म अहिले अछाममा छु । एमालेको कार्यकर्ता भेला र कार्यक्रममा सहभागी भइरहेको छु । पार्टी…

Read More

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । महाधिवेशनअन्तर्गत आज भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्बिरोध अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदमा उपेन्द्र यादव जीको एकल उम्मेदवारी परेको र औपचारिक घोषणा हुन बाँकी रहेको छ । यादवको नेतृत्वमा १८ वर्षअगाडि मधेशी जनअधिकार फोरम नेपाल गठन भएको थियो । त्यति बेलादेखि नै उनी निरन्तर अध्यक्ष रहेका छन् । अध्यक्षबाहेकका पदमा भने निर्वाचन हुने भएको छ ।

Read More

काठमाडौंः गैरकानूनी तवरले अमेरिका पठाउने गिरोहका मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरेको छ। हिजो मुख्य नाइकेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ घर भएर पेप्सीकोला बस्ने नारायण कुमार खड्का छन्। खड्काले युरोप र अमेरिका पठाउने लोभ देखाएर ४ करोड ३३ लाख ६८ हजार ११२ रुपैँया ठगेका थिए। खड्काविरुद्ध दुर्गाबहादुर वली, कमला डाँगीलगायतले कार्यालयमा जाहेरी दिएका थिए। खड्काको बैंक खातामा ४ करोड ३३ लाख ६८ हजार रुपैयाँ आर्थिक कारोबार गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए। खड्काविरुद्ध विभिन्न प्रहरी युनिटहरुमा ८ वटा बैंकिङ्ग कसुरको मुद्दापनि दर्ता भएको भेटिएको छ।…

Read More

काठमाडौंः नेपाली सेनाका पूर्वरथी नेपालभूषण चन्द प्रहरी छानविनमा तानिएका छन्। चन्द सञ्चालक रहेको एक कम्पनीको सुन तस्करी गर्ने चिनियाँ गिरोहसँग सम्पर्क देखिएपछि चन्द पनि छानविनमा तानिएका हुन्। उच्च प्रहरी स्रोतका अनुसार सजिलो पे नामक कम्पनीमा चन्दको लगानी रहेको छ। उनी कम्पनीको सञ्चालक समिति सदस्य समेत हुन्। सोही आधारमा चन्द पनि छानविनमा तानिएका हुन्। हालसम्मको अनुसन्धानमा उनको प्रत्यक्ष संलग्नता नदेखिए पनि सुन तस्करी जस्तो धन्दामा संलग्नहरूलाई सघाएको देखिएपछि चन्द समस्यामा परेका हुन्। यसअघि सीआईबीले ‘पेवल नेपाल र सजिलो पे’ का गरी ६ कर्मचारीलाई पक्राउ गरेको थियो। झण्डै ६१ किलो सुन तस्करीको दोस्रो चरणको अनुसन्धानमा डिजिटल भुक्तानी कम्पनी सजिलो पेसहित पे वेल…

Read More

धनगढीः नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा सुदूरपश्चिमका समयमै विद्युत् महसुल नबुझाउने तीन हजार ७ सयभन्दा बढी ग्राहकको लाइन काटेको छ। सुदूरपश्चिममा यो वर्ष उठ्न बाँकी ६ करोड ३५ लाख बक्यौता रकम मध्ये लाइन काटेर प्राधिकरणले साढे चार करोड महसुल असुल गरेको प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक जङ्गबहादुर चन्दले बताए। नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा सुदूरपश्चिमका तीन हजार ७ सय १२ जना ग्राहको विद्युत् लाइन काटेको छ। विद्युत् महसुल तिर्न अटेरी गर्दा बाध्य भएर लाइन काट्नु परेको उनको भनाई छ । सुदूरपश्चिमका नौ जिल्लाका ग्राहकबाट ६ करोड ३४ लाख ९४ हजार महसुल बक्यौता देखिएपछि लाइन काटिएको हो। नेपाल विद्युत् प्राधिकरणले लाइन काटेका…

Read More