Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: सत्तारूढ गठबन्धन नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन् । आज बुधवारको संसद् बैठकमा सांसद शर्माले सुन तस्करी प्रकरणको नैतिक जिम्मेवारी लिँदै अर्थमन्त्री डाक्टर प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका हुन् । राजीनामा नदिए संसदभित्रै आमरण अनशन बस्ने पनि शर्माले चेतावनी दिएका छन् ।

Read More

मध्यविन्दु: नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को बौदिकाली गाउँपालिका–६ मा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लीला आले र ६६ वर्षीय उमाकुमारी आलेको जङ्गली च्याउ खाँदा मृत्यु भएको बताए । उनीहरुले गत शुक्रबार स्थानीय जङ्गलमा पाइने च्याउ पकाएर खाएका जनाइएको छ । जङ्गली च्याउ खाएकामध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली पनि बिरामी भएकामा उनीहरुको उपचारपछि निको भएका छन् । बिरामी भएका लीला र उमाकुमारीलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो । स्थानीय नेत्रबहादुर सारुले भने, “उपचारका क्रममा मंगलबार…

Read More

एजेन्सी: भारतीय कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अविश्वास प्रस्तावको सूचना दर्ता गराएको छ । अविश्वास प्रस्तावको सूचनालाई दर्ता गराउन सभाका अध्यक्ष ओम बिरलाले स्वीकृति दिएका बीबीसी हिन्दीले जनाएको छ । कांग्रेसका सचेतक मनिकम टेगोरका अनुसार विपक्षी दलको तर्फका कांग्रेसका सांसद गौरव गोगोईले अविश्वासको प्रस्ताव पेस गर्नेछन् । अविश्वासको प्रस्तावमा सबै विपक्षी सांसदको समर्थन रहेको कांग्रेस आईको दाबी छ । मणिपुर हिंसामा सरकारले अभिभावकीय भूमिका खेल्न नसकेको र देशमा निरङ्कुशता हाबी भएको भन्दै विपक्षीले मोदीविरुद्ध अविश्वास प्रस्तावको सूचना दिएको दाबी गरेका छन् । तर प्रधानमन्त्री मोदीसँग बहुमत भएकाले अविश्वासको प्रस्ताव पास हुने सम्भावना भने नरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अविश्वासको प्रस्तावमाथिको…

Read More

काठमाडौँ: सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ पुगेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

कैलाली: कैलालीका कृष्णप्रसाद खनाल कर्णाली नदीमा डुबेर बेपत्ता भएका छन् । जिल्लाको मोहन्याल गाउँपालिका–७ का ४५ वर्षीय खनाल सोही वडाको बडिगाउँस्थित कर्णाली नदीमा डुबेर बेपत्ता भएका हुन् । उनी हिजो (मंगलवार) साँझ नुहाउने क्रममा डुबेर बेपत्ता भएका प्रहरीले बताएको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा एक युवक लागुऔषधसहित समातिएका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१८ का २८ वर्षीय हेमराज भट्टलाई मंगलवार प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो । उनलाई भीमदत्त–१० गड्डाचौकी ब्यारेल नजिकबाट लागुऔषध फेनरागन ९ एम्पुल, रेक्सोजेसिक ११ एम्पुल, डाइजेपाम १ एम्पुल र ०.०६ ग्राम खैरोहिरोइनसहित पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

Read More

धनगढी: सशस्त्र प्रहरी बल नेपालले केही डिएसपी र इन्स्पेक्टरको सरुवा गरेको छ। कमाण्ड टु कमाण्डमा नदोहोर्याउने नीति विपरित सशस्त्रले उक्त सरुवा गरेको हो। जसअनुसार डिएसपी दिनेश बस्नेतलाई सिन्धुलीबाट सीमा सुरक्षा गुल्म पिपरपाती, बारामा सरुवा गरिएको स्रोतको दाबी छ। उता रोल्पाका भरत बिसीलाई सीमा सुरक्षा गुल्म त्रिनगर, कैलालीको कमाण्डर बनाइएको छ। यस्तै अर्का डिएसपी विकासभक्त श्रेष्ठलाई सशस्त्र प्रहरी स्कूल कोहलपुर, बाँकेबाट सीमा नाका जमुनाहा गुल्म बाँकेमा इन्चार्ज बनाइएको छ। त्यस्तै, डिएसपी नरबहादुर शाहीलाई दैलेखबाट बर्दियाको राजापुरस्थित बिओपी गुल्ममा सरुवा गरिएको छ। अर्का डिएसपी दिपक भट्टलाई कञ्चनपुर बिओपी गुल्मबाट जोल्जिवी दार्चुला र इन्सपेक्टर कविन्द्र महर्जनलाई बिओपी गुल्म मटिअर्वा सरुवा गरिएको छ।

Read More

कैलाली: कैलालीमा लागुऔषधसहित भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–९ खग्रौला प्रहरी चेकपोष्ट नजिकबाट भारतीय नागरिक ५१ वर्षीय हरिओम सिंह राजपुत मंगलवार पक्राउ परेका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको युपी ३१ बी एक्स ६८९७ नम्बरको मोटरसाइकलमा लुकाई राखेको ६ ग्राम ६० मिलिग्राम लागुऔषध फेलापारी पक्राउ गरेको हो ।

Read More

कैलाली: कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक निर्माणको गति सुस्त देखिएको छ । कैलालीमा ७३ र कञ्चनपुरको दक्षिण क्षेत्रमा ६२ किलोमिटर गरी एक सय ३५ किलोमिटर हुलाकी सडक निर्माण थालिएको लामो समय बितिसक्दा पनि अझै ८३ दशमलव पाँच किलोमिटर हुलाकी सडक कालोपत्रे गर्न बाँकी छ । हालसम्म यहाँ ५१ दशमलव पाँच किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । कञ्चनपुरमा २०७३ फागुनदेखि निर्माण थालिएको सडक अझै ५० प्रतिशतभन्दा बढी उस्तै छ भने कैलालीमा ७३ किलोमिटरमध्ये १३ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर दीपक सुनारले कञ्चनपुरमा २०७३ फागुन र कैलालीमा २०७७ असारदेखि सडक निर्माण थालिएको…

Read More

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विवाहित भए पनि ‘सिंगल’ हुन् । प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको पछिल्लो नौ वर्षमा विभिन्न विवादमा तानिए पनि उनी हालसम्म महिलाको विषय र मादक पदार्थ सेवनमा कहीं कतै जोडिएका छैनन् । तर,उनै मोदीसँग प्रायः विदेशको उच्चस्तरीय भ्रमणमा साथमा रहने एउटी अधबैंशे महिलाबारे अहिले चर्चा परिचर्चा शुरु भएको छ । हवाई उडानमा सँगै,अन्य राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँगको विशेष भेटवार्तामा पनि टाँसिएरै कानेखुशी गर्ने गरेकी ती महिला डा. गुरदीप कौर चावला हुन् । भारतीय अधिकारीहरुका अनुसार त्यस्ता विशेष औपचारिक बैठक र कुराकानीमा ती महिला प्रधानमन्त्री मोदीभन्दा पछाडिको सिटमा केही झुकेर बसेकी हुन्छिन् । अमेरिकाको क्यालिफोर्नियामा बस्ने गुरदीपलाई अहिले विश्वका थोरै…

Read More