Author: महेन्द्रनगर पोष्ट

सिरहा : जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हात खुट्टा बाँधेर यातना दिइरहेको भिडियो सम्बन्धी घटनाको आवश्यक छानबिनका लागि समिति गठन गरेको छ । महोत्तरीको जलेश्वर नगरपालिका- ८ फूलहट्टा घरभई जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई हात पछाडि पारी बाँधेर यातना दिएको भिडियो सार्वजनिक भएको थियो । रायलाई आफ्नै कार्यालयका इन्स्पेक्टर हेमन्त राईले हातखुट्टा बाँधेर यातना दिएको आरोप लगाएको छ। सामाजिक सञ्जालमा भाइरल भिडियोमा प्रहरी जवान राय भक्कानिएर रुँदै बाँधिएको हात खोलिदिन अनुरोध गरेको छ। उनीसँग दोहोरो सम्वादमा रहेको व्यक्तिले कहाँ रक्सी खाईस भन्ने प्रश्न मा उनेले, ‘मैले रक्सी खाएको छैन, मेरो हात…

Read More

कैलाली : जिल्ला प्रहरी कार्यालय कैलालीले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध जाहेरी दरखास्त पेश गर्न आग्रह गरेको छ । जिल्लाका निक्षेपकर्ता, बचतकर्ताहरुले विभिन्न समयमा दिएको निवेदन कानुन बमोजिम गर्न आफ्नो नागरिकता, पासबुक सियरको प्रमाण पत्र, सक्कल्रै नागरिकता र निवेदनसाथ पेश गर्न छुट भएका बालबालिकाको जन्मदतर्ताको प्रतिलिपि सहित भोलि (बिहीबार) असार २८ गते जिल्ला प्रहरीको अपराध अनुसन्धान शाखामा आउन आज (बुधवार) जिल्ला प्रहरी कार्यालयले सुचना जारी गरेको छ ।

Read More

डोटी : डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना भएको छ।दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। बा१झ ९४३४ नम्बरको जिल्ला समन्वय समितिको सरकारी गाडी दुर्घटना हुँदा आदर्श १ स्याउले घर भएकी ६५ वर्षीय हीरा खड्काको मृत्यु भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए। गाडी आदर्श गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गर्दा अनियन्त्रित भइ कच्ची सडकबाट ५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। घाइते हुनेहरूमा वीरबहादुर खड्का, रबीन्द्र सुनार र टेकबहादुर तिरुवा रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ। घटना बेलुकी ६:३० बजे भएको…

Read More

कञ्चनपुर : जिल्लाको बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिका जोड्ने सडकको बीचमा ठूलो भ्वाङ परेपछि दुर्घटनाको जोखिम बढेको छ। बुधबार बिहान बेलौरी नगरपालिका–१० शिवनगरस्थित सुतिया नालामा बनेको पुल नजिकको सडकमा ठूलो भ्वाङ परेको हो। सुतिया नालामा गत वर्ष पुल निर्माण कार्य सकिएको थियो। नालामा ढल निकासका लागि राखिएको हयूमपाइप सहि तवरले जडान नहुदा प्वाल परेको स्थानीयले बताए। सडकमा प्वाल पर्दा सडक भासिने सम्भावना बढेको छ। बर्षातको समयमा उक्त प्वाल झन ठूलो हुँदै सडक भासिने जोखिम रहेको र उक्त सडकमा सहज ढंगले ओहोरदोहोर गर्न सकिने अवस्था पनि नभएको स्थानीयले बताए।

Read More

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा विभिन्न १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओमनारायण झाविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार प्रदेशका आठवटै जिल्लामा सहकारीसम्बन्धी आयमूलक तालिम सञ्चालन गर्दा भ्रष्टाचार गरेको आरोपमा झाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो । आयोगले झाविरुद्ध रु सात लाख एक हजार तीन सय ८० जरिवाना र बिगोसमेत असुल उपरको माग गरेको छ । साथै आयोगले झालाई भ्रष्टाचार गर्न सहयोग गर्ने नैँशी जेनरल अर्डर…

Read More

काठमाडौँः राष्ट्रिय जनगणना २०७८ मा ७ लाख ७१ हजार ९९८ जना व्यक्तिको गणना छुटेका छन् । जनगणनाको नतिजाले नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना देखाएकोमा ‘गणना जाँच सर्वेक्षण(पीईएस)मा छुटेको पुष्टि भएको हो । जनगणनाको प्रभावकारिता जाँच गर्न सर्वेक्षण हुने गरेको छ । सर्वेक्षणबाट पत्ता लागेका जनगणनामा छुट मानिसहरू समेत जोड्दा नेपालको वास्तविक जनसङ्ख्या २ करोड ९९ लाख ३६ हजार ५७६ पुगेको छ । तर नेपालको जनसङ्ख्याको आधिकारिक तथ्याङ्कहरूमा भने यसअघि सार्वजनिक भएको २ करोड ९१ लाख ६४ हजार ५७८ नै प्रयोग हुने जनाइएको छ । कुल २ दशमलव ७३ प्रतिशत त्रुटि देखिएको जनगणनामा छुटपुट २.५८ प्रतिशत…

Read More

काठमाडौं : अभिनेत्री साम्राज्ञी शाहविरुद्धको मुद्दा अभिनेता भुवन केसीले हारेका छन् । केसीले २०७७ साउन ९ गते साम्राज्ञी शाहविरुद्ध दिएको गाली बेइज्जती मुद्दामा काठमाडौं जिल्ला अदालतले केसीको दाबी नपुग्ने फैसला गरेको हो । मुद्दामाथिको न्यायाधीश वासुदेव पौडेलको इजलासले सुनुवाइ गर्दै केसीले गरेको दाबी नपुग्ने फैसला गरेको हो । भएको के थियो ? बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेपछि बलिउडमा नेपोटिज्मबारे बहस सुरु भयो । त्यसको बाछिटा नेपाली चलचित्र क्षेत्रसम्म आइपुग्यो । नेपोटिज्मको विषयमा नेपाली कलाकारहरूले पनि आफ्नो आफ्नो धारणा राख्न थाले । कसैले नेपालमा नेपोटिज्म नभएको बोले, कसैले नेपालमा नेपोटिज्मरग्रुपिज्म भएको टिप्पणी गरे । यो भिडमा साम्राज्ञीको स्वर अलिक फरक…

Read More

ढल्केवर : बहुविवाहको आरोपमा महोत्तरीमा एक वडाध्यक्ष पक्राउ परेका छन् । महोत्तरीको भंगहा नगरपालिका–४ का वडाध्यक्ष गणेश महतोलाई बहुविवाह आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । उनका अनुसार जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई पक्राउ गरिएको हो । वडाध्यक्ष महतोलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी जलमग्न भएको छ । बुधबार साँझ करीब ४० मिनेटसम्म परेको अविरल वर्षाका कारण धनगढीको एलएनचोक, पार्क मोड लगायतका क्षेत्र जलमग्न भएका छन् । पानीको निकास नहुँदा यी क्षेत्रमा क्षणभरकै पानीले डुबान समेत भएको छ ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले मन्त्रालय परिसरकै निवास मर्मतका लागि सरकारले बजेट विनियोजन गरेको स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता मोहनबहादुर कुवरले एक विज्ञप्ति जारी गर्दै सो कुरा प्रष्ट्याएका हुन्। निवास मर्मतका लागि विनियोजन गरेको १० लाख बजेटबारे अन्यौलता र विवाद आएपछि मन्त्रालयले स्पष्टीकरण दिएको हो। मन्त्रालयका अनुसार मन्त्री प्रकाशबहादुर देउवाले सरकारी निवास सुविधा समेत लिएका छैनन्।

Read More