काठमाडौं: प्रतिनिधि सभा सदस्य तथा कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिकी सभापति डा. आरजु राणा देउवा र नेपालका लागि दक्षिण कोरियाका राजदूत तेइ योङ पार्कबीच शुक्रवार भेटवार्ता भएको छ। भेटमा राणाले कोरिया सरकारबाट खुटिया–दीपायल फाष्ट ट्रयाक निर्माण, धनगढीमा रहेको होल्डिङ सेल्टरमा महिला तथा बालबालिकाको अस्पताल सञ्चालन र सुदूरपश्चिममा प्राबिधिक तालिम केन्द्र स्थापनाका लागि सहयोग गर्न आग्रह गरिन्। खुटिया–दीपायल फाष्ट ट्रयाक निर्माणले सुदूरपश्चिमका पहाडी जिल्लासंगको तराईको दूरी अत्यन्त छोटो हुने र त्यसले पहाडी जिल्लामा जलविद्युत आयोजना निर्माण समेत अत्यन्त सहज हुने उनले बताइन्।
Author: महेन्द्रनगर पोष्ट
धरान : धरानका मेयर हर्क साम्पाङलाई प्रश्न सोध्ने व्यक्ति पक्राउ परेका छन्। शुक्रबार धरान-१५ मा लागुऔषध सचेतना गरिरहेका मेयर साम्पाङलाई ‘डेंगुले मान्छे मरिरहेको अवस्थामा तपाईं बाटोमा अर्कै कार्यक्रम गर्ने’ भनेर प्रश्न सोधेपछि अशोक लिम्बु पक्राउ परेका हुन्। उनलाई साम्पाङले नगर प्रहरी बोलाएर पक्राउ गरेको लिम्बुले बताए। लिम्बुलाई अहिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ।
इटहरी: सुनसरीको बर्जुमा गाउँपालिका १ शुक्रबारेमा दुई जना प्रहरी लुटिएका छन्। ड्युटीमा गरिरहेक सादा पोसाकमा रहेका २ जना प्रहरीलाई चिर्पटले हानेर ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको प्रहरीले जनाएको छ। सादा पोसाकमा ड्युटीमा रहेका बिमन परियार र प्रेम चौधरीलाई अन्दाजी चार जनाको संख्यामा रहेको समूहले आक्रमण गरेको हतियार लुटेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ।
लन्डन: अफ्रिकी देश मोरोक्कोमा एका बिहानै शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण त्यहाँ अहिलेसम्म २९६ जनाभन्दा बढीको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार सो भूकम्पमा परी १५३ जना गम्भीर घाइते भएका छन्। भूकम्पको तीव्रता ६ दशमलव ८ रहेको बताइएको छ। भग्नावशेषबाट मानिसलाई निकाल्न उद्धार कार्य भइरहेको छ। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
मुम्बई: शाहरुख खानको जवान २ दिनमै १०० करोडको क्लबमा प्रवेश गरेको छ। किङ खानले बक्स अफिसमा पहिलो दुई दिनमै १०० करोडको क्लबमा सामेल भएको बताए। बक्स अफिस ट्रयाकर सचनिल्कको प्रारम्भिक तथ्याङ्क अनुसार जवानले दोस्रो दिन ५३ करोड भारु कमाएको छ, त्यसपछि भारतमा फिल्मको कलेक्सन १२७.५० करोड भारतीय रुपैयाँ बराबर पुगेको छ। ५३ करोड मध्ये ४७ करोड हिन्दी भाषाको छ। तर, यो आंकडा पनि ५० करोड भारतीय रुपैयाँ हुनसक्ने अनुमान छ। कमाईको कुरा गर्ने हो भने जवानले पहिलो दिन ७४.५ करोड भारतीय रूपैयाँ कमाएको थियो। शाहरुख खानको जवानमा नयनतारा, विजय सेतुपति, सान्या मल्होत्रा, प्रियामणी, योगी बाबु, सुनील ग्रोवर र रिद्धि डोगरा…
बर्दिया: बाघको आक्रमणबाट बर्दियाको मधुवन नगरपालिका- ३ की एक महिलाको मृत्यु भएको छ। शुक्रवार घर नजिकैको सम्झना सामुदायिक वनमा घाँस काट्न गएका बेला कली बंशी मगरलाई बाघले आक्रमण गरेको थियो। दिउँसो करिब एक बजे घाँस काट्न गएकी उनी अबेरसम्म नफर्किएपछि आफन्तहरुले खोजी कार्य सुरु गरेका थिए। खोज्ने क्रममा उनले लगाएको कपडा च्यातिएको अवस्थामा भेटिएपछि नजिकैको शशस्त्र प्रहरीको टोलीलाई खबर गरेर थप खोजी गरिएको आफन्तको भनाई छ। मृतकको शव घटना स्थलबाट केही पर बाघले दायाँ हात खाएको अवस्था फेला परेको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले बताए।
कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–४ बाट ०.१९ ग्राम लागुऔषधसहित बेदकोट नगरपालिका–२ का २२ वर्षीय अमित खत्रीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
काठमाडौँ: लेखा अधिकृतसँग कार्यकक्षमै अश्लिल हर्कत गर्ने इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको ‘इन्टेग्रीटी आइकन नेपाल-२०१९’ अवार्ड रद्द गरिएको छ। अकाउण्टबिलिटी ल्याब नेपालले अवार्ड रद्द गरेको हो विज्ञप्ति जारी गर्दै ल्याबले उनको अनैतिक क्रियाकलाप सार्वजनिक भएपछि २४ घण्टे स्पष्टीकरण सोधिएको जनाएको छ। आफ्नो विषयमा सार्वजनिक भएका घटनाको जिम्मा लिने र संस्थाले गरेको निर्णय मान्य हुने उनको जवाफपछि ल्याब अवार्ड रद्द गर्ने निर्णयमा पुगेको हो। उक्त अवार्ड तत्कालीन समयावधिमा प्राप्त जानकारी, सूचना र मापदण्डको आधारमा दिइएको उल्लेख गर्दै विज्ञप्तिमा समाचारहरूमा संस्थाको नाम जोडेकोप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाइएको छ । केही दिनअघि राईले कार्यकक्षमा आफ्नै सहकर्मीसँग यौनजन्य गतिविधि गरिरहेको…
दाङ: बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। शुक्रबार राति ९ बजे कोहलपुरको शमशेरगञ्जमा भएको बस दुर्घटनामा ७ को ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए। दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएको थियो। बस दुर्घटनामा करिब ३० जना घाइते भएका छन्। घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा काशीराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु, सहचालक र अन्य २ को मृत्यु भएको हो । सहचालक र अन्य २ को नाम खुलेको छैन।