Author: महेन्द्रनगर पोष्ट

न्यूयोर्क : अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आएको आँधीबेहरीका कारण आइतबार साँझसम्म अमेरिका भित्रिने र बाहिरिने एक हजार ५०० भन्दा बढी उडान रद्द भएका छन् । आँधीबेहरी र भारी वर्षाका कारण न्यूयोर्क र न्यूजर्सीका प्रमुख विमानस्थलमा ठूलो सङ्ख्यामा उडान अवरुद्ध हुनुका साथै ग्राउन्ड स्टप गरिएको फेडरल एभिएसन एडमिनिस्ट्रेशनले जनाएको छ । न्यूजर्सीको नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार साँझसम्म ३६२ उडान रद्द भएका छन् भने ३३७ उडान ढिला भएको फ्लाइट ट्रयाकिङ साइट फ्लाइटअवेयरले जनाएको छ । न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा ३१८ उडान रद्द भएका छन् भने ४२६ उडान ढिला भएका छन् । शहरको अर्को विमानस्थल लागार्डिया विमानस्थलमा रद्द भएका उडानहरूको सङ्ख्या…

Read More

जुम्ला : जुम्लाको गुठिचौर गाउँपालिकाका अध्यक्षमाथि हातपात गरेको आरोपमा उपाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढालाई कार्यकक्षमै हातपात गरेको आरोपमा उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। आर्थिक वर्षको बजेट कार्यपालिकाबाट पारित गराउन छलफल चल्दै गर्दा एक्कासि हातपात गरेको उजुरीपछि उनी आफैं प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। उपाध्यक्ष भण्डारीले अध्यक्ष बुढालाई थप्पड र चप्पल प्रहार गरेकी थिइन् । अध्यक्ष बुढाले जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दिएका छन् ।

Read More

काठमाडौं : प्रहरी महानिरिक्षक वसन्तबहादुर कुँवरले ९ जना प्रहरी कर्मचारीलाई विशेष बढुवा गरेका छन् । प्रहरी नियमावली २०७१ को दफा ३९ को व्यवस्थाअनुसार गत आर्थिक वर्षको अन्तिम दिन आइतबार आईजीपी कुँवरले एकजना जवान, ५ जना सहायक हवल्दार, २ जना सहायक निरीक्षक र एक जना नायब निरीक्षकलाई एक तह बढुवा गरेका हुन् । प्रहरी नियमावलीमा राजपत्रअनंकित पदसम्म एक तह बढुवा गर्न सक्ने अधिकार आईजीपीलाई हुने व्यवस्था छ ।

Read More

धनगढी: दार्चुलाको महाकाली नगरपालिकाले एक सूचना निकालेको छ। गत शुक्रबार पहिलो पटक राजधानीबाट प्रकाशित हुने एउटा राष्ट्रिय दैनिकमा नगरपालिकाले पत्रपत्रिकामा विज्ञापन एवम् सूचना प्रकाशनसम्बन्धी सूचना प्रकाशित गरेको हो। सुदूरपश्चिमको विकट दार्चुलास्थित महाकाली नगरपालिकाले नयाँ आर्थिृक वर्षको लागि आवश्यक पर्ने विज्ञापन प्रकाशनको निम्ति उपयुक्त विज्ञापन एजेन्सीको खोजी गरेको हो। सूचनाको अन्तिममा भनिएको छ, ‘सबैभन्दा बढी छुट दिने एजेन्सी वा संस्थालाई छनौट गरिने छ।’ मानिलिऊँ उक्त कार्यको निम्ति सुदूर पूर्वका झापा,इलाम वा अन्य जिल्लाका समाचार तथा विज्ञापन एजेन्सीले कम रेटमा आवेदन हालेमा सम्झौता गर्न कि दार्चुला वा नगरपालिका झापा जानुपर्ने हुन्छ। यस्तो कार्य पश्चिमका नेपालगञ्ज वा धनगढीका एजेन्सी भए पनि दार्चुलाको निम्ति…

Read More

धनगढी: कन्चनपुरको पुनर्वास नगरपालिका घर भएका २७ वर्षीय बलराम भन्ने मातृका जैसीले आफू वीर अस्पतालको १२औँ तहको डाक्टर रहेको भन्दै एक महिलालाई ठगेका छन्। मातृकाले फकाएर सुरुमा विश्वास दिलाए। त्यसपछि दुवैजना भक्तपुरको कौशलटारस्थित मातृकाको कोठामा बस्न थाले। महिला व्यवसायी थिइन्। एक दिन मातृकाले आफूले मिटरव्याजमा पैसा लिएको र त्यो तिर्न नसके सरकारी जागिर नै अप्ठेरोमा पर्ने बताए। ती महिलाले ४० लाख रूपैयाँ पैसा पनि दिइन्। विस्तारै प्रेमी डाक्टर नभएको चाल पाएपछि महिलाले पैसा फिर्ता मागिन्। तर, मातृकाले उल्टै आफूले भनेको नमाने आत्महत्या गर्ने धम्की दिन थालेको उनको भनाइ छ। त्यसपछि प्रेमिकाले प्रहरीमा जाहेरी दिइन्। मातृका पक्राउ परेको सूचना पाएपछि उनीबाट…

Read More

धनगढी: विवादित छविका कैलाली कारागारका जेलर पदमराज तिमिल्सिना फेरि विवादमा तानिएका छन्। कैद भुक्तान गरिरहेका कैदीलाई घुस खाएर भगाएको भन्दै उनी फेरि एकपटक विवादमा आएका हुन्। अहिले फेरि कैलाली कारागारका हाकिम तिमिल्सेनाले लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका इश्वर पौडेललाई फरार गराएको आरोप लागेको छ। गौरीगंगा नगरपालिका-९ घर भएका पौडेलको प्रलोभनमा परेर तिमिल्सिनाले जेलमुक्त गरेको आरोप लागेको हो। स्रोतका अनुसार जेलर तिमिल्सेनाले ३४ ग्राम लागूऔषध खैरो हिरोइनसहित हिक्मत बम(पारस), राम सिराडी र इश्वर पौडेल चार महिना अगाडि पक्राउ परेका थिए। पक्राउ परेकामध्ये जेलर तिमिल्सेनाले पौडेलबाट रूपैयाँ लिएर भगाएका हुन्। अन्य २ जना भने कैद भुक्तान गरिरहेका छन्। यस विषयमा जेलर तिमिल्सेनाले…

Read More

काठमाडौँ: नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । लुम्बिनी प्रदेशका पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादवलाई बाँके प्रहरीले पक्राउ गरेर बुटवल ल्याउँदै गरेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । गत माघ १० गते रुपन्देहीको सियारी गाउँपालिका-१ का उमाशंकर यादवलाई उनले १२ लाख २८ हजार रुपैयाँको चेक दिएका थिए । बैंक अफ काठमाडौंको उक्त चेक लिएर रकम निकाल्न जाँदा खातामा रकम नभएको पाइएपछि विजयबहादुर यादवविरुद्ध बैंकिङ कसुरको मुद्दा परेको थियो । २०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी जसपाबाट बाँकेको क्षेत्र नम्बर २ ९१० बाट निर्वाचित भएका थिए । पार्टीको निर्देशनविपरीत सरकारमा…

Read More

भरतपुर: पवित्र धार्मिक एवं तीर्थस्थल देवघाटमा स्नान गर्ने भक्तजनको भीड लागेको छ । आज साउनको पहिलो दिन सोमबार परेकाले पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो । कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा हरेक वर्षको साउने सङ्क्रान्तिमा बोलबम मेला लाग्ने गर्छ ।भोलिदेखि मलमास सुरु हुने भएका कारण पनि आज पहिलो सोमबार भक्तजनको भीड लागेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । उनले मेलामा सुरक्षालगायतका व्यवस्थापनका काम गरिएको बताए । साउने सङ्क्रान्तिसँगै नेपालीको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको महत्व रहेको छ । यो दिन सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण–पुरोहितबाट सङ्क्रान्तिफल सुन्ने चलन छ…

Read More

एजेन्सी: दक्षिण कोरियामा मुसलधारे वर्षाका कारण आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ । यसअघि हिजो बिहानसम्म २६ जनाको शव फेला परेकोमा त्यसपछि १३ जनाको शव भेटिएको छ । चुङचेओङ प्रान्तमा डुबानमा परेको सुरुङ मार्गमा फसेकाहरुको खोजीमा खटिएको उद्धार टोलीले १३ जना मानिसको शव फेला पारेका हुन् । बाढी नै सुरुङमा पसेपछि निजी गाडी र बसमा यात्रा गरिरहेका यात्रुहरु फसेका थिए । सुरुङ ६ सय ८५ मिटर लामो छ । त्यहाँ नौ जनाको जीवितै उद्धार गरिएको थियो । उत्तरी ग्योङसाङ प्रान्तमा ९ जना बेपत्ता छन् । उनीहरुको खोजी भैरहेको छ । वर्षाका कारण १४ वटा सहर र प्रान्तका…

Read More

धनगढी: कैलाली बहुमुखी क्याम्पसको प्रमुखमा प्रा. तोयराज भट्ट नियुक्त भएका छन्। उनलाई उपकुलपतिको कार्यालयले नियुक्त गरेको हो। बैतडी घर भएका उनी लामो समयदेखि क्याम्पसमा अध्यापन गराउँदै आएका थिए। यसअघि धर्मराज उपाध्याय क्याम्पस प्रमुख थिए।

Read More