धनगढी: पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा पत्रकार महासंघको चुनावी नतिजा रोचक आएको छ। जहाँ सत्तारुढ गठबन्धनको नेपाली काङ्ग्रेस निकट नेपाल प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारीतर्फका संयुक्त उम्मेदवार पराजित बन्दा नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनका उम्मेदवार विजयी भएका छन्। जहाँ १ मतले समाजवादीका हिक्मत सिंह विजयी भएका छन् भने युनियनका पुष्कर भण्डारी पराजित बनेका छन्। त्यहाँ युनियनकै मत क्रस भएको अनुमान गरिएको छ भने अन्य पदाधिकारीसहित एक सदस्यबाहेक अन्य उम्मेदवार पनि समाजवादीसहित प्रेस सेन्टर निकटका संयुक्त उम्मेदवार विजयी भएका छन्। डडेलधुरामा जम्मा ६३ मत खसेको थियो। अध्यक्षमा विजयी भएका सिंह…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बहादुर सिंह थापाले बुढेसकालमा विवाह गरेका छन्। नेपाली काँग्रेसका नेतासमेत रहेका थापाले आज शुक्रबार विवाह गरेका हुन्। झन्डै ६५ वर्षको उमेरमा मन्त्री थापाले कञ्चनपुर सिसैयाकी अधबैंसे भावना बिष्टसँग विवाह गरेका हुन्। यस अगाडि उनी अविवाहित नै बसेका थिए। तर स्रोतका अनुसार पारिवारिक चाहनाका कारण बुढेसकालमा उनी विवाह बन्धनमा बाधिएका हुन्। उनी प्रदेश सभा सदस्यको निर्वाचन कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका थिए। उनी कञ्चनपुर भीमदत्त नगरपालिका ६ का स्थायी बासिन्दा हुन् भने उनको पुर्ख्यौली घर बैतडीको दशरथचन्द नगरपालिका हो।
बैतडीः बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको पुर्चौडी नगरपालिका–८ टुणेत खोला स्थित बगरमा सोही ठाउँका अन्दाजी ६० वर्षीय धनबहादुर भण्डारी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अगाढी बढाएको छ।
कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित चुरेफेदीको बस्तीमा विपदजन्य गतिविधि बढ्दै जान थालेपछि बेलडाँडीका चन्द्रबहादुर चौधरी निकै चिन्तित छन्। बर्सेनि वर्षातका बेला चुरे क्षेत्रमा निरन्तर जाने पहिरोबाट खोलामा बालुवा, गेग्रान, ढुङ्गालगायत भरिएर चौधरीको घरसम्म बाढीको पानी पुग्ने गरेको छ। खोला र जमिनको सतह बराबर भएपछि खोलाको पानी घरसम्म पुग्न थालेको छ। दुई वर्षदेखि बेलडाँडीमा वनहरा नदी र अनौखी खोलाको बाढी पस्न थालेको हो। गत वर्ष चुरेमा वर्षा हुँदा राति १ बजे बजेको समयमा बाढी आउँदा किसानले पशुपक्षीलाई सुरक्षित स्थानमा सार्न नसक्दा ठूलो क्षति बेहोर्नुपरेको थियो। बेलडाँडीको पूर्वतर्फ वनहरा र पश्चिमतर्फ अनौखीखोला छ। गाउँको उत्तरतर्फको भालुखोला पहिला निकै गहिरो थियो। वर्षाको पानी त्यही खोलामा…
काठमाडौं: तेलुगु सुपरस्टार अल्लु अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ। डिसेम्बर ४ मा हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। इण्डियन एक्सप्रेसले यसबारे समाचार लेखेको छ। उक्त भागदौडमा ३९ वर्षीया एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा गम्भीर घाइते छन्। प्रहरीले सन्ध्या थिएटरको व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गरेको थियो। अधिकारीहरूले उक्त हलमा प्रिमियर समारोह हुँदैछ भनेर पूर्वसूचना समेत नदिइएको बताइएको छ। अल्लुलाई चिक्कडपल्ली प्रहरी थानाको टोलीले शुक्रबार हिरासतमा लिएको थियो, जहाँ मुद्दा दर्ता गरिएको थियो। एफआईआर दर्ता गर्दा हैदराबाद प्रहरीको केन्द्रीय क्षेत्रका प्रहरी…
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा देशका राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति पौडलले शुक्रवार विभन्न पाँच देशमा राजदूत नियुक्त गरेका हुन्। उनले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। जस अनुसार प्रकाशमणि पौडेललाई गणतन्त्र पोर्चुगल, सनिल नेपाललाई स्पेन र प्रा. डा. कपिलमान श्रेष्ठलाई गणतन्त्र दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त गरिएको हो। यस्तै, सेवा लम्साललाई बेल्जियम र डा. शिवमाया तुम्बाहाङफेलाई गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको छ। लम्साल परराष्ट्र मन्त्रालयकी…
काठमाडौं: नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरीका १० जना प्रहरी नायब महानिरिक्षक (डिआईजी) को सरुवा गरेको छ भने नयाँ ८ जनाको पदस्थापन गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी केन्द्रीय प्रवक्ता डिआईजी दानबहादुर कार्कीको पनि सरुवा भएको छ। डिआईजी दुर्गा सिंह चन्दको नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा सरुवा भएको छ भने कुबेर कडायत प्रहरी महानिरिक्षकको सचिवालयमा सरुवा भएका छन्। त्यस्तै सुदूरपश्चिमका रविन्द्र केसी नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएका छन् भने चन्द्रकुबेर खापुङ सिआईबी आएका छन्। त्यस्तै जनक भट्टराई कर्णाली प्रदेश प्रहरी कार्यालय पुग्दा लामणि आचार्य मधेश प्रदेश पुगेका छन्। त्यस्तै अर्जुन चन्द ठकुरी अपराध…
काठमाडौं: नेपाली सेनाले विभिन्न पदका लागि भर्ना आह्वान गरेको छ। सेनाले सूचना जारी गर्दै तीन सय भन्दा बढीका लागि भर्ना आह्वान गरेको हो। भर्ना छनौट निर्देशनालयले सूचना जारी गर्दै नर्स, सिभिल, मेक्सिकल, पण्डित, भेटेरिनरी, भिडियो सम्पादन लगायतका प्राविधिक पदहरूमा आवदेन माग गरेको हो। मंसिर २८ गतेदेखि पुस २७ गतेसम्म केन्द्रीय भर्ना छनोट निर्देशनालय स्वयम्भूमा दरखास्त बुझाउन सकिने छ।
धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीको सरुवा भएको छ। बिहीबार बसेको गृहमन्त्रालयको मन्त्रीस्तरीय बैठकले उनको सरुवा गरेको हो। उनलाई नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल, काठमाडौं पठाइएको छ। यस्तै उनको स्थानमा गणेश चन्दलाई पठाइएको छ। हालै डीआईजीमा बढुवा भएका चन्दलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा पदस्थापन गरिएको हो। उनी सुदूरपश्चिमका स्थानीय हुन्। केही महिनापछि उनी अवकाशमा जानेछन्।
काठमाडौं: प्रधान सेनापति अशोकराज सिग्देलले भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्राप्त गरेका छन्। भारतको राजधानी नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज राष्ट्रपति द्रौपदी मुर्मूले मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन्। प्रधान सेनापति सिग्देल भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा श्रीमती र छोरासहित अस्ति त्यता गएका थिए। उनी पर्सि स्वदेश फर्कने कार्यक्रम छ। मंसिर पहिलो साता भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई पनि काठमाडौंमा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिएको थियो। मंसिर ६ गते राष्ट्रपति तथा सेनाका परमाधिपति रामचन्द्र पौडेले उक्त दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। यसबीच प्रधानसेनापति नयाँ दिल्लीमा उच्चस्तरीय भेटघाटमा व्यस्त छन्। उनले भारतीय समकक्षीस्थल सेनाध्यक्ष जनरल…