Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली अवकाशमा गएका छन्। आजबाट उनी अवकाशप्राप्त बनेका हुन्। उनलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रम बिच बिदाइ गरेका छन्। बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले सेवा निवृत्त भएका ज्ञवालीले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गरे। ज्ञवाली वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए। ज्ञवाली भदौ २६ गतेबाट सेवानिवृत्त हुन हुँदैछन्। उसो उनीमाथि छानबिन थालिएकोमा अझै सकिएको छैन। उनको जागिर अवधि सकिएपनी उनीमाथि आरोप लागेका विषयमा छानबिन…

Read More

गोविन्द पन्थी, प्रहरी कर्मचारीको राजनैतिक नेतृत्वसँग भेटघाटबारे प्रहरी प्रधान कार्यालयको परिपत्र सम्बन्धमा धारणा प्रस्तुत गर्ने क्रममा प्रहरी पनि सामाजिक हुन्छ। प्रहरी कर्मचारी पनि नागरिक पनि हुन्। के प्रहरी कर्मचारीहरु सामाजिक प्राणी होइनन र ? उहाँहरुका आफन्त वा साथी भाई राजनितीमा कोही हुदैनन् ? कसैले भनेपछि र दबाब दिएपछि आफूले खोजेको ठाउँ पाइने भएपछि आफूले चिनेको, जानेकोलाई कसले पो नभन्लार ? आफूले ऐन नियमले दिएको अधिकारको प्रयोग गर्न नसक्ने अनि २१औं शताब्दीमा लोकतान्त्रिक शासन प्रणालि भएको मुलुकमा ती कर्मचारी जो अनुशाशित रहन्छन्। र उनीहरुका कुनै हक हितका कुरा गर्ने ट्रेड युनियन छैनन् भन्दैमा भेटघाट नै गर्न नपाउने गरि त्रास सिर्जना गर्ने…

Read More

काठमाडौं: सशस्त्र प्रहरी बलमा आईजीपी र एआईजी दुवैको पदावधि घटाउने प्रस्ताव अघि बढेको छ। गृह मन्त्रालयले सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको विधेयकको मस्यौदामा पदावधि चार वर्षबाट तीन वर्षमा घटाउने प्रस्ताव गरिएको छ। यसले सशस्त्र नेतृत्वमा तरंग ल्याएको छ। यो प्रस्ताव पास भएमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले २०८२ को १० वैशाखमा अवकाश पाउनेछन्। त्यसपछि आईजीपीको प्रतिस्पर्धामा नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाल रहनेछन्। गौतमले पनि वैशाखमै अवकाश पाउने भएकाले पौडेल र दाहालबीच प्रमुख प्रतिस्पर्धा हुने देखिन्छ। पौडेल आईजीपी भएमा दाहालले असोजमा यही प्रावधानका कारण अवकाश पाउनेछन् भने दाहाल आईजीपी भएमा पौडेलले जेठमा अवकाश पाउने अवस्था छ। पौडेल २०७९…

Read More

काठमाडौँ: नेपाल प्रहरीमा लामो समयदेखि बहसमा आएको तर कानुनी रूपमा अघि नबढाइएको १६ वर्षको सेवापछि तल्लो तहका प्रहरीका अधिकारीको पेन्सनबारे अब भने कानुन बन्ने भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै निकायमा विवादित हुँदै आएको सेवा अवधिसम्बन्धी व्यवस्थालाई कानुनमै उल्लेख गर्न लागिएको हो। दुवै संगठनका सेवा र आवश्यक सर्तका प्रावधान समेटेर विधेयक तयार पार्न गृह मन्त्रालय, अर्थ मन्त्रालय र कानुन मन्त्रालयबीच सहमति जुटेको छ। यो कानुन बनिसकेपछि दुवै प्रहरीका जवान र हवल्दार १६ वर्ष सेवापछि अवकाशमा जान पाउनेछन्। असई, सई र वरिष्ठ सई भने १८ वर्षे सेवाअवधिपछि अवकाशमा जान पाउनेछन्। यसरी अवकाशमा जानेहरूले पेन्सनचाहिँ सेवाअवधि २० वर्ष पुगेपछि मात्रै पाउनेछन्।…

Read More

डोटी: कोदालो प्रहार गरी सहोदर दाजुको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। जिल्लाको जोरायल गाउँपालिका–६ डाँडागाउँ बस्ने ५५ वर्षीय नरबहादुर जोराले आफ्नै दाइको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार आज नरबहादुरले टाउकोमा कोदालो प्रहार गरी ६५ वर्षीय दाई गणेशबहादुर जोराको हत्या गरेका हुन्। घरायसी विवादपछि झगडा हुँदा भाइको कोदालो प्रहारबाट दाइको घटनास्थलमै मृत्यु भएको हो। नरबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: प्रहरीको सई बनेर विभिन्न १६ जिल्लामा ठगी गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिका–६ का २७ वर्षीय विकास बिसी र बाँके राप्ती सोनारी गाउँपालिका–७, बाँके घर भई हाल लालपुर बस्दै आएका ३६ वर्षीय लोकबहादुर खाँण छन्। आफूहरु प्रहरीको सई भएको बताउँदै विभिन्न ठाउँमा ठगी गरेको सूचनाका आधारमा प्रहरीले सुरुमा बिसी र त्यसपपछि खाणलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। विभिन्न मुद्दा मिलाउने भन्दै ठगी गरेको खुलेको प्रहरीले जानकारी दिएको छ। लोकबहादुरले १६ जिल्लाका १८ जना व्यक्तिलाई नक्कली सई बनेर ठगी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सुनिल दाहालले बताए। हालसम्मको अनुसन्धानबाट विभिन्न जिल्लाका १८…

Read More

काठमाडौं: नेकपा (एमाले) का नेता भीमबहादुर रावलले आफूमाथि कारबाही गरेर देखाउन चुनौती दिएका छन्। गृहजिल्ला अछाममा मंगलबार भएको पत्रकार सम्मेलनमा बोल्दै रावलले आफूलाई कारबाही गरेर देखाउन एमालेलाई चुनौती दिएका हुन्। देश, जनता र पार्टीले लिएको नीतिको पक्षमा आफू खडा भएको केही मानिसहरुलाई बिझाई रहेको भन्दै नेता रावलले त्यस्ता पात्र र प्रवृत्तिलाई चुनौती दिन आफू सक्षम रहेको दाबी गरे। पार्टी विचार शुन्य अवस्थामा पुगेको भन्दै नेता रावलले आफू पार्टीको विधि, विधान र सिद्धान्तको पक्षमा बोल्दै आएकोतर्फ सबैको ध्यानाकर्षण पनि गराउन खोजिरहेको बताए। पार्टीबाट कारबाहीको तयारी भइरहेको छ भन्ने सुनिन्छ नि भन्ने प्रश्नमा उनले भने, पार्टीको सिद्धान्तलाई जोगाउनुपर्छ, विधि विधान अनुसार पार्टी चल्नुपर्छ…

Read More

धनगढी : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुदूरपश्चिम प्रदेश कमिटीले गेटा मेडिकल विश्वविद्यालयको माग राख्दै शिक्षा मन्त्री माननीय विद्या भट्टराईलाई ज्ञापनपत्र बुझाएको छ। उक्त ज्ञापनपत्र बुझाउने क्रममा अनेरास्ववियु केन्द्रिय कमिटीका उपाध्यक्ष गोबिन्द गिरि, केन्द्रिय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज दीपक धामी लगायतका नेताहरूको उपस्थिति रहेको थियो। ज्ञापनपत्रमा सुदूरपश्चिमका जनता लामो समयदेखि स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा सम्बन्धी जनशक्ति उत्पादनमा पछाडि परेको र गेटा विश्वविद्यालय स्थापनाको माग गर्दै संघर्ष गर्दै आएको उल्लेख छ। गुणस्तरीय स्वास्थ्य सेवाको अभावमा हजारौं मानिसले अकालमै ज्यान गुमाउनु परेको अवस्थाको समाधानका लागि गेटा विश्वविद्यालय स्थापना अपरिहार्य रहेको पनि उनीहरूको तर्क रहेको छ। ज्ञापनपत्रमा, शहीद दशरथ…

Read More

काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ। टोलीमा तीव्र गतिका बलर रिजन ढकाल र विकेटकिपर ब्याटर अर्जुन साउदले पुनरागमन गरेका छन्। क्यानडामा हुने एकदिवसीय सिरिज भदौ ३१ देखि सुरू हुनेछ। त्यसका लागि नेपाली टोली भोलि जादैछ। असोज १० गते एकदिवसीय सिरिज सकिएपछि असोज १२ बाट टी-२० सिरिज सुरु हुनेछ। दुवै सिरिज नेपालले चार-चार खेल गरी कुल ८ खेल खेल्नेछ। नेपालले क्यानडामा लिग-२ को दोस्रो सिरिज खेल्न लागेको हो। यसअघि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो। नेदरल्यान्ड्स र नामिबियाविरुद्धको सो सिरिजमा नेपालले एक खेल मात्र जित्दा तीन खेलमा…

Read More

काठमाडौँ : विशेष अदालत काठमाडौँले मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा केहीलाई दोषी ठहर गरेको छ भने केहीलाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँबर, तेजनारायणसिंह राई र मुरारी बाबु श्रेष्ठको इजलासले सोमबार मेलम्ची खानेपानी आयोजनाको भ्रष्ट्राचार मुद्दामा ४ जनालाई दोषी ठहर गरेको छ भने १० जनालाई सफाइ दिएको हो । यसमा तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मा दोषी ठहर भएका छन् । यस्तै पूर्वसचिव भीम उपाध्यायसहित १० जनाले सफाइ पाएका छन् ।

Read More