Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार यस क्रममा ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाएको छ । स्थायी सेवामा रहेका ५ जनालाई निलम्बन गरिएको छ । ‘अमानवीय व्यवहार देखिएपछि हामीले यस अघि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेका छौँ । हाम्रा व्रिफिङ्मा अभद्र व्यवहार नगर्न भनेका छौँ । यसका साथै जनस्तरका आएका गुनासाहरुको अध्ययन गरेर गल्ती गर्ने नगर प्रहरीलाई कारवाही गर्ने गरेका छौँ ।’ पाण्डेको भनाइ छ । यस प्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई…

Read More

काठमाडौं : ललितानिवास जग्गा हिनामिनामा संलग्न थप दुईजना कर्मचारी पक्राउ परेका छन्। सिआइबीले मंगलबार योगराज पौडेल र नारायणदत्त मिश्रलाई पक्राउ गरेको हो । उनीहरू ०४९ सालमा एक सय १२ रोपनी जग्गा हिनामिनामा संलग्न रहेको सिआइबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए। पौडेल त्यतिवेला डिल्लीबजार मालपोतका नासु तथा मिश्र खरिदार थिए। यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।

Read More

धनगढी: मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो। उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु रहेको मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले जानकारी दिए। उनकाअनुसार हेलिकप्टर  १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो। हेलिकप्टरको खोजी कार्य जारी छ।

Read More

धनगढी : स्वीडेन सरकार र युएन इन्टिग्रेडेड ट्रेनिङ सर्भिसको आयोजनामा हुन लागेको प्रहरी तालिममा सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरु पनि सहभागी हुने भएका छन्।  आगामी कात्तिक ६ देखि १७ गतेसम्म स्वीडेनमा हुन लागेको ‘नेशनल पुलिस अफिसर (प्रि–डेभलभमेण्ट ट्रेनिङ)’ मा सहभागी हुन चाहने सशस्त्रका अधिकृतहरुको नामावली पठाउन अनुरोध गरिएको हो। सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयले महानिरीक्षकको सचिवालयलाई जानकारी गराएको पत्रमा युएन मिशन शाखा, विभाग, बाहिनी, एपीएफ, ईन्टिलिजेन्स ब्यूरो, नम्बर १९ गण हेडक्वार्टरमा कार्यरत सशस्त्र प्रहरी अधिकृतहरुको विवरण पठाउने व्यवस्था मिलाइदिन आग्रह गरिएको छ । तालिममा सहभागी हुन चाहनेले हवाई टिकट र भिसाको खर्च स्वयम् व्यहोर्नुपर्नेछ । त्यस्तै, खाने र बस्ने…

Read More

धनगढीः कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको जोशीपुर गाउँपालिका–५ की २८ वर्षीया निर्मलाकुमारी बम मृत अवस्थामा फेला परेकी हुन्। उनी चुरे गाउँपालिका–४ जाजरीमा सहोदर भिनाजु वीरबहादुर चन्दको घरमा बस्दै आएकी थिइन्। मानसिक सन्तुलन ठिक नभएकी निर्मला चन्दको घरभित्र मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। उनी हिजो ६ बजे कोठाभित्रै मृत फेला परेकी हुन्। निर्मलाको शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको प्रहरीले जनाएको छ। मृत्युको कारण भने खुल्न सकेको छैन भने घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Read More

बैतडी: बैतडीमा लम्पीस्किन रोग प्रकोपका रूपमा फैलिएको छ। घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ। यो रोग नियन्त्रणबाहिर पुग्दा पनि जिल्लामा हालसम्म खोपको उपलब्धता हुन नसकेको केन्द्रका पशु विकास अधिकृत तथा लम्पीस्किन सम्पर्क व्यक्ति डा विशाल पाठकले जानकारी दिए। यो रोगबाट हालसम्म ६४ हजार एक सय ९७ घरपालुवा पशु सङ्क्रमित छन्। उक्त रोगका कारण नौ हजार दुई सय ९८ पशुचौपाया मरिसकेका उनले बताए। लम्पीस्किनका कारण बाच्छाबाच्छी, गाईगोरु र भैँसी बढी प्रभावित भएका छन्। उनले भने, ‘लम्पीस्किनको सङ्क्रमण दिनप्रतिदिन बढिरहेको भए पनि हालसम्म जिल्लामा खोपको उपलब्धता हुनसकेको छैन। प्रदेश र केन्द्र…

Read More

धनगढी: कैलालीमा सशस्त्र प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। सोमबार जिल्लाको भजनी नगरपालिका वडा नम्बर–५ स्थित कौवाखेडा सिमा इलाकाबाट सशस्त्र प्रहरी बल, नेपाल बिओपि पगियापसारबाट खटिएको टोलीले २५ वर्षीय दिनेश साउदलाई पक्राउ गरेको हो। उनलाई भारतबाट मोटरसाइकलमा नेपाल आउदै गर्दा कौवाखेडामा शंका लागि चेकजाँच गर्ने क्रममा साथमा ९.९१ ग्राम खैरो हेरोइन फेला पारी नियन्त्रणमा लिएको बताइएको छ।उनको साथबाट मोबाइल र मोटरसाइकल समेत बरामद गरिएको रसाउदलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, भजनीमा बुझाएको सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण धनगढी, कैलालीले जनाएको छl

Read More

धनगढी: सुदूरपश्चिममा ब्वाइज स्काउट एड्भान्स तालिम सम्पन्न भएको छ। नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशको आयोजनामा यहि असार १९ गतेदेखि सुरु भएको तालिम हिजो सकिएको हो। उक्त ५७ औं तालिमको सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीको आथित्यमा उद्घाटन भएको थियो। तालिममा २८ जना स्काउट मास्टरहरुको सहभागिता रहेको थियो। तालिमले सुदूरपश्चिम प्रदेशको स्काउटको वृद्धि, विकास र विस्तार गर्न धेरै सहयोग पुग्ने प्रदेश स्काउट तदर्थ समिति संयोजक नरेन्द्र थापाले बताए।

Read More

दार्चुला: दार्चुलामा रहेको लस्कु खोलाले पुल बगाउँदा समस्या आइपरेको छ। जिल्लाको महाकाली नगरपालिका -१ जोड्ने उक्त पुल बगाउँदा स्थानीयलाई लस्कु खोला वारपार गर्न समस्या भएको हो। हिजो राति खोलामा आएको बाढीले पुल बगाएपछि अहिले स्थानीय भत्केको पुल माथिबाटै जोखिम मोलेर हिँडिरहेका छन्।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकार बजेट संशोधन गर्न तयार भएको छ। सत्तारुढ नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले यथास्थितिमा बजेट पारित गर्न नसकिने निर्णय गरेको थियो। त्यसपछि दबावमा परेको सरकार संशोधन गर्न तयार भएको हो। सोमबार साँझ मुख्यमन्त्री तथा मन्त्रिषद्को कार्यालयमा भएको छलफलमा सरकारले प्रदेशसभा सदस्यका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको हो। सरकारले मंगलबार संशोधनको खाका तयार गरेर फेरी सत्तारुढ गठबन्धनका संसदीय दलका नेता र प्रमुुख सचेतकसँग छलफल गर्ने सहमति गरेको छ। आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले १ असारमा आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोडको बजेट प्रस्तुत गरेका थिए। तर, बजेटप्रतिको असन्तुष्टिकै कारण त्यसयता…

Read More