Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने योजनामा संलग्न थप एक जना फेला परेका छन् । विभिन्न व्यक्तिलाई ठगेको जाहेरीपछि फरार रहेका केशव तुलाधरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले स्वयम्भू नजिकैबाट नियन्त्रणमा लिइएको बताएको छ । ५९ वर्षे तुलाधरलाई स्वयम्भू नजिकैको सानो भर्याङबाट प्रहरीले पक्रेको हो । काठमाडौं असनका केशव नयाँबजार खुशिबुमा बस्दै आएका थिए । उनलाई ठगी तथा संगठित अपराधसमेतको कसूरमा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकू लगिएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित वैजनाथ बहुभाषिक आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर बोहरासहित चार जनालाई भ्रष्टाचार मुद्दा लागेको छ। विद्यालयभित्र रहेको जमिन गैरकानूनी रुपमा उत्खनन् गरी ईंटा उद्योगलाई बेचेको अभियोगमा भ्रष्टाचार मुद्दा लागेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा बोहोरा, व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना, उद्योगका मेनेजर राजेन्द्रबहादुर भाट र प्रोपराईटरविरुद्ध मुद्दा दायर गरेको छ। उनीहरुले आर्थिक वर्ष २०७६/०७७ र ०७७/०७८ मा विद्यालय हाताभित्रको माटो खन्दै जमिन सम्याएर पोखरी निर्माण गर्दा सरकारी रकम हिनामिना गरेको अख्तियारले दायर गरेको अभियोग पत्रमा उल्लेख छ। तत्कालीन प्रदेश सरकारको आर्थिक ऐन, २०७६ को दफा ७ बमोजिमको अनुसूची–६ र सुदूरपश्चिम प्रदेश आर्थिक ऐन,…

Read More

धनगढी: धनगढीमा प्रहरीले भन्सार छलीका सामान फेला पारेको छ । धनगढी उपमहानगरपालिका-२ बाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा भन्सार छलीका सामान फेला पारेको हो । घाट इलाकामा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर कैलालीबाट खटिएको गस्ति टोलीले अवैध रुपमा भारतबाट भन्सार छली ल्याइएका सुर्तीजन्य पदार्थ र लेडिज सुट पिस बेवारिसे अवस्थामा फेला पारेको हो । ५३ हहजार ८५० मूल्य बराबरका ती सामान कैलाली भन्सार कार्यालयमा दाखिला गरिएको बताइएको छ ।

Read More

धनगढी: कैलालीको टीकापुर नजिकैको नाकाबाट भारतमा चोरी गरेर आइरहेका नेपालीहरु प्रहरीको फन्दामा परेका छन्। बिहीबार भारतबाट नगद रकम र ठूलो मात्रामा सुन चोरी गरेर नेपालतर्फ (घर) फर्किने बेलामा तीन जना नेपाली पक्राउ परेका हुन्। भारतीय प्रहरीले उनीहरुलाई ३ करोड भारतीय रुपैयाँ र १५ किलो जति सुनसहित नाकाबाटै समातेको हो। भारतीय प्रहरी स्रोतका अनुसार उनीहरुलाई तिकुनियाँबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा टीकापुर नगरपालिका-८ का शंकर साउँद, उनकी पत्नी र बर्दियाका एक अर्का युवक रहेको खुलेको छ। उनीहरु तीनैजना तिकुनियाँको बसपार्कबाट पक्राउ परेका थिए। भारतमा मजदुरी गर्दै आएका उनीहरुले त्यहाँ लुट मच्चाएर नेपाल भाग्न लागेको बताइएको छ। यता, कैलालीको…

Read More

कैलाली: कैलालीमा अखेटोपहार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको कैलारी गाउँपालिका-५ सडकपुरका ४२ वर्षीय महावीर चौधरी पक्राउ परेका हुन् । उनलाई आज आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय हसुलियाले पक्राउ गरेको हो । प्रहरीका अनुसार चौधरीलाई जिल्ला अदालत कैलालीले अखेटोपहार मुद्दामा २०७३ जेठ ०३ गते १० हजार रुपैयाँ जरिवाना तोकेको थियो । हालसम्म फरार रहेका उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको इप्रका हसुलियाले जनाएको छ ।

Read More

हुम्ला: हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रविसे आसपास केन्द्रबिन्दु भएर ३ दशमवल ८ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली र पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ । रासस

Read More

धनगढीः धनगढी उपमहानगरपालिकाका दुई जना कर्मचारी निलम्बनमा परेका छन् । उपमहानगरपालिकाका प्राविधिक कर्मचारी निलम्बनमा परेका बताइएको छ । कर्मचारीको नाम तथा पद भने उपमहानगरले गोप्य राखेको छ । सरकारी बाटो कायम नगरेरै कित्ताकाटका लागि सिफारिस गरेको भेटिएपछि ती कर्मचारी निलम्बनमा परेका बताइएको छ । उनीहरु एक महिनाका लागि निलम्बनमा परेका हुन् । फिल्डमा गएर अनुगमन गर्ने र नियमअनुसार काम गर्नुपर्नेमा सो नगरेको पाइएको हो ।

Read More

धनगढी: नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर बमले प्रदेश सरकारले ल्याएको बजेटप्रती तीव्र असन्तुष्टि जनाएका छन् । बमले आफ्नो निर्वाचन क्षेत्रका लागि सिफारिस गरेका एउटा पनि योजना नपरेको तर १७ योजना कसरी र कहाँबाट हालियो भन्दै प्रश्न समेत गरेका छन् । बमसरकारले आफ्नो निर्वाचन क्षेत्रमा चिडियाखाना बनाउन बजेट विनियोजन गरेकोलाई भने व्यांग्यात्मक रुपले प्रस्तुत भए ।उनले उक्त चिडियाखानामा आफूलाई राख्न माग पनि गरे । ‘चिडियाखाना आवश्यक छ । चिडियाखानामा अनौठो जनावर राखिन्छ । दुरदराजबाट मानिस हेर्न आउँछन्, म जस्तो सांसदलाई पनि चिडियाखानाभित्र राख्नुपर्छ,’ बमले भने, ‘जो सांसदमा निर्वाचित भएर पनि एउटा योजना हाल्न सक्दैन। वडा, नगरपालिका र गाउँपालिकामा प्रवेश निषेध गरिएको…

Read More

बाजुराः बाजुराको बुढीगंगा नगरपालिकाका चार जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाका इन्जिनियर उपेन्द्र साउँद, प्रधानमन्त्री रोजगार संयोजक गोविन्दबहादुर थापा, शिक्षा शाखाका प्राविधिक सहायक डम्मबहादुर थापा र प्रशासन सहायक वसन्तबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु चारै जनाविरुद्ध अभद्र व्यवहारको जाहेरी परेपछि बुधवार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रविन्द्र कठायतले बताए । नगरपालिकामा सेवा लिन गएका सेवाग्राही दिलिप केसीमाथि अभद्र व्यवहार गर्दै गाली गलौज गरिएको र ज्यान मार्ने धम्की पनि दिइएको भन्दै केसीका भाइले भिडिओसहित उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कठायतले बताए । उनका अनुसार असार २१ गते केसीले नै नगरपालिकामा अभद्र…

Read More

काठमाडौँ: आज सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य एक लाख १२ हजार चार सय रुपैयाँ पुगेको छ । त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर एक हजार चार सय ४० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

Read More