Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – मुस्ताङको लोमन्थाङ गाउँपालिकाले भोलि (सोमबार) सार्वजनिक बिदा दिएको छ । मुस्ताङका ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजा झिग्मी सिट्टी पलवर विष्टका छोराको बिहे हुने भएकाले सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ । विष्टका छोरा राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रमका साथ मनाउन लागिएकोले बिदा दिइएको सूचनामा उल्लेख छ । सोमबार सबै कार्यालयहरू तथा शिक्षण संस्थाहरू खुल्ने छैनन् ।

Read More

धनगढी: कञ्चनपुरकी एक बालिकाको धनगढीस्थित मायामेट्रो अस्पतालमा ज्यान गएको छ।हिजो (शनिबार) कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकास्थित्वडा नम्बर ५ ग गाँउका अनिल भण्डारीकी छोरी प्रमीशा भन्डारीको निधन भएको हो। प्रहरी स्रोतका अनुसार १३ वर्षीया भण्डारीको कलिलै उमेरमा अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनको स्वास्थ्यमा केही समयदेखि समस्या आएकोमा अस्ति उपचारका लागि धनगढी ल्याइएको थियो। तर उपचारकै क्रममा उनको ज्यान गएको हो। के समस्या थियो भन्नेबारे भने खुल्न सकेको छैन।

Read More

काठमाडौं : केही समय अघि भ्रमणका लागि अष्ट्रेलिया पुगेकी गायिका समीक्षा अधिकारी र अष्ट्रेलियामै भएका नायक आमेश भण्डारीको एकाएक प्रेम चर्चा सुरु भयो । उनीहरुको ब्याक टु ब्याक जोडी टिकटक देखेपछि दर्शकहरुले यी दुई प्रेममा भएको हुनसक्ने अड्कल काट्न थाले । आमेस र समिक्षाले टिकटकमात्र नभई एकअर्काको जन्मदिनमा समेत जोडी तस्विर राखेर बर्थडे विस गरेका थिए । केही समयको अष्ट्रेलिया बसाईपछि समिक्षा नेपाल फर्किइन् । यतिबेला आमेश पनि घर फर्किएका छन् । नेपाल फर्किएलगत्तै उनले एक टेलिभिजनलाई अन्तर्वार्ता दिएका छन् । अन्तर्वार्तामा उनले समिक्षाको परिवारबाट प्रस्ताव आए आफू समीक्षासँग विवाह गर्न तयार भएको बताएका छन् । ‘समीक्षाको बुबाआमा केटा माग्न…

Read More

काठमाडौँ : नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)को सबै ऋण चुक्ता गरेको छ । ९ महिना अघिसम्म २० अर्बभन्दा बढी बक्यौता रहेको निगमले क्रमशः नाफाबाट सबै चुक्ता गरेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै जाँदा पनि निगमले आईओसीको ‘बक्यौता’लाई कारण देखाउँदै नेपालमा सो अनुसार मूल्य घटाएको थिएन । उपभोक्तालाई मूल्यमा भार पारेर निगमले अन्ततः आईओसीको सबै बक्यौता चुक्ता गरेको छ। निगमका अनुसार ब्याजबापत करिब १८ करोड रुपैयाँ मात्रै आईओसीलाई तिर्नुपर्ने दायित्व छ, सो रकम पनि केही समयपछि भुक्तानी हुनेछ । निगमले नेपाल सरकारबाट लिएको ऋण रकम पनि किस्ताबन्दीमा चुक्ता गर्दै आएको छ । सरकारलाई तिर्नुपर्ने निगमको ऋण…

Read More

धनगढी : वरिष्ठ संगितकार तथा गायक सिसिर साधक सम्मानित भएका छन्। राष्ट्रिय नाचघर जमलमा भएको ‘रिबन इन्टरटेन्मेन्ट’ ले आयोजना गरेको राष्ट्रिय व्यक्तित्व तथा प्रतिभा सम्मान कार्यक्रममा साधक सम्मानित भएका हुन्। साधकले नदोस तिम्रो नदोस मेरो गीतबाट उत्कृष्ट सङ्गीतकारको अवार्ड पाएका हुन् । प्रथम उप राष्ट्रपति परमानन्द झाले उनलाई अवार्ड प्रदान गरेका हुन् । कार्यक्रममा गायिका देवीका वन्दना र नायक धिरेन शाक्यको उपस्थित थियो। उनले हाल सम्म आइपुग्दा लगभग २ सयको हाराहारीको गीतमा संगीत भरिसकेका छन् भने धेरै गीत तथा भजनमा आवाज पनि दिइसकेका छन्।

Read More

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गामा बनेका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ । त्यस क्षेत्रमा घेराबारा गर्न पुगेको महानगर नगर प्रहरीका प्रमुख राजु पाण्डे त्यहाँ निर्मित संरचना हटाउन निर्देशन दिएका हुन् । राजु पाण्डे नेतृत्वको डेढ सयभन्दा बढीको महानगर प्रहरीको टोली बालुवाटार पुगेका थिए । ललिता निवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरु गरेको थियो । सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले महानगरको निर्देशन अनुसार जग्गा भित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने काठमाडौँ महानगर प्रहरीले जनाएको छ । ललिता निवासको जग्गा रोक्का भइसकेको अवस्था र…

Read More

ललितपुर: ललितपुर महानगरपालिकाका स्थानीय सडक आन्दोलनमा उत्रेका छन् । ललितपुर १२ को वडा कार्यालय र प्रहरी कार्यालय भत्काएर भूमाफियासँगको सेटिङमा नयाँ कम्प्लेक्स बनाई राज्यलाई ठूलो आर्थिक घाटा पुर्याउन लागिएको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन् । सरकारी जग्गा मासेर व्यापारीलाई पोस्ने कार्य हुन लागेको भन्दै आज स्थानीयसहित ललितपुरका विभिन्न २१ वटा संघ–संस्थाले सडक आन्दोलन गरेका हुन् । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नेपाल प्रहरीका प्रमुख आईजीपी बसन्तबहादुर कुँवरसहितका जिम्मेवार अधिकारीहरु नै उक्त कार्यमा संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आईजीपी कुँवरले आफ्नो पदीय हैसियत र मर्यादा भुलेर प्रहरीको भवन भत्काउने निर्णय गर्न महानगरपालिकाको कार्यालय पुगेर…

Read More

धनगढीः गत बैशाख १८ गतेको रात धनगढीमा पानी परेको थियो। त्यहीँ दिन मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय नजिकै गोदावरी नगरपालिका-२ तेघरीका ५२ वर्षीय खड्ग साउँदलाई बाइकले उडायो। हिडिरहेका उनलाई गेट अगाडिकै सडक छेउमा पछाडिबाट आइरहेको मोटरसाइकलले ठक्कर दिएको (उडाएको) थियो। उनी सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन ईकाइमा कार्यरत थिए। मोरसाइकलको ठक्करबाट साउँद घाइतेमात्र भएका थिए। त्यसबेला नै ठक्कर दिने मोटरसाइकलसहित चालक भने अलप भैसकेका थिए। सडकमा घाइते बनेका साउँदलाई भने प्रहरीले सेती प्रादेशिक अस्पतालमा लगेर उपचार थालिएको थियो। तर उनको परिवारका सदस्यले उपचारमा सेतीले लापरबाही गर्नसक्ने भन्दै उनीहरूले साउँदलाई मायामेट्रो अस्पताल लगेर उपचार गर्न भने। तर, उनको…

Read More

काठमाडौँ: भारतबाट खाना पकाउने ग्याँसको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार ग्याँसको मूल्य प्रतिसिलिण्डर एक सय ६० रुपैयाँले घटेर आएको हो । डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ १६ पैसाले बढ्दा पेट्रोलको मूल्य १४ पैसाले घटेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार मट्टीतेलको मूल्य ५ पैसा र हवाई इन्धनको मूल्य ५७ पैसाले बढेको छ । आईओसीले अंग्रेजी क्यालेण्डरअनुसार हरेक पन्ध्र दिनमा नयाँ मूल्य पठाउने गर्छ ।

Read More

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसएसईई० को नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले परीक्षाफल प्रकाशनको अन्तिम कामहरु भइरहेको परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० ले जनाएको छ । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले आउने २२ गते ९शुक्रबार० सम्म सार्वजनिक गर्ने तयारी रहेको बताए । गत चैत १७ गतेदेखि २९ गतेसम्म भएको एसईई परीक्षामा ७७ जिल्लाका २ हजार ३६ परीक्षा केन्द्रबाट करिब पाँच लाख विद्यार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Read More