Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले यही शुक्रबार विश्वासको मत लिने भएका छन् । उनले आज प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने उद्देश्यले बैठक आह्वान गर्न भन्दै पत्र पठाएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आएको पत्रअनुसार शुक्रबार साँझ ४ बजे प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए । असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका थिए । उनले साउन १८ गतेभित्र विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने उद्देश्यले बैठक आह्वान गरिएको भए पनि उनले बैठकमा सम्बोधन गरेर राजीनामा दिने सम्भावना रहेको स्रोतले…

Read More

काठमाडौं : गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन, २०१२ लाई नयाँ विधेयकका रूपमा छिट्टै संसदमा पेस गर्ने बताएका छन् । बुधबार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरी संगठनलाई सुदृढ गर्न, मुलुकमा न्याय व्यवस्था, विधिको शासन कायम गर्न नेपाल प्रहरीको नयाँ कानुन निर्माण गर्ने तयारीमा सरकार रहेको स्पष्ट पारे । उनले सरकारले सशस्त्र प्रहरी बल, नेपाल ऐनलाई पनि समसामयिक बनाउने गरी नयाँ विधेयक संसदमा पेस गर्ने भएकाले त्यसलाई गम्भीर र अर्थपूर्ण रूपमा छलफल गरेर निष्कर्षमा पु¥याउने काममा लाग्न पनि संसदीय समितिह्रूलाई आग्रह गरे । मुलुकको शान्तिसुरक्षा र अमनचयन कायम हुने गरी सरकारले कानुन निर्माणको कामलाई…

Read More

काठमाडौं : नेपाली सेनाको कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देलले पाएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।हालका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल २४ भदौमा सकिंदैछ । त्यसको एक महिनाअघि विदा बस्ने सैनिक परम्परा भएकाले सरकारले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको हो । जन्ममिति विवादमा छानबिन भएपछि उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका थिए । त्यसपछि सिग्देल प्रधानसेनापतिको रोलक्रममा आएका थिए । उनीबारे विवाद आएपछि जंगीअड्डाले आन्तरिक छानबिन गरेर कैफियत नरहेको बताएको थियो । जंगीअड्डामा ३ साउन २०८१ मा आयोजित पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता गौरवकुमार…

Read More

काठमाडौं: नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा भएका सरोज ठकुराठीले दर्ज्यानी चिह्न लगाएका छन्। प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा भएका ठकुराठीले आज दर्ज्यानी चिह्न लगाएका हुन्। ठकुराठीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी दिपक थापाले दर्ज्यानी चिह्न प्रदान गरेका थिए। ठकुराठी हाल काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत रहेका छन्। ठकुराठीले लामो समय जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको प्रमुख भएर काम गरेका थिए।

Read More

काठमाडौं: डोल्पाबाट बिरामी ल्याएर आएको हेलिकप्टर आकस्मिक रुपमा धान खेतमा अवतरण गरिएको छ। डोल्पाबाट लेक लागेर बिरामी भएका सशस्त्र प्रहरीका असई नरबहादुर विसीलाई लिएर आएको एउटा हेलिकप्टर सुर्खेतको भेरीगङ्गा नगरवालिका–१३, रामघाटमा अवतरण गरेको हो। हेलिकप्टरबाट असई विसीलाई डोल्पाबाट उपचारका लागि नेपालगञ्ज लगिँदै थियो। तर, बाटोमै मौसम खराब भएपछि आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। असई विसीलाई त्यहाँबाट एम्बुलेन्समार्फत अस्पतालतिर पठाइएको छ। हेलिकोप्टर साढे १२ बजेतिर खेतमा अवतरण गरेको थियो।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री घनश्याम चौधरीका स्वकीय सचिव शंकर चौधरीले किसानबाट २६ लाख ४० हजार संकलन गरेको पाइएको छ। कैलालीको कैलारी गाउँपालिकाको विवादित पावर टिलर प्रकरणमा पूर्वमन्त्रीका स्वकीय सचिव चौधरीले ५० प्रतिशत अनुदानमा पावर टिलर दिने भन्दै किसानबाट रकम संकलन गरेका हुन्। उनले हसुलियामा आयोजित सार्वजनिक कार्यक्रममा पनि सो कुरा स्वीकार गरेका छन्। कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले स्वकीय सचिव चौधरीले किसानबाट लिएको २६ लाख ४० हजार रुपैयाँ एक हप्ताभित्र फिर्ता गर्ने सम्झौता गाउँपालिकासँग गरेको बताए। उनले २२ जना किसानबाट एक लाख २० हजारका दरले रकम संकलन गरेको स्वीकार गरेको अध्यक्ष चौधरीले बताए। उनले भने, ‘अहिले पनि रकम…

Read More

धनगढी: कञ्चनपुरमा एक युवक मृत फेला परेका छन्। हिजो (मंगलबार) राति जिल्लाको वेदकोट नगरपालिका-१० का २३ वर्षीय प्रविन डगौरा मृत फेला परेका हुन्। उनी हिजो राति मृत फेला परेकोमा उनको टाउकोमा चोट लागेको डीएसपी उमेशराज जोशीले जानकारी दिए। उनका अनुसार अहिले मृतक आफ्नै वडास्थित रोडमा मृत फेला परेका थिए। अहिले घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। स्रोतका अनुसार उनी राति आफ्नी प्रेमीका (गर्लफ्रेन्ड) लाई भेट्न भनेर गएका थिए।

Read More

धनगढी : काठमाडौं-धनगढी उडानका क्रममा मंगलबार श्री एयरलाइन्सको विमानमा एयर होस्टेजमाथि दुर्व्यवहार गरेको भन्दै कैलालीका शिवराज ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले उडानका क्रममा एयरहोस्टेज मात्र नभएर अन्य यात्रुहरू समेत असर पर्ने खालका गतिविधि देखाएको बताइएको छ। त्रिभुवन विमानस्थलबाट ४ बजे उडने श्री एयरलान्सको उडान नंम्बर २२५ को जहाज ५० मिनेट ढिलोगरी ४ः५० मा धनगढीका लागि उडेको थियो। उमेरले नाबालक रहेको ओझा गोदावरी नगरपालिका १ का हुन्। उनी १७ वर्षका मात्रै रहेका खुलेको छ। जहाज उडेलगत्तै देखि ओझाले दुई जना एयरहोस्टेज मध्ये एकलाई जिस्काउन थालिसकेका थिए। श्रीएयरलाईन्सका धनगढी स्टेशन म्यानेजर गजेन्द्र शाहीले दिएको जानकारी अनुसार ती यात्रुले सबैभन्दा पहिला सिटबेल्ट…

Read More

काठमाडौं : चितवनको भरतपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार नम्बर २ विपद व्यवस्थापन गण रसौली ब्यारेक चितवनमा कार्यरत सैनिक जवान तनहुँको भानु नगरपालिका १२ घर भएका २७ वर्षीय निगम नेपाली सार्की रहेका छन् । मंगलबार राति भरतपुर–१ पोखरा बसपार्कबाट रामनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ३२८९ नम्बरको कारमा विपरीत दिशाबाट आइरहेको ग २० प ८३१८ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । मोटरसाइकलको लेगाडले कारमा लाग्दा मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको पर्खालमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा तनहुँको बन्दिपुर–३ बस्ने २६ वर्षका दिनेश थापा गम्भीर घाइते…

Read More

काठमाडौँ : नेपाल प्रहरीले सुन तस्करीको अनुसन्धान अघि नबढाएको र तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीको अनुसन्धान फितलो बनाएको आरोपमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम ज्ञवालीमाथि छानबिन सुरु गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखसमेत रहेका ज्ञवालीले प्रहरी शक्ति र आफ्नो पदको दुरुपयोग गर्दै अनुसन्धान प्रभावित बनाउन खोजेको आरोपमा प्रहरी संगठनभित्रैबाट छानबिन सुरु भएको हो। ज्ञवालीमाथिको छानबिन अर्का एआईजी टेकप्रसाद राईको नेतृत्वमा भइरहेको छ। एआईजी ज्ञवालीमाथि निवर्तमान गृहमन्त्री रवि लामिछानेविरुद्धको सहकारी ठगीबारेको अनुसन्धान कमजोर पारेको आरोप लागेको छ। सुन तस्करीको अनुसन्धानमा पदीय मर्यादा दुरुपयोग गरेको आरोपमा गृहमन्त्री लामिछानेले सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यलाई हटाएर (गत चैतमा) ज्ञवालीलाई ल्याएका…

Read More