Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा नेपाल १६ रनले विजयी भएकाे छ। स्कटल्याण्डमा भएको  खेलमा नेपालले नेदरल्याण्डलाई १६ रनले पराजित गरेकाे हाे। नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा अलआउट हुँदै २२० रन मात्र बनायो। वेस्ले बारेसीले सर्वाधिक ३६ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ३० र माइकल लेभिटले २७ रन बनाए। काइल क्लेइनले २५ र नोआ क्रोएसले २२ रनको योगदान दिए। नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३९ रन दिएर ३ विकेट लिए। नन्दन यादवले ९ ओभरमा ३९ रन दिएर ३ विकेट लिए। ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले १-१ विकेछ हात पारे। त्यसअघि टस…

Read More

धनगढी: कैलालीको धनगढीमा लागूऔषध (खैरोहेरोइन) सहित नेपाल प्रहरीका कर्मचारी समातिएका छन्। आज (मंगलबार) लागूऔषध व्युरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले नेपाल प्रहरीका एक जवानलाई लागूऔषधसहित समातेको हो। प्रहरी स्रोतका अनुसार समातिनेमा गोदावरी नगरपालिका वडा नम्बर ९ घर भएका २७ वर्षीय प्रहरी जवान चिरञ्जीवी विश्वकर्मा रहेका छन्। उनलाई धनगढी उपमहानगरपालिका वडानम्बर २ स्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको कार्यालय बाहिरको सडकखण्डबाट समातिएको हो। उनको साथबाट ३८० मिलिग्राम लागूऔषध बरामद गरिएको जनाइएको छ। उनी प्रदेश प्रहरी कार्यालय धनगढीमै कार्यरत थिए। यसअघि केही दिन अगाडिमात्रै धनगढीकै त्रिनगर प्रहरी चौकीका जवान डम्बर साउदलाई पनि लागूऔषध सेवनकर्ताको शङ्का लागेर प्रहरीले समातेको…

Read More

धनगढी: कञ्चनपुरमा नेपाल प्रहरीका असई वीरबहादुर चन्दमाथि कुटपिट गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेलौरी नगरपालिका–८ का राहुल राना रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले प्रहरी चौकी पचुईका इन्चार्ज समेत रहेका असई चन्दमाथि कुटपिट गर्ने रानालाई पक्राउ गरिएको जानकारी दिए। उनकाअनुसार रानालाई इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो। रानाले चेकजाँचका क्रममा केही दिनअघि असई चन्दलाई लछारपछार गर्दै कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो। कुटपिटमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरी स्रोतकाअनुसार चन्दमाथि कुटपिट गर्ने राना स्थानीय हार्डवेयर व्यापारी हुन्। रानाको समूहले भारतबाट अवैध रूपमा सामान ओसारपसार…

Read More

धनगढी: सर्वोच्च अदालतका लागि तीन जना न्यायाधीश सिफारिस भएका छन्। न्यायपरिषद्को मंगलबार बसेको बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सिफारिस गरेको हो। सिफारिस सूचीमा परेका पोखरेल सर्वोच्च बार एसोसिएसनका अध्यक्षसमेत हुन्। हाल सर्वोच्च अदालतमा न्यायाधीशका चार पद रिक्त थिए। नयाँ सिफारिसपछि एक पद अझै खाली नै छ।

Read More

धनगढी: कञ्चनपुरको बेलौरी नगरपालिकास्थित पचुइ प्रहरी चौकीका इन्चार्ज असई वीरबहादुर चन्दमाथि खुलेआम कुटपिट भएको छ। केही दिन अगाडिमात्रै चन्दमाथि चौकी नजिकै दिनदहाडै कुटपिट एवं आक्रमण भएको हो। स्रोतका अनुसार सामान चेकजाँचको क्रममा चन्दमाथि आक्रमण भएको हो। यो घटनाले सुरक्षा व्यवस्था र तस्करी नियन्त्रणमाथि गम्भीर प्रश्न उठाएको छ। स्रोतले दिएको जानकारी स्थानीय हार्डवेयर पसल संचालक तथा तस्करीसँग संलग्न रहेको आरोप लागेका राहुल रानाको समूहले चन्दमाथि हातपात गरेका थिए। असई चन्दले सामान चेकजाँचको क्रममा विवाद सुरु भएको थियो। विवादको क्रममा राना समूहले प्रहरीमाथि अभद्र व्यवहार गर्दै हातपात गरेका थिए। घटनापछि चौकीमा तनावको स्थिति सिर्जना भएको थियो। उता यस विषयमा जिल्ला प्रहरी कार्यालय…

Read More

धार्चुला: भारतको सशस्त्र सीमा बल (एसएसबी)ले नेपाली सेनाका एक हवल्दारलाई जिलेटिन र डेटोनेटरसहित पक्राउ गरेको छ। घटना आइतबार दिउँसो धार्चुला सीमाक्षेत्रमा भएको हो, जहाँ एसएसबीले चेकपोस्टमा नेपाल फर्कदै गरेका हवल्दार यामबहादुर खत्रीलाई रोकी जाँच गर्दा विस्फोटक सामग्री बरामद गरेको हो। खत्री सुर्खेतको पदमपुर पुख्र्यौलीका बासिन्दा हुन् र हाल कैलालीको टिकापुरमा बसोबास गर्छन्। उनी धारचुला–दुम्लिङ–थिइ क्षेत्रमा टिंकर सडक निर्माण कार्यमा संलग्न थिए। काम समाप्तपछि घर फर्कदै गर्दा उनले भारतीय क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने प्रयास गरेका थिए। तर, एसएसबीले झोलाबाट १ किलो जिलेटिन र ५ वटा डेटोनेटर पत्ता लगाएपछि उनलाई गिरफ्तार गरियो। खत्री नेपाली सेनामा १७ वर्षदेखि सेवारत छन्। उनले किन…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई प्रदेशसभाबाट निलम्बन गरिएको छ। प्रदेशसभाको हिजो (सोमबार) को बैठकमा सभामुख भीमबहादुर भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीउपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी आएकाले उनलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको बेहोरा जानकारी गराए।  प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत भएका सोडारी निलम्बनमा परेसँगै प्रदेशसभामा अब सो पार्टी तीन प्रदेशसभा सदस्यमा सीमित भएको छ। तत्कालीन नेकपा विभाजन हुँदा नेकपा (एमाले)बाट प्रदेशसभा प्रतिनिधित्व गर्ने अधिकांश सदस्य सोडारीको नेतृत्वको पार्टीमा लागेका थिए।  सोडारीलाई पदको दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै आयोगले विशेष अदालतमा केही दिनअघि…

Read More

धनगढी: नेपालमा मनसुन भित्रिएको दुई साता पुग्न लागेको छ। जेठ १६ गते मनसुन भित्रिएकोमा कोशी प्रदेशभन्दा पश्चिमतर्फ सर्न सकिरहेको छैन।  जसका कारण पश्चिम नेपालका तराइका जिल्लामा अत्यधिक गर्मी बढेको छ। महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार कैलाली र कञ्चनपुर जिल्लामा निरन्तर गर्मी बढेको छ। कैलालीको धनगढी र आसपासका क्षेत्रमा सोमबार अत्यधिक गर्मी थियो। मंगलबार बिहान सामान्य वर्षा भए पनि गर्मी भने घट्न सकेको छैन।  मौसमविद्हरुका अनुसार मनसुनी वायुले पश्चिमी वायुलाई विस्थापित गर्दै पूर्वी नेपालबाट सुदूरपश्चिमसम्मै फैलिएपछि पानी पर्छ। तर, अझै पनि पश्चिम र मध्य नेपालमा पश्चिमी वायुको प्रभाव छ। त्यसैले पश्चिमी वायु र स्थानीय वायुको प्रणाली विकसित भएर केही क्षेत्रमा पानी…

Read More

बैतडी: बैतडीमा जिप दुर्घटना भएको छ। अत्तरियाबाट सुइलेकतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ च ३४७५ नम्बरको महेन्दा बोलेरो पिकअप जीप पुर्चौडी नगरपालिका-६ मुडेलीधार भिडेखोलास्थित भित्री सडकखण्डमा दुर्घटनामा परेको हो। जीप चालक बझाङको बित्थडचिर गाउँपालिका-२ का हरिसबहादुर खड्काले हाम फालेर ज्यान जोगाएका छन्। जीपमा उनी मात्रै सवार रहेको प्रहरीले जनाएको छ। किराना सामान बोकी गइरहेको अवस्थामा उकालोमा चढ्न नसकेर ब्याक हुदा जीप ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशसभाका सदस्य एवं पूर्व सामाजिक विकास मन्त्री ओम विक्रम भाट ‘सरल’ले प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कठोर रूपमा आलोचना गरेका छन्। सोमबार प्रदेशसभा बैठकमा बोल्दै उनले हालको सरकार ‘भ्रष्टाचारको संरक्षण गर्न गठित गठबन्धन’ भएको आरोप लगाए। भाटले सरकारको नीति तथा कार्यक्रम सतही, असन्तुलित र जनअपेक्षाविपरीत भएको टिप्पणी गर्दै प्रश्न उठाए—”यहाँ नीति कार्यक्रम संसद्मा छलफल हुँदैछ, तर कार्यक्रमहरू होटलमा बनिरहेका छन् भन्ने सुनिन्छ। यदि यो सही हो भने संसदको अपमान होइन र?” सरकारको गठबन्धनप्रति प्रश्न सरलले सरकार गठनकै उद्देश्यमै प्रश्न उठाए। उनले भने, “संघमा जस्तै यहाँ पनि एमाले-कांग्रेस गठबन्धन विचौलियाको स्वार्थमा बनेको हो, विचार र मूल्यका लागि…

Read More