Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को तलब बढाउन सर्वोच्च अदालतले परमादेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शारङ्गा सुवेदीको इजलाशले बुधबार परमादेश जारी गरेको हो । सईबाट बरिष्ठ सईमा बढुवा हुँदा तलब घटेपछि उनीहरुले रिट हालेका थिए । वरिष्ठ सईहरु विनय बहादुर चन्द, रामसिंह बोहरा, विनोद बहादुर डिसी, रामबहादुर कार्की, कृष्ण कुमार यादब, चन्द्रकान्त जोगी, चन्द्र शेखर वली क्षेत्री, विश्वनाथ अधिकारी, राजु रिजाल, ईश्वर बहादुर थापा, अरुण कुमार सिंह, यज्ञराज शर्मा, राजु थापा, सूर्य भान चौधरीलगायतले रिट दायर गरेका थिए ।

Read More

धनगढी : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा बाघको आक्रमणबाट महिलाको मृत्यु भएपछि स्थानीय त्रसित भएका छन्।  बिहीबार बिहान घाँस काटिरहेकी दोधारा चाँदनी नगरपालिका–२ कमलाश टोलकी २३ वर्षीया हिरा शाहलाई बाघले आक्रमण गरेको थियो। आक्रमणपछि बाघले महिलालाई घिसारेर नजिकैको उखुबारीमा लगेको थियो। महिलाको शव अहिले पोष्टमार्टमका लागि लगिएको छ। बाघको आक्रमणपछि त्रसित स्थानीय लाठी समातेर बसेका छन्। बाघको खोजी भइरहेको छ। आक्रमणपछि बाघ उखुबारीमा लुकेको आशंका छ। त्यहाँ ठाउँ ठाउँमा धान खेती र उखुबारी छन्।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले ड्रोनको सहायताले बाघको खोजी गरिरहेको संरक्षण अधिकृत मनोज ऐरले बताए। बाघको खोजी गर्दै डार्ट गरेर नियन्त्रणमा लिइने उनले बताए।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको…

Read More

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा रहेको तौलाहा तालमा डुबेर एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सोही गाउँका ६० वर्षीय ढाटु राना भनिने रामलाल रानाको मृत्यु भएको हो ।  तौलाहा तालमा केही वर्ष अगाडि पनि नुहाउने क्रममा एक किशोरको मृत्यु भएको थियो ।  धनगढी उपमहानगरपालिकाको कार्यालयले व्यवस्थापन गरेर पछिल्लो समय सो ताललाई पर्यटकीय क्षेत्रको रुपमा सञ्चालन गर्नका लागि निजी क्षेत्रलाई ठेक्कामा दिएको छ । स्थानीय व्यवसायीले नै ठेक्कामा लिएर त्यसमा माछा पालन र रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन् । यो ताल अहिले तौलाहा गार्डेनको रुपमा परिचित छ । साँझपख ताल क्षेत्रमा घुमफिर गर्नेको भीडभाड हुने गरेको छ ।…

Read More

धनगढी: कञ्चनपुरमा बाघकाे आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका–२ बस्ने २३ वर्षीया हिरा शाहकाे बाघकाे आक्रमणबाट मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेश जाेशीले बताए। उनकाअनुसार शाहलाई घर नजिकै उखुबारीमा काम गर्ने क्रममा बाघले आक्रमण गरेकाे थियाे। शाहकाे घटनास्थलमै मृत्युु भएकाे हाे। उनकाे शव परीक्षणका लागि दाेधाराचाँदनीस्थित अस्पतालमा राखिएको छ। शाह विवाहित महिला हुन्।

Read More

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का प्रमुख (एआईजी) श्याम ज्ञवालीमाथिको छानबिनमा कांग्रेसकै सांसदले असन्तुष्टि व्यक्त गरेका छन् । एआईजी ज्ञवालीमाथि छानबिनको विषयमा सांसद हृदयराम थानीले असन्तुष्टि व्यक्त गरेका हुन्। राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसद थानीले सरकार फेरिने बित्तिकै एआईजी ज्ञवालीमाथि छानबिन थाल्दा भोलि आईजीपी बसन्त कुँवरमाथि छानबिन नहोला भन्न नसकिने बताए । उनले आईजीपी कुँवरलाई हिजो आफू मातहत रहेको र सँगै काम गरेको प्रहरी अधिकारीलाई आज किन छानबिन गर्नुपर्‍यो भन्दै प्रश्न गरे । सांसद थानीले बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकलाई प्रहरी सङ्गठन भद्रगोल रहेको र सोच विचार गरेर काम गर्न आग्रह गरे । एआईजी ज्ञवालीले प्रहरी…

Read More

धनगढी : कैलालीको मोहन्याल गाउँपालिका–७ को पितमारी खोलाबाट सोमबार राति जीपका सहचालकलाई नियन्त्रणमा लिएर बन्दक बनाएको भन्दै पाँच जनाविरुद्ध उजुरी परेको छ । लम्कीचुहा नगरपालिका–९ बस्ने जीपका सहचालक लोकेन्द्र चौधरीले पाँच जनाविरुद्ध अपहरण तथा शरीर बन्धक शिर्षकमा किटानी जाहेरी दर्ता गरेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कान्तिराज जोशीले लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने नारायण शाही, गोविन्द साउँद, भावेश सापकोटा, सागर शाह र हेमन्त पौडेलविरुद्ध किटानी हेरी परेको जानकारी दिए । उनकाअनुसार किटानी जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ । सहचालकलाई नियन्त्रणमा लिने मध्येका नारायण शाही र गोविन्द साउँदलाई पक्राउ गरेकाले अदालतबाट पाँच…

Read More

धनगढी : पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारततर्फ जाने तेस्रो मुलुकका विदेशी पर्यटकले निर्वाधरुपमा जान पाउने भएका छन् । भारतीय अध्यागमन कार्यालयले लामो समयदेखि विदेशी पर्यटकका लागि बन्द गरेको आगमन पुनः खुला गरेको छ । अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टका अनुसार भारतीय पक्षले यही साउन १५ गतेदेखि विदेशी पर्यटकको आगमनका लागि प्रस्थान (डिपार्चर) खुला गरेको छ । १० डिसेम्बर २०२१ देखि भारतीय सीमावर्ती बनबसा अध्यागमन (इमिग्रेसन) कार्यालयले विदेशी पर्यटकको आगमन बन्द गरेको थियो । कोरोना महामारीका बेला नेपालका केही सीमा नाका मात्रै भारततर्फ जाने पर्यटकका लागि भारतले खुला गरेको थियो । गड्डाचौकी नाका भएर जाने विदेशी पर्यटकलाई…

Read More

काठमाडौं : नेपाली सेनाको नेपालगञ्जस्थित ४ नम्बर बाहिनी अड्डामा ठेउला (चिकेनपक्स) र डेंगुको आतंक फैलिएको छ । तीन दर्जन बढी सैन्यमा ठेउला देखिएको छ । त्यस्तै, झण्डै आधा दर्जन सैन्यमा डेंगु संक्रमण पुष्टि भएको छ । उक्त बाहिनीमा सञ्चालित सैन्य आधार तालिममा संलग्न लालबहादुर धामी स्वास्थ्य समस्या भएपछि उपचारका लागि गत साउन ६ गते अस्पताल गएका थिए । ब्याच नम्बर ५४५६२ भएका उनको स्वास्थ्य परीक्षणका क्रममा ठेउला देखिएको हो । हाल उनी बाहिनीमा सञ्चालित अस्पतालको ‘आइसोलेशन’ मा उपचाररत छन् । उनलाई ठेउला संक्रमण भएपछि अस्पतालका निमित्त कमाण्डेण्ट महासेनानी इन्दु केसीको प्रत्यक्ष सहभागितामा १०५ जना सैन्यको स्वास्थ्य परीक्षण गरिएको थियो ।…

Read More

धनगढी : काँग्रेस एमाले सहितका दलहरुको नयाँ सत्ता गठबन्धनमा सुदूरपश्चिम प्रदेश काँग्रेसको भागमा परेको छ। सुदूरपश्चिममा शुक्रबारपछि काँग्रेसको तर्फबाट मुख्यमन्त्री बन्नेछ। अल्पमतमा रहेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने घोषणा गरिसकेका छन्। तर नेपाली काँग्रेसमा अब बन्ने मुख्यमन्त्रीको टुंगो भने लागि सकेको छैन। मुख्यमन्त्रीको लागि मुख्यतः तीन जना नेताको दौड देखिएको छ। जसमा बहादुर सिहं थापा, प्रकाश देउवा र कमलबहादुर शाह रहेका छन्। संसदीय दलका नेतासमेत रहेका कमलबहादुरले झण्डै १४ महिना सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हालिसकेका छन्। शाह पुनः मुख्यमन्त्री बन्ने दौडमा भएपनि उनलाई पार्टी नेतृत्वले दोस्रोपटक जिम्मेवारी दिने छाँट देखिएको छैन। १४ महिने कार्यकालमा शाहले प्रदेशमा विकासको गतीलाई…

Read More

काठमाडौं : गृहमन्त्री रमेश लेखकले कसैलाई जोगाउन प्रहरी संगठनको दुरुपयोग हुन नदिने बताएका छन् । प्रतिनिधिसभाको बधुबार बसेको सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । गृहमन्त्री लेखकले भने,‘कर्मचारी सरुवा हुन्छ, सरुवालाई सुरुवाकै रुपमा बुझ्दा सहज हुन्छ। कसैलाई जोगाउन वा नजोगाउन प्रहरी संगठन र प्रशासनको दुरुपयोग हुन दिने छैन।’ उनले प्रहरी प्रशासन कसैलाई जोगाउन वा नजोगाउन दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै, गृहमन्त्री लेखकले सरुवालाई सरुवाकै रुपमा लिन आग्रह गरे ।

Read More