Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: बाराको कलैया उपमहानगरपालिका २३ का वडा सदस्य राजेश शाहलाई प्रहरी चौकी इन्चार्जले कुटपिट गरेको घटना सार्वजनिक भएको छ । शान्ति सुरक्षाको लागि प्रहरी चौकी पुगेका वडा सदस्य शाहलाई अस्थायी प्रहरी पोस्ट शिक्षा गंगापुरका प्रमुख प्रहरी सहायक निरीक्षक वीरेन्द्र यादवले कुटपिट गरेको घटना सार्वजनिक भएको हो । यादवले प्रहरीको एआईजी मिरा चौधरी भएसम्म आफूलाई केही गर्न सक्दैन भन्दै धम्की दिएको पनि पीडित शाहले बताएका छन् । प्रदेश सभा सदस्य महम्द समिर, कलैया उपमहानगरपालिका प्रमुख विनोद शाह नेतृत्वको टोलीले वडा सदस्यलाई बिना कारण कुट्ने प्रहरी सहायक निरीक्षक यादवलाई कारबाही गर्न बाराका प्रहरी प्रमुख होबिन्द्र बोगटीसँग माग गरेका छन् । प्रहरी उपरिक्षक…

Read More

काठमाडौँ: लोक सेवा आयोगको परीक्षामा चिट चोर्ने एक महिलालाई कारबाही गरिएको छ । शाखा अधिकृत वा सो सरहको पदको वैशाख २७ देखि २९ गतेसम्म लिइएको लिखित परीक्षामा सहभागी सृजना पन्थीलाई कारबाही गरिएको हो । उनलाई आगामी एक वर्षको लागि लोक सेवा आयोगबाट लिइने कुनै पनि परीक्षामा सहभागी हुन रोक लगाइएको छ । परीक्षामा पन्थीले प्रवेश पत्रको पृष्ठ भागमा परीक्षालाई सहयोग पुग्ने सामग्री उतार गरेको आयोगले जनाएको छ । सोही आधारमा आयोगको ऐन २०७९ को दफा ४१ को १ ९क० बमोजिमको कसुर गरेको पाइएको भन्दै उनलाई कारबाही गरिएको आयोगले जनाएको छ ।

Read More

काठमाडौँ: पूर्वन्यायाधीश भुवन गिरीमाथि जिल्ला अदालतमा जुत्ता प्रहार भएको छ । वैवाहिक बलात्कारको मुद्दा चलाएकी पत्नी आरती गिरीले उनलाई अदालतभित्रै जुत्ताले हानेकी हुन् । दुवैजना उक्त मुद्दाको पेसी बुझ्न आज जिल्ला अदालत गएका र सोही बेला पूर्वन्यायाधीश माथि जुत्ता हानिएको बताइएको छ । आरतीले लगाएको वैवाहिक बलात्कार आरोपमा गत २८ चैतमा भुवन पक्राउ परेका थिए ।

Read More

धनगढी: कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब २२ करोड  बराबरको बजेट ल्याएको छ। शुक्रबारको दशौं नगरसभाबाट पालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएको हो। जसमा चालुतर्फ ७६ करोड २८ लाख ६२ हजार र र पँजीगततर्फ ४६ करोड ६६ लाख ८ हजारको बजेट सार्वजनिक गरिएको छ। खर्च व्यहोेर्ने स्रोतमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत १८ करोड ४२ लाख, संघीय राजश्व बाँडफाँडबाट १७ करोड १ लाख ९२ हजार, संघीय सशर्त अनुदानबाट ३७ करोड ५२ लाख प्राप्त हुने अनुमान गरिएको छ। संघीय विशेष अनुदानबाट ३ करोड, संघीय समपुरक अनुदानबाट ८० लाख, प्रदेश वित्तीय समानीकरणबाट एक करोड ६९ लाख…

Read More

धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुख लक्ष्मण शाहसहित तीन जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। अख्तियारले यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख शाह, तत्कालीन सहायक कम्प्युटर अप्रेटर (करार) नरेन्द्रकुमार कठरिया र कम्प्युटर अपरेटर पवनकुमार रावलविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। कार्यालय प्रमुख शाहले प्रयोगात्मक परीक्षामा फेल भएका परीक्षार्थीहरुलाई उत्तीर्ण गराएको र लिखित परीक्षामा उत्तीर्ण नभएका र लिखित परीक्षामा समावेश नभएका सयौं परीक्षार्थीहरुलाई प्रयोगात्मक परीक्षामा सामेल गराई उत्तीर्ण गराएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए। कार्यालय प्रमुख शाहले सवारी चालक अनुमतिपत्रको लागि लिइएका लिखित परीक्षाहरुमा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको लिखित परीक्षाको परिणाम फेरबदल गरी…

Read More

दार्चुलाः दार्चुलामा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ। जिल्लाको ब्याँस गाउँपालिका–२ पतङ्गाड खोलामा करिब ४० ४५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थमा फेला परेको हो। थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय हुतीबाट प्रहरी टोली खटिएको छ।

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका वर्षमा जस्तो यसवर्ष रासायनिक मलको अभाव नहुने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ का क्रममा सांसदले राखेको जिज्ञासाको जवाफ दिँदै उनले रासायनिक मलको आपूर्ति व्यवस्था विगतका वर्षमा भन्दा सुदृढ भएको बताए । “विसं २०७९ साउनदेखि हालसम्म तीन लाख ५१ हजार मेट्रिकटन मल आयात भएको छ । त्यसमध्ये ७१ हजार मेट्रिकटन विभिन्न बिक्री डिपोमा मौज्दात छ । भारतको कोलकाताबाट ४५ हजार मेट्रिकटन डिएपी मल असारभित्र नेपाल ल्याइसक्ने गरी व्यवस्था गरिएको छ”, उनले भने । रासायनिक मलका लागि रु १५ अर्ब विनियोजन भए पनि थप रु २३ अर्बको स्रोत सुनिश्चित गरी मल…

Read More

ओखलढुङ्गा: ओखलढुङ्गामा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । अविरल वर्षाका कारण गएराति पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको थियो भने अन्य दुई बेपत्ता भएका थिए । बेपत्ता दुबैको शव भेटिएको हो । बिहीबार राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले बगाउँदा उनीसँगै २९ वर्षीय श्रीमती शिवमाया, १० वर्षीय छोरा दिनेश र १८ महिनाकी छोरी कृतिका गुरुङको मृत्यु भएको थियो । आमाबाबुको शव बिहानै भेटिए पनि बेपत्ता छोराछोरीको शव स्थानीयवासी र सुरक्षाकर्मीले पहिरोबाट निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । राति करिब ११ बजेतिर बस्ती माथिबाट आएको पहिरोले गुरुङसँगै बलबहादुर…

Read More

दार्चुला: पहिरोले अवरुद्ध महाकाली राजमार्गको दार्चुला–गोकुलेश्वर सडक सुचारु भएको छ । दार्चुलाको महाकाली नगरपालिका-८ असिगडास्थित उक्त सडकखण्डमा गएरातिको वर्षाका कारण ढुंगामाटो खसेपछि सडक अवरुद्ध भएको थियो । महाकाली र शैल्यशिखर नगरपालिकाको डोजरले सडकको पहिरो हटाइसकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पहिरो हटाउन सडक डिभिजन कार्यालयले पनि सहयोग गरेको थियो । सडक खुलेर यातायात पनि सुचारु भइसकेको प्रहरीले जनाएको छ ।

Read More

चितवन: चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएयता सबैभन्दा बढी पर्यटक यस वर्ष भित्रिएका छन् । विगतका वर्षमा विदेशी पर्यटक धेरै हुने भए पनि यस वर्ष भित्रिएका धेरै पर्यटक नेपाली हुन् । जिल्लामा निकुञ्ज भित्रिएका पर्यटकको मात्रै तथ्याङ्क राखिने हुँदा सङ्ख्या कम देखिने गर्दछ । पर्यटनविद्हरुले गरेको सूक्ष्म अध्ययनले भने जिल्लामा वार्षिक सात लाखभन्दा बढी पर्यटक भित्रिने गरेको देखाएको छ । निकुञ्जमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा दुई लाख ८८ हजार तीन सय ५९ पर्यटक भित्रिएका छन् । यीमध्ये एक लाख ९८ हजार आठ सय २६ नेपाली, ३५ हजार आठ सय ८६ सार्क मुलुकका र २९ हजार पाँच सय ७६ विदेशी पर्यटक…

Read More