Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढी उप–महानगरपालिकाले फोहोर बोक्ने गाडीमा जिपीएस जडान गरेको छ । उपमहानगरपालिकाका फोहोरमैला व्यवस्थापन तथा सरसफाइ शाखा प्रमुख अशोक अवस्थीले से २ च ३७१० र से १ त ७३९४ नम्बरका दुई ट्याक्टरमा जिपीएस जडान गरिएको बताए । फोहरमैला संकलनलाई थप प्रभावकारी बनाउन ‘समाजका लागि युवा’ संस्थासँगको सहकार्यमा उपमहानगरपालिकाले लुना जीपीएसको यो सेवा प्रयोगमा ल्याएको हो । फोहोर बोक्ने गाडी रहेको क्षेत्र पत्ता लगाउन जिपीएस जडान गरिएको उपमहानगरपालिकाले जनाएको छ । सो गाडी घर नजिकै पुग्दा उक्त एपले नगराबासीको मोबाइलमा नोटिफिकेसन पठाउनेछ । एपमार्फत फोहोर संकलन गर्ने गाडी कहाँ आइपुग्यो भनेर सहजै थाहा पाउन सकिनेछ ।

Read More

बैतडी: बैतडीको शिवनाथ गाउँपालिकाले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई श्रम स्वीकृति दिन थालेको छ । यसअघि श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति अब स्थानीय तहबाटै प्रदान गर्न सकिने भएपछि शिवनाथ गाउँपालिकाले श्रम स्वीकृती दिन थालेको हो । गाउँपालिकाले आज पहिलो पटक मलेसिया जान इच्छुक शिवनाथ गाउँपालिका-४ का सुरेन्द्रसिंह महतालाई श्रम स्वीकृति प्रदान गरेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । उनलाई पालिकाको रोजगार सेवाकेन्द्रमार्फत श्रम स्वीकृति प्रदान गरिएको हो ।

Read More

चितवन: नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलले थप पहिरो नखसे केही घण्टापछि सडक खसलाउन सकिने बताए । पहिरोको एउटा ढिस्को नै झरेकाले पन्छाउन समय लागेको उनको भनाइ छ । अर्को ढिस्को पनि खस्ने अवस्थामा छ, पौडेलले भने। सो स्थानमा बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ । छिनछिनमा पहिरो खस्दा यातायात अवरुद्ध हुँदैआएको छ । रासस

Read More

रुपन्देही: रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शुद्धोधन गाउँपालिका-५ मानपकडीका ६५ वर्षीय शिव भारती पक्राउ परेका हुन् । चकलेट खान दिने भनेर घरमा बोलाएका भारतीले ती बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । आइतवार जिल्ला प्रहरी कार्यालयमा ल्याइएका उनलाई जबर्जस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताए ।

Read More

बैतडी: बैतडीमा सहिद दशरथ चन्दको १२१ औँ जन्मजयन्ती मनाइएको छ । सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा उनको जन्मघर बस्कोटस्थित शालिकमा माल्यार्पण गरी जन्मजयन्ती मनाइएको हो । यस्तै, गढीस्थित शहीद चन्दको शालिकामा पनि जन्मजयन्तीको अवसरमा माल्यार्पण गरिएको थियो । दशरथ चन्दको जन्म वि. सं. १९६० असार १७ गते बैतडीको बस्कोटमा भएको थियो । पछिल्लो समयमा सहिद दशरथचन्द स्मृति प्रतिष्ठानले सहिद चन्दका बारेमा जानकारी दिनका लागि उनको जन्मघरलाई पाहुना घरको रुपमा विकास गरेको छ ।

Read More

काठमाडौँ: आज सुन र चाँदीको मूल्य बढेको छ । सुन तोलामा ५ सय र चाँदी १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो । सुन तोलामा एक लाख १० हजार एक सय रुपैयाँ र चाँदी तोलामा एक हजार तीन सय ७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

Read More

दार्चुला: दार्चुलास्थित शैल्यशिखर मालिकार्जुन धाममा आज पूजन जात्रा लाग्दैछ । हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन धाममा पूजन जात्रा लाग्ने गरेको छ । भगवान शिवको साक्षात स्वरुपको रुपमा मालिकार्जुन धाममा पूजाअर्चना गर्ने गरिन्छ । सोही अवसरमा आज जिल्लाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।

Read More

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ का ६५ जनालाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरिएको छ । नगरपालिकाले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय भूमि आयोग कञ्चनपुरले विगतका आयोग, समिति कार्यदलले बाँकी काम सम्पन्न गर्ने कार्यविधि, २०७८ बमोजिम तयार गरिएका जग्गाधनी पुर्जा वितरण गरिएका हुन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीको उपस्थितिमा जग्गाधनी पुर्जा वितरणकार्य गरिएको नगरप्रमुख हेमराज ओझाले बताए । “निर्वाचनका बेला नगरवासीलाई छिट्टै जग्गाधनी पुर्जा वितरण गर्ने प्रतिबद्धता गरेका थियौँ”, उनले भने, “प्रतिबद्धताअनुसार केही जग्गाधनी पुर्जा वितरणको कार्य गरिएको छ ।” भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीका लागि जग्गाधनी पुर्जा तयार गर्ने कार्य भइरहेको जानकारी दिँदै उनले राजस्व…

Read More

बाजुरा:  बाजुराको खप्तड छेडेदह गाउँपालिका–५, डोगडीका दुई दाजुभाइ भारतबाट नेपाल आउने क्रममा बेपत्ता भएका छन्। भारतको उत्तराखण्ड राज्यको पौडीपावौबाट घर फर्किंदै गरेका ४० वर्षीय अर्जुन रावत र ३४ वर्षीय टेकबहादुर रावत विगत एक महिनादेखि बेपत्ता भएका हुन्।  उनीहरु गत जेठ ३ बाट सम्पर्कविहीन भएको अर्जुनकी श्रीमती जाना रावतले बताइन्। ‘बेपत्ता भएका श्रीमान् र देवरले घर आउने दिनमा पावौबाट ऋषिकेश जाने बसमा आउँदै गरेको बताउनुभएको थियो। त्यो खबर आएको तीन घण्टापछि दाजुभाइ नै सम्पर्कविहीन हुनुभयो’ उनले भनिन्। बेपत्ता दाजुभाइको खोजी गरिदिनका लागि पीडित परिवारले स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारलाई समेत आग्रह गर्दै आएका छन्। घर खर्च धान्नकै लागि रावत दाजुभाइ…

Read More

दार्चुला: दार्चुलामा मृत चितुवा फेला परेको छ। जिल्लाको लेकमगाउँपालिका -१ दानुगाड खोला किनारमा चितुवा मृत फेला परेको हो। अहिले उक्त चितुवाबारे अनुसन्धान भइरहेको बताइएको छ।

Read More