स्याङजा: स्याङजाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। गएराति पुतलीबजार नगरपालिका १० सिद्धार्थ राजमार्गको राङ्खोलाबाट स्याङ्जा बजारतर्फ आउँदै गरेको बा १५ च १७०९ नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा स्कारपियोमा सवार गिरीको मृत्यु भएको हो। चापाकोट नगरपालिका ४ दार्सिङ घर भएका पूर्वमेयर गिरी सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका थिएम। उनको उपचारका क्रममा जिल्ला अस्पताल स्याङ्जामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारि रविन्द्र खनालले जानकारी दिए। स्कार्पियो चालक पुतलीबजार नगरपालिका ९ कोल्माका ३२ वर्षीय सुरज नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Author: महेन्द्रनगर पोष्ट
डडेल्धुरा: डडेल्धुराको महाभारत क्षेत्रलाई प्रदेश संरक्षण क्षेत्र घोषणा गरिने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो योजना सुनाएका हुन्। ‘डडेल्धुराको महाभारत र अछामको रामारोशन क्षेत्रलाई प्रदेश संरक्षण क्षेत्र घोषणा गरी एकीकृत संरक्षण तथा विकास योजना तयार पारिनेछ,’ उनले भने। उनका अनुसार महाभारत क्षेत्रमा पर्यटकीय पूर्वाधार तयार पारी पर्यापर्यटनलाई प्रवद्र्धन गरिने छ। त्यसका लागि आवश्यक बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री शाहीले बताए।
काठमाडौँ: हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशसहित बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
कञ्चनपुर: बझाङबाट महेन्द्रनगरका लागि हिंडेको बस दुर्घटना हुनबाट बालबाल बचेको छ। महाकाली यातायात समितिको बस साइड दिने क्रममा ब्रेक प्रेसर पाइप फुट्दा ठूलो दुर्घटना हुनबाट जोगिएको हो। जयपृथ्वी राजमार्ग अन्तर्गत बित्थडचिर गाउँपालिका ८ स्थित मेल्थुम रिसोर्ट माथिको मोडमा दुर्घटनामा परेर सडक भित्तामा ठोक्किएको थियो। उकालो सडक चढ्ने क्रममा ब्रेकको प्रेसर पाइप फुटेर बस सडकको भित्तामा ठोकिएको अस्थाई ट्राफिक पोष्ट बाग्थलाले जनाएको छ। उक्त सुपप्र ०२ ००१ ख १००३ नम्बरको दिवा सेवाको बस दुर्घटनामा पर्दा ११ जना सामान्य घाइते भएका छन्। घाइतेहरुको देउलेख प्राथमिक स्वास्थ्य केन्द्र देउलेखमा उपचार भइरहेको छ। बसमा ३३ जना यात्रु रहेको जनाइएको छ।
कञ्चनपुरः कञ्चनपुरमा अनुमतिबिना औषधी पसल सञ्चालन रहेको पाइएको छ। अनाधिकृत रुपमा मेडिकल पसल सञ्चालन गरी औषधीहरु विक्री वितरण तथा उपचार समेत हुँदै आएको पाइएको छ। यसरी अवैधरुपमा औषधी बेच्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१३ बडैपुरमा मेडिकल पसलको अनुमति नलिई औषधी पसल संचालन तथा उपचार गर्ने ३५ वर्षीय शान्तिरजन बैरागी र भीमदत्त नगरपालिका–९ ब्रहमदेवमा मेडिकल पसल सञ्चालन गर्ने भारतको नोदिया पोष्ट ग्राम ईटापुकुरका ३९ वर्षीय गोकुल मण्डल रहेका छन्। उक्त विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
काठमाडौं: नेपालमा पहिलो पटक मंकिपक्स भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मंकिपक्स भाइरस (एमपक्स) संक्रमण देखिएको जानकारी दिए। ‘एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठमाडौंको अस्पतालमा परीक्षण भइरहेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘ती महिलाको शरीरबाट नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा परीक्षण गर्दा शुक्रबार एमपक्स संक्रमण पुष्टि भएको हो।’ मंकिपक्सका बारेमा थप खोज, अनुसन्धान तथा उपचार जारी रहेको जनाइएको छ। मंकिपक्स विश्वभरि हाल १११ देशमा फैलिसकेको छ। यो मंकिपक्स भाइरसबाट हुने एक किसिमको सरूवा रोग हो। यो रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्छ।
धनगढीः सुदूरपश्चिम सरकारले गोदावरी–अत्तरिया–धनगढी चौराह सडक खण्डमा मोनो रेलको सम्भाव्यता अध्ययन गर्ने भएको छ। आर्थिक वर्ष २०८०÷८१ को लागि बजेट ल्याउँदै आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले सार्वजनिक निजी क्षेत्र साझेदारीको अवधारणा अन्तर्गत मोनोरेल सेवाको सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरेको बताए। साथैै प्रदेश सरकारको बजेटमा बाजुराको ढम्कने–पाण्डुसैन सुरुङमार्ग अध्ययन गर्ने उल्लेख छ।
धनगढीः धनगढीको पशु सेवा तालिम केन्द्र प्रमुखले आफ्नी बुहारीलाई जागिर दिलाएका छन्। सुदूरपश्चिम सरकारको कृषि मन्त्रालय मातहतको केन्द्रका निमित्त प्रमुख चन्द्रकान्त पन्तले बुहारीलाई जागिर दिएका हुन्। उनले २०७९ साउन १ गते आफ्नी बुहारी बिन्दु भट्टलाई कम्प्युटर अपरेटर पदमा नियुक्त गरेको खुलेको छ। पन्तले सहायक चौथो पदमा बुहारीलाई सोझै नियुक्त गरेका हुन्। पन्तले भने बुहारीको योग्यता पुगेकाले करार नियुक्ति दिएको जनाएका छन्। मासिक २५ हजार तलब पाउने गरी उनकी बुहारी जागिर लागेकी हुन्। बुहारीको मात्रै निवेदन परेपछि नियुक्ति दिएको पन्तको दाबी छ।
काठमाडौं: राहदानी विभागले सेवाग्राहीलाई असार ३ गतेबाट ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयहरुले १० हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको उक्त राहदानी आगामी आइतबारबाट ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको हो। परराष्ट्रमन्त्री एनपी साउदले गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानी ३४ पृष्ठको राहदानीबराबरको मूल्यमा सेवाग्राहीलाई उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए। ‘जनतालाई असुविधा नहोस् र सुपथ मूल्यमा फ्रिक्वेन्ट फ्लायरले लिँदै आएको पासपोर्ट सर्वसाधारणलाई उपलब्ध गराउन निर्णय गरेका हौँ,’ उनले भने। यसअघि राहदानी विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट फ्रिक्वेन्ट फ्लायर (समय–समयमा विदेश गइरहने)लाई ६६ पृष्ठको राहदानी १० हजार रुपैयाँमा सेवाग्राहीलाई उपलब्ध…
काठमाडौं: झापामा सशस्त्र प्रहरीका हवल्दारसहित चार जनामाथि कुटपिट गरेको घटनामा प्रहरी निरीक्षक नमप्रभाव राईसहित तीन जनालाई निलम्बन गरिएको छ । सशस्त्र प्रहरी निरीक्षक राई र जवानहरू क्रमशः रामसुन्दर तामाङ र जीवन बाँस्तोलालाई निलम्बन गरिएको जानकारी सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिए। थापाका अनुसार निरीक्षक राईला गृह मन्त्रालय र दुई जवानलाई सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीले निलम्बन गरेको हो । उक्त घटनाको छानबिनको लागि सशस्त्र प्रहरी बल मुख्यालयका एआइजी चन्द्रप्रकाश गौतमको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो । सशस्त्र प्रहरी निरीक्षक राईसहितको टोलीले मेचीनगर नगरपालिका–४ नकलबन्दस्थित सीमा क्षेत्रमा खटिएका सशस्त्र हवल्दार…