Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: स्पा (मसाज सेन्टर) भन्ने बित्तिकै गलत रुपमा लिने बुझाईलाई परिवर्तन गर्दै व्यवसायी नरेन्द्र शाहले परोपकारी कार्य थालेका छन्। कैलाली, कञ्चनपुरसहित देश्का विभिन्न स्थानम स्पा सञ्चालन गर्दै आएका शाहले परोपकारी काम थालेका हुन्। शाहले स्पामार्फत रक्तदान लगायत अन्य सामाजिक गतिविधि थालेको बताए। उनका अनुसार सामाजिक रुपमा प्रभावकारी गतिविधि गर्ने क्रममा महेन्द्रनगरबाट रक्तदान थालिएको छ। अस्तिमात्र उनको कोहिनुर स्पाको आयोजनामा महेन्द्रनगरमा युवा व्यवसायीहरूले रक्तदान गरेका थिए। सो कार्यक्रम धनगढी लगायत अन्यत्र पनि गरिने उनको भनाई छ। जसमा महेन्द्रनगरको बर्गर हाउसले पनि सहकार्य गरेको छ। युवा व्यवसायीहरूले अबकाे व्यवसाय नाफामुखी मात्र नभई समाजिक सेवामुखी पनि हुनुपर्ने कुरामा जोड दिएका छन्।

Read More

काठमाडौं: रातो पासपोर्टबाट बन्चित हुँदै आएका सुरक्षाकर्मीले अब त्यस्तो सुविधा पाउने भएका छन्। सरकारले राहदानी नियमावली संशोधन गर्दै नेपाली सेनाका दुई तारे जर्नेलसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एआइजी दर्जाका कर्मचारीलाई समेत रातो पासपोर्ट दिने निर्णय गरेको हो। अस्ति आइतबारको क्याबिनेट बैठकले गरेको यो निर्णयपछि दुई दर्जन बढी जर्नेल, नेपाल प्रहरीका सात र सशस्त्रका तीन जना एआइजीले रातो पासपोर्टमा विदेश उड्न पाउने भएका छन्। एआइजीहरुले पहिलेबाटै पाउँदै आएको यो सुबिधा बीचमा काटिएको र अफिसियल राहदानी (नीलो पासपोर्ट) दिने गरिएको थियो।

Read More

बैतडी: दार्चुलाको छाङरुमा खानेपानी पुऱ्याउन प्राविधिक अध्ययन भएको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीको प्राविधिक टोली भारतको बाटो हुँदै स्थलगत अध्ययन सकेर फर्किएको हो। दार्चुलाको व्यास गाउँपालिका-१, छाङरुमा खानेपानी पुगाउनका लागि सम्भाव्यता अध्ययन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ। प्रदेश सरकारको आर्थिक सहयोगमा छाङरुमा रहेका करिब एक सय १० घरधुरीमा खानेपानी पुगाउने लक्ष्य रहेको छ। समुन्द्री सतहबाट ३ हजार २१५ मिटर उचाइमा रहेको छाङरुमा टिङ्कर खोलाको मुहानबाट सौर्य ऊर्जाबाट पानी तान्ने योजना अघि बढेको हो।

Read More

काठमाडौं: न्याय परिषद्ले उच्च र जिल्लाका अदालतका गरी १४ जना न्यायाधीशको सरुवा सिफारिस गरेको छ।  न्याय परिषद्को बिहीबार बसेको बैठकले उच्च अदालका ३ र जिल्ला अदालतका ११ गरी १४ न्यायाधीशको काज र सरुवा सिफारिस गरेको हो। उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेललाई उच्च अदालत बिराटनगरको इलाम इजलासमा काज सिफारिस गरिएको छ। त्यस्तै उच्च अदालत तुलसीपुरकी न्यायाधीश रेखा पाण्डेलाई उच्च अदाल बिराटनगरको इलाम इजलासमा काज सिफारिस गरिएको छ। उच्च अदालत सुर्खेत, जुम्ला इजलासका न्यायाधीश राजेन्द्र खरेललाई भने राष्ट्रिय न्यायिक प्रतिष्ठानमा कागजमा खटाउन सिफारिस भएको छ। सरुवा सिफारिस हुने जिल्ला न्यायाधीशहरुमा सोलुखुम्बु जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राई, जुम्ला जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवाल र काठमाडौँ…

Read More

कञ्चनपुर: प्रहरीले कञ्चनपुरबाट चरेससहित एक जनालाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–१७ मझगाउँबाट २ किलो चरेससहित भीमदत्त नगरपालिका–५ वनगाउँका पिउठ बोहरालाई पक्राउ गरिएको हो। बोहराले गाईगोठमा भुसाभित्र लुकाइराखेको अवस्थामा उक्त चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बोहराले चरेसको कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

Read More

धनगढी: कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेली पुलमा सुदूरपश्चिम प्रदेश ०१-०११ प ७८९७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर बुधबार पुलमा ठोक्किदा कैलारी गाउँपालिका ७ रतनपुरका ३४ वर्षीय मनोज चौधरीको मत्यु भएको हो। उनले आफैँ मोटरसाइकल चलाएका थिए। मोटरसाइकल पुलमा ठोक्किदा चौधरी गम्भिर घाइते भएका थिए। उनलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

धनगढीः अत्तरिया उद्योग वाणिज्य संघमा फेरि लफडा देखिएको छ। यस अगाडि प्रहरीसम्म पुगेको रडाको फेरि सुरु भएको हो। जहाँ १० जना पदाधिकारीले राजीनामा दिएका छन्। बुधवार संघका पदाधिकारीले पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा दिएका हुन्। राजीनामा दिनेमा संघका उद्योग उपाध्यक्ष दलबहादुर खड्का, वाणिज्य उपाध्यक्ष फागुराम चौधरी, वस्तुगत उपाध्यक्ष चेतराज पन्त, महासचिव शंकर खड्का, कोषाध्यक्ष हेम राज भण्डारी लगायतका पदाधिकारी छन्। पत्रकार सम्मेलनमा बोल्दै संघका उद्योग उपाध्यक्ष खड्काले अध्यक्ष कल्याण सिंह बोहराले महोत्सवमा नक्कली टिकट ठेली बराबरको बिगो रकम तिरेर माफी मागेपछि आफूहरूले माफी दिएको बताए। उनले अध्यक्षले गल्ती स्वीकार गरेर अदालतमा गएर मिलापत्र गरेको बताए। महासचिव शंकरबहादुर खड्काले अध्यक्षलाई आम माफी…

Read More

धनगढी: अछाममा कार्यरत एक प्रहरी कर्मचारीले राजीनामा दिएका छन्। मदिराकाण्डले विवाद आएपछि प्रहरी सहायक निरीक्षक (असई) महेश सिंह धामीले राजीनामा बुझाएका हुन्। यस अगाडि उनीमाथि आचरण विपरित काम गरेको भन्दै छानबिन पनि भएको थियो। त्यसपछि विवादमा तानिएका असई धामीले राजीनामा बुझाएका हुन्। जिल्लाको तुर्माखाद गाउँपालिका–१ रहफस्थित प्रहरी चौकीको इन्चार्ज रहेका बेला कुटाइ खाएपछि उनी विवादमा तानिएका थिए। गत कार्तिक १४ गते राति मदिरा सेवन गरेर एक्लै गाउँ पुगेका उनीमाथि देउसी भैलो टिमले कुटपिट गरेको थियो। उनको राजीनामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट केही दिन अघि स्वीकृत भइसकेको बुझिएको छ।

Read More

धनगढी: जिल्ला समन्वय समिति,कैलालीको प्रमुखमा नेपाली काँग्रेसकी टिकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट उम्मेदवार बनेकी रुपमति डङ्गोरा थारुले उम्मेदवारी फिर्ता लिनासाथ उनी निर्विरोध निर्वाचित भएकी हुन्।  नाउपाका नेता लक्ष्मण किशोर चौधरी, टीकापुर नगरपालिकाका मेयर रामलाल डङ्गौरा थारु,काँग्रेस कैलाली जिल्ला सभापति नारायणदत्त भट्टलगायतको उपस्थितिमा रुपमतिले उम्मेदवारी फिर्ता लिएको काँग्रेस जिल्ला सचिव केशव मिश्रले बताए। ‘उनले उम्मेदवारी फिर्ता लिएसँगै टिकाकुमारी जिसस प्रमुखमा निर्विरोध निर्वाचित भइन्’,उनले भने।  टिकाकुमारी काँग्रेसबाट कैलारी गाउँपालिका र रुपमति नाउपाबाट टीकापुर नगरपालिकाको वडासदस्य हुन्।

Read More

धनगढी: धनगढीमा ६ ग्राम ३१ मिलिग्राम लागु औषध (खैरो हेरोईन) सहित १ जना पक्राउ परेका छन्। आज बुधबार धनगढी उप-महानगरपालिका वडा नं. ०३ त्रिनगर ब्यारेल नजिक वडा प्रहरी कार्यालय धनगढीबाट इन्सपेक्टर योगेश खत्रीको कमाण्डमा खटिगएको प्रहरी टोलीले उनलाई समातेको हो। प्रहरीका अनुसार समातिनेमा जिल्ला डोटी दिपायल सिलगढी नगरपालिका वडा नं. ०६ घर भई हाल धनगढी उप-महानगरपालिका वडा नं. ०१ त्रिवेणी चोक कोठा गरी बस्ने वर्ष १८ को अनुरोध श्रेष्ठ रहेका छन्। उनलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ६०१ मिलिग्राम लागु औषध (खैरो हेरोईन) फेलापारी बरामद गरिएको प्रहरीले जनाएको छ। उनले सो ड्र्ग्स साबुनभित्र लुकाई-छिपाई राखेको प्रहरीको भनाई छ। अहिले…

Read More