Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले अहिलेसम्म नगरको प्रवक्ता तोकेका छैनन्। स्थानीय निर्वाचन भएर नयाँ जनप्रतिनिधि आएको एक वर्षबढी भैसक्दा पनि उनले प्रवक्ता नतोकेका हुन्। यस विषयमा बुझ्दा मेयर हमालले आफूबाहेकका जनप्रतिनिधि पार्टीका मान्छे भएको भन्दै प्रवक्ता नतोकेको बताए। धनगढीमा आयोजित एक कार्यक्रममा आज (बुधबार) उनले यस्तो बताएका हुन्। उनले भने, ‘प्रवक्ता पार्टीको मान्छे भएर नराखेको हो। मैले पार्टीको मान्छेलाई डिक्टेड त गर्न सक्दैन नि!’ पार्टीका मान्छे वडाअध्यक्ष भएकै कारण प्रवक्ता नतोकिएको उनको भनाइ छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीका नगरप्रमुख (मेयर) गोपाल हमाल (गोपी)ले सहरक्षेत्रमा शौचालयको अभाव रहेको बताएका छन्। आज (बुधबार) धनगढीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले हालै आफूलाई एक पत्रकारले धनगढीमा कति शौचालय छन् ? भनेर प्रश्न गर्दा यति छन् भनेर भन्न नै लाज लागेको दाबी गरे। मेयर हमालले भने, ‘हाम्रो धनगढीमा जम्मा ६ वटा शौचालय छन्। कसैले सोध्यो भने भन्न पनि लाज लाग्छ।’यस्तै धनगढीमा शौचालयका लागि ठाउँ नपाउदा निर्माणमा समस्या भएको उनले बताए। यो समस्या समाधानका सम्पूर्ण सरकारी कार्यालयलाई पत्र नै काटेर शौचालय बनाउनका पहल थालिएको हमालले जनाए।

Read More

झापा : झापाको गौरीगञ्जमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका ६ स्थित खजुरगाछी कन्चिरा निवासी परसदिया सरदारका १३ वर्षीय छोरा विजय सरदार रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बुधबार बिहान स्थानीय मोहम्मद आसामुदिन मियाको खेतमा  बीउ उखेल्न गएको बेला उनीहरूमाथि चट्याङ परेको थियो। घाइतेहरूको नाम नखुले पनि उनीहरू स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Read More

डडेल्धुरा: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछाने डडेल्धुरा आइपुगेका छन्। पार्टीले पहिलोपटक डडेल्धुरामा आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न उनी डडेल्धुरा पुगेका हुन्। रास्वपाले भोलि असार २१ गते जिल्ला सदरमुकामको बसपार्कमा जनसभा आयोजना गर्ने भएको छ।

Read More

डोटी: डोटीको सिलगढी- झिग्राना सडक कालोपत्रे गरेको एक वर्षमै भत्किएको छ।  सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तडलाई केन्द्रबिन्दु बनाएर निर्माण गरिएको सडक भत्किन थालेको हो। यो सडकको निर्माण कार्य सुदूरपश्चिम प्रदेश सरकारको ४० करोड बजेटमा सम्पन्न भएको थियो। चन्द्र एण्ड बसन्त (सिएबी) कन्स्ट्रक्सन निर्माण कम्पनीले २०७९ असार मसान्तमा पूर्वाधार विकास कार्यालय डडेल्धुरालाई उक्त सडक निर्माण गरेर हस्तान्तरण गरेको थियो। हस्तान्तरण गरेको एक वर्षमै धेरै ठाउँमा पानीले कालोपत्रे बगाएको छ भने धेरै ठाउँमा लगाइएको ग्याविन जाली पहिरोले बगाएको छ।  सडक खण्डको नाली भत्किएपछि पानी सडकमै बग्दा कालोपत्रे बगेको स्थानीयले बताएका छन्। निर्माण व्यवसायीले कमसल सामग्री प्रयोग गरेका कारण सडक भत्किएको स्थानीय…

Read More

इटहरी : इटहरी मुख्य चोकमा टिपरको ठक्करमा परी एकै परिवारको दुई जनाको मृत्यु भएको छ। टिपरको ठक्करले मंगलबार दिउँसो करिब ३:४५ मा स्कुटरमा सवार परिवारका आमाछोरीकै मृत्यु भएको हो। मृत्युु हुनेमा ३९ वर्षीया आमा सरिता चौधरी र २० वर्षीया अंशु चौधरीको छन्। पश्चिमबाट पूर्व जाँदै गरेको ना १ क ९१०७ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको थियो। ठक्करबाट आमा सरिता चौधरीको धरानस्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याउना साथ मृत्यु भएको थियो। भने, छोरी अंशुको उपचारका क्रममा बिराट मेडिकल कलेज बिराटनगरमा मृत्यु भएको हो। घटनापछि आक्रोशित आफन्त र स्थानीयले ढुङ्गामुढा गरेका थिए। ढुङ्गामुढा प्रहार गर्दा इलाका प्रहरी कार्यालयका डिएसपी माधब काफ्लेसहित…

Read More

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा निकाल्ने तयारी गरेको छ । त्यसका लागि अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ । एसईई को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरिने भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले शुक्रबारसम्ममा नतिजा प्रकाशित गर्ने तयारी रहेको जानकारी दिए । उनले पुरानै पाठ्यक्रम अनुसार पढाइ भएकाले पुरानै ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्ने निर्णय भएको समेत जानकारी दिए । परीक्षाफल प्रकाशितको तयारीसँगै बोर्डले आज एक सूचना जारी गरी नतिजा हेर्नका लागि विभिन्न माध्यम प्रयोग गर्न सकिने उल्लेख गरेको छ । बोर्डका अनुसार एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ। नजिता हेर्नका लागि नेपाल टेलिकमको १६०० मा…

Read More

बैतडी: बैतडीमा पत्रकारिता गर्दै आइरहेका सुरज महरा अस्ताएका छन्। जिल्लाको पाटन नगरपालिका- ४ का उनको काठमाडौंमा हिजो निधन भएको हो। सुरज विगत केही महिनादेखि छाला सम्बन्धी रोगबाट पीडित थिए। २ महिनादेखि काठमाडौंमा उपचार गराइरेका उनको एक्कसी हिजो मृत्यु भएको सहकर्मी मनमोहन विस्टले बताए। उमेर १८ कटेका उनी ‘खबरथली’ नामक अनलाइन सञ्चारमाध्यम चलाइरहेका थिए। महरा कृष्ण मावि पाटनकाे डिप्लाेमा तह पाचाैं सेमेष्टरमा अध्ययनरत थिए।

Read More

डडेल्धुरा: अस्ति डडेल्धुरा सदरमुकाम बागबजारमा एक जीप दुर्घटना भयो। उक्त जीपमा सवार सबैले लागुऔषध(ब्राउन सुगर) प्रयोग गरेको अनुसन्धानबाट खुल्यो। सोही कारण जीप अनियन्त्रित भएर सडकबाहिर गएको जीपमा लगाइएको सीसीटिभी क्यामेराले पोल खोल्यो। उक्त सीसीटीभी फुटेज हेरेपछि बागबजारका स्थानीय युवाले अभियान थाले, ती सबैलाई समात्ने अनि प्रहरीलाई बुझाउने। उक्त अभियान अन्तर्गत सुरुमै डडेल्धुरामा ब्राउन सुगर ‘सप्लाई’ गर्ने विस्ट थरका एक युवकलाई समातियो। युवाहरुले उनलाई सामान्य सोधपुछ गरेपछि शुक्रबार जिल्ला प्रहरी कार्यालयलाई बुझाइएको आदर्श युवा क्लबका अध्यक्ष आशिष बोहराले बताए। ‘हामीले बुझाएको केही बेरमा प्रहरीले उनलाई छाडेको थियो। हामीले उक्त सीसीटिभी फुटेज प्रहरीलाई दिएका थियौं। तर, प्रहरीले खानतलासी गर्दा केही नभेटेपछि उनलाई…

Read More

कैलाली: कैलालीको भजनी नगरपालिका–१ मा सामुदायिक चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरिएको छ । गौशाला बनेपछि चौपायाको सास्ती खेप्दै आएका किसानलाई राहत भएको छ । किसानलाई खेती जोगिँदा राहत भए पनि व्यवस्थापन गरिएको भनिएका चौपायालाई भने निकै सकस छ । खाने आहारा छैन, बस्नका लागि बर्सातको समयमा ओभानो ठाउँ छैन । गौशालाको सास्तीले चराउन लगेका कैयौं चौपाया गौशाला फर्किंदैनन् । भजनीकी मनसरा बोहरा चौपाया व्यवस्थापन भएदेखि त्यहाँ काम गर्दै आएका छन् । उनी गौशालामा चौपायाको मलमूत्र व्यवस्थापन गर्ने काम गर्छन् । २०७४ सालदेखि त्यहीँ काममा लागेकी बोहरालाई चौपायालाई पर्याप्त आहारा नहुँदा कहिलेकाहीँ निकै चिन्ता हुन्छ । ‘दैनिक साँझ–बिहान हामी गौशालामै…

Read More