Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : गृहमन्त्री रमेश लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका छन् । गृह मन्त्रालमा नेपालका लागि चीनका राजदूत चेन सङसँगको भेटमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सधैं सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने बताए। उनले नेपालको पूर्वधार विकासलगायतका क्षेत्रमा चीन महत्त्वपूर्ण विकास साझेदार रहेको बताए। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पूर्वाधार निर्माण र क्षमता विकासमा पुर्‍याएको सहयोगको लागि चीनलाई गृहमन्त्री लेखकले धन्यवाद दिए। गृहमन्त्री लेखकले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको र नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूको विरुद्धमा प्रयोग हुन नदिने बताए। राजदूत सोङले नेपाली…

Read More

काठमाडौं : सर्वोच्च अदालतमा महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। अदालत परिसरभित्रै प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक कानुन व्यवसायी (वकिल)लाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ११ माइतीघर मण्डलास्थित लिंकन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरी रहेकी छन् । उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। सर्वोच्चका बेन्च सहायक देवीप्रसाद प्रधानसँग छत्रप्रसाद लुइँटेलको रिट निवेदनको फैसला भएको नक्कल लिने विषयमा विवाद भएको थियो। आपसी भनाभन हुँदा प्रहरी बोलाइएको थियो। प्रहरीले सोधपुछ गर्न खोज्दा वकिल चौधरीले महिला प्रहरी कर्मचारीमाथि हात हालेकी थिइन् ।…

Read More

काठमाडौं : नेपाल प्रहरीको कल्याणकारी कोषमा चार अर्ब ७० करोड ३० लाख रुपैयाँ जम्मा भएको छ । प्रहरीका बहालवाला तथा पूर्वकर्मचारी र तिनका परिवारको स्वास्थ्य, शिक्षा, सहुलियत कर्जा, अनुदान लगायतका काम गर्ने उद्देश्यले स्थापित कोषको रकम आर्थिक वर्ष २०८०/८१ मा झण्डै पौने पाँच अर्ब पुगेको हो । आर्थिक वर्ष २०७९/८० मा कल्याणकारी कोषको रकम चार अर्ब २१ करोड ७० लाख रुपैयाँ थियो । केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार प्रहरी र आश्रित परिवारका लागि लक्षित गरेर विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले २०५२ सालमा कल्याणकारी कोष स्थापना भएको थियो । नेपाली सेना र सशस्त्र प्रहरी बलमा पनि यस्तै किमिसको कल्याणकारी…

Read More

धनगढी: बैतडीमा एक युवती मृत फेला परेकी छन्। जिल्लाको मेलौली नगरपालिका-७ काँडा बस्ने २१ वर्षीया सरस्वती भट्ट आज (आइतबार) मृत फेला परेकी हुन्। मेलौली प्रहरीका इन्चार्ज सई नरेश चन्दका अनुसार भट्ट आफ्नै घर नजिकैको मकैबारीमा रहेको तिमलाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। मृतक भट्ट मणिलेक माविमा ब्याचुलर तेस्रो वर्षमा अध्ययनरत थिइन्। उनले प्रेम सम्बन्धका कारण गलत निर्णय लिएको हुनसक्ने बुझिएको छ। हिजोमात्रै सोही पालिकाको वडा नम्बर ५ मा खलिगाडमा विवाहित युवती लक्ष्मी पार्की पनि मृत फेला परेकी थिइन्। उनी घरदेखि ३ सय मिटरको दुरीमा झुन्डिएको अवस्थामा फेला परेको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ निवासी ४२ वर्षीय सुस्मा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार साउन ४ गते भरतपुर महानगरपालिका(२ बाइपास रोडमा पैदलयात्री श्रेष्ठलाई ना२१प १७१५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार सूर्य न्यौपाने सवार मोटर साइकलले महिलालाई ठक्कर दिएको थियो। उनको उपचारका क्रममा आज चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रण छन्।

Read More

धनगढी : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा कमलवहादुर शाहलाई नै मुख्यमन्त्री बनाउने भएको छ। यसअघि नेकपा माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्तीको सर्मथनमा १४ महिना सुदूरपश्चिम सरकारको नेतृत्व गरेका शाहले फेरि मुख्यमन्त्रीको जिम्मेवारी पाउने भएका हुन्। नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका शाहले केन्द्रमा नेकपा एमाले र माओवादी, रास्वपा लगायतका दलको नयाँ समीकरण बनेपछि गत चैत २२ गते राजिनामा दिएका थिए। मुख्यमन्त्री शाह २०७९ माघ २६ गते सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। केन्द्रमा नयाँ समिकरणपछि सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता दीर्घवहादुर सोडारी वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए। एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, एकीकृत समाजवादी र…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा अध्यादेशमार्फत बजेट ल्याउने सोडारी सरकारको तयारीमा ब्रेक लागेको छ । प्रदेशसभा सचिवालयले मंगलबार २ बजेको लागि प्रदेशसभा बैठक आह्वान गरेको सूचना प्रकाशित गरेपछि सरकारले तयारी गरेको अध्यादेश अब थन्किने भएको छ । असार १ गते आएको बजेट असार मसान्तसम्म पनि पारित नभएपछि सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको थियो । २० गते एमालेले समर्थन फिर्ता लिएर तीन मन्त्रीले राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको थियो । अल्पमतको सरकारले बजेट ल्याउँदा पारित नहुने भएपछि मुख्यमन्त्री सोडारीले ३० गतेसम्म कुनै तयारी गरेनन् । त्यसलगत्तै सरकार बेखर्ची भएपछि अध्यादेशमार्फत बजेट ल्याउन प्रदेश सभाको बैठक अन्य गर्न प्रदेश प्रमुख नजिर…

Read More

काठमाडौं : चिनियाँ जनमुक्ति सेनाको स्थापना दिवस काठमाडौंमा मनाइएको छ । चिनियाँ दूतावासले र्याडिसन होटलमा विशेष कार्यक्रमका साथ मनाएको ९७ औं वार्षिकोत्सवमा प्रधानसेनापति प्रभुराम शर्मा प्रमुख अतिथि र गृहसचिव एकनारायण अर्याल,नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरु,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख,भावी प्रधान सेनापति अशोक सिग्देललगायत उच्चपदस्थ सरकारी अधिकारीहरुको उपस्थिति थियो । सम्भवतस् पहिलोपटक यति ठूलो संख्यामा भूतपूर्व जर्नेलहरुको समेत सो कार्यक्रममा सहभागिता देखिन्थ्यो । काठमाडौंस्थित विभिन्न मुलुकका राजदूत,कूटनीतिक नियोगका प्रतिनिधि,बेलायत, अमेरिकालगायत मुलुकका सैनिक सहचारी,विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित ब्यक्तित्व,पत्रकार,राजनीतिज्ञलगायत सो कार्यक्रममा सहभागी थिए ।

Read More

काठमाडौं : नेपाल प्रहरीका एकजना प्रहरी नायव निरीक्षकलाई वरिष्ठ नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको छ । आइतबार बसेको बढुवा समितिले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फका सई बद्रि नारायण माझीलाई वरिष्ठ सईमा बढुवा सिफारिस गरिएको हो । प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार उनलाई वरिष्ठ सईमा बढुवा सिफारिस गरिएको सम्बन्धित सबैको जानकारीका लागि यो सूची प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनी नेपाल प्रहरी अस्पताल रेडियोलो टेक्नोलोजी शाखा महाराजगंज काठमाडौंमा कार्यरत छन् ।

Read More

काठमाडौं : नेपाल प्रहरीका एसएसपीसहित १० ‘सिनियर’ प्रहरी अधिकृत कारबाहीमा परेका छन् । प्रहरी मुख्यालयका आइतबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीका अनुसार एक वर्षमा एकजना एसएसपी, एक एसपी, दुई डीएसपी र ६ प्रहरी निरीक्षक कारबाहीमा परेका हुन् । अन्य जुनियर प्रहरी अधिकारी र प्रहरी जवान छन् । प्रहरी कर्मचारीविरुद्ध गएको आर्थिक वर्षमा ६७० उजुरी परेका थिए । उजुरी आएका प्रहरी अधिकारीमाथि छानबिन गरेर विभागीय कारबाही भएको डीआईजी कार्कीले जानकारी दिए ।

Read More