धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले कैलाली कारागारको अवस्था नाजुक रहेको बताएका छन्। सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन्। उनले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कारागारमा समस्या रहेको बताए। जसका कारण प्रहरी, प्रशासनमाथि समेत बेलाबखतमा प्रश्न सिर्जना हुने गरेको उनको जिकिर छ। यस्तै कारागारभित्र कैदीलाई सुत्नै समेत ठाउँ नभएको उनको दाबी छ। सो समस्या समाधानका लागि सबै सरोकारवाला लाग्नुपर्ने उनको भनाई छ।
Author: महेन्द्रनगर पोष्ट
दार्चुला: सोमबार रातिको वर्षाका कारण महाकाली लोकमार्गको खलंगा–गोकुलेश्वर सडक खण्ड अवरुद्ध भएको छ। रातिको वर्षाले सडक माथिबाट पहिरो खसेपछि मंगलबार बिहानैबाट उक्त सडक खण्डको पनेबाजदेखि ऐरिछानासम्मको सडक अवरुद्ध भएको हो। प्रहरीका अनुसार उक्त सडक खण्डको विभिन्न स्थानमा सडकमा पहिरो थुप्रिएपछि यातायात सेवा ठप्प भएको छ। पहिराको कारण मंगलबार जिल्लाबाट बाहिरिने र भित्रिने यातायातका साधनहरु सडकमै रोकिएका छन्।
धनगढीः कैलालीका एक युवकको दार्चुलामा मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका—४ अतरियाका २६ वर्षीय सचिन बस्नेतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। मालिकार्जुन बेतालेश्वर सुनचाँदी पसलमा कारीगरको रुपमा काम गर्ने बस्नेतको गोकुलेश्वर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए। सोमवार विहान उनी आफनै कोठामा बेहोस अवस्थामा फेला परेका थिए। उनी दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्वर—९ गोकुलेश्वर बजारमा डेरा गरी बस्दै आएका थिए। घटना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
बारा: बोक्सीको आरोपमा बाराको पचरौता नगरपालिका–२ श्रीनगर बैरियामा एकल महिलामाथि निर्धात रूपमा कुटपिट गरी कपाल मुण्डनसमेत गरिएको छ। स्थानीय भोला मिया अन्सारी, ओजिर मिया अन्सारी र भोलकी श्रीमतीले छिमेककी ५६ वर्षीया हिरवादेवी लोहारिनलाई बोक्सी आरोपमा आइतबार राति घरमै पुगेर कुटपिटसहित दुव्र्यवहार गरेका हुन्. बोक्सी आरोपमा महिलामाथि कुटपिट हुँदै गरेको खबर पाएपछि गाउँकै प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजीव सिंहको टोली पुगेर भोलालाई नियन्त्रणमा लिएको वडा अध्यक्ष मनोज यादवले बताए। अर्का आरोपित ओजिर र भोलाकी श्रीमती भने फरार बनेका छन्। कुटपिटबाट लोहारिनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। हाल उनको कलैयास्थित राजलक्ष्मी अस्पतालमा उपचार भइरहेको छ।
धनगढी: परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण आगामी भदौ (सेप्टेम्बर) मा हुने बताएका छन्। हिजो धनगढीमा नेपाल प्रेस कैलालीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्रीको चीन भ्रमणबाट सकारात्मक फाइदा लिनुपर्ने धारणा राखे। उनले भने, ‘चीनको विकासको छलाङबाट हामीले सकारात्मक फाइदा लिनुपर्छ।’ मन्त्री साउदले यसअघि प्रधानमन्त्रीको भारत भ्रमणका बेला भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सहमति हुनु ऐतिहासिक उपलब्धि भएको बताए। बिजुलीको बजार उपलब्ध भएको र अब त्यस अनुसारको काम गर्न सक्नुपर्ने उनले बताए। उनले बङ्गलादेशमा पनि ५० मेगावाट बिजुली बेच्ने सहमति हुनु सकारात्मक उपलब्धि भएको बताए। उनले भारतले चाँडै छोटो एयर रुट दिन सहमति…
कैलाली: कैलालीको जोशीपुर गाउँपालिका-३ फाडियास्थित सरस्वती मावि लक्कड-मनिकापुरमा प्रधानाध्यापक को बन्ने विषयमा विवाद भइरहेको छ। विद्यालयका प्रधानाध्यापक मोहनलाल कुस्मी केही समय पहिले सेवा निवृत्त भएपछि विवाद भएको हो। उनी विद्यालयकै शिक्षक धनबहादुर चौधरीलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएर सेवाबाट बिदा लिएका थिए। तर, जुनियरले जिम्मेवारी पाएको भन्दै विद्यालयका शिक्षकहरूले नै असन्तुष्टि जनाए। उनीहरूले धनबहादुरको स्थानमा विश्वनाथ शाहले जिम्मेवारी पाउनुपर्ने भन्दै विवाद गरे। विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कैलाश डगौराले पनि उनीहरूकै पक्ष लिएका छन्। त्यस्तै जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीले समेत अनावश्यक हस्तक्षेप गरेको डगौराले बताए। उनले सादा पानामा हस्ताक्षर गरेर धनबहादुरका नाममा सहमति जनाउन दबाव दिएको बताइएको छ। उनी भन्छन्, ‘उहाँले…
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा चट्याङ्ग सहितभारी वर्षाको समेत सम्भावना रहेको छ। राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना…
धनगढी: गायक प्रमोद खरेल नसर्ने रोग तथा लागुऔषध नियन्त्रण अभियान तथा स्वास्थ्य प्रबर्द्धनको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका छन्। आज (सोमबार) प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रले उनलाई एम्बेस्डरमा नियुक्त गरेको हो। केन्द्रका प्रमुख हेमराज खड्काले खरेललाई नियुक्त गरिएको जानकारी दिए।
सरकारी मुखपत्रको रुपमा रहेको नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभ्ने विधेयक संसदको दुवै सदनबाट पारित भइसकेको छ । यही बेला नेपाल टेलिभिजनमा करारका पत्रकारले सिंहदरबारस्थित समाचार कक्षमै पुगेर आक्रमण गर्न खोज्दा स्थायी र वरिष्ठ पत्रकार ज्यान जोगाइपाऊँ भन्दै निवेदन हाल्न बाध्य भएका छन् । रेडियोमा साताैँ तहको निवृत्तिभरणप्राप्त कर्मचारी समीरजंग शाह अहिले टेलिभिजनमा तेह्रौं तहको कार्यकारी अध्यक्ष छन् । कांग्रेस सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पहिले रेडियो नेपाल र पछि टेलिभिजनमा भर्ती गरेका हुन् । उनी आएपछि २५ करोड आम्दानी घटेको हिसाब लेखा शाखाले निकालेको छ । समीरले ३१ जना पत्रकार र अरुलाई करारमा जागिर दिएका छन् ।…
जनकपुरधाम : जनकपुरधामकी एक महिलालाई आफ्नै परिवारका सदस्यले विष खुवाएर हत्या गर्ने प्रयास गरेको पाइएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ थापाचोक निवासी बेचन यादव र उनका परिवारका सदस्यले आफ्नी २१ वर्षीया बुहारी दुर्गादेवीलाई टिकटक बनाएको निहुँमा विष खुवाएर हत्या गर्ने प्रयास गरेको बताइएको छ । विष सेवन गरेको भनी असार १० गते राति २ बजेतिर दुर्गाका पति रामबाबु र देवर सुनिलले सिकिस्त अवस्थामा अस्पताल पुर्याएका थिए । तर, होसमा आएपछि दुर्गाले पत्रकार र मानव अधिकारकर्मीसमक्ष आफूलाई ससुराले कुटपिट गरी विष खुवाएको बताएकी छिन् । ससुराले टिकटक किन बनाइस् भन्ने निहुँमा पिठ्युँमा मुक्काले हिर्काएर कोठामा थुनेर कुटपिट गरेको बताउँदै दुर्गाले…