Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । आज साँझ सवा ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो । यसअघि प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट फर्किएको भोलिपल्टै जेठ २१ गते साँझ पनि विप्लवले भेटवार्ता गरेका थिए ।माओवादी केन्द्र र नेकपाबीच पार्टी एकताका लागि आन्तरिक छलफल भइरहेको भनिएका बेला विप्लव लगालग बालुवाटार पुग्नुलाई माओवादी वृत्तले चासोका साथ हेरेको छ ।

Read More

धनगढीः धनगढीको एक विद्यालयमा १२ जना विद्यार्थी मात्रै भर्ना भएका पाइएको छ । धनगढी उपमहानगरपालिका-१८ नुकलीपुरस्थित नेपाल भुपूसैनिक आधारभूत विद्यालयमा यो वर्ष १२ जना विद्यार्थी मात्रै भर्ना भएका पाइएको हो । गाउँ पनि सानो भएकाले विद्यार्थी संख्या कम रहेको बताइएको छ । कक्षा ३ सम्मको उक्त विद्यालयमा गत शैक्षिकसत्रसम्म तीन जना शिक्षक र एक जना कार्यालय सहयोगी रहेकोमा यो वर्ष एक जना शिक्षकको अन्तै सरुवा भएको छ । विद्यालयका प्रधानाध्यापक देवकी पन्त र जमुना न्यौपाने राहत शिक्षकको रुपमा कार्यरत छन् । विद्यालय अन्यत्र समायोजन भए राम्रो हुने उनीहरु बताउँछन् ।

Read More

अछाम: अछाममा पाँच दिनअघि सामाजिक सुरक्षा भत्ता लिन बैङ्क गएकी एक महिला मृत फेला परेकी छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी अन्दाजी ६१ वर्षीया कौशीलादेवी रावल मृत फेला परेकी हुन् । मध्य पहाडी सडक खण्डबाट करिब पाँच सय मिटर तल भिरमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घरबाट छोरासँग पाँच दिनअघि सामाजिक सुरक्षा भत्ता लिन विनायकमा रहेको माछापुच्छ्रे्र बैङ्क गएकी उनी बेपत्ता भएकी थिइन् । पारिवारिक स्रोतका अनुसार उनको मानसिक सन्तुलनमा केही समस्या रहेको र कान कम सुन्ने गर्थिन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

दार्चुला: दार्चुलाको मार्मा गाउँपालिका-३ अन्तर्गतको चिउरानी बिटुले सकड खण्डमा ट्याक्टर दुर्घटना भएको छ । लटिनाथबाट राष्ट्रिय प्रशारण लाइनको लागि बिजुलीका पोल ढुवानी गरेर आइरहेको से २ त १६८ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा चालक मिलन धामीसहित ट्याक्टरमा सवार तीन जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी: गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय कार्यान्वयन गर्न माग गर्दै नेकपा एमाले कैलालीले धनगढीमा प्रदर्शन गरेको छ । शुक्रवार साँझ एमाले जिल्ला कमिटिको कार्यालयदेखि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसम्म र्‍यालीसहित प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा मेडिकल माफियाको प्रभावमा परेर मन्त्रीपरिषद्को निर्णय विपरीत सरकारले गेटामा विश्वविद्यालयको सट्टा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको भन्दै सरकारविरुद्ध नाराबाजी गरिएको छ । गेटामा मेडिकल विश्वविद्यालय कायम नगरिएको खण्डमा थप आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिइएको छ । २९ माघमा सरकारले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । तर १५ जेठमा ल्याइएको…

Read More

धनगढीः कैलालीमा प्रदेशस्तरीय चेस (बुद्धिचाल) प्रतियोगिता हुने भएको छ । जिल्लाको गोदावरी नगरपालिका–४ बुढीतोलमा सुदूरपश्चिम प्रदेशस्तरीय चेस (बुद्धिचाल) प्रतियोगिता हुने भएको हो । गोदावरी नगरपालिका र सुदूरपश्चिम प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा पुरुष, महिला र विद्यार्थीका छुट्टाछुट्टै टीम सहभागी हुने सुदूरपश्चिम प्रदेश बुद्धिचाल संघका अध्यक्ष भीम पाण्डेले बताए । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेलाई १० हजार, द्धितीयलाई ७ हजार ५ सय, तृतीयलाई ५ हजार, चौथो र पाँचौलाई २/२ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ । त्यस्तै, महिलातर्फ प्रथमलाई ४ हजार, द्धितीयलाई २ हजार ५ सय र विद्यार्थीतर्फ प्रथमलाई ३ हजार र द्वितीयलाई २ हजार पुरस्कार दिइनेछ ।

Read More

बैतडी: बैतडीको तल्लोस्वराड क्षेत्रको व्यापारिक केन्द्रका रूपमा चिनिँदै आएको मेलौली बजार क्षेत्र अव्यवस्थित फोहोरका कारण दुर्गन्धित बन्दै गएको छ । तल्लोस्वराड क्षेत्रको प्रवेशद्वारका रूपमा समेत चिनिने मेलौली बजार क्षेत्रमा जथाभावी फालिएको फोहरले दुर्गन्धित बनेको हो । जताततै फालिएको फोहरले मेलौली बजारसँगै वसपार्क क्षेत्र दुर्गन्धित बनेको स्थानीय व्यवसायी मोहनसिंह नेगीले बताए । नगरपालिका कार्यालय जोड्ने बाटोसमेत पर्ने बजार क्षेत्रमा जथाभावी फालिएको फोहरका कारण कुरुप बन्दै गएको छ । जताततै फोहर थुपार्दा सास्ती भोग्नुपरेको स्थानीय देवबहादुर चन्दले बताए । उनले भने, “जततातै फालिएको फोहरले एकदमै सास्ती भइरहेको छ । सहजरूपमा हिँडडुल गर्न समस्या छ । दुर्गन्धले एकातिर हिँडडुल गर्न समस्या छ भने…

Read More

डडेल्धुरा: डडेल्धुराको साविकको अजयमेरु गाविसका पूर्वअध्यक्ष हिक्मत सिंह ऐरको निधन भएको छ । उनको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको बताइएको छ । उनी केही दिनदेखि बिरामी भएर अस्पताल भर्ना भएका थिए ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा घरको भित्ता फोडेर चोरी गरी फरार रहेका लालबहादुर ऐर ३१ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको साविकको झलारी गा.वि.स–५ का उनलाई घरको भित्ता फोरेर चोरेको आरोपमा जिल्ला अदालत कञ्चनपुरले २०४९ मंसिर ८ गते तीन दिन कैद तोकेको थियो । उनी आफ्नै घरमा लुकिछिपि रहेको अवस्थामा पक्राउ परेका हुन् । उनलाई आज कञ्चनपुर जिल्ला अदालतमा पेश गरी सजाय भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्हरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Read More

काठमाडौं : महिलाको चरित्र हत्या गरेको आरोपमा साइबर ब्युरोले एक जना महिलालाई पक्राउ गरेको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका-१३ गिजिनडाँडा बस्ने ४२ वर्षीया ज्ञानु थापालाई एक महिलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरिएको ब्युरो प्रवक्ता एसपी पशुपतिकुमार रायले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सहयोगमा प्रहरीले उनलाई गत बुधबार पक्राउ गरी काठमाडौं ल्याएको हो। प्रहरीका अनुसार उनीविरूद्ध एक महिला पीडितले जाहेरी दिएकी थिइन्। ‘ज्ञानुले आफ्ना श्रीमान र पीडित महिलाबीच कुराकानी भएको थाहा पाएकी रहेछन्। त्यसपछि पीडितको तस्बिर/भिडिओ आफूले लिएर, फेसबुकमा नक्कली आइडी बनाएर पीडितकी भाउजूको फेसबुकमा ती तस्बिर/भिडिओ पठाएकी रहिछन्,’ प्रहरी स्रोतले भन्यो। स्रोतले थप्यो, ‘हामी पनि यो घटनामा सुरूमा अलमलिएका…

Read More