Author: महेन्द्रनगर पोष्ट

धनगढीः हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी , गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ। मधेस प्रदेशका धेरै भू–भागहरू र बाँकी तराईका थोरै स्थानहरूमा हावाहुरीकोसमेत सम्भावना रहेको छ। भारी वर्षा र मेघ–गर्जन र चट्याङका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू–क्षय तथा गेग्रान बहावको जोखिम र क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ।

Read More

धनगढी: काठमाडौँ महानगरपालिकाले सुदूरपश्चिम प्रदेश हाराहारीकै बजेट पेस गरेको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सुदूरपश्चिम प्रदेशले ल्याएको हाराहारीकै बजेट ल्याएको हो । आज असार १० गते आफ्नो बजेट पेस गर्दै संघीय राजधानी समेत रहेको महानगरले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । यो बजेट प्रदेशहरूमध्ये सबैभन्दा न्यून बजेट ल्याएको सुदूरपश्चिम प्रदेशकोभन्दा ३ अर्ब ७२ करोड मात्रै कम हो । यसअघि, असार १ गते सुदूरपश्चिम प्रदेशले २९ अर्ब २६ करोड रुपैयाँको बजेट पेस गरेको थियो । उक्त मितिमा सात वटै प्रदेशहरूले आफ्नो बजेट पेस गरेका थिए । र, ७ प्रदेशमध्ये सबैभन्दा न्यून बजेट ल्याउनेको सूचीमा…

Read More

धनगढी: नेपाली सेनाका पूर्व ११ जना उपरथीहरु राष्ट्रिय प्रजातन्त्र पार्टीको सल्लाहकार समितिमा मनोनीत भएका छन्। आज उनीहरु राप्रपाको केन्द्रीय सल्लाहकार समितिको सदस्यमा मनोनीत भएका हुन्। स्रोतका अनुसार यसरी मनोनीत हुनेहरुमा  नेपाली सेनाका अवकाश प्राप्त उपरथी र सहायक रथीहरु रहेका छन्। जसमा उपरथी गजेन्द्रबहादुर लिम्बू (अप्रा) ताप्लेजुङ, उपरथी नरबहादुर कंडेल (अप्रा) गुल्मी, उपरथी समीर शाही (अप्रा) नवलपरासी ( डोटी पुर्ख्यौली घर), उपरथी शशीचन्द्र बहादुर सिंह (अप्रा) काठमाडौं, उपरथी सुवर्णबहादुर शाह (अप्रा) दाङ्ग, उपरथी भरतबहादुर खडका (अप्रा) भक्तपुर, उपरथी कुबेर थापा (अप्रा) ललितपुर, उपरथी संजय थापा (काठमाडौं), सहायकरथी खड्ग मल्ल (अप्रा)म्याग्दी, सहायकरथी प्रकाश सिंह बोगटी (अप्रा) मोरङ्ग, प्रा.डा.उपरथी होमकुमार लावती (अप्रा) पाँचथर…

Read More

काठमाडौँ : माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले सरकारले आफ्नो मागलाई सम्बोधन नगरेको भन्दै आन्दोलनको घोषणा गरेको छ । हिस्टुनले शुक्रबार विज्ञप्ति जारी गर्दै पटक-पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेको भन्दै १८ बुँदे मागसहित असार १२ गतेदेखि १९ गतेसम्म आन्दोलन गर्ने जनाएको छ । उनीहरूले असार १२ गतेदेखि १९ गतेसम्म हाल देशभर भइरहेको कक्षा १२ को उत्तरपुस्तिका परीक्षण कार्य नगर्न र नगराउन राष्ट्रिय परीक्षा बोर्डलाई आवश्यक सहयोग गर्न पत्राचार गर्ने, यदि उत्तरपुस्तिका परीक्षण कार्य स्थगित नगरेमा यसबाट उत्पन्न हुने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी बोर्ड र सरकार हुने समेत चेतावनी दिएको छ । असार १६ गते विद्यालयको गुणस्तरीय शिक्षा एवं विद्यालयमा शिक्षक…

Read More

रौतहट : एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चा गठनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खुसी भएको बताएका छन् । गृहजिल्ला रौतहट आएका अध्यक्ष नेपालले गौर नगरपालिकाको आइतबार सुरु भएको १२औं नगर अधिवेशनको उद्घाटन समारोहमा बोल्दै समाजवादी मोर्चा देखेर देउवा खुसी भएको प्रतिक्रिया दिएका हुन् । कांग्रेस सभापति देउवाले समेत मोर्चाको विरोध गरेको भन्दै केही मिडियामा झुठो समाचार आएको उनको भनाइ थियो ।‘बाहिर मिडियामा झुठो प्रचार गरियो । सिँगापुर पुगेर देउवाले मोर्चा गठनको विरोध गरे भनेर प्रचार गरियो । यो सरासर गलत हो,’ उनले भने । यस क्रममा अध्यक्ष नेपालले अब हातमा हात मिलाएर अघि बढ्नु पर्ने…

Read More

धनगढी : लघुवित्तीय संस्थाबाट पीडित बनेकाहरुले भोलि सुदूरपश्चिम प्रदेश बन्दको आह्वान गरेका छन्। आफूहरुमाथि लगानीका नाममा चरम शोषण भएको बताउँदै संघर्ष समितिले विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। जसअन्तर्गत भोलि(असार ११ गते) सुदूरपश्चिम बन्द सफल पार्न उसले आग्रह गर्दै विज्ञप्ति जारी गरेको हो। लघु वित्तीय संस्थाहरुले चर्को चक्रवृद्धि ब्याजदर तथा पुर्नकर्जाको नाममा चर्को शुल्क असुल्ने गरेकाले आफूहरु विगत १६ महिनादेखि देशव्यापी रुपमा आन्दोलनरत रहेको समितिले जनाएको छ। यस्तो छ विज्ञप्ति

Read More

काठमाडौँ : पशुपतिनाथ मन्दिरको जलहरी जोख्नका लागि निकालिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिरमा पुगेपछि जलहरी बाहिर निकालेर जोख्न लागिएको हो । मन्दिरबाट निकालिएको जलहरीलाई सेतो कपडाले छोपेर मन्दिर परिसरमा लगिएको छ । अब त्यहीँ जोखिनेछ । करिव एक क्वीन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्रा टुक्रा पारेर मात्रै निकाल्न सकिन्छ । नापजाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले अस्थायी रूपमा सीसीटीभी क्यामरा जडान गरेको छ भने काठमाडौँ महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोली, पशुपति क्षेत्र विकास कोष र पुजारीहरूलाई राखिएको छ । जलहरी राख्न १०३ किलो सुन खरिद गरिए पनि ९३ किलोको मात्र जलहरी बनाइएको…

Read More

धनगढी: धनगढी बसपार्कमा तेस्रो लिङ्गी महिलाले लफडा मच्चाएर असईको सरुवा भएको भन्ने समाचारको मोनिका शाहीले खण्डन गरेकी छन्। तेस्रो लिङ्गी महिलाले बसपार्कमा लफडा मच्चाएर बृद्धामाथि कुटपिट गरेको भन्ने आरोपमा सत्यता नभएको भन्दै उनले समाचारप्रती ध्यानाकर्षण भएको बताएकी हुन्। बसपार्कमा बृद्धा महिलामाथि कुटपिट गरेको र लफडा मच्चाएको दाबीमा सत्यता नरहेको बताउदै शाहीले अस्थायी प्रहरी पोष्टका प्रहरीले अन्याय गरेपछि सुुदूरपश्चिमका डीआईजी भरत बोहरा र कैलालीका एसपी देवेन्द्र पाललाई गुुनासो गरेर असईको सरुवा आफैले गराएको दाबी गरिन्। ‘त्यो दिन बसपार्कको होटलमा दुई पक्षबीच मदिरा सेवन गरेर झगडा भइरहेका बेला मैले सम्झाइबुुझाई गर्दा उल्टै म माथि आक्रमण हुने अवस्था आएपछि प्रहरी पोष्टमा पुगेकी हुँ,’…

Read More

काठमाडौं : ललितपुर प्रहरीले अपार्टमेन्ट भाडामा लिएर चोरी गर्ने प्रेमी प्रेमिकालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार काठमाडौंको कलंकी नजिकै रहेको सोल्टी सिटी अपार्टमेन्टबाट काठमाडौं १ नक्सालका ३९ वर्षीय सुवोध श्रेष्ठ र उनकी प्रेमिका काठमाडौं १६ की १९ वर्षीया रोशनी महर्जनलाई पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय सामुन्नेबाट ल्यापटपहरू चोरी गरेको आरोपमा पक्राउ गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी शिद्धीबिक्रम शाहले जानकारी दिए । लिभिङ टुगेदर बस्ने गरेका उनीहरूले विभिन्न ठाउँमा चोरी गर्दै हिँडेको खुलेको छ । प्रहरीले उनीहरूबाट ११ वटा ल्यापटप, मोबाइल र अन्य आईटीका सामानहरू बरामद गरेको छ । श्रेष्ठ यसअघि समेत चोरी मुद्दामा जेल परेर छुटेको…

Read More

महेन्द्रनगर : कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। आज (आइतबार) दिउसो बर्दगोरिया गाउँपालिका–४ पुरैन तालमा करेन्ट लाग्दा सोहीँ ठाउँका ४५ वर्षीय प्रशादे साउदको मृत्यु भएको हो। प्रहरीका अनुसार छिमेकी मोहन बुचामगरको घरमा आएका बेला साउदलाई करेन्ट लागेको थियो। बुचामगरको टिनले छाएको कच्ची भान्सा घरमा तानिएको बिजुलीको तार सर्ट भएर साउदलाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएपछि साउदलाई घोडाघोडी अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो। ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको टोलीले घटनास्थलको सम्पूर्ण प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पत्ताल धनगढी पठाएको छ।

Read More