Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट संसद्मा प्रस्तुत गरिसकेको छ । आगामी आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घ सरकारबाट प्रदेश र स्थानीय तहका लागि कूल चार खर्ब आठ करोड ७० लाख विनियोजन भएको छ । जसमध्ये चालु शीर्षकमा रू तीन खर्ब ३६ अर्ब ६७ करोड १० लाख र पुँजीगततर्फ रू ६३ अर्ब ४१ करोड ६० लाख विनियोजन भएको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत प्रदेश र स्थानीय तहमा जाने रकममध्ये समानीकरण अनुदानतर्फ रू एक खर्ब ४६ अर्ब दुई करोड चार लाख, सशर्त अनुदानतर्फ रू दुई खर्ब २७ अर्ब ६१ करोड ४५ लाख, विशेष अनुदानतर्फ रू १३ अर्ब…

Read More

धनगढी: धनगढीमा राष्ट्रिय किशोर सञ्जाल नेपाल, राष्ट्रिय किशोरी सञ्जाल र सिविन नेपालको संयुक्त आयोजनामा भएको तीन दिने जीवनउपयोगी सीप तालिम सम्पन्न भएको छ । किशोर किशोरीहरूलाई आत्मजागरण, अनुभूति, अन्तर व्यक्ति सम्बन्ध, समालोचनात्मक सोचाइ, समस्या समाधानको सीप जस्ता जीवनोपयोगी सीप जरुरी रहेको र जीविकोपार्जनका लागि जीवनउपयोगी सीपको आवश्यकता पर्ने भएकोले सो तालिमको आयोजना गरेको बताइएको छ । उक्त तीन दिने तालिममा प्रमुख प्रशिक्षक बालिका दुलही होइनन्की राष्ट्रिय संयोजक तथा बाल अधिकारकर्मी निरिजना भट्ट थिइन् । तालिममा प्रदेशका विभिन्न जिल्लाका ३० जना किशोर किशोरीको सहभागिता रहेको थियो ।

Read More

सिन्धुली: मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका-७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी)का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो । जीपमा चार जना सवार रहेको र एक जना जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था अज्ञात रहेको उनले बताए । गाडीमा सवार रहेकाको पहिचान हुन सकेको छैन । बेपत्ताहरुको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको उनले जानकारी दिए । रासस

Read More

डोटी: डोटीको एक घरमा आगलागी भएको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–१ मडाका अम्मर बोहराको एकतले काठले बनेको जस्ता र खरले छाएको घरमा आगलागी भएको हो । घरमा कोही नभएको अवस्थामा बोहराकै बच्चाहरुले आगो खेल्दा घर आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट दुई लाख चार हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा बयलगाडाले च्यापियर नाबालकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका–५ रामनगरमा अमरसिंह चौधरीका दुई वर्षीय छोरा रेगमसिंह चौधरीको बयलगाडाले च्यापिएर मृत्यु भएको हो । प्रहरीका अनुसार आफ्नै घर आँगनमा राखिएको बयलगाडामा खेल्दा बयलगाडाको अगाडिको भाग उठ्न गई पछाडीको भागमुनी च्यापिएर रेगम घाइते भएका थिए । उनलाई उपचारका लागि धनगढीस्थित निर्सग अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलौरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Read More

काठमाडौँ: भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार मध्य प्रदेशको इन्दौर पुगेका छन् । प्रधानमन्त्री प्रचण्डलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका छन् । सो अवसरमा मुख्यमन्त्री चौहानले ढाका टोपी लगाएका थिए । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली इन्दौरबाट उज्जैनका लागि प्रस्थान गरेको छ । उज्जैन भारतको धेरै पुरानो सांस्कृतिक सहर हो। जहाँ राजा विक्रमादित्यले शासन गरेका थिए । उनै राजाले विक्रम सम्बत को सुरुवात गरेका थिए ।

Read More

काठमाडौँ: राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेलले बजेटमा अर्थतन्त्रको स्थितिलाई सम्बोधन गर्ने प्रयास गरिएको बताएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतबाट सङ्घीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटबारे सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै डा. कँडेलले उक्त बजेट विकासको मूल ‘ओरियन्टेसन’ मा गाँसिन र पुँजीगत खर्च वृद्धिमा ध्यान दिन असमर्थ रहने हो कि भन्ने चिन्ता व्यक्त गरे । रु तीन खर्ब दुई अर्बको पुँजीगत रकममा त्योभन्दा बढी ऋण रहेको स्थितिमा विकासको गन्तव्य र राजस्वका लक्ष्य हासिल गर्नु चुनौतीपूर्ण रहेको उनको भनाइ थियो । “ठेक्का प्रणालीमा सुधार ल्याउन कात्तिकभित्र ठेक्का लगाइसक्ने समयसीमा प्रस्ताव सकारात्मक हो तर यसको कार्यान्वयन हुने सम्भावना छैन ।…

Read More

नयाँ दिल्ली: भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन् । नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटिसी मौर्यमा आज बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उनले ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको बताए । नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलिमय पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका लागि दुई देशबीच विभिन्न समझदारी भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जलविद्युत् क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए । “जलविद्युत् क्षेत्रमा लगानीका लागि महत्वपूर्ण आधार तयार भएको छ”, उनले भने, “नेपालको विद्युत् बङ्गलादेशसम्म निर्यात गर्नका लागि महत्वपूर्ण सहमति भयो ।” महाकाली सन्धिअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बनाउने…

Read More

काठमाडौँ: आज सुनको मूल्य तोलामा एक लाख १३ हजार ३ सय रुपैयाँ पुगेको छ । यो हिजोको भन्दा तोलामा आठ सय रुपैयाँले धेरै हो । हिजो पनि तोलामा ५ सय रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार सुनको मूल्य अझै बढ्ने सम्भावना छ । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेको र सुनको आयातमा लाग्ने भन्सार दर समेत सरकारले बढाएकाले मूल्य अझै बढ्ने सम्भावना छ । आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर एक हजार चार सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

बैतडी: बैतडीको सुर्नया गाउँपालिका-५ को रडीगाउँमा लिफ्ट प्रणालीबाट खानेपानी पुगेको छ । गाउँपालिकाका इन्जिनियर कपिलदेव भट्टका अनुसार मुहानबाट झण्डै १८० मिटर उचाइमा रहेको गाउँमा आकुडी खोलाबाट खानेपानी पुर्याइएको हो । आकुडी खोला लिफ्ट खानेपानी योजनाबाट सुर्नया ५ को रडीगाउँ र धुलिधारमा खानेपानीको व्यवस्था गर्ने योजना रहेको छ । मुहानमा ३५ हजार लिटर क्षमताको ट्यांकी निर्माण गरिएको छ । गाउँपालिकाका सब इन्जिनियर शेरसिंह विष्टले रडीगाउँमा पनि ३५ हजार लिटर क्षमताकै ट्यांकी निर्माण गर्ने योजना रहेको बताए । सुदूरपश्चिम प्रदेश सरकार र सुर्नया गाउँपालिकाको संयुक्त लगानीमा सो खानेपानी योजना निर्माण भइरहेको हो । ४० लाखको लागतमा निर्माण भइरहेको योजना अन्तर्गत रडीगाउँका घरघरमा…

Read More