Author: महेन्द्रनगर पोष्ट

रुपन्देही: रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शुद्धोधन गाउँपालिका-५ मानपकडीका ६५ वर्षीय शिव भारती पक्राउ परेका हुन् । चकलेट खान दिने भनेर घरमा बोलाएका भारतीले ती बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । आइतवार जिल्ला प्रहरी कार्यालयमा ल्याइएका उनलाई जबर्जस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताए ।

Read More

बैतडी: बैतडीमा सहिद दशरथ चन्दको १२१ औँ जन्मजयन्ती मनाइएको छ । सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा उनको जन्मघर बस्कोटस्थित शालिकमा माल्यार्पण गरी जन्मजयन्ती मनाइएको हो । यस्तै, गढीस्थित शहीद चन्दको शालिकामा पनि जन्मजयन्तीको अवसरमा माल्यार्पण गरिएको थियो । दशरथ चन्दको जन्म वि. सं. १९६० असार १७ गते बैतडीको बस्कोटमा भएको थियो । पछिल्लो समयमा सहिद दशरथचन्द स्मृति प्रतिष्ठानले सहिद चन्दका बारेमा जानकारी दिनका लागि उनको जन्मघरलाई पाहुना घरको रुपमा विकास गरेको छ ।

Read More

काठमाडौँ: आज सुन र चाँदीको मूल्य बढेको छ । सुन तोलामा ५ सय र चाँदी १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो । सुन तोलामा एक लाख १० हजार एक सय रुपैयाँ र चाँदी तोलामा एक हजार तीन सय ७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

Read More

दार्चुला: दार्चुलास्थित शैल्यशिखर मालिकार्जुन धाममा आज पूजन जात्रा लाग्दैछ । हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन धाममा पूजन जात्रा लाग्ने गरेको छ । भगवान शिवको साक्षात स्वरुपको रुपमा मालिकार्जुन धाममा पूजाअर्चना गर्ने गरिन्छ । सोही अवसरमा आज जिल्लाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।

Read More

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ का ६५ जनालाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरिएको छ । नगरपालिकाले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय भूमि आयोग कञ्चनपुरले विगतका आयोग, समिति कार्यदलले बाँकी काम सम्पन्न गर्ने कार्यविधि, २०७८ बमोजिम तयार गरिएका जग्गाधनी पुर्जा वितरण गरिएका हुन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीको उपस्थितिमा जग्गाधनी पुर्जा वितरणकार्य गरिएको नगरप्रमुख हेमराज ओझाले बताए । “निर्वाचनका बेला नगरवासीलाई छिट्टै जग्गाधनी पुर्जा वितरण गर्ने प्रतिबद्धता गरेका थियौँ”, उनले भने, “प्रतिबद्धताअनुसार केही जग्गाधनी पुर्जा वितरणको कार्य गरिएको छ ।” भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीका लागि जग्गाधनी पुर्जा तयार गर्ने कार्य भइरहेको जानकारी दिँदै उनले राजस्व…

Read More

बाजुरा:  बाजुराको खप्तड छेडेदह गाउँपालिका–५, डोगडीका दुई दाजुभाइ भारतबाट नेपाल आउने क्रममा बेपत्ता भएका छन्। भारतको उत्तराखण्ड राज्यको पौडीपावौबाट घर फर्किंदै गरेका ४० वर्षीय अर्जुन रावत र ३४ वर्षीय टेकबहादुर रावत विगत एक महिनादेखि बेपत्ता भएका हुन्।  उनीहरु गत जेठ ३ बाट सम्पर्कविहीन भएको अर्जुनकी श्रीमती जाना रावतले बताइन्। ‘बेपत्ता भएका श्रीमान् र देवरले घर आउने दिनमा पावौबाट ऋषिकेश जाने बसमा आउँदै गरेको बताउनुभएको थियो। त्यो खबर आएको तीन घण्टापछि दाजुभाइ नै सम्पर्कविहीन हुनुभयो’ उनले भनिन्। बेपत्ता दाजुभाइको खोजी गरिदिनका लागि पीडित परिवारले स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारलाई समेत आग्रह गर्दै आएका छन्। घर खर्च धान्नकै लागि रावत दाजुभाइ…

Read More

दार्चुला: दार्चुलामा मृत चितुवा फेला परेको छ। जिल्लाको लेकमगाउँपालिका -१ दानुगाड खोला किनारमा चितुवा मृत फेला परेको हो। अहिले उक्त चितुवाबारे अनुसन्धान भइरहेको बताइएको छ।

Read More

धनगढीः कैलालीस्थित धनगढीबाट भन्सारछलीका सामानसहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचोकबाट भन्सारछलीका सामान सहित बैतडीको पुरचौडी नगरपालिका वडा नम्बर ७ का २१ वर्षीय लोकेन्द्र साउँद पक्राउ परेका हुन्। उनलाई कुर्ती, नल्काको वाल, खुद्रा सामानसहित प्रहरीले पक्राउ गरेको हो। २७ हजार मूल्य बराबरको सामानसहित साउँदलाई कैलाली र प्रहरी चौकी त्रिनगरको टोलीले पक्राउ गरेको हो।

Read More

धनगढीः कैलालीमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ५ अमैराबाट ब्राउन सुगरसहित २२ वर्षीय पुरन चौधरी र ३४ वर्षीय अनिल चौधरी पक्राउ परेका हुन्।  उनीहरुको साथबाट एक सय ६० मिलिग्राम ब्राउन सुगर फेला परेको छ। शनिवार साँझ इलाका प्रहरी कार्यालय टीकापुको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। 

Read More

बैतडी : दार्चुलाको मार्मामाबाट बुहारी भगाएको घटनामा प्रहरीले केही क्लू पाएको छ। मार्मा गाउँपालिका ४ घोडेधारका गोबिन्द विष्ट भतिजाकी श्रीमती लगेर फरार भएका थिए। दार्चुला प्रहरी स्रोतका अनुसार उनीहरु भारत भागेको बुझिएको छ। यो घटनामा प्रहरी अनुसन्धान तथा खोजतलास चलिरहेको जनाएको छ। नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर उनीहरूलाई खोजिरहेको जनाइएको छ। गोबिन्दले सोही ठाउँकी आफ्नै बुहारी नाता पर्ने जयन्ती विष्ट लगेर सम्पर्कविहिन भएका थिए। जेठ २८ गते माइत जान्छु भनेर गएकी श्रीमतीलाई काका लगेर फरार भएका जयन्तीका श्रीमान शंकर विष्टले बताए। ३ वर्षसम्म विदेशमा कमाएको धनमाल लगेर श्रीमती काकासँग भागेर गएपछि उनी प्रहरीसामु गएका थिए।घरमा जयन्तीका दुई छोरा छन्।…

Read More