Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियाबाट कृष्णपुर २ बंकका २० वर्षीय विवेक साउँद लागुऔषधसहित पक्राउ परेका हुन् । उनी ५० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका प्रहरीले जनाएको छ ।

Read More

बैतडी: बैतडीमा एकल महिलाहरुलाई बाख्रा वितरण गरिएको छ । जिल्लाको मेलौली नगरपालिका २ का १५ जना एकल महिलालाई बाख्रा वितरण गरिएको हो । उनीहरुलाई एक/एक बाख्रा वितरण गरिएको छ । आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले भेटेरेनरी तथा पशु सेवा विज्ञ केन्द्र पाटनको सहयोगमा बाख्रा वितरण गरिएको बताइएको छ । पशु सेवा विज्ञ केन्द्रले जिल्लाका प्रत्येक पालिकाका एक वडामा बाख्रा वितरण गर्दैछ ।

Read More

एजेन्सी: अफगानिस्तानको काबुलमा शव गाड्ने ठाउँको अभाव भएको छ । काबुल नगरपालिकाले सहरमा रहेका चिहानमा मृतकलाई गाड्ने ठाउँ नरहेको बताएको बीबीसी हिन्दीले जनाएको छ । नगरपालिकाले अब काबुलका नागरिकलाई मृतकलाई सहरबाहिर अर्को ठाउँमा लैजानुपर्ने बताएको छ । काबुल सहरमा तीन सयभन्दा बढी चिहान स्थल छन् । तर कैयौँ वर्षदेखि चल्दै आएका युद्धको कारण शव गाड्ने ठाउँ अभाव भएको खबरमा उल्लेख छ । सहरमा बढ्दो जनसङ्ख्या र अवैध बस्तीको निर्माणका कारण खाली ठाउँको अभाव भएकाले नयाँ चिहान निर्माण हुन सकेको छैन । काबुल नगरपालिकाले मानिसहरूलाई प्रयोग गर्न भनेको नयाँ चिहान सहरबाट धेरै टाढा भएकाले समस्या भएको स्थानीयको गुनासो छ ।

Read More

काठमाडौँ: सरकारले ट्याक्सीका रुपमा प्रयोग हुने सवारी साधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ‘ट्याक्सीका रुपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड, २०८०’को मस्यौदा जारी गरेको हो । विभागले उक्त मस्यौदाका सम्बन्धमा आगामी असार ४ गतेभित्र वस्तुपरक सल्लाह, सुझाव तथा राय९परामर्श इमेल तथा फेसबुक पेजमार्फत पठाउन अनुरोध गरेको छ । मस्यौदा अनुसार अब ट्याक्सीलाई साधारण (अर्डिनरी), विशेष (डिलक्स) र विशिष्ट (लक्जरी) गरी तीन भागमा वर्गीकरण गरिनेछ । विभागले ट्याक्सीको आकार, यान्त्रिक क्षमता तथा उपलब्ध सुविधाका हिसाबले वर्गीकरण गर्ने तयारी गरिएको हो । अर्डिनरी ट्याक्सी न्यूनतम आठ सय सिसी क्षमता वा सोभन्दा माथिको इञ्जिन…

Read More

काठमाडौँ: काठमाडौँमा जुवा खेलिरहेका एक दर्जन जुवाडे खालबाटै समातिएका छन् । शान्तिमार्गस्थित शेरबहादुर शेरचनको घरमा जुवा खेलिरहेको अवस्थामा उनको घरमा डेरा गरी बस्ने ५२ वर्षीय दिनेश शेरचनसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट १ लाख ६७ हजार रुपैयाँ नगद, १६ तासबुक, जुवा खेल्न प्रयोग भएको विभिन्न रङका १ सय १९ थान कोईन र जुवाको हिसाब राखेको कपी समेत बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि आवश्यक जाँचबुझ भइरहेको प्रहरीले जनाएको छ ।

Read More

महोत्तरी: २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । महोत्तरीको बर्दिबास नगरपालिका–१० खैरबनाका ४५ वर्षीय सोमबहादुर थिङ पक्राउ परेका हुन् । युवतीलाई खैरबनास्थित खैरबना झोरा खोला छेउको झार जंगलमा करणी गरेको उजुरीका आधारमा प्रहरीले उनलाई समातेको हो । पक्राउ परेका थिङमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी: काठमाण्डौ उपत्यकाका एआइजी श्यामलाल ज्ञवाली ३ मोबाइल बोकेर दुबई उडेको बताइएको छ। उनी आफ्नो निजी नम्बरको मोबाइल र सरकारी कागजात किर्तेमा २५ दिन थुनिएर धरौटीमा अदालतबाट छुटेका एक जना यातायात क्षेत्रका मान्छे ‘पत्रकार’ को दुई वटा मोबाइल समातेर दुबई उडेको आरोप लागेको हो। ती यातायात क्षेत्रका मान्छे मदनबाबु भण्डारीको पृष्ठभूमि पत्रकारिता होईन। तर पनि उनलाई प्रहरी वृत्तमा प्रहरीका हाकिमनिकट पत्रकार भनी चिन्ने गरिन्छ। उनै भण्डारीको दुई वटा मोबाइल एआइजीले गत हप्ता दुबई लगेको आरोप लागेको हो। प्रहरी स्रोतका अनुसार किर्ते मुद्दामा समातिएका मदनलाई विमानस्थलबाट पक्राउ गरेर सरकारी थुनिएको थियो। त्यसबखत उनको ल्यापटप र मोबाइल जफत गरी परीक्षणको लागि फरेन्सिक…

Read More

काठाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलको मुुटुको बन्द भल्भ खोलिएको छ । काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालमा आज बिहानदेखि उनको मुटुको उपचार गरिएको बताइएको छ । राष्ट्रपति पौडेललाई अस्पतालको भीआईपी बेड नम्बर ६ मा राखिएको अस्पतालले जनाएको छ । उनलाई कम्तिमा आज दिनभर अस्पतालमा राखेर स्वास्थ्य अवस्थाको अवलोकन गर्न लागिएको हो ।

Read More

बैतडी: बैतडीको सुर्नया गाउँपालिका-२ ले बजार क्षेत्रमा डस्टबिन वितरण गरेको छ । वडा कार्यालयले सतबाँझ र सिउडे बजारमा डस्टबिन वितरण गरेको हो । फोहर व्यवस्थापन गरी बजार क्षेत्र सफा राख्न डस्टबिन वितरण गरिएको वडा अध्यक्ष गणेशबहादुर विष्टले बताए । डस्टबिन प्रत्येक व्यवसायीको पसल र सार्वजनिक स्थलमा राखिएका छन् ।

Read More

धनगढी: धनगढीमा एसइई आइडलको फाइनल प्रतियोगिता असार २ गते हुने भएको छ। आयोजकले हिजो पत्रकार सम्मेलन गर्दै धनगढीस्थित ॐ प्यालेसमा प्रतियोगिताको फिनाली हुने जानकारी दिएको हो। विद्यालय स्तरका नृत्य तथा गायन प्रतिभा उजागर गर्न उक्त प्रतियोगिता आयोजना भएको हो। प्रभात मिडिया एण्ड इभेन्ट प्रालिले एसई धनगडी कैलाली आइडल-२ आयोजना गरेको हो। प्रतियोगिताको अडिसन २०७९ पुसबाट सुरु भएकोमा असार २ मा फाइनल हुन लागेको हो। यस्ता छन् विधा र पुरस्कार अनि नियम !

Read More