Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेश नमान्ने बताएका छन् । उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अदालत र नेपाल सरकार नै भारतको गुलाम भएको आरोप लगाउँदै भारतीय फिल्मको प्रदर्शन हुन नदिने र जुनसुकै सजाय भोग्न तयार हुने बताएका छन् । ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेटमा फट्याइँ गरेको खुलेको छ। चालू आर्थिक वर्ष २०७९/०८० को बजेटमा त्यस्तो फट्याइँ भेटिएको हो। सुदूरपश्चिम सरकारले अहिले नयाँ बजेट पनि ल्याएको छ। अहिलेको बजेट पनि उत्तिकै आलोचित बनिरहेको छ। नयाँ सरकार आएपछि ल्याएको पहिलो बजेटमा प्रदेश सभा सदस्य लगायतले विरोध गरिरहेका छन्। सुदूरपश्चिममा पहिल्यैदेखि व्यक्तिगत पहुँचको आधारमा योजना छनोट तथा बजेट हालिने ट्रेन्डले सरकारको बजेट आलोचित बन्ने गरेको छ। गत आर्थिक वर्षको बजेटमा यस्तै नमूना देखिएको छ। गत वर्ष ल्याइएको बजेटमा हाल भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा कार्यरत कृष्णराज जोशी (पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टको सचिवालयमा कार्यरत) को खेतमै बजेट हालिएको थियो।…

Read More

काठमाडौंः काठमाडौं महानगरको हिन्दी फिल्म चल्न नदिने निर्णयविरूद्ध चलचित्र संघले हालेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ। बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले अन्तरिम आदेश जारी गरेको हो। अहिलेलाई हिन्दी सिनेमाहरू चलाउन पाइने भएको अधिवक्ता जयलाल भण्डारीले जानकारी दिए। विपक्षीसँग छलफल गर्न असार १२ गते दुबै पक्षलाई बोलाएको छ। हलवालाहरूको छाता संगठन चलचित्र संघले बुधबार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर निषेधाज्ञाको मुद्दा दायर गरिएको थियो। काठमाडौं महानगरका मेयर बालेन शाहले आदिपुरूषमा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद…

Read More

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयले तीन प्राध्यापकलाई स्पष्टीकरण सोधेको छ । त्रिविअन्तर्गत रजिष्ट्रार कार्यालय, कर्मचारी प्रशासन महाशाखाले लामो समयदेखि गैरहाजिर एक सहप्राध्यापक र दुई उपप्राध्यापकलाई स्पष्टीकरण सोधेको हो । महाशाखाका अनुसार २०७९ जेठ २५ गतेदेखि ३६ दिन आधा तलबी बिरामी बिदा बसेका पुल्चोक क्याम्पसका सहप्राध्यापक डा.निर्मल पौडेल हालसम्म पनि हाजिर भएका छैनन् । चिकित्सकको प्रमाण पेश नगरेको र कार्यालयमा पनि अनुपस्थित रहेको भन्दै उनलाई १५ दिनभित्र चित्त बुझ्दो स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको छ । ‘त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम, २०५० को नियम ६५ बमोजिम समयपालना र नियमितताविपरीत काममा अनुपस्थित भएको र सोही नियमको ८४(१)(छ) को अभियोगमा कारबाही गर्न नियम ८२(ख)(१) अनुसार…

Read More

धनगढीः कैलालीको बर्दगोरिया गाउँपालिका ३ मा डिप ट्युवेल उद्घाटन गरिएको छ । उक्त वडाको राधाकृष्ण डिप ट्युवेल सिँचाइ बोरिङको उद्घाटन गरिएको हो । गाउँपालिकाका अध्यक्ष कर्ण कुँवरले सिँचाइ बोरिङको उद्घाटन गरेका हुन् । सो ट्युवेलबाट ६० बिघा क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने र दुई सय परिवार लाभान्वित हुने बताइएको छ ।

Read More

धनगढीः कैलालीमा अवैध काठसहित प्रहरीले दुई जना युवकलाई समातेको छ । प्रहरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका–१२ कोलमुडाबाट गोदावरी–११ का २८ वर्षीय अम्मर साउँद र ३९ वर्षीय नन्दराम बडैला पक्राउ परेका हुन् । अस्थायी प्रहरी पोष्ट ओलानीले साउँदले चलाएको लु४त ४७६६ नम्बरको ट्याक्टरमा सालको ७ फिट लम्बाइका ४८ ओटा फ्रेम र सोही लम्बाइका १८ ओटा कडी फेला पारी नियन्त्रणमा लिएको छ । ट्याक्टरसहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज वेष्ट इन्डिजसँग खेल्दैछ । खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ । यो खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ । वेष्ट इन्डिजले पहिला ब्याटिङ गर्नेछ । नेपालले पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो । वेस्ट इन्डिज दुईपटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्वकप च्याम्पियन हो ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा मोटरसाइकलसहित अवैध बोइलर कुखुरा बरामद गरिएको छ । बिहीवार बेल्डाँडी गाउँपालिका–४ बैबाहमा भन्सार छलीका ६५ किलोग्राम बोइलर कुखुरा बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको प्रहरीले बताएको हो । प्रहरीले से ३ प १५१४ नम्बरको मोटरसाइकलसहित कुखुरा नियन्त्रणमा लिएको छ ।

Read More

धनगढीः आज बिहान दार्चुलामा चट्याङ लागेर एक महिला घाइते भएकी छिन् । जिल्लाको महाकाली नगरपालिका–९ थाप्लाकी २८ वर्षीया कौशादेवी धामीको घरमा चट्याङ पर्दा उनी घाइते भएकी हुन् । प्रहरीका अनुसार उनको थाप्ला स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । साथै धामीको गोठभित्र रहेको एक भैँसी चट्याङ लागेर मरेको बताइएको छ । त्यस्तै, गएराति बैतडीको पुर्चौँडी नगरपालिका–१ कनेडापानीका प्रेमसिंह भण्डारीको घर नजिकै रहेको विद्युतको तारमा चट्याङ परेको प्रहरीले बताएको छ । उनको गोठमा बाँधेका २ ओटा भैँसी र एउटा बाख्रा मरेका छन् । चट्याङबाट दुई ओटा मोबाइल, विद्युतको मिटर बक्स र सम्पूर्ण घरको वाइरिङ तार जली नष्ट भएको बैतडी प्रहरीले जनाएको छ…

Read More

धनगढीः धनगढीमा बुद्धिचाल प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रदेश बुद्धिचाल संघको आयोजनामा असार ९ देखि १३ गतेसम्म ’मुख्यमन्त्री कप राष्ट्रिय एमेच्योर चेस प्रतियोगिता’ हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको हो । संघका अध्यक्ष भीमदत्त पाण्डेयले खुल्लातर्फ प्रथम हुनेले ४० हजार पुरस्कार पाउनेछन् भने दोस्रोले २५, तेस्रोलाई १५, चौथोलाई १०, पाँचौँलाई ८, छैटौँ र सातौँलाई ६ हजार पुरस्कार दिइनेछ । आठौँदेखि दशौँसम्मका सबै खेलाडीलाई ५ हजारका दरले पुरस्कार दिइनेछ । महिलातर्फ प्रथम हुनेले २० हजार पुरस्कार पाउनेछन् भने दास्रोले १५ र तेस्रोले १० हजार पुरस्कार पाउनेछन् । सुदूरपश्चिम (क) तर्फ प्रथम हुनेलाई पाँच हजार पुरस्कार दिइनेछ । द्वितीयलाई चार र तृतीयलाई…

Read More